Ruby Valley Khabar

Ruby Valley Khabar Ruby Valley Khabar

20/03/2023

No.1 News Portal From Nepal

रुबिभ्यालीकाे खादिङ गाउँमा तमु ल्होछार कार्यक्रम हुनेधादिङ, ६ पौष । गुरुङ जातिको नयाँ वर्ष २६०६ओैं तमु  ल्होछार २०७९ को ...
21/12/2022

रुबिभ्यालीकाे खादिङ गाउँमा तमु ल्होछार कार्यक्रम हुने

धादिङ, ६ पौष । गुरुङ जातिको नयाँ वर्ष २६०६ओैं तमु ल्होछार २०७९ को अवसरमा पौष १३ देखि १५ गतेसम्म रुबिभ्याली गाउँपालिकाकाे खादिङ गाउँमा तमु ल्होछार कार्यक्रम हुने भएको छ ।
बाइथान देबि आमा समूह रुबीभ्याली – ६’ खादिङ गाउँको आयोजनामा हुने उक्त कार्यक्रममा स्थानीय कला सांस्कृतिक तथा खेलकुद कार्यक्रम हुने वडाका अध्यक्ष समिर गुरुङ बताए ।
कार्यक्रममा पुरुष भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता, घैटो फुटाउने एबं चर्चित कलाकारहरुको बेजोडको प्रस्तुति समेत रहने गुरुङले बताए ।
गत वर्ष रुबिभ्याली कै चालीस गाउँमा तमु ल्होछार कार्यक्रम गरिएको थियो । यसरी नै हरेक वर्ष गुरुङ गाउँहरुमा पालैपालो कार्यक्रम गर्दै आएको छ ।

रुबिभ्याली गाउँपालिकाबाट राप्रपाका ३ जना सांसद !धादिङ, २२ मङ्सिर । धादिङ जिल्लाको रुबिभ्याली गाउँपालिकाबाट ३ जना सांसद ह...
09/12/2022

रुबिभ्याली गाउँपालिकाबाट राप्रपाका ३ जना सांसद !

धादिङ, २२ मङ्सिर । धादिङ जिल्लाको रुबिभ्याली गाउँपालिकाबाट ३ जना सांसद हुने देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष बुद्दिमान तामाङ र बिना लामा समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्यमा मनोनीत हुने करिब निश्चित भएको एक विशेष स्रोतले बताएको छ ।
बुद्धिमान तामाङ आदिवासी–जनजाति अन्तर्गत पुरुषबाट र बिना लामा महिलाबाट पहिलो नम्बरमा पार्टीको बन्दसूचीमा परेका छन् ।
मङ्सिर ४ को चुनावबाट प्रदेशसभा सदस्यमा प्रत्यक्ष तर्फ राप्रपाबाटै डम्बर तामाङ विजयी भइसकेका छन् ।
प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ७ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकमा पनि ७ सिट पाएको छ ।

निर्वाचन आयोगद्वारा समानुपातिक सिट बाँडफाँट, कुन दलले कति पाए ?काठमाडौं, २१ मङसिर । निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न...
07/12/2022

निर्वाचन आयोगद्वारा समानुपातिक सिट बाँडफाँट, कुन दलले कति पाए ?

काठमाडौं, २१ मङसिर । निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट गरेको छ ।

प्रतिनिधिसभामा ३४ सांसद पाएको एमालेले प्रदेश १ मा १५, मधेश प्रदेशमा ८, बागमतीमा १४ गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ ।

यसैगरी, ९६ सांसदसहित दोस्रो स्थानमा रहेको कांग्रेसले प्रतिनिधिसभामा ३२, प्रदेश १ मा १२, मधेश प्रदेशमा ९, बागमतीमा १२ गण्डकीमा ९, लुम्बिनीमा १०, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ ।

४३ सांसदसहित तेस्रो स्थानको माओवादी केन्द्रले प्रतिनिधिसभामा १४, प्रदेश १ मा ४, मधेश प्रदेशमा ४, बागमतीमा ७, गण्डकीमा ३, लुम्बिनीमा ४, कर्णालीमा ५ र सुदूरपश्चिममा ३ जना सांसद पाएको छ ।

२४ सांसदसहित चौथो स्थानमा रहेको राप्रपाले प्रतिनिधिसभामा ७, प्रदेश १ मा ४, मधेश प्रदेशमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिममा १ जना सांसद पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा मात्र १३ सिट पाएको छ ।

एकीकृत समाजवादीले प्रतिनिधिसभामा सिट पाएको छैन भने प्रतिनिधिसभामा जम्मा ९ सांसद पाएको छ । नेमकिपाले प्रदेशसभामात्रै २ सांसद पाएको छ । जनता समाजवादी पार्टीले प्रतिनिधिसभा ५ र प्रदेशसभामा ९ सांसद पाएको छ । जनतम पार्टीले प्रतिनिधिसभामा ५ र प्रदेशसभा ९ सिट पाएको छ ।

प्रदेशसभामात्र सिट पाएका लोसपाले ३, नेपाल संघीय समाजवादीले १, नागरिक उन्मुक्ति पार्टीले ५, राष्ट्रिय जनमोर्चाले १, हाम्रो नेपाली पार्टीले १ सिट पाएको निर्वाचन आयोगले जनाएको छ ।

06/12/2022

No.1 News Portal From Nepal

धादिङ जिल्लामा कुन पार्टीको मत कति ?धादिङ, १८ मङ्सिर । मंसिर ४ गते सम्पन्न आम चुनावबाट धादिङमा बढी मतको अधारमा पहिलो पार...
04/12/2022

धादिङ जिल्लामा कुन पार्टीको मत कति ?

धादिङ, १८ मङ्सिर । मंसिर ४ गते सम्पन्न आम चुनावबाट धादिङमा बढी मतको अधारमा पहिलो पार्टी एमाले बनेको छ, प्रत्यक्ष तर्फ भने ६ सिट मध्ये ५ सिटका लागि उम्मेदवार उठाएको एमालेले एक सिट पनि जित्न सकेन ।
धादिङमा समानुपातिकतर्फ ४१ हजार ८८ मत प्राप्त गरी नेकपा एमाले पहिलो पार्टी बन्दा प्रत्यक्ष तर्फ पराजित हुन पुग्यो । दोस्रोमा नेपाली काँग्रेसले ३७ हजार ५२४ मत प्राप्त गर्यो कांग्रेसले प्रत्यक्ष तर्फ पनि धादिङमा ठुलो सफलता प्राप्त गर्दा संघीय सांसद सहित २ जना प्रदेश सांसद समेत जित्यो ।
तेस्रोमा नेकपा माओवादी केन्द्रले २७ हजार २८८ मत प्राप्त गर्दा प्रदेश तर्फ दुई क्षेत्रमा उम्मेदवार उठाएको माओवादीले १ क्षेत्र गुमायो भने एकमा जित हाँसिल गर्यो । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १५ हजार ७५५ मत ल्याउँदै चौंथो पार्टी बन्यो तर यस पार्टीले प्रत्यक्ष तर्फ जित हासिल गर्न सकेन ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १० हजार ०५३ मत पाँचौं पार्टी बन्दा प्रत्यक्ष तर्फ १ सिट जित्न सफल रह्यो । नेकपा एकीकृत समाजवादीले धादिङमा ८ हजार ४२९ मत प्राप्त गर्दा धादिङ १ मा लोकप्रिय मतका साथ विजयी बन्यो ।

कुल २ लाख ६५ हजार ९९६ मतदाता रहेको धादिङ जिल्लामा प्रतिनिधिसभा समानुपातिकतर्फ खसेको १ लाख ५१ हजार २०६ मतमध्ये ६ हजार ६१० मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

धादिङमा प्रत्यक्ष तर्फ कस्ले कस्लाई पराजित गरे :
धादिङ १ प्रतिनीधि सभा सदस्य
राजेन्द्र प्रसाद पाण्डे, एकीकृत समाजवादी प्राप्त मत ३५,९३४ विजयी
भुमि त्रिपाठी, नेकपा एमाले प्राप्त मत २७,९५३
धादिङ २ प्रतिनीधि सभा सदस्य
रामनाथ अधिकारी, नेपाली कांग्रेस, प्राप्त मत ३४,७३६ विजयी
खेम प्रसाद लोहनी, नेकपा एमाले, प्राप्त मत २४,१९०

धादिङ प्रतिनीधि सभा १ को प्रदेश सभा १
मदुकुमार श्रेष्ठ, नेपाली कांग्रेस प्राप्त मत १७,८७७ विजयी
रमेश आचार्य, नेकपा एमाले प्राप्त मत १६,५६८
धादिङ प्रतिनीधि सभा १ को प्रदेश सभा २
शालिकराम जमकट्टेल, माओवादी केन्द्र, प्राप्त मत १९,९२९ विजयी
गजेन्द्र थपलिया, नेकपा एमाले, प्राप्त मत १२,४९८

धादिङ प्रतिनीधि सभा २ को प्रदेश सभा १
गोविन्द लम्साल, नेपाली कांग्रेस प्राप्त मत १८,७४७ विजयी
डा. रामकुमार अधिकारी, नेकपा एमाले प्राप्त मत १६,४५८
धादिङ प्रतिनीधि सभा २ को प्रदेश सभा २
डम्बर तामाङ, राप्रपा प्राप्त मत १४,५१९ विजयी
जगत सिंखडा, माओवादी केन्द्र, प्राप्त मत १४,३८३

धादिङ क्षेत्र नं. २ (ख) प्रदेश सभा सदस्यमा राप्रपाका युवा नेता डम्बर तामाङ विजयी भएसंगै सम्पुर्ण मतदाताहरुलाई धन्यवाद व्...
26/11/2022

धादिङ क्षेत्र नं. २ (ख) प्रदेश सभा सदस्यमा राप्रपाका युवा नेता डम्बर तामाङ विजयी भएसंगै सम्पुर्ण मतदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

धादिङ क्षेत्र नं. २ (ख) प्रदेश सभामा राप्रपाबाट डम्बर तामाङ विजयी ।
23/11/2022

धादिङ क्षेत्र नं. २ (ख) प्रदेश सभामा राप्रपाबाट डम्बर तामाङ विजयी ।

23/11/2022

Address

Ruby Valley Rural Municipality
Dhading
45100

Telephone

+9779840403551

Website

Alerts

Be the first to know and let us send you an email when Ruby Valley Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ruby Valley Khabar:

Share

Category