Dknepal

Dknepal Love Nepal Like Dknepal ✌

09/09/2025

युएई स्थित नेपाली दूतावासबाट केपि ओलिको फोटो निकालिएको खबर छ ! धन्यवाद दूतावासज्युलाई !

तेरो भरौटेहरूको पो बा भइस् ।साँच्चै नै कहिले बा हुन पाएको  भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।यस्तो आतङ्क वाद यो व...
09/09/2025

तेरो भरौटेहरूको पो बा भइस् ।

साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।

यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।

त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।

नख्खु कारागारबाट आफ्ना सांसदहरुलाई रवि लामिछानेको संदेश - राजीनामा दिन पर्ने हुनसक्छ। तयार रहनुहोला।हार्दिक अपिलआदरणीय द...
08/09/2025

नख्खु कारागारबाट आफ्ना सांसदहरुलाई रवि लामिछानेको संदेश - राजीनामा दिन पर्ने हुनसक्छ। तयार रहनुहोला।

हार्दिक अपिल
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरू,
आज भदौ २३ गते कुशासन र भ्रष्टाचारका नाइकेहरुले १९ भन्दा बढी कलिला विद्यार्थीको रगत पिए र सयौँलाई घाइते बनाए।
यी आततायीहरुलाई अब कुनै माफी दिन सकिँदैन, न अब बाँकी एक मिनेट पनि यिनलाई सत्तामा झेल्न सकिन्छ ।
आफ्नै बिन्दास संसारमा रमाउने उमेर का Gen Z लाई सडकमा आउन कसले बाध्य पाऱ्यो? यिनै आततायीका सनक, कुशासन र भ्रष्टाचारले । यिनीहरु अयोग्य, भ्रष्ट मात्र होइन अत्यन्त क्रुर पनि छन् भन्ने तथ्य स्कुले पोशाक लगाएका ती निर्दोष, निरपराध र अबोध बालबालिकालाई के थाहा? सिपालु सिकारीले चरा मारेझैँ यिनीहरुले कलिला केटाकेटीहरुलाई ताकि-ताकि गोली हानेर मारे।
म स्तब्ध र विक्षिप्त भएको छु, यो नेपाली इतिहासको सबैभन्दा कालो दिन हो ।
Gen Z र सिंगो देशलाइ मेरो अपिल छ, अब आततायीहरुलाई एक मिनेट पनि सत्तामा रहन दिनुहुन्न ।
यिनीहरुकै वर्चस्व रहेको संसदसँग पनि अब जनादेशको वैधता छैन । आफ्नै अपराधबाट तर्सिएर बनेको र तर्साएर जोगाएको यो सरकार इतिहासकै कलंकित बनेर सकिएको छ ।
कालकोठरीबाट भएपनि जिम्मेवार राजनीतिक नेताका रूपमा यो विषम परिस्थितिमा मैले देशलाई केही समाधान सुझाउनैपर्छ।
ती यस्ता छन् :
१) सकेसम्म छिटो Gen Z सहितको अन्तरिम नागरिक सरकार गठन होस् ।
२) ०४६ सालपछिका सबै नीतिगत निर्णयको समीक्षा होस् । त्यसयताका सबै उच्चपदस्थ र तीनका परिवारको सम्पत्तिको छानबिन गर्ने गरी आयोग गठन होस् ।
३) आगामी संसदबाट अनुमोदन हुने गरी संविधान संशोधन, परिमार्जन वा पुर्नलेखन लागि विज्ञहरुको उच्चस्तरीय समिति बनोस् ।
४) आजको हत्याकाण्डको छानबिनका लागि न्यायिक आयोग बनोस् र त्यसले प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मका अपराधहरुको अनुसन्धान गरोस् ।
यी आततायीलाई अझै यो देश लुट्न र जनताका सन्तानको हत्या गर्न दिन सकिन्न । देशलाई ३८ वर्षसम्म लुटेका यिनको अनुहार अब त निर्दोष, निरपराध र अबोध केटाकेटीका रगतले समेत राताम्य भइसकेको छ । यिनीहरु शासन होइन, दण्डका भागेदार हुन् ।
सबै Gen Z शहिदका परिवारप्रति मेरो हार्दिक समवेदना छ। सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। इतिहासले एक दिन यो बलिदानको हिसाब र न्याय खोज्नेछ ।
देश आन्दोलन होइन, क्रान्तिमा प्रवेश गर्दैछ भनेर हामीले शान्तिपूर्ण रुपमा उपस्थिति जनाएका थियौँ। यिनले सुनेनन् , टेरेनन् बरु उल्टो नागरिक आवाज बन्द गर्नतिर लागे । अझै पनि क्रान्तिलाई संयमित र शान्तिपूर्ण बनाउन सकिन्छ र म सबैलाई संयमित हुन हार्दिक अपिल गर्दछु । यो क्रान्ति केवल यी आततायीहरुलाई दण्डित गर्न मात्र होइन, देश बदल्ने तहमा पुग्नुपर्छ । नत्र Gen Z को बलिदान खेर जानेछ । मेरो हातमा हत्कडी लागे पनि तपाईँहरुका हातले यिनका हातबाट तस्करले दिएको घडी खोस्नुहोला । यिनले जोगाएका आफ्ना पार्टीका अपराधीहरू र यिनले बन्द गरेका फाइलहरूको धुलो टक्टक्याउनु होला। गृह मन्त्रालयको एउटा दराजमा मैले अनुसन्धान गर्ने भनी संसदमा प्रण गरेको २५ वटा काण्डको लिस्ट छ। खोज्नु होला, खोस्नु होला। नबिर्सनु होला, ममाथि लागेका सबै मुद्दाहरु रमेश लेखक गृहमन्त्री भएपछि मात्रका हुन् ।
प्रिय रास्वपाका सांसदहरू,
उल्लेखित मागहरू पूरा नभए संसदबाट राजीनामा दिन पर्ने हुनसक्छ। तयार रहनुहोला।
रवि लामिछाने
सभापति
नक्खु कारागार, ललितपुर

पढेको र देशको बारेमा सोच्ने ब्यक्तिमा यहि फरक हुन्छ ! शिक्षा विधेयकमा निजी विद्यालय : सुमना श्रेष्ठका १२ प्रश्नोत्तर शिर...
29/08/2025

पढेको र देशको बारेमा सोच्ने ब्यक्तिमा यहि फरक हुन्छ !

शिक्षा विधेयकमा निजी विद्यालय : सुमना श्रेष्ठका १२ प्रश्नोत्तर शिर्षकमा OnlineKhabar ले सोधेका प्रशनहरूमध्ये एक प्रश्नको जवाफमा रास्वपा सांसद तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ भन्छिन् -

"पैसाको मुनाफा खोज्ने सञ्चालकहरूबाट शिक्षाको गुणस्तर दिगो रूपमा सुध्रिँदैन । तपाईंले कहिले निजी विद्यालयहरूले पाठ्यक्रम भएन भनेर सडक आन्दोलन गरेको सुन्नुभएको छ ? तर मेरो स्कुलको पास प्रतिशत घट्छ भनेर परीक्षा दिँदा कमजोर विद्यार्थीलाई परीक्षा अघि रेस्टिगेट गरेको कुरा कति सुन्नु भएको होला ।

फरक क्षमता भएका विद्यार्थीलाई हामी पढाउन सक्दैनौँ भनेर भर्ना नलिएको पनि सुन्नु भएको होला । अनिवार्य स्कुलमै आएर बिहानको खाना खानुपर्छ, पोशाक, किताब यतै किन्न पर्छ भन्ने अनि त्यसमा पनि मुनाफा खोजेको कति देख्नुभएको छ वा कति भोग्नु भएको छ ?”

“देवनागरी लिपिरहितको इम्बोस्ड नम्बर प्लेट अनिवार्य लागू गर्ने राष्ट्रहित विपरितको निर्णय तुरुन्त खारेज गरियोस्” ।
23/08/2025

“देवनागरी लिपिरहितको इम्बोस्ड नम्बर प्लेट अनिवार्य लागू गर्ने राष्ट्रहित विपरितको निर्णय तुरुन्त खारेज गरियोस्” ।

20/08/2025

देश लुट्न पल्केकाहरूबाट अब देश बन्ला त?
रास्वपाकि संसद तथा उपसभामुख इन्दिरा रानाभाट मानव तस्करमा फसिन ???

जनै सम्बन्धी केही जानकारी :- -------------- १) सबैको जनजिब्रोमा जनै भनिए पनि यसको वैदिक नाम यज्ञोपवीत, ब्रह्मसूत्र र पवि...
09/08/2025

जनै सम्बन्धी केही जानकारी :-
--------------
१) सबैको जनजिब्रोमा जनै भनिए पनि यसको वैदिक नाम यज्ञोपवीत, ब्रह्मसूत्र र पवित्रसूत्र ह‍ो,
२)जनै सम्बन्धी विशेष जानकारी तैत्तरीय ब्राह्मण ग्रन्थ ( ३.१०.९.१२ ) मा पाइन्छ,
३) जनै लगाउनेलाई तागाधारी, द्विजाति वा द्विजजाति भनिन्छ, तागाधारी भन्नाले ब्राह्मण, क्षत्री र वैश्यलाई जनाउँछ,
४) ब्राह्मण र वैश्यले नरङ्गाएक‍ो सेतो जनै र क्षत्रीले सुनको प्रतीक मानेर रङ्गाएको पहेंल‍ो जनै लगाउने प्रचलन छ,
५) व्रतबन्ध संस्कार गर्दा ब्राह्यण बालकको हकमा कपासक‍ो धागोबाट बनाएक‍ो जनै, क्षत्रिय बालकको हकमा सन ( पाट ) को धागोबाट बनाएको जनै र वैश्य बालकको हकमा ऊनको धागोबाट बनाएको जनै लगाउने शास्त्रीय मान्यता भए पनि आजकाल सबैले कपासकै धागोबाट बनाएक‍ो जनै लगाउने प्रचलन रहेको छ,
६) हरेक ३/३ महिनामा नयाँ जनै फेर्नु पर्छ, कसै - कसैले ४/४ महिनामा नयाँ जनै पर्छ भनेको पनि पाइन्छ, तर त्यस‍ो नभएर ३/३ महिनामा फेर्ने मान्यता रहेको छ,
७) नयाँ जनै फेरेपछि पुरान‍ो जनै माथिबाट अर्थात् टाउको तिरबाट झिक्नु पर्छ
८)जनै पूर्णिमा, प्रत्येक पितृकार्य अर्थात् श्राद्धमा, जुठो सूतक पर्दा र मलामी जाँदाको अवसरमा नयाँ जनै फेर्नु पर्छ,
९) जनै बनाउँदा प्रत्येक एक्ले जनैमा ५ वटा शिखा हुन्छन् - एउटा गाैमुखे शिखा र ४ वटा साधारण शिखा, २ वटा एक्ले जनै मिलाएर बल्ल एउटा जनै अर्थात् एकजोर जनै तयार हुन्छ,
१०) काँचो धागो सङ्लँदा ४ अङ्गुलको पत्तामा ९६ पटक एकसर‍ो बेर्ने, फेरि त्यही धागोलाई नचुँडालीकन दोस्रो ९६ पटक नै बेर्ने र अनि फेरि तेस्रो ९६ पटक नै बेरेपछि मात्र धागो चुँडाल्न पाइन्छ, यदि बीचमा धागो चुँडियो भने गाँठो पार्नु हुँदैन, गाँठो पारेको धागोको जनै अशुद्ध हुन्छ, त्यसरी धागो चुँडिन गएमा चुँडिएको धागोको दुबै टुप्पोलाई एक आपसमा मिलाएर बाटेर सिङ्गो धागोको रूप दिनु पर्छ ।
११) जनै तागाधारीको पहिचान, संस्कार र संस्कृति हो, आफूले लगाउने जनै आफैंले बनाएर लगाउनु पर्छ । व्यापारिक प्रय‍ोजनक‍ो लागि बनाइएका जनैमा शुद्धता हुँदैन, त्यसैले किनेर लगाएको जनैमा शुद्धता हुँदैन, शुद्धता नभएको जनै लगाउनु नलगाए बराबरै हो ।

संकलन- भीमलाल लामिछाने

✍️ महासमिति सदस्यको पार्टी परित्याग: जनाउ घन्टी बजेको संकेत हो!गोकुल सापकोटा — नेपाली कांग्रेसका महासमिति सदस्य, पूर्व ज...
09/08/2025

✍️ महासमिति सदस्यको पार्टी परित्याग: जनाउ घन्टी बजेको संकेत हो!

गोकुल सापकोटा — नेपाली कांग्रेसका महासमिति सदस्य, पूर्व जिल्ला उपाध्यक्ष, र विद्यार्थी राजनीतिदेखि सक्रिय रहँदै आएका एक प्रभावशाली कार्यकर्ता। यस्तो व्यक्ति जब पार्टी परित्याग गर्छ, त्यो केवल व्यक्तिगत निर्णय मात्रै हुँदैन; त्यो एक संकेत हो, एक सन्देश हो, र एउटा जनाउ घन्टी पनि हो।

गोकुल सापकोटा कुनै सामान्य सदस्य थिएनन्। उनले कांग्रेस भित्र निरन्तर जिम्मेवारी सम्हाल्दै आएका थिए — गाउँस्तरको विद्यार्थी संगठनदेखि पार्टीको केन्द्रीय संरचना भित्रसम्म। महासमिति सदस्य हुनु आफैँमा कांग्रेसको नीति निर्माण तहसम्म पुगिसकेको स्थिति हो। त्यसैले जब यस्ता नेता पार्टी परित्याग गर्छन्, तब प्रश्नहरू उठ्छन्:
• के यो व्यक्तिको महत्वाकांक्षा अधुरो भयो त?
• कि पार्टीभित्रको संवाद प्रणाली कमजोर भयो?
• वा कतै नीतिगत दिशाबोधमा नै गडबढि छ?

यो केवल गोकुलले कांग्रेस छाडेको घटना होइन, यो कांग्रेसले गोकुलजस्तो कार्यकर्ता गुमाएको घटना पनि हो।

आज गोकुलले राजनीतिमा नयाँ यात्रा थालनी गर्दैछन्। तर उनका पाइलाहरू नेपाली कांग्रेसका लागि चेतावनीका संकेत हुन्। किनभने जब एउटा पुरानो सिपाही ब्यारेक छाड्छ, त्यसको मूल्य केवल व्यक्तिमा सिमित हुँदैन — त्यो संस्था भित्रको अवस्था, ऊर्जा र भविष्यप्रतिको दृष्टिकोणमा पनि प्रभाव पार्छ।

हुन सक्छ, गोकुलले हतार गरे। हुन सक्छ, यो निर्णयले उहाँलाई गन्तव्यमा पुर्‍याउने छैन। तर यो भने पक्कै हो — गोकुलले निस्कँदा कांग्रेसले पनि आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ।

कांग्रेस जस्तो संस्थाले महासमिति स्तरसम्मका कार्यकर्तालाई सुन्ने, समेट्ने र सँगै अघि बढाउने लचिलोपन राख्नैपर्छ। किनभने राजनीति केवल नेताहरुको होइन, निष्ठावान कार्यकर्ताको निरन्तर यात्राले टिकेको हो।

गोकुल गएका छन्, तर उनले एक ‘घन्टी’ बजाएका छन् – अब सुन्ने कि नसुन्ने? त्यो कांग्रेसकै विवेकमा निर्भर छ !

विमान दुर्घटनामा रमेशको बाँच्नु चमत्कार भन्दा कम छैन !अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटना (फ्लाइट AI171) मा एकमात...
12/06/2025

विमान दुर्घटनामा रमेशको बाँच्नु चमत्कार भन्दा कम छैन !
अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटना (फ्लाइट AI171) मा एकमात्र बाँच्ने व्यक्ति हुन् रमेश विश्‍वासकुमार। विमान टेकअफ गरेको केही क्षणमै दुर्घटनाग्रस्त भएको थियो। रमेश, ३८ वा ४० वर्षका (स्रोतहरूमा उमेर फरक छ), उनी बेलायती नागरिक हुन् र सिट ११ए मा बसेका थिए, जुन इकोनोमी क्लासको पहिलो रोको झ्यालतर्फको सिट हो।

उनले हिन्दुस्तान टाइम्सलाई बताएअनुसार, टेकअफ गरेको ३० सेकेन्डमा ठूलो आवाज आयो र विमान ठोक्कियो। उनले भने, "जब म उठेँ, मेरो वरिपरि शवहरू थिए। म डराएँ। म उठेर भागेँ। विमानका टुक्राहरू वरिपरि छरिएका थिए। कसैले मलाई समातेर एम्बुलेन्समा राख्यो र अस्पताल पुर्‍यायो।" उनले आपतकालीन ढोका (emergency exit) बाट हाम फालेर बाँचेको दाबी गरेका छन्, यद्यपि यो कसरी सम्भव भयो भन्ने कुरा स्पष्ट छैन किनभने विमान ६२५ फिटको उचाइमा पुगेपछि दुर्घटनाग्रस्त भएको थियो। उनलाई छाती, आँखा र खुट्टामा चोट लागेको छ र अहमदाबादको सिभिल अस्पतालमा उपचार भइरहेको छ।

यो दुर्घटनामा २४२ यात्रु र चालक दलका सदस्यहरू मध्ये २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ, र रमेशको बाँच्नु चमत्कार मानिएको छ। उनले आफ्नो भाइ अजयकुमार रमेश, जो विमानमा फरक रोमा बसेका थिए, हराइरहेको बताएका छन् र उनलाई खोज्न सहयोग मागेका छन्।

12/06/2025

भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको छ।

२४३ यात्रु बोकेर अहमदाबादबाट लण्डनका लागि उड्ने क्रममा बोइङ ७८७-८ ड्रिमलाइनर विमान उड्नेबित्तिकै क्यास भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सरदार वल्लभभाई अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान उडान भरेको केही समयमै विमान जमिनमा खसेको थियो। दुर्घटना अहमदाबादको मेघानी नगर क्षेत्रमा भएको बताइएको छ।

विमान दुर्घटना भएको ठाउँबाट आकाशमा कालो धुवाँको मुस्लो उडेको छ। दुर्घटनाबारे थप विवरण आइसकेको छैन।

केके छन त गम्भीर यस्ता ९ तथ्य जहाँ रविलाई सहकारी ठगीमा ‘सुरुदेखि नै संलग्न रहेको’ निष्कर्ष निकाल्न अदालतलाई यतिका समय ला...
24/05/2025

केके छन त गम्भीर यस्ता ९ तथ्य जहाँ रविलाई सहकारी ठगीमा ‘सुरुदेखि नै संलग्न रहेको’ निष्कर्ष निकाल्न अदालतलाई यतिका समय लाग्यो?

सर्वोच्च अदालतले पूर्व गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगीमा संलग्न ठहर गर्दै थुनामा राख्ने आदेशलाई बरकरार र...

बिदा मनाउन नेपाल आएका हृदयेन्द्रलाई लिएर गणतन्त्रको पिल्लर हल्लिएको छ भन्ने हल्ला बजारमा छ ! तपाई कसरी बुझ्नु हुन्छ?
18/05/2025

बिदा मनाउन नेपाल आएका हृदयेन्द्रलाई लिएर गणतन्त्रको पिल्लर हल्लिएको छ भन्ने हल्ला बजारमा छ !
तपाई कसरी बुझ्नु हुन्छ?

Address


Alerts

Be the first to know and let us send you an email when Dknepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dknepal:

  • Want your business to be the top-listed Media Company?

Share