Dharan lovers

Dharan lovers Natural beautiful city Dharan .सुन्दर शान्त हरियाली धरान

   बेपत्ता बालक खाेजि गरिदिन सबैमा अनुराेधगत बिहीबारदेखि इलामको रोङ गाउँपालिका-२ दुधेस्थित मावलीबाट एकाएक बेपत्ता भएका ध...
19/02/2024



बेपत्ता बालक खाेजि गरिदिन सबैमा अनुराेध

गत बिहीबारदेखि इलामको रोङ गाउँपालिका-२ दुधेस्थित मावलीबाट एकाएक बेपत्ता भएका धरान ८ का ५ वर्षिय बालक निर्भिक तामाङ अझै फेला नपरेकाले खाेजिमा सहयाेग गरिदिन प्रहरी प्रशासन, पत्रकार लगायत सबैमा सहयाेगका लागि परिवारले अनुराेध गरेकाे छ ।

घरबाट बिहेभोज खान मावली गएका बालक सम्पर्क बिहिन बनेपछि प्रहरीकाे तालिम प्राप्त कुकुरकाे सहारामा खाेजि गर्दा समेत केही पत्ता नलागेकाे र ईलाम ,पशुपति क्षेत्रका नाका, झापा जिल्ला विशेष पुर्वि क्षेत्रमा बालक अपहरण गरि लुकाइएको हुनसक्ने परिवारको आशंका रहेकाले त्याे क्षेत्रमा विशेष खाेजि गरिदिन आग्रह छ। बच्चा फेला पारिदिने लाई परिवारले पुरस्कार समेत दिने जानकारी दिएकाे छ।

नातामा मावली काकी हजुरआमा पर्ने महिलाले पसल लान्छु भनि लगेको डेड घण्टाको अन्तरालमा बालक उनको साथमा नरहेको खबर गाउलेले बालकको आमालाई दिएका थिए ।

तत्काल परिवार,गाउले र प्रहरी लागी परेर खोजतलास गर्दा समेत फेला पार्न सकेका छैनन् । संकास्पद देखिएकाले ती महिलालाई सोधपुछका लागी प्रहरीले पक्राऊ गरेको छ ।

बालक फेला परेमा 9842173879 तथा 9842166645,९८१४३७४८६२ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।

Nepal Police ईलाका प्रहरी कार्यालय पशुपतिनगर,इलाम
Reeta Lama

05/01/2024
कुरा चै किलियर हुनुपर्छ हचुवाको भरमा हिड्नु हुदैन ।
30/12/2023

कुरा चै किलियर हुनुपर्छ हचुवाको भरमा हिड्नु हुदैन ।

कृपया दशैंमा धरान उपमहानगरपालिका भरीका सबै जनप्रतिनिधिहरुले कार्यपालिका बैठक त्यो सँग सम्बन्धित सबै ठेलीहरु मज्जाले घोक्...
19/10/2023

कृपया दशैंमा धरान उपमहानगरपालिका भरीका सबै जनप्रतिनिधिहरुले कार्यपालिका बैठक त्यो सँग सम्बन्धित सबै ठेलीहरु मज्जाले घोक्नु होला ।
अधिकार र कर्तव्य पत्ता लगाउनुहोला ।
हैन भने एउटा आउने अर्को नआउने
के हो नीति के हो नियम हँ
तै पनि ह्याकुले म पनि गुईठे त हुनु भएन नि
सचेत भएर काम गर्नु मिलेर नियम सँगत काम गर्नु उचित होला कि।
दशैंको हार्दिक शुभकामना सहित 💐🌺

06/07/2023

SEE उतिर्ण हुने सम्पूर्ण बिद्यार्थी भाई,बहिनीहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ।🌺

धरान जेष्ठ २कुराँस खेल कुराँश (कुरेश, कोरेश, ले मध्य एशियामा अभ्यास गरिएका धेरै लोक कुस्ती शैलीहरूलाई जनाउँछ।  अंग्रेजी ...
16/05/2023

धरान जेष्ठ २
कुराँस खेल
कुराँश (कुरेश, कोरेश, ले मध्य एशियामा अभ्यास गरिएका धेरै लोक कुस्ती शैलीहरूलाई जनाउँछ। अंग्रेजी नाम केही टर्किक भाषामा "कुश्ती" को शब्दबाट आएको हो।Sabantuy मा कुराश भनिन्छ।
कुराश पहलवानहरू (टाटार: көрәшчеләр, köräşçelär; Altay: кӱрешчилер, küreščiler) आफ्ना विरोधीहरूलाई समात्न तौलिया प्रयोग गर्छन्, र तिनीहरूको लक्ष्य आफ्ना विरोधीहरूलाई खुट्टाबाट फ्याँक्ने हो। कुस्ती लोक पर्व सबान्तुयको मुख्य प्रतिस्पर्धा हो।
खेलकुदलाई अजरबैजानीमा गुलश / ҝүләш / güləş, बाश्किरमा көрәш, चुवासमा кӗрешӳ, कजाखमा күрес / küres, कजाखमा, күрөш / kürgeshor/küröyz küreş / күреш / көрәш / kөrəş तातारमा, güreş in टर्की, तुर्कमेनमा गोरेस, र उज्बेकमा कुराश, सबै पुरानो टर्किक केरीसबाट व्युत्पन्न भएको हो ।
सन् १९९८ मा स्थापना भएको इन्टरनेशनल कुरास एसोसिएसन (IKA) ले सन् १९९९ देखि च्याम्पियनसिपहरू आयोजना गर्दै आएको छ। विश्व सिनियर च्याम्पियनसिपहरू सन् १९९९ मा तास्कन्द (उज्बेकिस्तान) मा, सन् २००० मा एन्टाल्या (टर्की) मा, बुडापेस्ट (हंगेरी) मा, ०एरमा 2002 मा, तास्कन्द (उज्बेकिस्तान) 2005 मा, उलानबाटार (मंगोलिया) 2007 मा, अलुश्ता (युक्रेन) 2009 मा, तेर्मेज (उज्बेकिस्तान) मा 2011, 2011 मा स्टान (3) मा, र २०१५ मा खोरमाबाद (इरान) मा। इलेवन विश्व वरिष्ठ च्याम्पियनशिप 2017 मा इस्तानबुल (टर्की) मा आयोजित भयो।
अन्तर्राष्ट्रिय टाटार बेल्ट रेस्लिङ Köräş संघ 9 सेप्टेम्बर 2009 मा टाटार परम्पराहरू विदेशमा लोकप्रिय बनाउन र Tatar Köräş मा प्रतिस्पर्धा गर्न चाहने सबै खेलाडीहरूलाई महाद्वीपीय र विश्व अवसरहरू प्रदान गर्ने उद्देश्यले स्थापना भएको थियो। यो 2009 मा FILA को विश्व परम्परागत कुश्ती समितिको सदस्य बन्यो र सेप्टेम्बर 2009 मा सियाउलियाई (LTU) मा भएको FILA विश्व कुस्ती खेलहरूमा दोस्रो विश्व च्याम्पियनसिपको आयोजना गरियो। तेस्रो विश्व च्याम्पियनशिप मे 2010 मा काजानमा आयोजित भएको थियो र यसले आकर्षित गर्यो। १७ देशका करिब १०० कुस्ती खेलाडीको सहभागिता।
कुरासले सन् २०१८ को एसियाली खेलकुदमा डेब्यु गरेको थियो जुन इन्डोनेसियाको जाकार्ता र पालेम्बाङमा भएको थियो। यसले सन् २०१९ मा फिलिपिन्सले आयोजना गरेको ३०औँ दक्षिणपूर्वी एसियाली खेलकुदमा पनि डेब्यु गरेको थियो।
पहिलो आधिकारिक अखिल युएसएसआर कोरेस च्याम्पियनशिप 1928 मा काजानमा भएको थियो र त्यसपछि 1949 मा पहिलो TASSR (टाटार स्वायत्त सोभियत समाजवादी गणतन्त्र) राष्ट्रिय च्याम्पियनसिप भएको थियो। 1956 देखि, राष्ट्रिय नायकको सम्मानमा नियमित टाटार कोरेस प्रतियोगिताहरू आयोजना गरिएको छ। कवि मुसा कालिल 1950 र 1960 को पालोमा, फ्रीस्टाइल कुश्ती, ग्रीको-रोमन कुस्ती, र साम्बो को सोभियत संघले टाटार कोरेसको विकास गर्न थाले। छिमेकी क्षेत्रहरू, जस्तै बाश्कोर्तोस्तान, मोर्डोभिया र उल्यानोभस्क शहरका खेलाडीहरू 1959 मा पहिलो पटक काजानमा प्रतिस्पर्धा गर्न आए। 1960 मा, टाटारस्तानको राजधानीलाई पहिलो RSFSR (रूसी सोभियत संघीय समाजवादी गणतन्त्र) को होस्ट नियुक्त गरियो। च्याम्पियनशिप, त्यो मिति देखि हरेक वर्ष दोहोर्याइएको घटना। यो कजानमा लगभग 15 पटक संगठित गरिएको थियो, तर अन्य शहरहरूमा पनि, जस्तै Salavat, Orenburg, Oktyabrsky, Tuymazy, Chelyabinsk, Cheboksary, Almetievsk, Samara, Ulyanovsk, Naberezhnye Chelny। गत वर्षहरूमा रुसी च्याम्पियनसिपहरूमा 36 रूसी क्षेत्रका खेलाडीहरूले भाग लिएका छन्।
नेपालमा कुराँस खेल र यसको स्थापना भए सँगसँगै कुराँसको प्रथम राष्ट्रिय प्रतियोगिता आयोजना नेपालमा सम्पन्न भैसकेकोछ। खेलकुदको शहर धरानमा विभिन्न किसिमका खेलकुद प्रतियोतिाहरु संचालन हुने गरेको छ । सोही क्रममा नेपाल कुराँश संघको आयोजनामा प्रतियोगिता हुने भएको छ ।पहिलो पटक काठमाडौंमा सम्पन्न भएको सो प्रतियोगितामा यस पटक भने धरानमा हुन लागेको हो ।
प्रतियोिगता आयोजना गर्नको लागि धरानमा सोमवार स्थानीय रुपमा प्रतियोगिता आयोजक समिति गठन भएको छ ।शनिवार भएको भेलाले जीवन राईको संयोजकत्वमा सो समिति निर्माण गरीएको हो ।
समितिको सचिवमा सम्फर तामाङ रहेका छन् भने , आर्थिक समितिको संयोजकमा अशोक राई लाई चयन गरिएको छ। समितिको प्रचार प्रसार समितिको संयोजकमा भोला श्रेष्ठ, सदस्यमा रस्मी प्रधान र रिकेश विश्वकर्मा रहेकाछन् ।यो खेल पूर्व क्षेत्रका लागि नितान्त नौलो भएको र खेलकुदको शहर उपनामले परिचित धरानमा यस खेलको प्रतियोगिता आयोजना गरीन लागेको प्रतियोगिता संयोजक जीवन राईले जानकारी दिएकाछन् ।
संयोजक राईका अनुसार जेठ २६ गतेदेखि २८ गतेसम्म प्रतियोगिता आयोजना हुनेछ भने प्रतियोगितामा महिला जुनियर र सिनियर गरी ४०,४४,४८,५२,५७, र ६३ साथै ६३ माथि तौल समूहमा हुनेछ भने पुरुषतर्फ पनि ४०,४४,४८,५२,५७,६३, ७३ साथै ७३ तौल माथि समूहमा हुनेछ । प्रतियोगिता पूर्वको लागि पहिलो र नौलो प्रतियोगिताको रुपमा हुनेछ भने ,खेल सँगसँगै यसको जिल्ला र प्रदेश समितिहरु समेत बनाईने भएको छ।

काठमाडौं ।नेपाली सेनाले ठूलो संख्यामा जागिर खुलाएको छ । सेनाले सैन्य पदमा चार हजार पाँच सय जनाका लागि जागिर खुलाएको हो ।...
21/04/2023

काठमाडौं ।
नेपाली सेनाले ठूलो संख्यामा जागिर खुलाएको छ । सेनाले सैन्य पदमा चार हजार पाँच सय जनाका लागि जागिर खुलाएको हो । जसअनुसार सैनिक परिवारका लागि २२५ जनालाई आरक्षण गरिएको छ भने खुल्लातर्फ दुई हजार ३५१ जनाको माग गरिएको छ ।
सेनाको श्री भर्ना छनौट निर्देशनालय कार्यरथि विभाग, जंगी अड्डाका अनुसार महिला कोटामा ३९०, आदिवासी जनजाति कोटामा ६१७, मधेशी कोटामा ५४०, दलित कोटामा २८७ र पिछडिएको क्षेत्रबाट ९० संख्यामा आरक्षण छुटाएर नेपाली सेनाले जागिर खुलाएको हो ।

सूचना अनुसार आवेदकले अनलाइनमार्फत फारम भर्न सक्ने र त्यसको हार्ड कपी बोकेर सम्बन्धित छनौट स्थलमा बुझाउनु पर्नेछ । जंगी अड्डाका अनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले २०८०-०१-०८ देखि २०८० जेठ ७ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ । दोब्बर दस्तुर तिरेर भने जेठ १४ गतेसम्म आवेदन बुझाउन सकिने सेनाको जंगी अड्डाले जनाएको छ ।

नव बर्ष २०८०सालको हार्दिक शुभकामना सम्पूर्ण धराने आमाबुबा,दाजुभाइ,दिदीबहिनीहरुमा रोग नलागोस् पानीका लागि बल गरौ अगि सरौ ...
13/04/2023

नव बर्ष २०८०सालको हार्दिक शुभकामना सम्पूर्ण धराने आमाबुबा,दाजुभाइ,दिदीबहिनीहरुमा रोग नलागोस् पानीका लागि बल गरौ अगि सरौ केही न केही चै गरौ ।🌷
south Asia को ठुलो स्वस्थ्य क्षेत्र BPKHS लाई व्यवस्थापन गरौ
शैक्षीक क्षेत्रको व्यापक सुधार गरौ ।
जय धरान !
जय धराने !

मेयर हर्क साम्पाङको धराने जनतालाई खानेपानी व्यवस्थापन गर्ने अभियान अन्तर्गत भोलि पब्लिक हाई स्कूलको प्राङ्गणमा हुने भव्य...
07/04/2023

मेयर हर्क साम्पाङको धराने जनतालाई खानेपानी व्यवस्थापन गर्ने अभियान अन्तर्गत भोलि पब्लिक हाई स्कूलको प्राङ्गणमा हुने भव्य सांगीतिक साँझमा सामेल हुन् सम्पूर्णलाई अनुरोध छ॥ सबैलाई निम्तो अनि देश विदेशबाट मेयर साम्पाङको अभियानलाई सहयोगका लागि हार्दिक अपील पनि गर्दछौ ॥ जय धरान

22/03/2023

विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान बाहिर अलपत्र देखिएको एक मेसिन 🙄

२३ औ गोधुली फुटबल रनिङ्ग कप २०७९ को बिजय "टिम" धरान १७का सम्पूर्ण खेलाडी साथीहरूलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्...
28/01/2023

२३ औ गोधुली फुटबल रनिङ्ग कप २०७९ को बिजय "टिम" धरान १७का सम्पूर्ण खेलाडी साथीहरूलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछौं ।🎉💐

Happy Dharan Day 🎈🎉🙏❤️सम्पूर्णमा धरान दिवसको शुभकामना व्यक्त गर्दछौं ।
03/01/2023

Happy Dharan Day 🎈🎉🙏❤️
सम्पूर्णमा धरान दिवसको शुभकामना व्यक्त गर्दछौं ।

पौष१२बेलकोटगडी शल्यक्रिया गरेको सुत्केरी भैँसीबेलकोटगढी नगरपालिका–१ का किसान रामप्रसाद ढकाल शल्यक्रिया (सिजरियन प्रविधि)...
27/12/2022

पौष१२बेलकोटगडी
शल्यक्रिया गरेको सुत्केरी भैँसी
बेलकोटगढी नगरपालिका–१ का किसान रामप्रसाद ढकाल शल्यक्रिया (सिजरियन प्रविधि) गरेर सुत्केरी गराएको भैँसीको साथमा । उक्त भैँसी ब्याउन नसकेपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटका पशु चिकित्सक डा. बबलु ठाकुर सहितको समूहले नुवाकोटमा पहिलो पटक शल्यक्रिया गरेर सुत्केरी गराएको हो । तस्बिर; रामहरि न्यौपाने, रासस

पौष९ जनकपुरधाम जानकी मन्दिर                                                      पूर्वराजा शाह पूजापाठका लागि शनिबार जनक...
25/12/2022

पौष९ जनकपुरधाम जानकी मन्दिर पूर्वराजा शाह पूजापाठका लागि शनिबार जनकपुरधामस्थित जानकी मन्दिर पुग्नुभएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले मायाको चिनो प्रदान गर्नुहुँदै । तस्बिरः निरंजनकुमार साह-रासस

पुस१०धरान घण्टाघरधरानको घण्टाघरको घण्टी नबजेको पनि ठ्याकै ४५दिन भै सकेछ ।आखिर के गडबडीका कारण धरानको घण्टाघरको घण्टी नबज...
25/12/2022

पुस१०धरान घण्टाघर
धरानको घण्टाघरको घण्टी नबजेको पनि ठ्याकै ४५दिन भै सकेछ ।आखिर के गडबडीका कारण धरानको घण्टाघरको घण्टी नबजेको हो त्यो भने थाहा भएको छैन। तर फनि केही न केही प्राबिधिक गढबढीका कारण नै हिजो आज घण्टी नबजेको अबश्था छ । त्यहाँको घडी भने चलि नै रहे पनि घण्टी चै नबजेको पाईएको छ ।

तराईका फाटहरुमा
29/10/2022

तराईका फाटहरुमा

तार व्यवस्थापनमा स्थानीय सरकारके गर्दै बसेको छ ।सुन्दर नगरी धरानको रुपलाई कुरुप बनसउने लठ्ठीबध तारलाई व्यवस्थापन गरौ।
07/10/2022

तार व्यवस्थापनमा स्थानीय सरकारके गर्दै बसेको छ
।सुन्दर नगरी धरानको रुपलाई कुरुप बनसउने लठ्ठीबध तारलाई व्यवस्थापन गरौ।

धरानको लागि राम्रो काम गर्ने र क्षमता भएको एउटा पनि नेता नभएको भनेर राजनीतिक पार्टीका नेताहरुलाई बेला बेलामा जनताहरुले आ...
01/10/2022

धरानको लागि राम्रो काम गर्ने र क्षमता भएको एउटा पनि नेता नभएको भनेर राजनीतिक पार्टीका नेताहरुलाई बेला बेलामा जनताहरुले आरोप लगाउने र गाली गर्ने गरेका छन्।यसै सन्दर्भमा जिल्ला ट्राफिक प्रहरी कार्यलयको सार्वजनिक सुनवाई एवं भवनको लागि वातावरण सम्बन्धि BES अध्ययन गर्ने भएको छ। यसमा भने धरानका राजनीति दलहरुले पनि चासो र सक्रिय भूमिका खेलेको देख्न सकिन्छ ।
यसै सन्दर्भमा धराने जनताहरुले भनेका थिए कि "गर्दा त सत्तामा नबसे पनि काम हुदो रैछ।"भनि
यसलाई नियालेर हेर्दा सुन्दा र बुझ्दा के भन्न सकिन्छ भने
विकास र विनाश दुबैको कारण राजनीति हो । सकरात्मक परिवर्तनका लागि एक भई जुट्न हार्दिक अपिल गर्दछौ।

01/10/2022

प्रदेश नम्बर १विभिन्न खेलहरुको सेलेक्सन भैसकेको छ। अब राष्ट्रिय खेल पोखरामा हुनेछ।सम्पूर्ण खेलाडी कोच लगायत विकास बोर्ड लाई बधाई एवं शुभकामना व्यक्त गर्दछौं ।
साथै खेलकुदमा भएको कमीकमजोरीहरुलाई आत्मआलोचना गर्दै लानु हुन अनुरोध गरिन्छ ।अबको युग बैज्ञानिक युग हो ,ढाट्ने छल्ने र आखामा छारो हाल्ने काम कतै कहि पनि नहोस् ।
धन्यवाद

वि.पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानवि.पी जयन्तीको अवसरमा आयोजित कार्यक्रमको तस्बिरहरू 📸
28/09/2022

वि.पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान
वि.पी जयन्तीको अवसरमा आयोजित कार्यक्रमको तस्बिरहरू 📸

एउटा मालाको मुल्य कम्तिमा ७०रुपैयाँ पर्छ ।यही देशमा सादा भात ढावाहरुमा र बसपार्क तिर ७०रुपैयाँमा आउछ।त्यो भात खान नपाएर ...
12/09/2022

एउटा मालाको मुल्य कम्तिमा ७०रुपैयाँ पर्छ ।
यही देशमा सादा भात ढावाहरुमा र बसपार्क तिर ७०रुपैयाँमा आउछ।त्यो भात खान नपाएर दिनहुँ भोकै भौतारिएका मान्छेको बारेमा सोच्न नसक्ने कम्युनिष्ट नेताको नाममा कलंक हरुले २०५जना निमुखा,असक्त, रोगीहरुको पेटमा लात हानेको महसुस हुने दिन कहिले आउने हो ।
बुद्धिमा कहिले सत्य र सहि बिचार आउला ।
हे मेरो देश😩
यो खवर ती अटेरीहरु सम्म पुगोस् जनताले अब कसैलाई बाकी राख्दैनन् ।
मंसिर चार जनताको हातमा छ देशको हाल ।

नेकपा अनि एमाले विभाजनपछि बनेको गठबन्धन सरकारको सारथि नेकपा एकीकृत समाजवादी धरानबाट प्रदेशसभामा इन्ट्री लिन खोज्ने सम्भा...
30/08/2022

नेकपा अनि एमाले विभाजनपछि बनेको गठबन्धन सरकारको सारथि नेकपा एकीकृत समाजवादी धरानबाट प्रदेशसभामा इन्ट्री लिन खोज्ने सम्भावित २ नेताहरू सुष्मा राई र रेवतीरमण राई छन् ।

स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङले मेयर पद जितेपछि धरानलाई देशैभरबाट निकै चासो दिएर हेरिएको छ । गठबन्धन सरकार कायम रहेको अवस्थामा उपमेयरमा गठबन्धनकै साझा उम्मेदवार माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघाले जितेका कारण पनि गठबन्धन दलमा आबद्ध पार्टीहरुले टिकटको लागि रस्साकस्सी गरिरहेका छन् । एमाले विभाजनपछि धरानमा निकै पछाडि गठन भएको नेकपा एकीकृत समाजवादीमा अनौठो इन्ट्री लिनेहरुमध्ये गठबन्धन हुँदा दुई जनामध्ये १ जना प्रदेशसभामा प्रवेश गर्ने सम्भावना रहेको छ ।

सुष्मा राई नेकपा एकीकृत समाजवादीको सुनसरी क्षेत्र न १ को ‘क’ बाट सिफारिस भएकामध्ये निकै राम्रो सम्भावना बोकेकी नेतृ सुष्मा राई हुन् । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्जको जिम्मेवारी सम्हालेर उनी बसेकी छन् । नेकपा एमाले मोरङको युवा संघबाट राजनीतिमा प्रवेश गरेकी राई , रामप्रसाद राई फाउन्डेसनकी अध्यक्षसमेत रहेकी राईले पश्चिम मा सामाजिक कामहरु अथाहा गरेर पार्टी बिभाजन पछि पुर्वमा आएर सामाजिक काम एवं पूर्वाधार बिकासको कामदेखि सामाजिक कार्यहरूमा सक्रिय रहँदै आएकी छन् । धरान १३ मा बसोबास गर्दै ‘सरप्राइज इन्ट्री’ लिएर हाल नेकपा एकीकृत समाजवादीबाट प्रदेशसभामा प्रवेश गर्ने बलियो सम्भावना बोकेर अग्रपंक्तिमा महिला नेतृको रुपमा उनी खटिरहेकी छन् ।उनले सामाजिक र अन्य राजनीतिक दलहरु सँग पनि निकै राम्रो सम्बन्ध बनाएकी छिन् ।

रेवतीरमण राई; नेकपा एकीकृत समाजवादीको सुनसरी क्षेत्र न १ को ‘ख’ बाट सिफारिस भएकामध्ये निकै राम्रो सम्भावना बोकेका उम्मेदवार रेवतीरमण राई हुन् । हाल नेकपा एकीकृत समाजवादीको जिल्ला सचिवालय सदस्य तथा धरान उपमहानगर कमिटी अध्यक्षको जिम्मेवारी सम्हालेर उनी बसेका छन् । नेकपा एमाले भोजपुरको विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गरेका राई तत्कालीन नेकपाको क्षेत्रीय कमिटी र जिल्ला कमिटीमा रहेर जिम्मेवारी सम्हालेका थिए ।

भोजपुर सुनसरी समाजको अध्यक्षसमेत रहेका राई हाल धरानमा ट्राफिक कार्यालय व्यवस्थापनदेखि सामाजिक कार्यहरूमा सक्रिय रहँदै आएका छन् । धरान १८ मा बसोबास गर्दै नेकपा एकीकृत समाजवादीमा अन्तिम चरणमा प्रवेश गरेर गठबन्धनको तर्फबाट प्रदेशसभामा प्रवेश गर्ने बलियो सम्भावना बोकेर अग्रपंक्तिमा उनी खटिरहेका छन् । गठबन्धन कायम हुँदा संघमा अशोक राईको सम्भावना देखिएपछि मुख्यमन्त्री एकीकृत समाजवादीका राजेन्द्रकुमार राई सुनसरी जिल्लाले सिफारिस गर्दागर्दै आफ्नो भोजपुरबाटै निर्वाचनमा सहभागी हुने विचार व्यक्त गरेका छन् । नेपाली काङ्ग्रेस र माओवादी केन्द्र धरानबाट पनि प्रदेशसभामा सहभागी हुन निकै रस्साकस्सी चलिरहेको छ ।
साभार-pradesprotal

उहाँलाई वर्तमान परिप्रेक्षमा के भन्न चाहानु हुन्छ ।
29/08/2022

उहाँलाई वर्तमान परिप्रेक्षमा के भन्न चाहानु हुन्छ ।

एक मेयर जसले गोहीसँग गरे विवाह...हामीले आजकाल निकै अचम्मका विवाहको खबर सुन्ने गरेका छौँ । कोहीले कुकुरसँग त कोहीले आफैँस...
03/07/2022

एक मेयर जसले गोहीसँग गरे विवाह...
हामीले आजकाल निकै अचम्मका विवाहको खबर सुन्ने गरेका छौँ । कोहीले कुकुरसँग त कोहीले आफैँसँग विवाह गरिरहेका छन् । यस्तै एउटा अचम्मको विवाह मेक्सिकोमा भएको छ । मेक्सिकोको ओक्साका शहरको एउटा सानो गाउँका मेयरले गोहीसँग विवाह गरेका छन् । उनले विवाहपछि दुलही अर्थात् गोहीलाई चुम्बन पनि गरे । यो अचम्मको विवाहको फोटो र भिडियो सोसल मिडियामा चर्चाको विषय बनेको छ ।सात वर्षको गोहीसँग भयो विवाहरोयटर्सका अनुसारस्यान पेड्रो हुआमेलुला गाउँका मेयर विक्टर ह्युगो सोसाले बिहिबार सात वर्षको गोहीसँग विवाह गरे । विवाहको अवसरमा गोहीलाई सेतो पोसाकसमेत अन्य रङ्गीन कपडा लगाइयो । मेयर दुलहाले गोहीलाई चुम्बन पनि गरे । यद्यपि, गोहीको मुख बाँधिएको थियो ।सयौँ वर्ष पुरानो परम्पराअन्तर्गत विवाह भयो यो परम्परा अन्तर्गत गोहीलाई एउटा सानो राजकुमारीको रुपमा लिइन्छ, जो धर्ती माताको प्रतिनिधित्व गर्ने देवी हुन् । मेयरको गोहीसँग विवाहलाई मानिसलाई ईश्वरसँग जोड्ने प्रतिकको रुपमा लिइएको छ ।ओक्साका राज्यको चोन्तल र हुआवे समुदायको यो परम्परा सयौँ वर्ष पुरानो हो । यसमा प्रकृतिलाई धन्यवाद दिइन्छ र भविष्यमा पनि उदार रहिरहन प्रार्थना गर्ने गरिन्छ ।मेयर विक्टरले गोहीसँगको आफ्नो विवाहबारे भने, ‘हामी प्रकृतिसँग पर्याप्त वर्षाको माग गर्छौँ ताकि नदीमा पर्याप्त माछा होउन्, ताकि हामीले पर्याप्त भोजन पाउन सकौँ ।’
‘यसले मलाई असाध्यै खुसी दिलाएको छ र आफ्नो धरातलप्रति गर्व महसुस गराएको छ,’ एलिया एदिथ आगुइलरले भनिन् । एलियालाई धेरैले गडमदर भनेर चिन्छन् र उनैले यो विवाहको आयोजना गरेकी हुन् ।
उनले भनिन्, ‘यो कार्यक्रम आयोजना गर्ने सुअवसर मैले नै पाएँ । दुलहीलाई के लगाइदिने होला भनेर मैले धेरै समय बिताएँ ।’‘यो निकै राम्रो परम्परा हो,’ उनले मुस्कुराउँदै भनिन् ।
स्रोतहरू खुलाइएका बाहेक रातोपाटीमा प्रकाशित सम्पूर्ण सामग्रीहरू डिस्कवरी न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

लटम्बेश्वार महादेव 🌺
03/07/2022

लटम्बेश्वार महादेव 🌺

खेल जगतको उर्जाशिल ठाउँ धरानमा inter-municipality  Taekwondo championship असार१७ र १८ Dharan-9 coverd hall
01/07/2022

खेल जगतको उर्जाशिल ठाउँ धरानमा inter-municipality Taekwondo championship
असार१७ र १८
Dharan-9 coverd hall

धरान ,३असार२०७९गठबन्धन संयन्त्रले बुझायो ।धरान उपमहानगरपालिका प्रमुख र उप प्रमुखलाई धरानको नीति,कार्यक्रम एवं बजेटको बिस...
18/06/2022

धरान ,३असार२०७९
गठबन्धन संयन्त्रले बुझायो ।धरान उपमहानगरपालिका प्रमुख र उप प्रमुखलाई धरानको नीति,कार्यक्रम एवं बजेटको बिस्तारित बिषयको खाकाहरु📜📜

धराने जनताको आजको आवाज Public voice of Dharane🗣️धरान उपमहानगरपालिकाको बाहिर पटी सामान्य आन्दोलन र बिरोध कार्यक्रम पहिला ...
09/06/2022

धराने जनताको आजको आवाज Public voice of Dharane
🗣️धरान उपमहानगरपालिकाको बाहिर पटी सामान्य आन्दोलन र बिरोध कार्यक्रम पहिला पनि हुन्थे उचित समन्वय गरेर अगि बढ्दा हुन्छ नि तर कार्यपालिकाको जिम्मेवारी पुर्ण बैठकलाई नै रोक्दा जनताको आवाज त आउनैपर्यो नि 🗣️ कार्यपालिका बैठक नै नबस्ने जनप्रतिनिधिहरुले धरानको कुनै पनि एजेन्डालाई अघि नबढाउन नखोजेको जस्तो देखियो कि कुरा के हो स्पष्ट आओस्,यसरी बैठक नै नबस्ने हो भने त धरान त मृत शहर हुने भयो नि जनतालाई त केही हुदैन तर धरानलाई नै धक्का लाग्ने भयो ।
🗣️धरानलाई छिटो र दुर्त गतिमा सुन्दर शहर बनाउन धराने जनताको चहानालाई पानी छ्याप्ने काम कुनै जनप्रतिनिधिले पनि नगर्नु होला ।
🗣️धरानमा पानी ,पर्यटन, शिक्षा, स्वस्थ्य ,रोजगार सृजना गर्ने बिषयमा शृजनशील भएर लाग्नु हुन्छ भने पुर्ण आसाले धराने जनताले मतदान गरेको कुरालाई कसैले पनि नभुल्नु होला ।

जानकारिका लागि ।स्थानीय तह अन्तर्गत वडाले देहाय वमोविजमका विषयमा सिफारिश वा प्रमाणित गर्ने:१. नाता प्रमाणित२. नागरिकताको...
27/05/2022

जानकारिका लागि ।
स्थानीय तह अन्तर्गत वडाले देहाय वमोविजमका विषयमा सिफारिश वा प्रमाणित गर्ने:
१. नाता प्रमाणित
२. नागरिकताको सिफारिश र
नागरिकताको प्रतिलिपि लिनका
लागि सिफारिश गर्ने ।
३. बहाल करको लेखाजोखा
सिफारिश गर्ने ।
४. कोठा खोल्न रोहबरमा बस्ने ।
५. मोही लगत कट्टा सिफारिश गर्ने
६. घर जग्गा करको लेखाजोखा
सिफारिश गर्ने ।
७. जन्म मिति प्रमाणित गर्ने ।
८. व्यापार व्यवसाय बन्द भएको
वा संचालन नभएको वा ब्यापार
व्यवसाय हुँदै नभएको सिफारिश
गर्ने ।
९. मिलापत्र कागज गराउने निवेदन
दर्ता सिफारिश गर्ने ।
१०. विवाह प्रमाणित, अविवाहित
प्रमाणित गर्ने ।
११. निःशुल्क वा सशुल्क स्वास्थ्य
उपचार सिफारिश गर्ने ।
१२. आफ्नो अधिकारक्षेत्रका
विषयमा अंग्रेजी भाषामा सिफारिश
तथा प्रमाणित गर्ने ।
१३. घर पाताल प्रमाणित गर्ने ।
१४. व्यक्तिगत विवरण प्रमाणित
गर्ने ।
१५. पुर्जामा घरकायम गर्ने
सिफारिश गर्ने ।
१६. फरक, फरक नाम, थर, जन्म
मिति सिफारिश र प्रमाणित÷दुवै
नाम गरेको व्यक्ति एकै हो भन्ने
सिफारिश गर्ने ।
१७. नाम, थर, जन्म मिति
संसोधनको सिफारिश गर्ने ।
१८. जग्गा धनीपुर्जा हराएको
सिफारिश गर्ने ।
१९. कागज र मन्जुरीनमा प्रमाणित
गर्ने ।
२०. कित्ताकाट सिफारिश गर्ने ।
२१. संरक्षक प्रमाणित तथा
संस्थागत र व्यक्तिगत संरक्षक
सिफारिश गर्ने ।
२२. जीवितसँगको नाता प्रमाणित
गर्ने ।
२३. हकवाला वा हकदार प्रमाणित
गर्ने ।
२४. नामसारी सिफारिश गर्ने ।
२५. जग्गाको हक सम्बन्धी
सिफारिश (सार्वजनिक, ऐलानी तथा
पर्ति जग्गा बाहेक) गर्ने ।
२६. मृतकसँगको नाता प्रमाणित,
सर्जमिन, सिफारिश गर्ने ।
२७. उद्योग ठाउँसारी सिफारिश
गर्ने ।
२८. जीवित रहेको सिफारिश गर्ने ।
२९. पूर्व प्राथमिक विद्यालय
खोल्ने सिफारिश गर्ने ।
३०. जग्गा मूल्यांकन सिफारिश
प्रमाणित गर्ने ।
३१. विद्यालयको कक्षा बृद्धि
सिफारिश गर्ने ।
३२. पालन पोषण सिफारिश गर्ने ।
३३. वैवाहिक अंगिकृत नागरिकता
सिफारिश गर्ने ।
३४. आर्थिक अवस्था कमजोर वा
विपन्नता प्रमाणित–आर्थिक
अवस्था बलियो वा सम्पन्नता
प्रमाणित गर्ने ।
३५. विद्यालय ठाउँसारी सिफारिश
गर्ने ।
३६. धारा तथा विद्युत जडान
सिफारिश गर्ने ।
३७. प्रचलित कानुन अनुसार
प्रत्यायोजित अधिकार बमोजिमको
अन्य सिफारिश वा प्रमाणित गर्ने ।
धन्यवाद ।

Address

Providence Number 1
Dharan

Telephone

+9779862022862

Website

Alerts

Be the first to know and let us send you an email when Dharan lovers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share