Desh darshan weekly

Desh darshan weekly news paper

बिरगंज सिप्रट क्लबका को नयाँ पद आधिकारिक चयन ।२६ भदौ २०७८, शनिबारकुन्दन कुमार मिश्र- बिरगंजबिरगंज सिप्रट क्लबको मिति २०७...
11/09/2021

बिरगंज सिप्रट क्लबका को नयाँ पद आधिकारिक चयन ।

२६ भदौ २०७८, शनिबार
कुन्दन कुमार मिश्र- बिरगंज

बिरगंज सिप्रट क्लबको मिति २०७८ भदौ २६ बसेको बैठकले नयाँ पद-अधिकारी चयन गरेको छ। अध्यक्ष मा अोसन गुप्त ज्यु, उपाध्यक्ष मा अभिषेक गुप्ता, सचिव मा विवेक गुप्ता, सह-सचिव मा पयुष सराफ, कोसाध्यक्ष्य मा आलोक सराफ सह-कोसाध्यक्ष्य मा विवेक गुप्ता चयन हुनुभएको छ। साथै आजकौ बैठकमा कार्यसमिति सदस्य र युथ समिति समेत गठन गरेको छ। कार्यसमिति सदस्यमा निषा गुप्ता, रेशमी हर्लाल्का बिककि ठाकुर, संदिप मेहरा चयन हुनुभएको छ। साथै युथ समितिमा संदिप साह, अभिषेक सराफ, कुन्दन मिश्र, स्याम सराफ, शाहिल सराफ, सरणं गुप्ता, विवेक गुप्ता,अमन गुप्ता, अनुरेय गुप्ता, संचे मगर, जितेन्द्र सराफ केशव रौनियार, आषुतोश पटेल चयन हुनुभएको छ। नयाँ गठित समितिले आउने सबै कार्यक्रम गर्ने भएको छ। यो क्लबका आफ्नो स्थापना काल देखि नै सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिदै आएको छ। क्लबका संस्थापक सदस्यहरु द्वारा नयाँ गठित समितिको उत्तर उत्तर प्रगतिको कामना साथै हार्दिक शुभकामना प्रकट गरिएको छ।

बिरगंज भनसा नाका तनावग्रस्त ।१४ असार २०७८, सोमवारबिहानको ०९ : ५७कुन्दन कुमार मिश्र-बिरगंजबिरगंज भनसा नाका मा प्रहरी द्वा...
28/06/2021

बिरगंज भनसा नाका तनावग्रस्त ।

१४ असार २०७८, सोमवार
बिहानको ०९ : ५७
कुन्दन कुमार मिश्र-बिरगंज

बिरगंज भनसा नाका मा प्रहरी द्वारा आवतजावत पुर्ण रुपमा बन्द गरिएको ले स्थिति तनावग्रस्त। जिल्ला प्रशासन कार्यालय पर्सा द्वारा १३ असार २०७८ को आदेश अनुसार बिरगंज को ‌ईनरवा नाका बाहेक अरु नाका पूर्ण रूपमा बन्द रहने गरी आदेश जारी गरिएकोमा आज बिहानैदेखि रजतजयन्ती चोक नजिकै रहेको ईनडो आँखा अस्पताल सामु उबिएर प्रहरी द्वारा आवतजावत गर्न ब्यक्तिहरुलाई फर्काउने तथा भारतीय नागरिकलाई समेत भारत प्रवेश मा रोक लगाइएको छ। साथै आवतजावतमा रोक लगाइएपछि त्यहाँ मानिस को भिडभाड लागेको छ। सो भिडलाई नियन्त्रण मा लिनको लागी प्रहरी द्वारा लाठिचार्ज गर्ने चेतावनी समेत दिईएको छ।

बिरगंज मा पनि लागु भयो जोरबिजोर ।७ असार २०७८, सोमवारकुन्दन कुमार मिश्र-बिरगंजजिल्ला प्रशासन कार्यालय पर्सा द्वारा जारि ग...
21/06/2021

बिरगंज मा पनि लागु भयो जोरबिजोर ।

७ असार २०७८, सोमवार
कुन्दन कुमार मिश्र-बिरगंज

जिल्ला प्रशासन कार्यालय पर्सा द्वारा जारि गरिएको आदेश मा भोलि देखि बिरगंज मा पनि लागु हुन्छ जोरबिजोर प्रणाली । भोलि ८ गते बाट जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर का निजि यातायात का साधन हरुलाई पर्सा जिल्ला भरी सन्चालन गर्न पाउने छन्।

विश्वभरी फैलिदै गर्इरहेको नयाँ भेरियन्ट कोभिड-१९ महामारी नेपालमा समेत फैलिएको तथा पछिल्ला दिनहरुमा बारामा समेत सङ्क्रमणद...
20/06/2021

विश्वभरी फैलिदै गर्इरहेको नयाँ भेरियन्ट कोभिड-१९ महामारी नेपालमा समेत फैलिएको तथा पछिल्ला दिनहरुमा बारामा समेत सङ्क्रमणदर तिब्ररुपमा बढिरहेको सन्दर्भमा DCCMC र जिल्ला कोभिड व्यवस्थापन समितिका विभिन्न मितिमा भएका सिफारिस अनुसार प्रमुख जिल्ला अधिकारीबाट निषेध आदेश जारी भएको व्यहोरा अवगत नै छ । कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को देहाय १७ नं.बमोजिम जिल्ला कोभिड व्यवस्थापन समितिको मिति २०७८/०३/०६ गते बसेको बैठकबाट यस अघि जारी आदेशलार्इ निरन्तरता दिदै सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन,२०२० को दफा २ र स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी मिति २०७८/०३/०६ गते राती १२:०० बजेदेखि अर्को आदेश नभएसम्म बारा जिल्लाभर लागु हुने गरी देहाय बमोजिम (संशोधन सहित) को निषेध आदेश जारी गरिएको छ । यो आदेशको पालना गर्नु सबै व्यक्ति/संघ संस्था/पेशाकर्मी/व्यवसायी तथा आमनागरिकको कर्तव्य हो। यस आदेशको उल्लंघन गरेमा प्रचलित कानून अनुसार कारवाही हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराईएको छ।

पर्सा जिल्लामा निषेधाज्ञा असार १३ गतेसम्मका लागि लम्ब्याउने निर्णय भएको छ । निशेधाज्ञा लम्बिएपनी खाद्यान्न, अत्यावश्यक औ...
20/06/2021

पर्सा जिल्लामा निषेधाज्ञा असार १३ गतेसम्मका लागि लम्ब्याउने निर्णय भएको छ । निशेधाज्ञा लम्बिएपनी खाद्यान्न, अत्यावश्यक औषधी र स्वास्थ्य सेवा जस्ता पसलहरु भने नियमित रूपमा सञ्चालन गर्न पाइन्छ छन्। अन्य सबै पसलहरु बिहान १० बजेदेखि साँझ ५ बजेसम्म स्वास्थ सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न पाइन्छ ।

निषेधाज्ञा अझै लम्बियो।३० जेठ २०७८, आइतवारकुन्दन कुमार मिश्र-बिरगंजजिल्ला प्रशासन कार्यालय पर्सा द्वारा बिरगंज मा जारी न...
13/06/2021

निषेधाज्ञा अझै लम्बियो।

३० जेठ २०७८, आइतवार
कुन्दन कुमार मिश्र-बिरगंज

जिल्ला प्रशासन कार्यालय पर्सा द्वारा बिरगंज मा जारी निषेधाज्ञा अझै लम्बियाईने निर्णय गरेको छ। अब मोबाइलमा र अतिआवश्यक वाहन बाहेक अरु सवारी साधन नचलने साथै जिल्ला मा जारी रहेको निर्माण तथा मर्मत को कार्य भने निरन्तर रुपमा चलिरहने समेत निर्णय गरेको छ।

नयाँ मंत्री मण्डल गठन मंत्री बन्नेहरुको नाम र संबन्धित मंत्रालय
11/06/2021

नयाँ मंत्री मण्डल गठन मंत्री बन्नेहरुको नाम र संबन्धित मंत्रालय

नागरिकता अध्यादेश मा सर्वोच्च अदालतले रोक लगाइएको छ।
11/06/2021

नागरिकता अध्यादेश मा सर्वोच्च अदालतले रोक लगाइएको छ।

06/06/2021

बिरगंज महानगरपालिका ले अषाढ १ गते देखि  क्रमश सबै सामुदायिक तथा निजी विद्यालयहरू संचालन गर्ने निर्णय गरेको छ।
05/06/2021

बिरगंज महानगरपालिका ले अषाढ १ गते देखि क्रमश सबै सामुदायिक तथा निजी विद्यालयहरू संचालन गर्ने निर्णय गरेको छ।

मंत्रीमणडल मा फेरि हेरफेर भयो। अब मंत्री बने का नामहरू
05/06/2021

मंत्रीमणडल मा फेरि हेरफेर भयो। अब मंत्री बने का नामहरू

नेपाल वारियर्स एक्स ग्रुप बिरगंज द्वारा निशुल्क भोजन बितरण ।          १७ जेठ २०७८, सोमवारकुन्दन कुमार मिश्र-बिरगंज  कोरो...
31/05/2021

नेपाल वारियर्स एक्स ग्रुप बिरगंज द्वारा निशुल्क भोजन बितरण ।

१७ जेठ २०७८, सोमवार
कुन्दन कुमार मिश्र-बिरगंज

कोरोना महामारी को विषम परिस्थितिमा बिरगंज का जागरुक युवा हरुले दिन दुखी असहाय , बिरामी का कुरुवाहरु,दैनिक ज्यालादारी गर्ने मजदुर , निम्न आर्थिक अवस्था भएकाहरुको सेवा मा निशुल्क भोजन बितरण हिजो देखि बिरगंज - ५ को समाज सेवा समिती बाट शुरु गरेका छन । सागर सराफ को सन्योजकत्वमा शिवम पटेल,सलाउद्धिन आलम,रोशन गुप्ता,दिवेश पटेल,सद्दाम आलम,इनायत शेष,सौरभ सराफ,प्रकाश महतो,सन्दीप ,नावेद,सुनिल साह ,गुल अन्सारी लगायत का युवाहरुले ले आफ्नो पाकेट खर्चबाट निशुल्क भोजन तयार गरि बितरण गरेका हुन । यो भोजन बितरण अहिलेको समयमा गरिब हरुको पीडा मा केही भए पनि सहयोग पुग्ने बिश्वास का साथ सुरु गरेको र यो कार्य बेलुका निरन्तर जारी रहने साथै यस कार्यमा सहयोग गरि हौसला प्रदान गरि दिन सबैमा आग्रह गरे ग्रुपका लिड मेम्बर शिवम पटेल । हुनेखाने ले हुदाखाने लाई सेवा सहयोग गरौ अन्तर्गत आज दोस्रो दिन ८० जना लाई खाना बितरण गर्ने र बिस्तारै यस्लाइ बढाउदै लैजाने ग्रुपका संयोजक सागर सराफ ले जानकारी गराउनु भयो । सेवा सहयोग को लागि सम्पर्क नम्बर हरु- 9807282968 , 9828200602 9816258070 रहेको छ ।

१४ औ गणतन्त्र दिवसको अवसरमा १९ जना रिहा।१५ जेठ २०७८, शनिवारकुन्दन कुमार मिश्र-बिरगंजआज गणतन्त्र दिवस‌ नेपाल संघीय लोकतान...
29/05/2021

१४ औ गणतन्त्र दिवसको अवसरमा १९ जना रिहा।

१५ जेठ २०७८, शनिवार
कुन्दन कुमार मिश्र-बिरगंज

आज गणतन्त्र दिवस‌ नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र मा प्रवेश गरेको १३ वर्ष पुरा भएको छ। २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको मनाउने गरिन्छ। कोरोना संक्रमणको जोखिमका कारण दिवसका अवसरमा बिषेश कार्यक्रम गरिएको छैन्। लामो दाह वंशिय राज परम्परा अंतय भएको घोषणा गरिएको यो दिनलाई गणतन्त्र दिवसको रूपमा मनाइन्छ।
गणतन्त्र स्थापना पछि संविधानसभाको पहिलो बैठकले औपचारीक रुपमा राजतन्त्र अन्त्यको घोषणा गरिएको थियो। गणतन्त्र स्थापना पछि संविधानसभाको पहिलो बैठकले नयाँ संविधान दिन नसके पनि दोस्रो संविधानसभाले ७० वर्षिय पुरानो सपना साकार पारेको छ। २०७२ साल असोज ३ गते संविधानसभाले संविधान जारी गरेको हो। संघीय गणतन्त्र पछिका १३ वर्ष सोचे जस्तो र नागरिक को उपेक्षा अनुसार नभएको विष्लेशन गरिदै आइएको छ। भ्रष्टाचार तथा डणडहिनता बड्दै गएको छ। कोरोना माहामारीको बेलामा गरिएको काममा राज्य प्रति नागरिकहरुको उदासिनता बदेको छ। यसैबीच १४औ गणतन्त्र दिवसको अवसरमा आज बिरगंज कारागारमा रहेका १९ जान कैदि बन्दि हरुको सजाय ‌मिनाहा भएको छ। नेपाल सरकार मन्त्रीपरिषद्को शिपारिष अनुसार संविधान दिवस को अवसर पारी आज राष्ट्रपति श्रीमती विद्या देवी भण्डारी ज्यु ले देश भरका ४३० कैदि बन्दि हरुको कैद मिनाहा गरेको बिरगंज कारागारमा रहेका १९ जान कैदि बन्दि हरुको सजाय ‌मिनाहा भएको बिरगंज कारागार प्रमुख क्रिष्ण गरि ले बताउनुभयो छ। रिहा हुनेमा कर्तब्य ज्यान मुद्दाका ७ जना, सवारी ज्यान मुद्दाका ४ जान चोरीका ३ जना, ज्यान मार्ने उद्योगका १ जना, खुन डाका का १ जना, गर्व पतनका १ जना, हानि नुकषानिका १ जना जम्मा १९ जना आम माफी पाएको छैन। कैद कट्टि भएर रिहा हुनेलाई आज ११ बजे सामाजिक दुरि कायम गर्दै पारिवारिक पुनर्मिलन र सामाजिक कारण मा सफलता प्राप्त होस् भन्ने शुभकामना सहित बिदाई गरिएको कारागार प्रमुख गरि ले बताउनु भयो। कारागार भित्र आचरन सुधार भएको र आधि सजाय भोगिसकेको कैद मिनाहा भएको बिरगंज कारागारका चौकीदार मिश्रिलाल यादव ले बताउनुभयो छ।

महानगरपालिका ले आफैलेअौषधी खरिद गर्ने।१० जेठ २०७८, सोमवारकुन्दन कुमार मिश्र-बिरगंजवीरगन्ज महानगरपालिकाका नागर प्रमुख विज...
24/05/2021

महानगरपालिका ले आफैलेअौषधी खरिद गर्ने।

१० जेठ २०७८, सोमवार
कुन्दन कुमार मिश्र-बिरगंज

वीरगन्ज महानगरपालिकाका नागर प्रमुख विजय कुमार सरावगीले महानगरवासीकाे जीवन रक्षाका लागि नेपाल सरकारसँग एक लाख डाेज खाेप खरिद गर्न अनुमति माग्नु भएकाे छ । सरकारले समयमा खाेपकाे व्यवस्था मिलाउन नसक्दा महानगरपालिकाले अाफै खाेप खरिद गरी महानगरवासीलाइ लगाउने निर्णयमा पुगेकाे हाे ।

राष्ट्रपति बिद्या भण्डारीले मध्यरातमा संसद बिघटन गरेकी छिन् । शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले कार्तिक २६...
22/05/2021

राष्ट्रपति बिद्या भण्डारीले मध्यरातमा संसद बिघटन गरेकी छिन् ।

शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले कार्तिक २६ र मंसिर ३ मा चुनाव गर्ने मिति तोकेर राष्ट्रपति समक्ष सिफारिस गरेकाे थियाे ।राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरेकाे दाबी पूर्ण नभएको भन्दै खारेज गरेपछि बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन गरी निर्वाचनकाे घोषणा गर्ने निर्णय गरेको हो । सरकारले प्रतिनिधिसभाको निर्वाचनका राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि याे निर्णय अाएकाेहाे ।
प्रधानमन्त्री केपी ओलीले संसद् भंग गरेको याे दाेस्राे पटक हाे । यसअघि प्रधानमन्त्री ओलीले २०७७ पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाखमा निर्वाचन गर्ने घोषणा गरेका थिए तर सर्वोच्च अदालतले फागुन ११ गते सरकारको सो निर्णय उल्टाइदिएको थियो ।

राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरवहादुर देउवा दुवैजनाको वहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेपछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको हो ।

दाइजो एवम समाजिक कुरिति विरुद्ध जागरण मंच द्वारा मास्क वितरण कार्यक्रम सम्पन्न।२०७८/०१/३० गते,बिहीवारसचेतना सहित मास्क ब...
13/05/2021

दाइजो एवम समाजिक कुरिति विरुद्ध जागरण मंच द्वारा मास्क वितरण कार्यक्रम सम्पन्न।

२०७८/०१/३० गते,बिहीवार

सचेतना सहित मास्क बितरण कार्यक्रम सम्पन्न भएको
आज पर्सा जिल्ला जगरनाथपुर गा पा वा न ४ टोल सुहपुर मा ,दाइजो एवम समाजिक कुरिति विरुद्ध जागरण मंच,को आयोजना तथा वडा कार्यालय को सहकार्य मा यी वडा का वडा अध्यक्ष श्री प्रभुनाथ चौघरी ज्यूँ को अध्यक्षतया मा कूल ७५०पीस सर्जिकल मास्क निशुल्क बितरण गरिएको छ।
यहा संस्था का अध्यक्ष बृजेशवर प्रसाद चौघरी ले कार्यक्रम संचालन संगै यो कोरोना बाट आफु बच्न र अरु लाइ बचाउन के कसरी सुरक्षित बस्नु पर्ने हो। त्यस बारे बिस्तार मा ब्याख्या गर्दै आम जनता लाइ सचेत गराउनु भयो।
त्यस्तै यहा समाजसेवी ठाकुर प्रसाद चौघरी,राजदेव चौघरी,सुरेन्द्र महतो,बीरेन्द्र चौघरी,लालबाबु चौघरी,नारद चौघरी लगाएत यहा अरु थुप्रै साथीहरु को उपस्थित रहेको थियो।

सेतो नंबर प्लेट द्वारा ठक्कर२८ वैशाख २०७८, मंगलवारकुन्दन कुमार मिश्र, बिरगंजबिरगंज को बसपार्क चोक मा   देवताल गाउँपालिका...
11/05/2021

सेतो नंबर प्लेट द्वारा ठक्कर

२८ वैशाख २०७८, मंगलवार
कुन्दन कुमार मिश्र, बिरगंज

बिरगंज को बसपार्क चोक मा देवताल गाउँपालिका को‌ बा २ झ ३९७३ नम्बर प्लेट को चार चक्का गाडी ले ना ३९ प ४३३४ नं प्लेट को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिकिस्त घाइते भएको छ। सो गाडी ब्रहम चोक देखि बसपार्क आउदै गरेको र सो हि दिसाको छेउबाट सडक पार गर्दै गरेको बेला सो दुर्घटना भएको हो। साथै गाडी अत्याधिक गतिमा रहेको थियो। बसपार्क चोक मा खटिएका प्रहरी द्वारा पिडितलाई नारायणी उपक्षेत्रीय अस्पताल लगिएको हो। प्रहरीले घटनाको थप अनुसन्धान को लागि दुवै गाडि नियन्त्रण मा लिईएको छ।

विस्वास को मत पाएनन्- प्रधानमन्त्री२७ वैशाख २०७८, सोमवारप्रधानमन्त्री केपी शर्मा ओली ले नेपाल को संबिधान को धारा १०० को ...
10/05/2021

विस्वास को मत पाएनन्- प्रधानमन्त्री

२७ वैशाख २०७८, सोमवार

प्रधानमन्त्री केपी शर्मा ओली ले नेपाल को संबिधान को धारा १०० को उपधारा १ बामोजिम आफु माथि प्रतिनिधिसभा को विस्वास छ भनि प्रतिनिधिसभा बाट विस्वासको मत लिन प्रस्ताव राख्नुभएको मा प्रतिनिधिसभाका २३२ सांसद मधे हुन्छ मा जम्मा ९३ मत प्राप्त गरी, हुदैन मा जम्मा १२४ मत प्राप्त गरेको छन र प्रस्ताव को मत दिन्न मा जम्मा १५ मत प्राप्त गर्नुभएका छन्। यसैगरी प्रधानमन्त्री काम चलाउ सरकारमा परिनत हुनुभएको छ। साथै सभामुख अग्नि प्रसाद सापकोटा ज्यु ले आजै यो कुरा सम्माननीय राष्ट्रपति श्रीमती विद्या देवी भण्डारी ज्यु समक्ष राख्नेछु। अब सम्माननीय राष्ट्रपति श्रीमती विद्या देवी भण्डारी ज्यु ले बहुमतले सरकार बनाउनका लागि प्रतिनिधिसभा का विपक्षी पार्टीलाई आग्रह गरने छिन्।

news paper

निषेधाज्ञा झन लम्बिने। २१ वैशाख २०७८, मंगलवारकुन्दन कुमार मिश्र,बिरगंज। विश्वब्यापी महामारीको रुप लिईरहेको कोभिड-१९ को न...
04/05/2021

निषेधाज्ञा झन लम्बिने।

२१ वैशाख २०७८, मंगलवार
कुन्दन कुमार मिश्र,बिरगंज।

विश्वब्यापी महामारीको रुप लिईरहेको कोभिड-१९ को नयाँ भेरियन्ट सहितको संक्रमणको महामारीबाट पछिल्ला केही दिन यता पर्सा जिल्ला पनि नराम्रोसँग प्रभावित भईरहेको हुँदा उक्त संक्रमणको प्रभावकारी नियन्त्रण र रोकथामका लागि यस पूर्व मिति २०७८-०१-२२ गते राती १२:०० बजेसम्म लागु हुने गरि जारी गरिएको निषेधाज्ञा जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र, पर्साको मिति २०७८-०१-२१ गतेको निर्णय समेतका आधारमा संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम पर्सा जिल्ला भर यही मिति २०७८-०१-२२ गते राती १२:०० बजे देखि मिति २०७८-०१-३० गते राती १२:०० बजेसम्म लागु हुने गरी देहाय बमोजिमको निषेध आदेश जारी गरिएको छ । यो आदेशको पालना गर्नु/गराउनु सम्बद्ध सबैमा अनुरोध छ।

राष्ट्रिय जनगणना द्वारा आयोजित गोष्ठी बिथोलियो।१७ वैशाख २०७८, शुक्रवारकुन्दन कुमार मिश्र, बिरगंज।राष्ट्रिय जनगणना आयोग ल...
30/04/2021

राष्ट्रिय जनगणना द्वारा आयोजित गोष्ठी बिथोलियो।

१७ वैशाख २०७८, शुक्रवार
कुन्दन कुमार मिश्र, बिरगंज।

राष्ट्रिय जनगणना आयोग ले आयोजना गरेको तालिम तथा गोष्ठी कार्यक्रम बिरगंज को सिद्धार्थ ईन्टरनेशनल कलेज बिरगंज को प्राङ्गणमा चलिरहेको बेला ‌ बिरगंज का अग्रज पत्रकार धुर्व साह द्वारा बिथोलियो। विषेश सुराकीको आधारमा सिद्धार्थ कलेज मा पुगेपछि सो कुरा सत्य भएको खुलासा भएको पस्चात प्रहरीलाई ‌खबर गरिएको थियो। सो कार्यक्रम हिजो देखिनै सन्चालनमा रहेका थियो। कार्यक्रम मा सहभागीलाई आवतजावत मा कठिनाइ नहोस भनेर फोटो सहितको परिचय पत्र समेत दिईएको थियो। सहभागीहरु सङ्ग कुरा गर्दा उहाँहरु ले यस्तो माहामारीको बेलामा आजागिरको लागि आउनैपर्छ जस्तो कुरा बताएका छन्।

29/04/2021

Nepal Last 24 hours update:

New Cases: 4831
Recovered: 888
Deaths: 35

Total Data
Updated at: 29th April 2021

Total Cases: 317530
Total Infected: 34117
Recovered:. 280167
Deaths:. 3246

PCR Test: 2458565
Isolation:. 34117
Quarantined:. 59

PARSA DISTRICT TILL TODAY
Total: 4660
Male: 3521
Female: 1139

निषेधाज्ञा को आज पहिलो दिन ।२०७८/०१/१६, बिहिबारकुन्दन कुमार मिश्र, बिरगंज।जिल्ला प्रशासन कार्यालय पर्सा द्वारा जारि गरिए...
29/04/2021

निषेधाज्ञा को आज पहिलो दिन ।

२०७८/०१/१६, बिहिबार
कुन्दन कुमार मिश्र, बिरगंज।

जिल्ला प्रशासन कार्यालय पर्सा द्वारा जारि गरिएको निषेधाज्ञा को आज पहिलो दिन बिरगंज का सडकहरू सुनसान बनेका छन्। सर्वसाधारणहरु द्वारा पुर्ण रुपमा निषेधाज्ञा को पालना गरिदै। निषेधाज्ञालाई थप प्रभावकारी बनाउन नेपाल प्रहरी, शस्त्र प्रहरी द्वारा बिरगंजका प्रखर सडक तथा चोक-चोकमा ब्यारिकेटिङग लगाएर चेक-जाँच गरिदै। साथै प्रहरी द्वारा ‌मायकिङग समेत गरि सर्वसाधारणहरुलाई आ-आफ्नो घरमै बस्ने आग्रह ।

जिल्ला प्रशासन कार्यालय पर्सा को आदेश।१४ वैशाख २०७८, मंगलवारकुन्दन कुमार मिश्र, बिरगंज।आज जिल्ला प्रशासन कार्यालय पर्सा ...
27/04/2021

जिल्ला प्रशासन कार्यालय पर्सा को आदेश।

१४ वैशाख २०७८, मंगलवार
कुन्दन कुमार मिश्र, बिरगंज।

आज जिल्ला प्रशासन कार्यालय पर्सा मा प्रमुख जिल्ला अधिकारी ज्यु को संयोजकत्वमा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र को बैठकबाट जरि गरिएको आदेश अनुसार यहिँ मिति २०७८/०१/१६ गते बिहान ४:०० बजे देखि मिति २०७८/०१/२२ गते राति १२:०० बजे सम्म र
पर्सा जिल्ला भरि लागु हुने छ।

पत्रकार आक्रमण गर्ने र धम्की दिनेलाई कारबाहीकाे मागमितिः२०७८।०१।०८नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सचिव एवं अन्नपूर्...
21/04/2021

पत्रकार आक्रमण गर्ने र धम्की दिनेलाई कारबाहीकाे माग

मितिः२०७८।०१।०८
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सचिव एवं अन्नपूर्ण पोष्ट व्यूरो सहइन्चार्ज राजकरण महतोमाथि प्रहरीले गरेको दुर्व्यवहार र आक्रमणका घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ महोत्तरी शाखाका अनुसार वैशाख ७ गते मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय गौशालामा कपाली तमसुकको विषयमा दुई पक्षबीच भएको कुटपिटको भिडियो खिँचिएको भन्दै प्रहरीले मोबाइल खोसेर गालीगलौज र हातपात गर्दै थुन्ने धम्की दिएका थिए ।

नागरिकलाई सुसूचित गर्ने कर्म निर्वाहमा जुटेका पत्रकारमाथि प्रहरीले गरेको यो व्यवहारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको महासंघको ठहर छ । महासंघ प्रहरीको यो ज्यादतीको घोर निन्दा गर्दछ । घटनामा संलग्न प्रहरीमाथि कारबाही गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

यसगैरी सोही दिन दिउँसो महासंघ कालिकोट शाखाका सदस्य एवं राजधानी दैनिकका संवाददाता विश्वनाथ सिम्खडालाई भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति पनि महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । कालिकोट शाखाका अनुसार आफूलाई अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ता बताउने व्यक्तिले समाचारको विषयलाई लिएर पत्रकार सिम्खडालाई धम्क्याएका थिए । संप्रेषित समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोज्न सकिने व्यवस्था हुँदाहुँद पत्रकारलाई भौतिक कारबाहीको धम्की दिनु प्रेसविरोधी काम हो । महासंघ घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा विशेष ध्यान दिन स्थानीय प्रशासनको गम्भीर ध्यानाकर्षण गराउँदछ।

.........................
रोशन पुरी
महासचिव

साभार नेपाल पत्रकार महासंघ

विवाह अघि प्रमुख जिल्ला अधिकारी ज्यु को अनुमति लिनुपर्ने।२०७८/०१/०७- बिरगंजकुन्दन कुमार मिश्र।बिस्व ब्यापक रुपमा फैलिरहे...
21/04/2021

विवाह अघि प्रमुख जिल्ला अधिकारी ज्यु को अनुमति लिनुपर्ने।

२०७८/०१/०७- बिरगंज
कुन्दन कुमार मिश्र।

बिस्व ब्यापक रुपमा फैलिरहेको कोरोना कोभिड-१९ को संक्रमण नेपाल मा पनि विगत केही दिनदेखि ब्यापक रुपमा फैलिरहेको कुरालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय पर्सा द्वारा जिल्ला वासिन्दा मा विवाह, ब्रतबन्ध, लगायतका संस्कृति,/धार्मिक आयोजना गर्नु पर्ने मा प्रमुख जिल्ला अधिकारी (सिडियो) सङ्ग अनुमति लिनुपर्ने कुरा समस्त जिल्ला बासिन्दा मा जानकारि गराईन्छ।

प्रदेश २ को नाम मधेस र राजधानी जनकपुर राख्न प्रस्ताववीरगञ्ज, ६ बैशाख । प्रदेश नम्बर २ को नामकरण र स्थायी राजधानीका लागि ...
19/04/2021

प्रदेश २ को नाम मधेस र राजधानी जनकपुर राख्न प्रस्ताव

वीरगञ्ज, ६ बैशाख ।

प्रदेश नम्बर २ को नामकरण र स्थायी राजधानीका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन्। प्रदेशको नामकरण र स्थायी राजधानीका लागि दुई–दुई वटा प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए।

नामकरणका लागि जसपाका प्रदेशसभा सदस्य शैलेन्द्र कुमार यादव र माओवादी केन्द्रका प्रदेशसभा सदस्य भरत प्रसाद साहले प्रस्ताव दर्ता गराएको छन् । त्यसैगरी राजधानीका लागि जसपाका प्रदेशसभा सदस्य परमेश्‍वर साह र माओवादी केन्द्रका प्रदेशसभा सदस्य भरत प्रसाद साहले प्रस्ताव दर्ता गराएको सचिव यादवले जानकारी दिए ।

दुवै दलका प्रदेशसभा सदस्यहरुले प्रदेशको नाम ‘मधेस’ र स्थायी राजधानी ‘जनकपुरधाम’ कायम हुने गरी सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन्।
जसपाका तर्फबाट राजधानी ‘जनकपुरधाम’ को सवालमा परमेश्‍वर साहको प्रस्तावमा प्रदेशसभा सदस्यहरु चमेली देवी दास, सञ्च माया मोक्तान र मीरा कुमारी साहले समर्थन जनाएका छन् भने नामकरण ‘मधेस’ प्रदेशको सवालमा शैलेन्द्र कुमार यादवको प्रस्तावमा प्रदेशसभा सदस्यहरु रानी कुमारी तिवारी र बबिता कुमारीले समर्थन जनाएका छन्।
त्यस्तै, नेकपा माओवादी केन्द्रको तर्फबाट राजधानी ‘जनकपुरधाम’ र नामकरण ‘मधेस’ प्रदेशको सवालमा संसदीय दलका नेता भरत प्रसाद साहले दर्ता गराएको प्रस्तावमा प्रदेशसभा सदस्यहरु जगत प्रसाद यादव र दिलीप कुमार साहले समर्थन जनाएका छन्।
प्रदेश २ सरकारले प्रदेशको नाम र राजधानी तोक्न नसकेको भन्दै कडा आलोचना भइरहेको थियो ।

प्रदेशसभाले बैशाख २ गते प्रदेशको नाम र राजधानीका लागि बैशाख ९ गते दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराउन आह्वान गरेको छ ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले एक सूचना जारी गर्दै प्रदेशको नामकरण र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गराउन आह्वान गरेका हुन् । नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेशको नामाकरण प्रदेशसभाको दुई तिहाई बहुमतबाट पारित गर्नुपर्ने हुन्छ । त्यस्तै, राजधानीका लागि सवालमा नेपालको संविधानको धारा २८८ को उपधारा (२) बमोजिम प्रदेशसभामा तत्काल कायम रहेको दुई तिहाई बहुमतले नै पारित गर्नुपर्छ।
यसअघि विसं २०७६ साल चैत ४ गते प्रदेशको नाम र स्थायी राजधानीका लागि सचिवालयले गरेको प्रयास असफल भएको थियो । प्रदेशसभामा नामसम्बन्धी चारवटा प्रस्ताव र स्थायी राजधानीसम्बन्धी ३ वटा प्रस्तावमाथि मतदान भएको थियो । तर नाम र राजधानीका लागि दर्ता गराइएका प्रस्तावहरू मध्ये कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाई मत आउन सकेको थिएन ।

यसअघिको नाम र राजधानीका लागि तत्कालीन समाजवादी पार्टी र राजपाले प्रदेशको नाम मधेस प्रस्ताव गरेको थियो । नेपाली कांग्रेसले मिथिला भोजपुरा प्रस्ताव दर्ता गराएको थियो भने कांग्रेसकै प्रदेशसभा सदस्य राजेश्वर साहले मध्य मधेस नाम प्रस्ताव दर्ता गराएका थिए । तत्कालीन नेकपाले प्रदेशको नाम जानकी प्रस्ताव गरेको थियो ।

साभार पब्लिक एफएम

पर्सा जिल्ला को जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाह बारे अत्यन्त जरुरी सूचना।
19/04/2021

पर्सा जिल्ला को जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाह बारे अत्यन्त जरुरी सूचना।

Address

Reshamkothi 7 Birgunj
Birgunj

Telephone

+9779845988361

Website

Alerts

Be the first to know and let us send you an email when Desh darshan weekly posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Desh darshan weekly:

Share

Category