26/05/2020
प्रिय् सुस्मा,,
प्रकृतिको यो महाबिपत्ति संग लडिरहेको मान्छे म तिमि संग हार्न पुगे ....अनि केही गल्तिहरु मैले गरेहोला,तर महागल्ती तिम्रो आमा,तिम्रो परिवार,तिम्रो समाज+खास समाजसेवी भनौदाहरुले गरे।दोस तिम्रो रत्तिभर छैन मलाइ थाहा छ,तर आजको समाज आजको पुस्ता र यो दुनियाले मेरो आवाज सुन्न सक्ने छैन्न।किनकी म यो दुनियाबाट हाम्रो अधुरो प्रेमका लागि बलिदानै दिई सकेको छु।
निक्कै ठूलो सपना थियो मेरो, अनि निक्कै आसा र भरोसा थियो मेरि आमाको म माथि,हुर्काय बढाय अब त केही दिनहरु पनि फेरिन्छ्न कि भन्ने, अनि बहिनी पनि बेला बेलामा दाइ भाउजु संग कुरा गराउनु न भन्दै जिस्काउथि,,निक्कै रङ्ग लाग्थ्यो मन-मनै तर पनि चुपचापमै जितिदिन्थे उस्लाइ।
अनि तिमिले माया न गरेकी पनि हैनौ फेरि,र तिमिले भनेका हरेक कुरा मैले न मानेको पनि कहाँ हो र ..?? र त आज हासी हासी मृत्यु स्विकारेको छु। सुस्मा खास दु:ख लाग्दो कुरा त यो कि मेरो मायाको उपहार स्वरूप मेरा निर्दोस साथिहरुले मृत्यु पाय। आखिर सजाय कहा सम्म्को दियो तिम्रो गाउ,अनि तिम्रो बिस्ट ठहरिने समाजले ...!!
आज यो बिस्वसंकट को बेला पनि सारा जगत नै खैलाबैला हुनेगरेर कहा सम्म्को अपराध गर्यो तिम्रो बिस्ट ठहरिने समाजले ...!!
सारा संसद मै हल्ला खल्ला हुने गरेर कत्ती सम्म झ्याली पिट्यो तिम्रो समाजले ....!!
वा-वा-वा-वा क्या रहेछ तिम्रो उच्च जातको समाज,,आज स्वर्ग बाटै पनि मलाइ घिर्णा लागेर आउछ।
ठिकै छ जे जस्तो गर्यो,तिम्रो समाजले तिम्रै लागि गर्यो तिमी त्यै समाज मा हासी खुसी संग बाच्नु।म बर्सौ बर्ससम्म पनि यो स्वर्गलोकमा तिमिलाइ पर्खियर बसिरहने छु।
उहि तिम्रो लागि तिम्रै समाजले अकालमै ज्यान फालिदियको=नबराज बि.क.
लेखक,नारायण थापा