Chitwan Today

Chitwan Today सम्पूर्णमा नमस्कार !

पाथीभरा माताले हामी सबैको रक्षा गरून्: जय पाथीभरा माता ❤️🙏
09/10/2024

पाथीभरा माताले हामी सबैको रक्षा गरून्: जय पाथीभरा माता ❤️🙏

चङ्गा उडाएर रमाउँदै बालबालिकादसैँको पूर्वसन्ध्यामा बागलुङको धवलागिरि बहुमुखी क्याम्पस परिसरमा बुधबार चङ्गा उडाएर रमाउँदै...
09/10/2024

चङ्गा उडाएर रमाउँदै बालबालिका
दसैँको पूर्वसन्ध्यामा बागलुङको धवलागिरि बहुमुखी क्याम्पस परिसरमा बुधबार चङ्गा उडाएर रमाउँदै बालबालिका । तस्बिर : रामबहादुर थापा

नटराज नृत्य प्रस्तुत गरिँदैमहोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बुधबार दुर्गा पूजाको अवसरमा निकालिएको कलश शोभा यात्रामा ...
09/10/2024

नटराज नृत्य प्रस्तुत गरिँदै
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बुधबार दुर्गा पूजाको अवसरमा निकालिएको कलश शोभा यात्रामा भगवान् शिव, माता पार्वती र उनका दूत भूतसहित नटराज नृत्य प्रस्तुत गर्दै । तस्बिरः रासस

दसैँको खर्च जोहो गर्न धादिङ नुवाकोट र तराईका विभिन्न जिल्लाका स्थानीय काठमाडौंमा खसीबोका बेचिरहेका छन् । व्यावसायिक रूपम...
09/10/2024

दसैँको खर्च जोहो गर्न धादिङ नुवाकोट र तराईका विभिन्न जिल्लाका स्थानीय काठमाडौंमा खसीबोका बेचिरहेका छन् । व्यावसायिक रूपमा पालेका खसीबोका बेचेर दसैँको खर्च जुटाउन काठमाडौं आइपुगेको उनीहरूले बताएका छन् ।

सुन नलगाएरै बिवाह : सुर्खेत वीरेन्द्रनगरकी अस्मिता ढकालले समाजमा भएका गलत संस्कारको बहिष्कार गर्नुपर्छ भन्ने सन्देश दिनक...
09/10/2024

सुन नलगाएरै बिवाह : सुर्खेत वीरेन्द्रनगरकी अस्मिता ढकालले समाजमा भएका गलत संस्कारको बहिष्कार गर्नुपर्छ भन्ने सन्देश दिनको लागि नै सुन नलगाएरै विवाह गर्ने निर्णय गरि बिवाह गरेकी छन् ।बताइन् । बुटवलका रामु ज्ञवालीसँग विवाह गरेको यो जोडी नै नेपाल सरकारको शाखा अधिकृत हुन् ।

लोकगायक अर्जुन सापकोटाले गरे बिहेलोकगायक अर्जुन सापकोटाले विवाह गरेका छन्। उनले दिपा सिंम्खडासँग विवाह गरेका हुन्। उनीहर...
09/10/2024

लोकगायक अर्जुन सापकोटाले गरे बिहे
लोकगायक अर्जुन सापकोटाले विवाह गरेका छन्। उनले दिपा सिंम्खडासँग विवाह गरेका हुन्। उनीहरूकाे विवाह समारोह काठमाडौं गंगबुको एक ब्यांक्विटमा आयोजना भइरहेको छ। यी दुईबीच प्रेम विवाह भएको हो।

पिङ खेल्दै बालबालिकाकपिलवस्तुको चन्द्रौटामा बुधबार पिङ खेल्दै बालबालिका । तस्बिरः रासस
09/10/2024

पिङ खेल्दै बालबालिका
कपिलवस्तुको चन्द्रौटामा बुधबार पिङ खेल्दै बालबालिका । तस्बिरः रासस

कालिका मन्दिरमा भक्तजन नवरात्रको सातौँ दिन बुधबार बागलुद्ङको घार्मिक शक्तिपीठ कालिका मन्दिरमा पूजा गर्न लाइनमा बसेका  भक...
09/10/2024

कालिका मन्दिरमा भक्तजन
नवरात्रको सातौँ दिन बुधबार बागलुद्ङको घार्मिक शक्तिपीठ कालिका मन्दिरमा पूजा गर्न लाइनमा बसेका भक्तजन । तस्बिरः रामबहादुर थापा/रासस

लिङ्गेपिङ र पृष्ठभूमिको हिमालम्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी गाउँमा दसैँको अवसरमा हालिएको लिङ्गेपिङ खेल्न मगर ...
09/10/2024

लिङ्गेपिङ र पृष्ठभूमिको हिमाल
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी गाउँमा दसैँको अवसरमा हालिएको लिङ्गेपिङ खेल्न मगर समुदायको मौलिक वेशभूषामा सजिएर भेला भएका स्थानीयबासीहरु र पृष्ठभूमिमा देखिएको निलगिरी र अन्नपूर्ण हिमशृङ्खलाको दृष्य । तस्बिर: रासस

बसपार्कमा यात्रुको घुइँचोकाठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा  बडादसैँका लागि घर जान गाडी चढ्न आएका  यात्रुहरुको घुइँच...
09/10/2024

बसपार्कमा यात्रुको घुइँचो
काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा बडादसैँका लागि घर जान गाडी चढ्न आएका यात्रुहरुको घुइँचो । तस्बिर : रासस

मानिस हराएको सूचना: मिति २०८१/०६/२० गते चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ कटहरचोक स्थित आफ्नै घरबाट दिउँसो ३:३२ बज...
08/10/2024

मानिस हराएको सूचना:
मिति २०८१/०६/२० गते चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ कटहरचोक स्थित आफ्नै घरबाट दिउँसो ३:३२ बजे परिवारको सल्लाह अनुसार देवघाटमा पुजाको फुल सेलाउन जानुभएको महिला हराएको हुनाले भेटेमा सम्पर्क गर्नुहोला:
नाम: डिलमाया थापा
बर्ष: ५३
उचाई ५ फिट
हुलिया सेतो बुट्टे कुर्ता सुरुवाल
सम्पर्क न नम्बर :9845151721,9845091461,9855032764

बिक्री गर्न महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका वडा नम्बर १ स्थित हटियामा राखिएका दुर्गा पूजाका सामग्री । तस्वी...
08/10/2024

बिक्री गर्न महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका वडा नम्बर १ स्थित हटियामा राखिएका दुर्गा पूजाका सामग्री । तस्वीरः सञ्जीतकुमार मण्डल /रासस ।

खोकनाको सिकाली जात्राललितपुर महानगरपालिकाको वडा नं २१ स्थित खोकनामा हरेक वर्ष मनाइने सिकाली देवगणको जात्रा मङ्गलबार  सिक...
08/10/2024

खोकनाको सिकाली जात्रा
ललितपुर महानगरपालिकाको वडा नं २१ स्थित खोकनामा हरेक वर्ष मनाइने सिकाली देवगणको जात्रा मङ्गलबार सिकाली चौरमा मनाइँदै गुठीयार । दसैँको घटस्थापनाको पर्सिपल्ट (आश्विन शुक्ल तृतीय तिथि)को दिनदेखि सुरु हुने सिकाली जात्रामा काली, विष्णु, भैरव, महादेव, रुद्रायणी, गणेश, हनुमान, कुमार, ब्रह्मा, इन्द्रायणी, महाकाली, कुमारी र वाराही देवगणका रूपमा छन् भने विभिन्न बाजा गाजा बजाउनेहरू सयौंको सङख्यामा छन् । तस्बिरः रासस

विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाईखोटाङको हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडास्थित जयरामघाटका दिनेश राईको प...
07/10/2024

विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडास्थित जयरामघाटका दिनेश राईको परिवार एक सातादेखि पहिरोबाट विस्थापित भएको छ । उनको परिवार हाल नजिकैको चर्चमा बसिरहेको छ । यही असोज–१२ गतेको पहिरोले घर बगाएपछि विस्थापित उनको परिवारलाई स्थानीय बासिन्दा तथा प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको हो । अविरल वर्षासँगैको पहिरोबाट विस्थापित उनको परिवारलाई तत्काल खाने बस्ने व्यवस्था नगरपालिका र वडा कार्यालयले गरेको छ । घरमाथिबाट खसेको पहिरोले ढुंगामाटोको तीन तले घरसँगै घरमा भएका सबै सामग्री बगाएपछि चार छोराछोरीसहित छ जनाको परिवार पूर्ण रूपमा विस्थापित भएको हो । असोज–१२ गतेको पहिरोले उनको जस्तै जिल्लाका विभिन्न स्थानमा बसोबास गर्ने ३३ परिवार घरबारविहीन भएका छन् । बाढीपहिरोबाट विस्थापित उनीहरूलाई सम्बन्धित स्थानीय तहले तत्कालका लागि राहत त उपलब्ध गराएको छ तर, सधैँ उपलब्ध गराउन सक्ने अवस्था छैन ।

काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्...
07/10/2024

काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आज दुर्घटना भएको छ । आज दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ ।

अम्बिकेश्वरी मन्दिर
07/10/2024

अम्बिकेश्वरी मन्दिर

दसैँमा पनि वर्षाको सम्भावनाजल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँमा पनि पानी पर्ने सम्भावना रहेको जन...
07/10/2024

दसैँमा पनि वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन यही देशभरबाट बाहिरिने सम्भावना छ । महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले यो साताभित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको बताए । “यसपटक मनसुन बाहिरिने समय र दसेँ एकैपटक परेको छ, मनसुन बाहिरिँदा पश्चिमी वायु र स्थानीय वायु प्रभावका कारण हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,” उनले भने, “तसर्थ यो दसैँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।”

सुनसरीका किसान भन्छन् : यसपटकको दशैं दशा भएर आयो  सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा...
07/10/2024

सुनसरीका किसान भन्छन् : यसपटकको दशैं दशा भएर आयो
सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गरेका थिए । उनले ती मध्ये करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धानखेती लगाएका थिए ।
उनले भने, ‘दशैं अगाडि नै धान भित्र्याउने सोच बनाएको थिएँ । आफूलाई खानपुग्ने धान घरमा राखेर बाँकी बिक्री गर्ने तयारी थियो । यसबाट आएको आम्दानीबाट दशैं मनाउने सोच थियो ।’
११, १२ र १३ असोजमा परेको वर्षासँगै आएको बाढीले धानखेतीमा क्षति पुर्‍याउँदा किसान मेहताको उद्देश्य पूरा हुन पाएन । उनले भने, ‘बाढीबाट १० कठ्ठाभन्दा बढीको धानखेतीमा क्षति भएको छ ।’

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा महिलाहरुको निःशुल्क क्यान्सर परीक्षण सुरु गरिएको छ । आजदेखि तीन दिनसम्म सञ्च...
07/10/2024

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा महिलाहरुको निःशुल्क क्यान्सर परीक्षण सुरु गरिएको छ । आजदेखि तीन दिनसम्म सञ्चालित क्यान्सर परीक्षण अभियानमा महिलालाई निःशुल्क सेवा दिन लागिएको हो ।

कुलदेवी माता राजदेवी मन्दिरमा भक्तजनजनकपुरधामस्थित राजा जनकको कुलदेवी माता राजदेवी मन्दिरमा आइतबार साँझ दर्शन गर्न आएका ...
06/10/2024

कुलदेवी माता राजदेवी मन्दिरमा भक्तजन
जनकपुरधामस्थित राजा जनकको कुलदेवी माता राजदेवी मन्दिरमा आइतबार साँझ दर्शन गर्न आएका भक्तजन । तस्बिर : निरंजनकुमार साह/रासस

भगवती मन्दिरमा दर्शनार्थीबडादसैँको नवरात्र तेस्रो दिन सप्तरी सदरमुकाम राजविराजको भगवती मन्दिरमा शनिबार साँझ पूजा तथा दर्...
05/10/2024

भगवती मन्दिरमा दर्शनार्थी
बडादसैँको नवरात्र तेस्रो दिन सप्तरी सदरमुकाम राजविराजको भगवती मन्दिरमा शनिबार साँझ पूजा तथा दर्शन गर्न आएका भक्तजन । तस्बिर : अरूणकुमार यादव/रासस

दसैँमा खसी हाटबजारसंखुवासभाको सदरमुकाम खाँदबारीको हाटमा शनिबार दसैँका लागि ल्याइएको खसीहरु खरिदबिक्री गर्दै स्थानीय बासि...
05/10/2024

दसैँमा खसी हाटबजार
संखुवासभाको सदरमुकाम खाँदबारीको हाटमा शनिबार दसैँका लागि ल्याइएको खसीहरु खरिदबिक्री गर्दै स्थानीय बासिन्दा । अहिले खसीको मूल्य प्रतिकिलो ८ सयदेखि ९ सम्म बिक्री भइरहेको छ । तस्बिरः सुजन बज्राचार्य-रासस

कालिका भगवती मन्दिरमा भक्तजननवरात्रको तेस्रो दिन बागलुङस्थित प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिरमा शनिबार पूजा...
05/10/2024

कालिका भगवती मन्दिरमा भक्तजन
नवरात्रको तेस्रो दिन बागलुङस्थित प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिरमा शनिबार पूजाअर्चनाका लागि आएका भक्तजन । तस्बिर : रामबहादुर थापा / रासस

आज घरमै बसेर मुक्तिनाथ मन्दिरको दर्शन गर्नुहोस् !
04/10/2024

आज घरमै बसेर मुक्तिनाथ मन्दिरको दर्शन गर्नुहोस् !

Address

Kathmandu
Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Chitwan Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share