Fnj Koshi

Fnj Koshi Federation of Nepali Journalists (FNJ) Province 1 is a professional representative body of more than 1,700 media persons working in all areas of modern media.

10/04/2024

रु.२०,००० बराबरको फेलोसिपको लागि आवेदन दिने समय अब १ दिन बाँकी
आवेदनमा अनिवार्य खुलाउनुपर्ने विषयहरु.....
१. नागरिकताको कपी
२. तीन वर्ष अगाडि लेखेको कम्तीमा एक समाचारको कटिङ
३. मुख्य पेशा पत्रकारिता रहेको पत्रकार महासंघको सिफारिस
४. फेलोसिप छाप्ने मिडियाको नियुक्ति पत्र वा छाप्ने अनुमतिपत्र ।
५. निवेदन (तोकिएका कुरा खुलाएर)
६. विषयवस्तु उल्लेख गर्दा थोरै आउटलाइन लेख्ने । ( लेख्न चाहेको कुन विषय । त्योभित्र के के समावेश गर्ने ? लेख्न लागेको विषयमा प्रदेश सकारको भूमिका । प्रदेशभरीको लेख्ने कि जिल्लाभित्रको मात्र ? कुनै मन्त्रालयको लेख्ने कि सिंगो सरकारको ?) आदि

कोशी प्रदेशका पत्रकारहरुको लागि लेखनबृत्तिको अवसर
05/04/2024

कोशी प्रदेशका पत्रकारहरुको लागि लेखनबृत्तिको अवसर

28/03/2024
सहयोगको अपिल
18/01/2024

सहयोगको अपिल

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हान बमोजिम जाजरकोट र रुकुमका भूकम्पपीडित पत्रकारका लागि महासंघले स्थापना गरेको...
05/12/2023

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हान बमोजिम जाजरकोट र रुकुमका भूकम्पपीडित पत्रकारका लागि महासंघले स्थापना गरेको केन्द्रीय राहत कोषमा महासंघ कोशी प्रदेश समितिको तर्फबाट ५० हजार रुपैयाँ जम्मा गरिएको छ ।

नेपाल पत्रकार महासंघ  केन्द्रीय समितिले सदस्यहरूकाे नामावली सार्वजनिक गरेको छ । नाममाथिकाे उजुरी र अन्यायमा परेकाले २०८०...
13/10/2023

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले सदस्यहरूकाे नामावली सार्वजनिक गरेको छ । नाममाथिकाे उजुरी र अन्यायमा परेकाले २०८० कात्तिक ११ गतेसम्ममा प्रमाणसहित उजुरी गर्न सक्ने व्यवस्था छ । उजुरी दिने इमेल [email protected]

शुद्धीकरण समितिले निर्धारण गरेको मापदण्डअनुसार प्रदेश समितिबाट प्रस्तावित सदस्यका नाम सार्वजनिक गरिएको सूचना

मितिः २०८०।०६।१९प्रेस विज्ञप्ति झापाको दमकस्थित पूर्वसन्देश दैनिकमा प्रकाशित समाचारको विषयलाई लिएर दमकस्थित फाल्गुनन्द स...
06/10/2023

मितिः २०८०।०६।१९

प्रेस विज्ञप्ति
झापाको दमकस्थित पूर्वसन्देश दैनिकमा प्रकाशित समाचारको विषयलाई लिएर दमकस्थित फाल्गुनन्द सहकारीका संस्थाका अध्यक्ष संकल्प लिङ्देनले नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा पूर्वसन्देश दैनिकका प्रधानसम्पादक गञ्जबहादुर दाहाल र महासंघ मोरङ शाखाका सदस्य घनश्याम भण्डारीलाई पटक–पटक धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।
असोज १३ गते पूर्वसन्देश दैनिकमा पत्रकार भण्डारीले लेखेको बचतकर्ताको रकम गायब ! शीर्षकको समाचारलाई लिएर लिङ्देनले पत्रकारद्वयलाई धम्की दिएको महासंघ झापा शाखा र पीडित पत्रकारले जानकारी दिएका छन् । प्रधानसम्पादक दाहाललाई सहकारीको दमकस्थित कार्यालयमा बोलाएर करिब २० मिनेट बन्धक बनाई मानसिक तनाब र धम्की दिएका लिङ्देनले फोन र म्यासेजमार्फत पनि दाहाल तथा भण्डारीलाई बारम्बार धम्की दिएको पाइएको छ । समाचारमा चित्त नबुझेमा कानुनी रूपमा अघि बढ्ने बाटो हुँदाहुँदै पत्रकारमाथि धम्की र मानसिक यातना दिनु प्रेश तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी अपराधिक कार्य हो । महासंघ यस्तो हर्कतको निन्दा र भत्र्सना गर्दछ । समाचारको विषयलाई लिएर फसाउने र अपहरण गर्नेसम्मको धम्की दिएको घटनाले पत्रकार दाहाल र भण्डारीको सुरक्षामा पनि चुनौति देखिएको छ ।
महासंघ पटक–पटक पत्रकारलाई धम्की र मानसिक तनाब दिएका लिङ्देनलाई तत्काल पक्राउ गरी कार्वाहीको दायरामा ल्याउन माग गर्दछ । साथै पत्रकारद्वयको सुरक्षामा ध्यान दिन र स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने वातावरण तयार गर्न महासंघ सरकार तथा स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदछौं ।

विवेक गौतम
महासचिव

मितिः २०८०।०६।१०प्रेस विज्ञप्ति नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको कार्यालयमा सदस्यता शुद्धिकरणको विषयमा र मोरङ शा...
27/09/2023

मितिः २०८०।०६।१०

प्रेस विज्ञप्ति
नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको कार्यालयमा सदस्यता शुद्धिकरणको विषयमा र मोरङ शाखा कार्यालयमा कार्यबाहक अध्यक्षको विषयमा पत्रकार संगठनहरुले केहि दिन अघिदेखि गरेको तालाबन्दीप्रति महासंघ प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।
सदस्यता शुद्धिकरण मापदण्ड अनुसार जिल्ला शाखाले गरेको निर्णयमाथि सुनुवाई गर्दै प्रदेश समितिले गरेको निर्णय केन्द्रीय समितिले अभिलेखीकरण गर्न बाँकी नै छ । प्रदेशको निर्णयमाथिका गुनासोहरुको बारेमा प्रदेश समितिले संवादको प्रक्रिया अगाडि बढाएको छ भने शुद्धिकरण मापदण्ड अनुसार केन्द्रीय समितिले पनि त्यो विषयको सुनुवाई गर्ने स्पष्ट छ । मापदण्डअनुसार पत्रकारितामा सक्रिय रहेकाहरुको नविकरण र योग्यता पुगेकाहरुको सदस्यता प्राप्त गर्ने अधिकारको लागि प्रदेश समितिले केन्द्रीय समितिमा पनि सहजीकरण गर्ने जानकारी गराउँदछौं ।
साथै मोरङ शाखाका अध्यक्ष सञ्जीव खनाल तेस्रो मुलुकमा गएपछि कार्यबाहक अध्यक्ष दिएको सम्बन्धमा भएको उत्पनन विवादबारे प्रदेश समितिको तर्फबाट केन्द्रीय समितिमा पत्राचार भइसकेको छ । अध्यक्षको अनुपस्थितिमा कार्यबाहकको विषय महासंघका प्रचलन र बिधान अनुसार हुने हुँदा विधानको व्याख्या केन्द्रीय समितिले गर्ने भएकोले त्यसबारे केन्द्रीय समितिमार्फत टुंगो लाग्ने जानकारी गराउँदछौं ।
प्रदेश र मोरङ शाखामा उत्पन्न समस्या छिटोभन्दा छिटो समाधान हुने प्रतिबद्धता व्यक्त गर्दै तालाबन्दीको कारण महासंघका आन्तरिक गतिबिधि र सामाजिक सम्बन्धसँग जोडिएका कतिपय काम पनि प्रभावित भएको सन्दर्भमा ताला खोलेर सहज वातावरण निर्माण गर्न सम्बन्धित सबैमा हार्दिक आग्रह गर्दछौं ।

विवेक गौतम
महासचिव

मितिः २०८०।०४।१०प्रेस विज्ञप्तिनेपाल पत्रकार महासंघ सुनसरीका कार्यसमिति सदस्य रहेका पत्रकार सुविन विश्वकर्मालाई समाचारको...
26/07/2023

मितिः २०८०।०४।१०

प्रेस विज्ञप्ति
नेपाल पत्रकार महासंघ सुनसरीका कार्यसमिति सदस्य रहेका पत्रकार सुविन विश्वकर्मालाई समाचारको विषयमा ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिकाका प्रमुखको विषयमा हाम्रोशब्द डटकममा लेखिएको समाचारको विषयमा लिएर नगरप्रमुख रमेश कार्कीको सचिबालयमा कार्यरत सुरज क्षेत्री र रोहित बस्नेतले मिति २०८० साउन ९ गते साँझ ७ बजेतिर घरमै गएर ‘हातखुट्टा भाचिदिन्छु’ भन्दै धम्की दिएका थिए । सो घटना बाहिर आएपछि पुनः पत्रकार विश्वकर्मालाई तरुण दलमा आबद्ध भविन चाम्लिङ राईले ९८६७८२२२७३ नम्बरको मोबाइलबाट फोन गरी ‘जहाँ भेट्छु, त्यहि पड्काइदिन्छु’ भन्दै आक्रमणको धम्की दिएका छन् ।

समचारको विषयमा चित्त नबुझे त्यसको सुनुवाई गर्ने कानुनी प्रक्रिया र स्थापित बिधि भएपनि त्यसविपरित पत्रकारलाई बारम्बार धम्की दिएको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी मात्र नभएर अपराधिक कार्य हो । बारम्बारको धम्कीको कारण पत्रकार विश्वकर्माको भौतिक सुरक्षामै चुनौति देखिएकोले निजको सुरक्षाको प्रबन्ध गर्न, धाकधम्की दिनेहरुलाई तत्काल कानुनी कार्वाहीको दायरामा ल्याउन तथा स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने वातावरण तयार गर्न सरकार र स्थानीय प्रशासनसँग माग गर्दछौं ।

नगरप्रमुख कार्कीको सचिबालयसँग जोडिएका व्यक्तिहरुबाट पत्रकारहरुमाथि बारम्बार धम्की आउनुले नगरप्रमुखको नियतमाथि पनि गम्भीर प्रश्न खडा भएको छ । यसप्रति आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न, अपराधिक कार्य गर्नेलाई कानुनी दायरामा ल्याउने कार्यमा सहयोग गर्न र स्वतन्त्र एवं निर्धक्क भएर पत्रकारिता गर्ने वातावरण तयार गर्न आग्रह गर्दै नगरप्रमुख कार्कीलाई आफ्नो मातहतमा हुने अबाञ्छित गतिबिधि रोक्न चेतावनी दिन्छौं ।
.............
विवेक गौतम
महासचिब

नेपाल पत्रकार महासंघ कोशी प्रदेश अन्तर्गत जिल्ला शाखाहरुबाट महासंघको सदस्यता नविकरणको लागि प्राप्त नामावली । सदस्यता नवि...
21/06/2023

नेपाल पत्रकार महासंघ कोशी प्रदेश अन्तर्गत जिल्ला शाखाहरुबाट महासंघको सदस्यता नविकरणको लागि प्राप्त नामावली । सदस्यता नविकरणबारे कुनै गुनासो वा उजुरी भएमा असार १० गतेभित्र जानकारी दिन सबैलाई अनुरोध छ ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेश अन्तर्गत जिल्ला शाखाहरुबाट महासंघको नयाँ सदस्यतको लागि आवेदन गर्ने १७१ जनाको नामावली । ...
21/06/2023

नेपाल पत्रकार महासंघ कोशी प्रदेश अन्तर्गत जिल्ला शाखाहरुबाट महासंघको नयाँ सदस्यतको लागि आवेदन गर्ने १७१ जनाको नामावली । नयाँ सदस्यताबारे कुनै गुनासो वा उजुरी भएमा असार १० गतेभित्र जानकारी दिन सबैलाई अनुरोध छ ।

मितिः २०८०।०१।२८प्रेस विज्ञप्ति सुनसरीको धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले आफ्नो आलोचना गरे...
11/05/2023

मितिः २०८०।०१।२८

प्रेस विज्ञप्ति
सुनसरीको धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले आफ्नो आलोचना गरेको भन्दै सञ्चारकर्मी र सञ्चारमाध्यम लक्षित अमर्यादित, अशोभनीय र गालीगलौजपूर्ण भाषामा लगातार धाकधम्की दिइरहेको घटनाप्रति नेपाल पत्रकार महासंघ प्रदेश समितिको ध्यानाकर्षण भएको छ ।
स्थानीय सरकारको प्रमुखजस्तो जिम्मेवार व्यक्तिले आफ्ना सबै कामको समर्थन नगरेको र आलोचना गरेको आधारमा पत्रकार तथा सञ्चारमाध्यमलाई गालीगलौज गर्ने, पत्रकारलाई बयान दिन कार्यालय आउनु भन्दै हतोत्साही बनाउने र समर्थकहरु प्रयोग गरि स्थिति भड्काउने गतिबिधि बारम्बार गरिरहेको देखिन्छ । उपमहानगरको उपप्रमुखसहित कार्यपालिकाका सम्पूर्ण सदस्यहरुले राईलाई आफ्नो रवैयामा सुधार गर्न आग्रह गरिरहेको अवस्थामा उनले अझैं उग्र र अराजक रुपमा प्रस्तुत भएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी अराजक, अमर्यादित र गैरजिम्मेवार गतिविधि गरिरहेको स्पष्ट छ ।
श्रृंखलाबद्ध रूपमा पत्रकार र सञ्चार माध्यममाथिको दुव्र्यवहार र धम्कीपूर्ण अभिव्यक्तिले असुरक्षाको अवस्था पैदा भएको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीले निजको ध्यानाकर्षण गराउँदा पनि अटेर गरेको देखिएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दै राज्यका जिम्मेवार निकायका कमजोरी उजागर गर्दै सुधारको लागि खबरदारी गर्नु र नागरिकलाई सुसुचित गर्नु पत्रकार तथा सञ्चार माध्यमको कर्तब्य नै हो । त्यसबाट पत्रकारहरुलाई बिमुख बनाउने उपमहानगर प्रमुख राईको कार्य निन्दनीय र भत्र्सनायोग्य छ ।
समाचारको विषयमा चित्त नबुझेमा त्यसको कानुनी उपचार खोज्ने स्थापित मान्यता र बिधि जो कोहीले प्रयोग गर्नसक्छ । हामी त्यसको स्वागत गर्दछौं । तर, त्यसविपरित गतिबिधि राज्यको जिम्मेवार तहमा बसेको व्यक्तिबाट हुनु आपत्तीजनक छ । नेपाल पत्रकार महासंघ प्रदेश समिति उपमहानगर प्रमुख राईलाई आफ्ना कमजोरी सच्याउन, पत्रकार तथा सञ्चार माध्यम विरुद्धको अराजक अभिव्यक्ति र गतिबिधि बन्द गर्न एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध रहन सचेत गराउँदछ । साथै पत्रकारहरुलाई स्वतन्त्र रुपमा पत्रकारिता गर्ने वातावरण बनाई असुरक्षाको अवस्था अन्त्य गर्न सरकार तथा स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदछौं ।

विवेक गौतम
महासचिब

शुद्धीकरणबारे
04/05/2023

शुद्धीकरणबारे

मितिः २०७९।०८।११प्रेस विज्ञप्ति प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको रिपोर्टिङको क्रममा रहेका नेपाल पत्रकार महासंघ उदयपुर ...
27/11/2022

मितिः २०७९।०८।११

प्रेस विज्ञप्ति
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको रिपोर्टिङको क्रममा रहेका नेपाल पत्रकार महासंघ उदयपुर शाखाका सदस्य एवं निगरानी पोष्ट अनलाइनका सञ्चालक गजेन्द्र राईलाई प्रहरीले मिति २०७९ मंसिर १० गते पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको छ । त्रियुगा नगरपालिका ११ स्थित गाइघाट बजारको बिपी चोकबाट पत्रकार राईलाई प्रहरीले विनापुर्जी पक्राउ गरेको पत्रकार महासंघ उदयपुर शाखाले जनाएको छ ।

पत्रकार राईले अनलाईनमा लेखेको समाचारको विषयमा साईबर क्राइमको मुद्दा दायर गरि पक्राउ गरिएको जानकारी आएको छ । समाचारको विषयमा साईबर क्राइमको मुद्दा दर्ता गर्नु अनुचित र प्रेस स्वतन्त्रता विरोधी कार्य हो । समाचारको विषयमा चित्त नबुझे प्रेस काउन्सिलमार्फत कानूनी उपचार खोज्नुपर्नेमा साईबर अपराधको मुद्दा लगाएर पक्राउ गर्नु आपत्तीजनक छ । यसप्रति खेद व्यक्त गर्दै पत्रकार राईमाथि लगाइएको मुद्दा खारेज गर्न र उनलाई रिहा गर्न माग गर्दछौं ।

साथै पत्रकारितामा संलग्न सबैलाई आचारसंहिताको पालना गरि आफ्नो मर्यादा र विश्वसनीयता कायम राख्न अपिलसमेत गर्दछौं ।

विवेक गौतम
महासचिव

21/11/2022

विराटनगर । संखुवासभाका दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाका तीन मतदान स्थलका मतपेटिका हेलिकप्टर मार्फत ....

मितिः २०७९।०७।३०प्रेस विज्ञप्ति नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा सगरमाथा टेलिभिजनका झापा संवाददाता पुजन घिमिरेमाथि ...
16/11/2022

मितिः २०७९।०७।३०

प्रेस विज्ञप्ति
नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा सगरमाथा टेलिभिजनका झापा संवाददाता पुजन घिमिरेमाथि २०७९ कात्तिक २९ गते राति विर्तामोडमा ज्यान मार्ने उद्देश्यले भौतिक आक्रमणको प्रयास भएको र निज सवार कारमा तोडफोड गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघ प्रदेश नं. १ समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।

पीडित पत्रकार र पत्रकार महासंघ झापाले दिएको जानकारी अनुसार विर्तामोडको मुक्तिचोक नजिक रहेको पपुलर होटलमा खाजा खान बसेका बेला वियरको वोत्तल बोकेर अचानक होटल प्रवेश गरेको समूहले ‘जथाभावी समाचार किन लेखेको ?’ भन्दै पत्रकार घिमिरेमाथि बोत्तल प्रहार गरेका थिए । स्थानीय नितेश डाँगी नाम गरेका व्यक्तिले प्रहार गरेको बोत्तल होटलको ढोकामा लागेर फुटेको र घिमिरे त्यहाँबाट होटल सञ्चालकको सहयोगमा बाहिर निस्कन सफल भएको प्रहरीले जनाएको छ । घिमिरे निस्किएपछि ती व्यक्तिले ईंटा प्रहार गरी कार तोडफोड गरेका थिए ।

बिर्तामोडका मेडिकल व्यवसायी दुर्गा प्रसाईले सञ्चालन गरेको बीएण्डसी मेडिकल कलेजले जग्गाधनी पूर्जा किर्ते गरी सरकारी निकायमा पेश गरेर अस्पताल सञ्चालनको अनुमति लिएको र प्रसाईले दुवईमा कम्पनी खोलेर अबैध रुपमा करोडौं नेपाली रुपैयाँ बाहिर लगेको समाचार लेखेकोले आफूमाथि प्रसाईनिकट व्यक्ति तथा समूहले भौतिक कारबाहीको धम्की दिँदै आएको पीडित पत्रकार घिमिरेले बताएका छन् । प्रसाईंकै निर्देशनमा डाँगीलगायतका व्यक्ति आफूमाथि आक्रमण गर्न आएको उनको भनाइ छ ।

पत्रकारलाई असुरक्षित बनाउनेगरी धम्की दिने, आक्रमण गर्ने जस्ता अराजक गतिविधिको निन्दा र भत्र्सना गर्दै घटनाको वास्तविकता छानविन गरी दोषीलाई तत्काल पक्राउ गरेर कानुनी कार्वाही प्रक्रिया अघि बढाउन तथा पत्रकारको सुरक्षाको ग्यारेण्टी गर्न नेपाल पत्रकार महासंघ स्थानीय प्रहरी–प्रशासन एवं सरकारको ध्यानाकर्षण गराउँदछ ।

विवेक गौतम
महासचिब

मितिः २०७९।०७।३शोक विज्ञप्तिनेपाल पत्रकार महासंघ भोजपुर शाखाका उपाध्यक्ष सन्देश वान्तवा राईको असामयीक निधन भएको खबरले सि...
20/10/2022

मितिः २०७९।०७।३
शोक विज्ञप्ति

नेपाल पत्रकार महासंघ भोजपुर शाखाका उपाध्यक्ष सन्देश वान्तवा राईको असामयीक निधन भएको खबरले सिंगो महासंघ मर्माहत र स्तब्ध भएको छ । श्वासप्रश्वास सम्बन्धि समस्याको कारण सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत राईको मिति २०७९ कात्तिक ३ गते बिहीबार उपचारकै क्रममा निधन भएको हो ।

२०४२ साल कात्तिक ५ गते भोजपुरको आमचोक गाउँपालिका २ युँमा जन्मनुभएका ३७ वर्षीय राई भोजपुरमा सञ्चालित रेडियो भोजपुरका स्टेशन म्यानेजर हुनुहुन्थ्यो । विगत एक दशकदेखि पत्रकारितामा सक्रिय राईको निधनले पत्रकारिता क्षेत्रले एक अनुभवी, निर्भिक र सक्रिय युवा पत्रकार गुमाएको छ ।

शोकको यो घडीमा दिवंगत राईप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल महासंघ भोजपुर शाखा सदस्य शारदा तामाङ (श्रीमति) सहित परिवारजनमा गहिरो समवेदन व्यक्त गर्दछौं ।

विवेक गौतम
महासचिव

मितिः २०७९।०३।३१प्रेस विज्ञप्ति प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले एक मिडियामा अन्तर्वार्ता दिने...
15/07/2022

मितिः २०७९।०३।३१

प्रेस विज्ञप्ति

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले एक मिडियामा अन्तर्वार्ता दिने क्रममा पत्रकारलाई लक्षित गर्दै व्यक्त गरेको धारणाप्रति नेपाल पत्रकार महासंघ प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।

विराटनगर महानगरपालिका–१२ स्थित सुकुम्वासी बस्ती निर्माणका लागि प्रदेश सरकारबाट आएको बजेटका सन्दर्भमा प्रकाशित भएका समाचारलाई लिएर असार २७ गते सोमबार दिएको अन्तर्वार्तामा मन्त्री कार्कीले ‘समाचार लेख्ने पत्रकारले बलात्कार ग¥यो भनेर समाचार आए उसले खण्डन गर्न सक्छ ?’ भन्ने जस्ता आपत्तीजनक भाषा प्रयोग गरेका थिए । सो प्रकरणपछि मन्त्री कार्कीको सचिबालयको नाममा आएको विज्ञप्तिमा पनि आफ्नो कमजोरी स्वीकार गर्नुको साटो पत्रकारहरु नै भ्रमित भएको भन्दै आफ्नो धारणाको बचाउ गरिनु निन्दनीय छ ।

समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचारमा जान सकिने प्रावधान र स्थापित पद्दति छ । कानून र पत्रकार आचारसंहिताले त्यसलाई त्यसलाई व्यवस्थित गरेकै छ । त्यसको वेवास्ता गर्दै मन्त्रीजस्तो गरिमामय पदमा बसेको व्यक्तिले समाचारको खण्डन गर्ने नाममा व्यक्त गरेको धारणा आपत्तिजनक र स्वतन्त्र प्रेसमाथि नियन्त्रण गर्नखोज्ने अभिप्रायले आएको महासंघको ठहर छ ।

जिम्मेवार पदमा बसेका व्यक्तिहरुले संविधान र कानूनले स्थापित गरेको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्नुपर्नेमा पत्रकारिता पेशाप्रति हतोत्साहित र असुरक्षित बनाउने कार्यको भत्र्सना गर्दै यसप्रति सार्वजनिक आत्मालोचना गर्न र गल्ती नदोहो¥याउन मन्त्री कार्कीसहित प्रदेश १ सरकारकोसमेत ध्यानाकर्षण गराउँदछौं ।

विवेक गौतम
महासचिव

Address

Biratnagar

Alerts

Be the first to know and let us send you an email when Fnj Koshi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Fnj Koshi:

Share



You may also like