05/07/2021
चितवनको राप्ती नगरपालिका ३ मा २३ बर्षिया सुजिता भण्डारीको अपहरण भएको नौ दिनपछि मृत शव फेला परेसंगै चितवनका प्रहरी प्रमुख एसपी Om Adhikari सर अहिले आफैं अनुसन्धानमा जुट्नु भएको छ । उहाँ पीडितलाइ न्याय दिने र अपराधीलाई कानुनी कठघरामा उभ्याउने पक्षमा हुनुहुन्छ । अहिले घट्नास्थललाइ सिल गरेर अनुसन्धान गरिरहेको प्रहरीले तालिम प्राप्त कुकुर र फरेन्सिक विशेषज्ञलाई समेत ल्याएको छ ।
घट्ना जस्तोसुकै प्रकृतिको किन नहोस् प्रहरी अपराधी पक्राउ गर्न लागिरहेका छन् । प्रहरीले अपराधीलाइ संरक्षण गरेको भए बिरोध गर्नु स्वाभाविक पनि हुन्थ्यो तर, हिजो घट्ना घटेको छ । आज अहिले भनेकै भरमा अपराधीलाइ पक्राउ गर्न प्रहरीलाई दबाब आएको छ । त्यो प्रहरीको एक्लो प्रयासले अपराधीलाइ पक्राउ गर्न सकिदैन भन्ने कुरा सबैले बुझ्नुपर्छ ।
जे नहुनु थियो त्यो भईयो, अब सबै मिलेर प्रहरीलाइ सहयोग गरौं, तपाईंको सानो सूचनाले अपराधीलाई कानुनी कठघरामा उभ्याउन मद्दत पुग्न सक्दछ । त्यसैले, सडकमा उफ्रेर तमासा देखाउनु सट्टा प्रहरी लाइ आफ्नो काम गर्न दिऔं, प्रहरी संगै मिलेर हामी पनि अनुसन्धानमा जुटौं, शंकास्पद ब्यक्ति पहिचान भए प्रहरीलाई खबर गरौं, अपराधीहरुलाई हदै सम्मको कार्वाही गराउनमा तपाईं हामी सबैजना एकजुट बनौं 🙏🙏 🇳🇵