Dharan Online News

Dharan Online News news page

अहिले देशमा क्रान्तिकारी आन्दोलन शिथिल भएको अवस्था छ। क्रान्तिको बत्ती निभ्यो भने फेरि सल्काउन छिन्ताङ आउनुपर्छ। छिन्ताङ...
14/11/2024

अहिले देशमा क्रान्तिकारी आन्दोलन शिथिल भएको अवस्था छ। क्रान्तिको बत्ती निभ्यो भने फेरि सल्काउन छिन्ताङ आउनुपर्छ। छिन्ताङको क्रान्तिको दियो कहिल्यै निभ्दैन।”

प्रहरीले १६ जना सहकर्मी मारेपछि तितरबितर भएका धनकुटाको छिन्ताङका क्रान्तिकारी युवा पाँच दशकपछि उही ठाउँमा बुढ्...

गायक तथा संगीतकार राईकाे निधनगुराँसको फेद मुनी ..... कालो  कालो रातकाे......लगायतका चर्चित गीतका संगीतकार तथा सुरुका गाय...
05/11/2024

गायक तथा संगीतकार राईकाे निधन

गुराँसको फेद मुनी .....
कालो कालो रातकाे......
लगायतका चर्चित गीतका संगीतकार तथा सुरुका गायक नवराम राईको आईतबार राती १२: ३५ मा निधन भएकाे छ ।

मृगाैलामा समस्या भएका राई हरेक हप्ता डायोलोसिस गराईरहेका थिए । एक्कासी श्वासप्रश्वासमा समस्या आएर बिपीकोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा लगिएकोमा उनकाे निधन भएकाे थियाे ।

सुरुमा उनैले रेकर्ड गराएकाे गीत सबिन राईले पछि रेकर्ड गराएका थिए ।

तिहारमा जुवा खेल्ने पक्राउ
03/11/2024

तिहारमा जुवा खेल्ने पक्राउ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कार्यबाहककाे जिम्मेवारी दिएका वडाअध्यक्ष लाेकेन्द्र फागाेलाई उक्त जिम्मेवारी क...
21/10/2024

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कार्यबाहककाे जिम्मेवारी दिएका वडाअध्यक्ष लाेकेन्द्र फागाेलाई उक्त जिम्मेवारी कार्यान्वयन नगर्न अदालतकाे आदेश ।

19/10/2024

धरान उपमहानगर पालिकाका प्रमुख हर्क साम्पाङले कानुन विपरित वडाध्यक्षलाई कार्यबाहक बनाएकाे भन्दै उपप्रमुख अईन्द्रविक्रम बेघाले दर्ता गराए रिट निवेदन । आईतबार सुनुवाई हुँदै ।

19/10/2024

विजुली अफिसकाे सुचना

दुहबी ग्रीडबाट प्राप्त जानकारी अनुसार दुहबी ग्रीडको स्विचिङ यार्डमा रहेको धरान फिडर को जम्परमा स्पार्क भैरहेकोले धरान फिडर सटडाउन गरी तत्काल मर्मत सुधार गर्नु पर्ने भएको हुदा आज मिति २०८१।०७।०३ गते अहिले १२:०० बजे देखि १:०० बजे सम्म धरान बितरण अन्तर्गत सम्पुर्ण स्थान को बिधुत सेवा अवरुद्ध हुने ब्यहोरा जानकारी गराइन्छ । यसवाट ग्राहक महानुभाब मा पर्न जाने असुबिधा प्रति ने.बि.प्रा. धरान बितरण केन्द्र क्षमाप्रार्थी छ ।

https://youtu.be/JEwl6VcwTrM?feature=shared
18/10/2024

https://youtu.be/JEwl6VcwTrM?feature=shared

हर्क साम्पाङले वडाअध्यक्षलाई कार्यबाहक तोकेपछि निवर्तमान प्रमुखले गरे पत्रकार सम्मेलन ।

स्कुलमा चाेरीबराहक्षेत्र-२ स्थित बराह राईजिङ स्टार ईङ्लिस बाेर्डिङ स्कुलमा चाेरी भएकाे छ।मंगलबार राती स्कुलकाे प्रिन्सिप...
02/10/2024

स्कुलमा चाेरी

बराहक्षेत्र-२ स्थित बराह राईजिङ स्टार ईङ्लिस बाेर्डिङ स्कुलमा चाेरी भएकाे छ।
मंगलबार राती स्कुलकाे प्रिन्सिपलकाे कार्यकक्ष ताेडफाेड गरि चाेरी भएकाे हाे। कार्यालयमा भएकाे कम्प्युटर, प्रिन्टर तथा नगद अन्दाजी ४० हजार चाेरी भएकाे स्कुलकी काे-अर्डिनेटर गंगा कार्कीले जानकारी दिईन ।
स्कुलकाे ढाेकामा लात्तीले हानेर ताेड्फाेड गरिएकाे र काेठा भित्र रड समेत फेला परेकाे थियाे । स्कुलकाे गाडिकाे सिसा समेत ताेडफाेड गरिएकाे पाईएकाे छ ।
स्कुलले चतरा प्रहरी चाैकीमा चाेरी बारे जानकारी गराएपछि प्रहरीले अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।
चतरामा पछिल्लाे समय चाेरीका घटना बढिरहेकाे स्थानीयले जनाएका छन् । चतरामा लागुऔषध प्रयाेगकर्ताकाे संख्या बढ्दै जाँदा चाेरी तथा अन्य आपराधिक घटना बढिरहेकाे स्थानीयकाे भनाई छ ।

28/09/2024

ललितपुर नख्खुकाे याे दृष्य प्रधानमन्त्री, गृहमन्त्री र मन्त्रीहरुले देखे कि देखेनन् ??

माेरङ विराटनगरबाट उदयपुरकाे गाइघाट तर्फ जादै गरेको को १ ख ४६०१ नम्बरको नरसिंह डिलक्स यातायात बिहिबार साझ ५:३० बजेको समयम...
26/09/2024

माेरङ विराटनगरबाट उदयपुरकाे गाइघाट तर्फ जादै गरेको को १ ख ४६०१ नम्बरको नरसिंह डिलक्स यातायात बिहिबार साझ ५:३० बजेको समयमा कोशी ब्यारेजको ३४/३५ नम्बर ढोकाबाट खसेको छ ।
बसमा २० जना सवार रहेकोमा सबैजनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

26/09/2024

सुनसरीकाे बराहक्षेत्रमा हात्तीको बथान ।

सतर्क रहाैं । शेयर गराैं । सचेतना जगाऔ ।

आज बिहिबारकाे दिन धरानमा भएकाे भारी बर्षाका कारण धरान वाड न:११ भिक्टोरिया स्कुलमा पढ्ने बालक राेशन लिम्बुलाई खाेलाले बगा...
29/08/2024

आज बिहिबारकाे दिन धरानमा भएकाे भारी बर्षाका कारण धरान वाड न:११ भिक्टोरिया स्कुलमा पढ्ने बालक राेशन लिम्बुलाई खाेलाले बगाउँदा मृत्यु भएकाे छ ।
मंगलबारे चोकबाट ड्रेन तर्ने क्रममा उनलाई बगाएर धरान वाड न: १७ ठकुरी खोलामा मृत अवस्थामा फेला पारिएकाे थियाे ।

भैंसीले बाघ मार्याे!मकवानपुरको मनहरी गाउँपालिकामा बाघ मृत फेला परेको छ । आज बिहान सवा ३ बजे मनहरी गाउँपालिका–६ प्रतापुर ...
22/08/2024

भैंसीले बाघ मार्याे!

मकवानपुरको मनहरी गाउँपालिकामा बाघ मृत फेला परेको छ । आज बिहान सवा ३ बजे मनहरी गाउँपालिका–६ प्रतापुर बस्ने बलबहादुर राईको गोठमा बाघ मृत फेला परेको हो ।

गोठमा बाँधेको भैंसी घाइते अवस्थामा र भैंसी नजिकै बाघ मृतावस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । डिएसपी भण्डारीका अनुसार बाघको मृत्युको कारण पत्ता लागिसकेको छैन ।

नेपाली सेनाका अनुसार बाघ बुढो देखिन्छ र भैंसीले हान्दा मृत्यु भएकोजस्तो देखिन्छ तर मृत्युको कारण एकिन भइसकेको छैन ।

घटनास्थल चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्दछ । चितवन राष्ट्रिय निकुञ्जको सेनाको टोलीले मृत बाघ लगेर गएको छ ।

स्राेत : अनलाइन खबर

धरान खानेपानी बाेर्डकाे महशुल पुरानै कायम हुने ।
11/08/2024

धरान खानेपानी बाेर्डकाे महशुल पुरानै कायम हुने ।

धरान उपमहानगरपालिका गेट अगाडि दलहरुकाे आन्दोलन ।विद्यार्थीलाई प्रहरीले कुटिपट गरेकाे भन्दै गेटमा रहेकाे बाेर्ड ताेडफाेडक...
08/08/2024

धरान उपमहानगरपालिका गेट अगाडि दलहरुकाे आन्दोलन ।
विद्यार्थीलाई प्रहरीले कुटिपट गरेकाे भन्दै गेटमा रहेकाे बाेर्ड ताेडफाेडकाे प्रयास ।

30/07/2024

तरहरा छेउको ३३ के.भि टावरमा आगलागी भएर ठुलो आवाज सहित तार चुडीएकोले धरान बितरण केन्द्र अन्तर्गत सम्पुर्ण स्थानको बिधुत सेवा अवरुद्ध भएको छ । मर्मत को निमित्त टोलि परिचालित भैसकेको हुनाले धैर्य धारण गरिदिनुहु अनुरोध छ ।

धरान वितरण केन्द्र

सौर्य जहाज दुर्घटनामा १५ जनाको मृत्यु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा ...
24/07/2024

सौर्य जहाज दुर्घटनामा १५ जनाको मृत्यु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट पोखराका लागि बिहान ११ बजे उडेको विमान १९ जना यात्रु रहेका थिए । उनीहरू सबै सौर्यका कर्मचारी रहेको बताइएको छ ।

४ जनाको उद्दार गरिएको छ । जसमध्ये तीन जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ भने एक जनाको केएमसीमा उपचार भइरहेको छ ।

शवहरू शिक्षण अस्पताल महाराजगञ्ज लगिंदै गरिएको प्रहरीले जनाएको छ ।

स्राेत : अनलाईनखबर

सञ्चारकर्मी सञ्जिता धमलालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रै कुटपिटमा संलग्न भएको आरोपमा पक्राउ परेका सात...
18/07/2024

सञ्चारकर्मी सञ्जिता धमलालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रै कुटपिटमा संलग्न भएको आरोपमा पक्राउ परेका सातजनालाई बिहीबार जिल्ला प्रहरी कार्यालय सुनसरीले सार्वजनिक गरेको छ ।

बुधबार दिउँसो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेडियोलोजी विभागमा एक्स रे गर्न गएकी धमलालाई महिलाहरूको हुलले आक्रमण गरेको थियो ।

बीपी प्रतिष्ठानभित्रको सीसीटीभी फुटेजमा महिलाहरूले धमलालाई तानेर लछारपछार गरिरहेको देख्न सकिन्छ । कुटपिटमा उत्रिएपछि अन्यले धमलालाई बचाउने कोसिस गरेका थिए ।

प्रहरीले उक्त घटनापछि बुधबार नै कुटपिटमा संलग्न ५ जना महिलालाई बीपी प्रतिष्ठान हातातबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय इनरुवाको हिरासतमा राखेको थियो ।

हर्कका समर्थकबाट अस्पतालभित्रै कुटिइन् सञ्जिता धमला, मेयरको धम्की, ‘विस्फोट हुन सक्छ’
प्रहरीले उक्त घटनामा संलग्न भएको अभियोगमा बिहीबार धरानका मेयर हर्क साम्पाङकी अर्की समर्थक सिर्जना बेघालाई पनि पक्राउ गरिएको थियो । प्रहरीले उक्त घटनामा मुछिएका पूर्ण बान्तवालाई पनि पक्राउ गरेर इनरुवा पुर्‍याएको थियो । पक्राउ परेका सातैजना मेयर मेयर हर्क साम्पाङका समर्थक थिए । उनीहरू सबैलाई प्रहरीले सार्वजनिक गरेको छ ।

बीपी प्रतिष्ठानमा धमलामाथि हातमा उत्रिनेमध्ये सिर्जना पनि एक थिइन् । उनी बिहीबार इलाका प्रहरी कार्यालय धरान घेराउ गर्दै जबर्जस्ती प्रवेश गर्न खोज्नेमध्ये एक थिइन् । त्यसैगरी धरानको भानुचोकमा आधाघण्टा चक्काजाम गर्न पनि उनी उत्रिएकी थिइन् ।

बिहीबार पक्राउ गरिएका बान्तावा सिटी सफारी चालक थिए। उनी पनि मेयर साम्पाङका समर्थकमध्ये एक हुन् ।

बान्तावाले बुधबार इलाका प्रहरी कार्यालय धरान घेराउ गर्दै जर्बजस्ती भित्र पस्न खोजेका थिए । उनले प्रहरीको गेटबाट जबर्जस्ती भित्र पस्न खोजेको सीसीटीभी फुटेज बाहिरिएकोछ । प्रहरी कार्यालयमा जबर्जस्ती गर्न खोज्ने सत्य घले पनि खोजी सूचीमा छन् ।

यसैबीच जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेका सातैजनालाई बिहीबार सार्वजनिक गर्दै अभद्र व्यवहारको कसुरमा मुद्दा अघि बढाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता एवम् डीएसपी नवीनकृष्ण भण्डारीले पक्राउ परेका सातैजनालाई अभद्र व्यहवार कसुरमा जिल्ला प्रशासन कार्यालयमा मुद्दा अघि बढाउन म्याद लिइएको बताए ।

बुधबार पक्राउ परेका ५ जनालाई ७ दिन र बिहीबार पक्राउ परेका २ जनालाई ६ दिनको म्याद लिएर हिरासतमा राखिएको उनले बताए ।

Address


Telephone

+9779842054075

Website

Alerts

Be the first to know and let us send you an email when Dharan Online News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dharan Online News:

Videos

Share

Category