Darshan Media

Darshan Media We Provide Hymns , Modern Folk Songs videos , live programs Based On Religious And Cultural ascept

17/10/2024
19/09/2024

''धर्माचार्य” पदबाट विभूषित महात्मा सन्तश्री दीन दयालजी महाराजलाई शुभजन्मोत्सवको कोटी–कोटी शुभकामना !!!

''धर्माचार्य” पदबाट विभूषित महात्मा सन्तश्री दीन दयालजी महाराजलाई शुभजन्मोत्सवको कोटी–कोटी शुभकामना !!! बाल्यकालदेखि नै ...
19/09/2024

''धर्माचार्य” पदबाट विभूषित महात्मा सन्तश्री दीन दयालजी महाराजलाई शुभजन्मोत्सवको कोटी–कोटी शुभकामना !!!

बाल्यकालदेखि नै नेपाल भित्र र नेपाल बाहिर भारत, जापान, हङकङ लगायत अन्य मुलुकमा पनि सनातन हिन्दू धर्मको श्रीवृद्धि र उन्नयनका लागि निरन्तर सेवारत सन्तश्री दीन दयालजी महाराजलाई हिन्दू धर्म प्रतिको निष्ठा तथा अतुलनीय मानव सेवाको कदर गर्दै अभिनन्दन र सम्मान गरिएको छ । सन्तश्री दीन दयाल प्रतिष्ठानका संस्थापक तथा संरक्षक सन्तश्री दीन दयालजी महाराज वैदिक ऋषि परम्परा, सनातन धर्म, सनातन संस्कृति र पश्चिम नेपालको नेपालगन्ज खजुरामा स्थापित पहिलो क्यान्सर अस्पतालका संकल्पकर्ता तथा संरक्षक लगायत अनेकौं मठमन्दिरका समेत संरक्षक रही सेवा गर्दै आउनु भएको छ ।
सनातन वैदिक धर्मको प्रचार प्रसार र वैदिक परम्परालाई विश्वभर फैलाउन र विशेष पहिचान दिलाउन उहाँको ठुलो योगदान तथा आध्यात्मिक अभियान मार्फत् राष्ट्र र समाजलाई मार्गदर्शन गर्नु हुने सन्तश्री दीन दयाल महाराजजीकै संकल्पमा विशेषगरि आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित बाँके बर्दियाका गरीब, असहाय, पिछडिएका निमुखा जनतालाई स्वास्थ्य सेवा सुलभ ढङ्गबाट उपलब्ध गराउने उद्देश्यले पश्चिम नेपालमै पहिलो “क्यान्सर अस्पताल’ निर्माण गरी सञ्चालन गरिएको छ ।
प्रखर परोकार मिसन नेपालद्वारा “पवित्र आध्यात्मिक चिन्तनबाट भौतिक विकास सम्भव हुने तथा आध्यात्मिक चिन्तन र भौतिक विकासबाट मानव जातिलाई वास्तविक सुख र शान्ति प्राप्त हुने” विश्वासबाट अभिप्रेरित भई अस्पताल निर्माण कार्यमा सहयोग जुटाउने उद्देश्यले २०६५ माघ ११ गतेदेखि १९ गतेसम्म “श्रीमद्भागवत् वृहद् धन धान्याञ्चल ज्ञान महायज्ञ”को आयोजना गरिएको थियो भने २०७९ फाल्गुनमा खजुरा क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाउने, खजुरा क्षेत्रमा रहेका ऐतिहासिक धार्मिक स्थलहरुको प्रवद्र्धन गर्ने र खजुरामा विशाल स्वरुपमा सुदर्शन चक्र सहितको लक्ष्मीनारायण मूर्तिको स्थापना गर्ने लक्ष्य सहित सन्तश्री दीनदयालको संरक्षकत्वमा श्रीमद् भागवत महायज्ञ आयोजना गरिएको थियो ।
उहाँका अनुयायीहरुले उहाँको नाममा काठमाडौं, चितवन, नवलपरासी, पूर्वाञ्चलका विभिन्न ठाउँ र भारतका विभिन्न शहरमा “सन्तश्री दीन दयाल आध्यात्मिक प्रतिष्ठान” स्थापना गरिएका छन् ।
उनै 'धर्माचार्य” महात्मा सन्तश्री दीन दयालजी महाराजको आज असोज ३ गते शुभजन्मोत्सवको अवसरमा कोटी कोटी शुभकामना व्यक्त गर्दै उहाँको सुस्वास्थ्य, सुख, शान्ति, दिर्घ जीवन, सुयश वृद्धि तथा आध्यात्मिक अभियानमा सफलताको लागि हार्दिक प्रार्थना गर्दछु ।

05/09/2024

तीज बिशेष 🙏🙏🇳🇵

27/08/2024

श्रीकृष्णअस्टमी को पावन अवसरमा केउरनी दुर्गा माताश्री को प्रानगण मा दिदीबहिनीको को भजन मा रमाइलो जयश्रीकृष्ण राधे राधे🙏🙏

22/08/2024

अाहा कति राम्राे रमाइलाे तिज गित अनि अामाकाे नाच 🙏🇳🇵

24/07/2024

साउनको पहिलो सोमबारको अवसर पारेर धार्मिक स्थान देवघाट धाम को यात्रा🙏🙏🙏जयसम्भु

24/07/2024

साउनको पहिलो सोमबारको अवसर पारेर देवघाट धाम मा भजन

युवा मञ्च सामाजिक सस्थाको प्रथम बार्शिक साधारणसभा सब्य र भब्य रुपमा सम्पन्न भएको छ्🙏🙏हाम्रो निमन्त्रणा स्युकार गरि कार्य...
02/03/2024

युवा मञ्च सामाजिक सस्थाको प्रथम बार्शिक साधारणसभा सब्य र भब्य रुपमा सम्पन्न भएको छ्🙏🙏हाम्रो निमन्त्रणा स्युकार गरि कार्यक्रम मा पाल्नु हुने सम्पुर्ण सामाजिक अभियान्ता ज्यु हरु प्रती हार्दिक कृतज्ञता प्रकट गर्न चाहान्छु🌹🌹साथै सस्था गत रुपमा साथ दिन पाल्नु हुने ,नेपाली हर्ट ग्रुम सम्पुर्ण टिम,हाम्रो जन्म भुमी सामाजिक सस्था, महिला कल्याण आमा समूह, राम जानकी बालिका आस्रम, सानो घर, शिव पन्चाङ्ग मन्दिर, भद्रकाली आमा समूह, , कोटिहोम आस्रम गैडाकोट लगायत सम्पुर्ण सस्था हरु प्रती हार्दिक आभार प्रकट गर्दछौ🌹🌹 भने सम्पुर्ण सस्थापक सदस्य एबम आजिबन सदस्य ज्यु हरुप्रती हार्दिक सम्मान गर्दछौ🌹🌹याहा हरुको साथ सधैभरी यसैगरी रहिरहोस भन्ने आसा गर्दै सम्पुर्ण आगन्तुक अतिथी ज्यु हरुमा पुर्ण एकपटक हार्दिक सम्मान गर्दछौ।।। जय मानव सेवा🌹🌹🌹🙏🙏

Address

Hongkong Bazar
Bharatpur

Alerts

Be the first to know and let us send you an email when Darshan Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Darshan Media:

Videos

Share

Category