Trust Nepal

Trust Nepal Our main objective is to move forward by exploring contemporary, old and new talents and keeping exploratory themes and events through this communication.

05/02/2024

बुढा निलकन्ठ काठमाडौँ ।

03/02/2024

पाचन प्रणालीलाई कसरी सक्रिय बनाउने । औषधिको प्रयोग होईन योगा गरौं ।

15/01/2024

आज तिल अर्थात तिलका परीकार बनायर दान गर्नाले सुन दान गरे बराबको धर्म मिल्ने दिनको के महत्त्व छ? यो सामाग्री मा हेर्नुस् ।

31/12/2023

जुम्ला कालिकोट ।

30/12/2023

बालकुमारीमा २ युवाको हत्या घटनाबारे प्रचण्डले मुख खोले ।

08/10/2023

नेपाली गायीका मेनुका पौडेलले चर्चित सिंगिङ रियालिटी शो "इन्डियन आइडल १४" को अडिसनमा आफनो अद्भुत प्रस्तुती दिँदै गोल्डेन माइक जितेर टप १५ मा आफनो स्थान सुरक्षित गरेकीछिन् । शोमा उनको प्रस्तुतीले जज द्धय श्रेया घोषाल र बिशाल ददलानी निकै रोएका थिए । मेनुकाले यसअघि पनि नेपाल लगायत भारतकै अन्य चर्चित सिंगिङ रियालिटी शोको अनुभव बटुलिसकेकीछिन् ।
Video Source:- Sony Tv

17/06/2023

सर्पको टोकाइ अथवा सर्पदंशको प्राथमिक उपचार कसरी गर्ने। यो सामाग्री मन परेमा शेयर गर्नुहोस् ।

09/06/2023

काठमाडौँ महानगर प्रमुख मेयर बालेन्द्र शाह"बालेन"ले भारत लाई ईनकाउन्ट दिदैँ नेपालको Grater Nepal को नक्सा आफ्नो कार्यकक्षमा राखे पछि भारतमा खैलाबैला सुरु।

02/06/2023

शरीरमा आगलागी भएमा कसरी बच्ने । यो अती उपयोगी सामाग्री हेर्नुहोस्।

01/06/2023

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड द्वारा आज भारतमा गर्नु भएको सम्बोधनमा के- के भन्नु भयो त ?। यो सामाग्री हेर्नुहोस्।

01/06/2023

गर्मी बढे सगैँ सर्पले डस्ने जोखिम उच्च हुने गर्दछ। त्यसैले सर्प बाट बच्च के गर्ने ? हामी यो सामाग्री प्रस्तुत गर्दै छौ । जन चेतनाका लागी यो भिडियो Share गर्नु होला।

29/05/2023

रेशम चौधरी आज रिहा भएका छन्।

13/05/2023

यो फुल नेपाल प्रहरीलाई दिन हो : रास्वपा सभापति रबि लामिछाने ।

तापक्रम बढे संगै माडीको जन-जीवन प्रभावित।बैशाख २९- अत्यादिक गर्मीका कारण माडीको जनजीवन प्रभावित भएको छ । एक सातादेखि अत्...
12/05/2023

तापक्रम बढे संगै माडीको जन-जीवन प्रभावित।

बैशाख २९- अत्यादिक गर्मीका कारण माडीको जनजीवन प्रभावित भएको छ । एक सातादेखि अत्यादिक तापक्रम बढे संगै जन-जीवन प्रभावित भएको हो । तापक्रम बढेसँगै माडीका बरुवा,बसन्तपुर,देबेन्द्र्पुर र बगही लगाएताका बजारमा दिउँसोको समयमा चहलपहल न्यून देखिन थालेको छ । प्राय माडीका स्थानीय दिउँसो घरबाहिर निस्किन छाडेका छन् ।

गर्मी बढ्दै गएपछि माडीका सरकारी तथा गैरसरकारी कार्यालय मा समेत सेवाग्राहीको उपस्थिति पातलिन थालेको छ। तर गर्मी बढे संगै केही व्यवसायी भने उत्साहीत भएका छ्न् । अहिले गर्मी कै कारण बजारमा चिसो पेय पदार्थ तथा खाद्य पदार्थको बिक्री ह्वात्तै बढेको स्थानीय किराना व्यवसायीहरुले बताएका छन् ।

वैशाखको अन्तिम सातादेखि बढेको प्रचण्ड गर्मी र तातो हावाका कारण सरुवा रोगका साथै घाउ, खटिरा, एलर्जी, पखालाका बिरामीको चाप पनि बढ्न थालेको चिकित्सकहरुले बताएका छन् । गर्मी बाट बच्न दिउसोको समयमा बाहिर ननिस्कने निस्कनै परे सुरक्षाका उपाय अपनाउन पर्दछ । पानी प्रशस्त मात्रामा पिउने, सितला प्रजातिका फलफूल खाने गरेमा केहि हत सम्म गर्मी बाट बच्न सकिन्छ ।

29/04/2023

दुबईमा ७७ लाख जित्ने पदम के भन्छन् ? हेर्नुहोस् यो सामाग्री ।

28/04/2023

प्रतिनिधि सभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ ग्रहण गरेका छन् । अर्का सांसद उपेन्द्र यादव भने शपथ ग्रहणमा अनुपस्थित रहे ।

28/04/2023

तपाईंइको घरमा ५ बर्ष भन्दा कम उमेरका बालबालिका छन् भने, यो सामाग्री एक पटक हेर्नुहोला।

26/04/2023

आज माया लाग्दो बादरको बच्चाको यो भिडियो हेर्नुहोस्।

माडीका ६०२ घरपरिवार माछापालन व्यवसायमा आवद्ध ।चैत २५– माडी नगरपालिका का किसानको माछापालनमा आकर्षण बढेको छ । माछाको लागि ...
08/04/2023

माडीका ६०२ घरपरिवार माछापालन व्यवसायमा आवद्ध ।

चैत २५– माडी नगरपालिका का किसानको माछापालनमा आकर्षण बढेको छ । माछाको लागि उपयुक्त ठाउँ र अन्य कृषिजन्य उत्पादन भन्दा मत्स्यबाट राम्रो आम्दानी हुने भएकोले पनि किसान माछापालनमा आकर्षित भएका हुन् ।

माडी नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७८\०७९ मा ६०२ घरपरिवार माछापालनमा संलग्न देखिन्छन् । यहाँका जनताले मत्स्यपालनलाई व्यवसायीकरण गरिरहेका छन् । तर, माछा उत्पादनका लागि आवश्यक वस्तुहरुको अभावका बीच वास्तविक आम्दानी हुन नसकेको मत्स्य किसानहरुको गुनासो छ ।

मत्स्य किसान सरोज साहले भने, ‘माछाको दाना एकदमै महंगो छ । एक केजी कै ८५ रुपैयाँ पर्छ । प्रत्यक महिना एक कठ्ठा बराबर ५०० ग्राम मल पोखरीमा अनिवार्य राख्नुपर्छ । तर, युरिया र डीएपी मलको अभावका कारण समयमा मल पोखरीमा राख्न सकेका छैनौं । जसले माछाको लागि आवश्यक लेउ तथा सुक्ष्म वनस्पती पोखरीमा उत्पादन हुँदैन । यसले गर्दा उत्पादन र आम्दानी हुनपर्ने भन्दा कम छ ।’
माडी नगरपालिका वडा नम्बर ६ कल्याणपुरमा साहले माछापालन गर्दै आएका छन् । ५ वर्षदेखि उनले माछापालन गर्न थालेका हुन् । १० बिघा जलासयमा साहको सरोज कृषि फार्म रहेको छ । अबको एक महिना भित्र यसलाई बढाएर १६ बिघा जलासयमा माछापालन गर्ने तयारीमा साह रहेका छन् । उनको जलासयमा छ प्रकारको माछा रहेको जानकारी दिए । उनले भने, ‘कार्प, कमन कार्प, ग्रास कार्प, विगेट कार्प, रोहुनेनी, सिल्बर गरी ६ जातको माछापालन छ ।’

मत्स्यमा माडी आत्मनिर्भर भएको खुसीयाली भए पनि किसानको समस्या समाधानमा पालिका अलमलमा परेको हिरामति गुरौंले बताए । थारु सामूहिक महिला कृषक समूह गठन गरी सामूहिक माछापालन गरिरहको गुरौले ध्यानाकर्षण गराएको समस्यामा पनि पालिकाले ध्यान नदिएको बताएका हुन् । ‘६० जना महिलाहरु मिलेर हामीले माछापालन गरिरहेका छौं । हाम्रो मात्र होइन यहाँका सबै माछापालकको समस्या एउटै हो । किनेर खुवाउछु भन्दा पनि माछालाई मल र रेडिमेट दाना खुवाउन सकेका छैनौं । सदस्यको घरमा रहेको गाईभैँसीको गोबर कहिले कसो हालिएको छ । यसको लागि पालिकालाई गुहार्न धेरै पटक गयौं । हुन्छ–हुन्छ भन्छन् हुने कहिले हो कुर्दा–कुर्दा व्यवसाय घाटामा गइसक्यो’, उनले गुनासो सुनाए ।

माडी –१ गर्दीमा थारु सामूहिक महिला कृषकहरुले चार वटा जलासयमा माछापालन गर्दै आएका छन् । यसलाई व्यवसायीकरण गर्न भने कठिन रहेको गुरौं बताउँछन् । उनले भने, ‘गत वर्ष मल र दानाको अभावका कारण साढे दुई लाख भन्दा बढी आम्दानी गर्न सकेनौं । आम्दानी र खर्च बराबरी भयो । अहिले पनि समस्या एउटै छ । व्यवसायीकरण गर्न सकिन्न कि भन्ने लाग्छ । महिलाहरुको व्यवसाय भएर पो हो की हाम्रो पहल सरोकारवालाहरुले सुनिदिँदैनन् ।’
माडी नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख डा. रबिन बस्ताकोटीले मल र दानाको समस्या समाधान पालिकाले गर्न नसक्ने बताए । उनले भने, ‘मल र दाना विदेशबाट आयात हुन्छ । यसको लागि कृषि मन्त्रालय नै जिम्मेवार छ । जबसम्म सरकारले रेगुलर मल र दाना प्रर्याप्त मात्रामा ल्याउन सक्दैन हामी सरकारको पाटो भएर पनि केही गर्न सक्दैनौं ।’ तर पालिकाको स्रोत र साधनले सक्ने सहयोग भने गरेको बताए । उनले भने, ‘नयाँ जलसाय बनाउनेको लागि हामीले ५० प्रतिशत अनुदान दिएका छौं । साथै माछामा पर्ने जुम्रालगायत समस्यामा सहयोग गरेका छौं । जलसाय एवम् पोखरीमा अक्सिजनको मात्रा कम हुन नदिन, संक्रमण रोक्न यरियटर, जेनेरेटर, पम्पहरु पनि ५० प्रतिशत अनुदानमा उपलब्ध गराएका छौं ।

माडीमा माछापालक किसानको संख्या भने बढ्दो रहेको उनको भनाइ छ । उनले भने, ‘चालु आर्थिक वर्षको तथ्याङ्क आउन बाँकी छ । तर, गत आर्थिक वर्षमा भने ६०२ जना घर परिवार मत्स्यमा लागेका थिए । यो वर्ष अझै बढ्ने देखिएको छ ।’ अन्य बालीमा भन्दा माछामा प्रतिफल राम्रो भएको उनले बताए । उनले भने, ‘माडीको जमिन माछाको लागि उपयुक्त छ । धान, गहुँ, मकैलगायत कृषि खेतीमा भन्दा यसमा मुनाफा बढी छ ।’

यहाँका माछापालक किसानले सिल्बर माछा प्रति किलो २८० रुपैयाँ र अन्य माछा ३३० मा बेच्दै आएका छन् । जहाँको उत्पादन नारायणगढ, पोखरा र काठमाडौँ निर्यात हुने गरेको छ । तस्वीर:साङ्केतिक

04/04/2023

आज हामी तपाईहरुलाई रेल देखाउदै छौँ ।

बिगत ८ वर्षदेखि व्यवसायिक मौरीपालनमा रमाउँदै माडीका किसान देवकोटा।चैत १९- माडी नगरपालिका–६ का किसान दामोदर देवकोटा व्याव...
02/04/2023

बिगत ८ वर्षदेखि व्यवसायिक मौरीपालनमा रमाउँदै माडीका किसान देवकोटा।

चैत १९- माडी नगरपालिका–६ का किसान दामोदर देवकोटा व्यावसायिक मौरीपालनबाट आत्मनिर्भर हुँदै गएका छन् ।

१० घारबाट मौरीपालन सुरु गरेका उनको अहिले ५६० घार मौरी रहेका छन् । वार्षिक एक घारमा २५ देखि ३० किलोसम्म मह उत्पादन हुने गरेको देवकोटाले नारायणी अनलाइनलाई जानकारी दिए । माडीको स्याउलीबासमा उनले चार जना कर्मचारी राखेर मौरीपालन गरेका छन् । उनले मह बेचेर मासिक ४० हजार रुपैयाँ सम्पूर्ण खर्च कटाएर बचत गर्ने गरेका छन् । महमात्र होइन उनले मौरी पनि बेच्ने गरेका छन् । पाँच फ्रेम मौरी बेच्दा १० हजार रुपैयाँ आम्दानी गर्ने गरेका छन् तर यो बर्खा याममा धेरै हुने गरेको छ ।

विगत ८ वर्ष देखि मौरीपालन गर्दे आएका उनकोे घर भरतपुर महानगर–११ म भएता पनि माडी नगरपालिका–६ को स्याउलीबासमा मौरीपालन गर्दे आएका छन् । उनी मिराकल गार्डेनका प्रमुखसमेत हुन् । १३ कठ्ठामा रहेको मिराकल गार्डेन भित्र उनले मौरी पाल्दै आएका छन् । एक किलो महको मूल्य ७०० देखि एक हजार रहेको उनले बताए । उनले पाल्ने गरेको मौरी मेरीफेरा जातको रहेको बताए ।

उनले यो वर्षमा मात्रै ३ क्विन्टल मह उत्पादन गरेको बताए । स्वस्थ र स्वादिलो भएकाले महको माग बढी छ । महसँगै मौरी पनि बेच्दै आएको उनले जानकारी दिए । उनले मौरी बेच्न टेन्डर प्रणालीबाट बेच्ने बताए । उनले भने, ‘मौरी बेच्ने समयमा बोलपत्र खुलाउँछौँ, कृषि कार्यालहरुले किसानलाई मौरी बाड्दा मिराकल गार्डेनबाट मौरी लाने गर्दछन् ।’ उनले खाद्य गुणको लाइसेन्स प्राप्त गरी विभिन्न ठाउँमा उत्पादित मह प्याकिङ गरेर काठमाडौँ, पोखरा बजारसम्म पु¥याउँदै आएको बताए ।

एक वर्षमा ५ पटकसम्म मह काड्ने गरिन्छ । उनले मौरीपालन सहज, सरल र स्वतन्त्र पेसा भएको बताए । यस पेसाका लागि धेरै जग्गा र लगानीको अवश्यकता नपर्ने उनको भनाइ छ । उनले भने, ‘मौरीलाई दिनहुँ हेरचाह गर्नु पर्दैन, १५–१५ दिनमा हेरचाह गर्छौ ।’ बर्खायामको समयमा बढी हेरचाह गर्नुपर्ने हुन्छ । उनले मौरीपालनको लागि माडीको हावापानी राम्रो भएको बताए । उनले भने, ‘माडी जंगलले घेरिएको पर्यावरणीय वातावरण भएको ठाउँ हो, मोरीपालनको लागि धेरै सम्भावना छ ।’ उनले माडीका किसानलाई मौरीपालन व्यवसाय नछाड्न, निरन्तरता दिन आग्रह गरे । उनले आफू मौरीपालन व्यवसायबाट सन्तुष्ट रहेको बताए । उनले आफूलाई पृथक खालको मान्छे भन्न रुचाउँछन् । उनले भने, ‘मेरो जीवनको अन्तिम प्राण भनेकै मेरो मौरी हो, म मौरी कहिलै छोड्दिन, मेरो दहासंस्कार गर्ने बेलामा दुई घार मौरीसँगै राख्दिन मेरो परिवारलाई आग्रह गरेको छु ।’ उनले आफ्नो शरीरमा मौरी लिएर बस्दा, मौरीसँग कामगर्दै जाँदा छुट्टै किसिमको प्रेरणा मिल्ने बताए ।

उनले एकपटक मौरी चराउँन लैजादा २०० देखि २५० सम्म मौरीको घार चराउन लैजाने गरेका छन् । चराउनको लागि निकुञ्जको छेउछाउमा, दाङ, प्युठान, रम्तेस, राक्सिराङ, सर्लाहीलगायत ठाँउमा लाने गरेको उनले जानकारी दिए । उनले मौरी र महसँग सम्बन्धित रही विभिन्न व्यवसायिक तालिम पनि दिँदै आएका छन् । उनले भने, ‘मैले मौरी, महसँग सम्बन्धित रही विभिन्न तालिम दिएको छु, मसँग अन्तराष्ट्रिय व्यक्तिहरु तालिम लिन आउनु भएको छ ।’ उनले ८ वर्ष अगाडि माडीमा मौरीपालन गर्ने किसान कोही नभएको बताए । उनले आफू माडी गएपछि मात्र अन्य किसानले मौरीपालन गर्न थालेको बताए । पहिला निराशा थियो आशा दिलाउनको लागि मौरीपालन व्यवसाय गर्दै आएको उनको भनाइ छ । अहिले माडीमा बाटिका मौरीपालन, सोमेस्वर मौरीपालन फार्मलगायत रहेको उनको भनाइ छ । एक घारबाट वर्षमा ४ घार बनाउन सकिने उनले अनुभव सुनाए ।

उनले भने,’ वैज्ञानिक अल्वर्ट आइन्सटाइनका अनुसार मौरी पृथ्वीबाट लोप भएर जाने हो भने मानव समुदायको अस्तित्व रहँदैन ।’ तसर्थ मौरी, मानव र प्रकृतिबीच अनुपम सम्बन्ध छ ।’ उनले मौरीपालन व्यवसायबाट आर्थिक आयआर्जन हुनुका साथै मौरी जस्तै मेहनती हुने पाठ सिकाउँने बताए । निरन्तर मौरीपालनमा लागेका देवकोटाको जीवन संघर्ष कृषि क्षेत्रमा निराश भएका युवाहरुको लागि प्रेरणा बन्ने गरेको छ ।

राष्ट्रिय जनगणना–२०७८ : माडीका ८.७ प्रतिशत घरमा खरको छानो भएको तथ्यांक।चैत १३- चितवनको माडी नगरपालिकामा सबैभन्दा धेरै पर...
27/03/2023

राष्ट्रिय जनगणना–२०७८ : माडीका ८.७ प्रतिशत घरमा खरको छानो भएको तथ्यांक।

चैत १३- चितवनको माडी नगरपालिकामा सबैभन्दा धेरै परिवार खरपरालकै छानोमुनि बसोवास गर्दै आएको पाइएको छ ।
केन्द्रीय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना–२०७८ को विस्तृत प्रतिवेदनले चितवनको माडी नगरपालिकामा खरपरालको छानोमुनि बसोवास गर्ने परिवार संख्या बढी देखाएको हो । चितवनका सात पालिकामध्ये माडी नगरपालिकामा ८.७ प्रतिशत परिवार खरपरालको छानोमुनि बसोवास गरेको पाइएको हो ।

माडीपछि खरपरालको छानोमुनि बसोवास गर्ने परिवार इच्छाकामनामा बढी छन् । इच्छाकामनामा ४.१ प्रतिशत परिवार खरपरालको छानोमुनि बसोवास गरेको पाइएको छ ।

यस्तै, राप्ती नगरपालिकामा २.६ प्रतिशत परिवार खरपरालको छानोमुनि बसोवास गरेका छन् । जनगणना–२०७८ अनुसार कालिकामा खरको छानोमुनि बसोवास गर्ने परिवार १.६ प्रतिशत छन् । रत्ननगर नगरपालिकाको तुलनामा खरको छानोमुनि बसोवास गर्ने परिवार भरतपुरमा बढी छन् ।

जनगणनाअनुसार भरतपुरमा ०.९ प्रतिशत परिवार खरको छानोमुनि बसोवास गर्दै आएका छन् भने रत्ननगरमा ०.६ प्रतिशत परिवार खरपरालको छानोमुनि छन् । खैरहनी नगरपालिकामा १ प्रतिशत परिवार खरपरालको छानोमुनि रहेका छन् ।
चितवन जिल्लाभर १.६ प्रतिशत परिवार खरपरालको छानोमुनि बसोवास गर्दै आएको जनगणनामा उल्लेख छ ।

देबेन्द्रपुर शनि मन्दिरलाईनको टोल सुधार समिति पुर्नगठन। चैत ९- देबेन्द्रपुर शनि मन्दिर लाईनको टोल सुधार समिति पुर्नगठन ग...
23/03/2023

देबेन्द्रपुर शनि मन्दिरलाईनको टोल सुधार समिति पुर्नगठन।

चैत ९- देबेन्द्रपुर शनि मन्दिर लाईनको टोल सुधार समिति पुर्नगठन गरिएको छ । लामो समयसम्म पुरानो समिति निष्क्रिय रहेकाले नयाँ समिति चयन गरिएको नव गठित समितिका अध्यक्ष सुदर्शन सुबेदिले जानकारी दिनुभयो।

पुर्नगठीत समितिको अध्यक्षमा सुदर्शन सुवेदी,उपाध्यक्षमा श्रीराम पण्डित त्यस्तै कोषाध्यक्षमा कमला काफ्ले र सचीवमा सुर्य प्रसाद पौडेल चयन हुनुभएको छ।

सदस्यहरुमा सुन्तली पाठक त्यस्तै मन कुमारी सुबेदी,कुमारी परीयार त्यसैगरी नरहरि लामीछाले,मिना देबि काफ्ले,खोम कुमारी काफ्ले र चन्द्र बहादुर भुजेल चयन हुनु भएको छ। माडीसातका वडा सदस्य ढाका मोहन तिमिल्सिनाको उपस्थितिमा समिति गठन गरीएको हो।

नेपाल सरकारले चितवन राष्ट्रिय निकुञ्जलाई प्लाष्टिक मुक्त निकुञ्ज रूपमा घोषणा गरेपनी यो नाममा मात्र सिमित देखिन्छ ।
22/03/2023

नेपाल सरकारले चितवन राष्ट्रिय निकुञ्जलाई प्लाष्टिक मुक्त निकुञ्ज रूपमा घोषणा गरेपनी यो नाममा मात्र सिमित देखिन्छ ।

21/03/2023

आज हामी तपाईलाई धादिङको गल्छी देखि नुवाकोटको बटार ,बिदुर हुँदै त्रिशुली सम्मका केही दृश्यहरु यो सामाग्रीमा देखाउदै छौँ ।

20/03/2023

आरन व्यवसाय धराप पर्दै जाँदा आरनकर्मी चिन्तित । माडी-९ बगही बसपार्कमा आरन व्यवसाय संचालन गरी रहनु भएका भिम ब. बिश्वकर्मा बुवा सँग आरन व्यवसाय सम्बन्धि गरीएको कुराकानी यो सामाग्रीमा प्रस्तुत गरेका छौँ ।

बादरमुढे स्मृति पार्क संरक्षण गरीदै।
19/03/2023

बादरमुढे स्मृति पार्क संरक्षण गरीदै।

माडी ६ मा पर्ने बादरमुढे खोलाको पुल निर्माणको अन्तिम चरणमा।
18/03/2023

माडी ६ मा पर्ने बादरमुढे खोलाको पुल निर्माणको अन्तिम चरणमा।

17/03/2023

दुरा सामुदायिक होम-स्टे माडी-९ बगहिमा आफ्नो कला,संकृतीको संरक्षणमा जुट्दै दुरा समुदाय।

16/03/2023

माडीको बनकट्टा देखी रीउ खोला सम्मको बाटो उच्च स्तरीय प्रबिधि प्रयोग गरेर ढालान गरीदै ।

Address

Bharatpur
44200

Website

Alerts

Be the first to know and let us send you an email when Trust Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share


Other Digital creator in Bharatpur

Show All