Nabinawaj

Nabinawaj Official page of www.nabinawaj.com

10/12/2022

काफ्ले समाज,२१ औ साधारण सभा
२०७९ मंसीर २४

https://www.nabinawaj.com/?p=2075
15/07/2022

https://www.nabinawaj.com/?p=2075

सहयोगापेक्षीहरुको सहारा बनेको कौशलटार स्थित मानवसेवा आश्रममा ७ महिनाको बालक देखि लिएर ९३ वर्षीय जेष्ठ नागरिकहर...

19/03/2022

पातन्जल याेग समिति नेपाल गण्डकी प्रदेशद्वारा आयोजित
समग्र स्वास्थ्य र स्वपहिचानको सान्दर्भिकता : पातन्जल योगको सार्थकता विषयक अन्तर्कृया कार्यक्रम
२०७८ चैत ५ गते

https://www.nabinawaj.com/?p=1819
27/02/2022

https://www.nabinawaj.com/?p=1819

काठमाडौ,२०७८ फागुन १५ पातञ्जल योग समिति नेपाल काठमाडौको पहिलो अधिवेशनबाट अध्यक्षमा योग गुुरु एवं राष्ट्रिय सरस.....

https://www.nabinawaj.com/?p=1755
13/02/2022

https://www.nabinawaj.com/?p=1755

भक्तपुर,२०७८ माघ २९ नेपाल रेडक्रस सोसाईटी दुवाकोट उपशाखाको प्राविधिक सहकार्यमा वाईसियल भक्तपुरले वृहत खुला रक्...

🇳🇵🙏🙏🙏🙏प्रेस बिज्ञप्ति 🙏🙏🙏🙏🇳🇵भारतीय योगगुरु स्वामी रामदेव र आचार्य बालकृष्णद्वारा यही २०७८ मंसिर २ देखि ५ गते सम्म भएको न...
17/01/2022

🇳🇵🙏🙏🙏🙏प्रेस बिज्ञप्ति 🙏🙏🙏🙏🇳🇵

भारतीय योगगुरु स्वामी रामदेव र आचार्य बालकृष्णद्वारा यही २०७८ मंसिर २ देखि ५ गते सम्म भएको नेपाल भ्रमण र त्यस भ्रमणका दौरानमा पतञ्जलि योगपीठ ट्रष्ट नेपालले आयोजना गरेको योग भवन तथा आस्था नेपाल र पतञ्जलि नेपाल टिभिको प्रत्यक्ष प्रसारण उद्घाटन कार्यक्रममा सरकारका प्रमुख सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माननीय श्री पुष्पकमल दहाल (प्रचण्ड) ,नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माननीय माधव कुमार नेपाल लगायत वर्तमान सरकारका केही मन्त्रीज्यूहरु,पूर्व मन्त्रीहरु एवं राजनैतिक दलका विशिष्ठ व्यक्तिहरुको उपस्थितिमा भएको उद्घाटन कार्यक्रम र त्यस कार्यक्रममा व्यक्त सरकार प्रमुख र उल्लेखित विशिष्ठ व्यक्तिहरुको प्रतिबद्धतापूर्ण विचारहरुका विषयमा विभिन्न क्षेत्रबाट उठेका र उठाइएका क्रिया प्रतिक्रियाहरुको सम्वन्धमा पातञ्जल योग समिति नेपालको गम्भिर ध्यानाकर्षण भएको छ ।
पातञ्जल योग समिति नेपाल राष्ट्रियता,स्वाधिनता,आत्मनिर्णय,वैधानिकता र पारदर्शितालाई आदर्श सिद्धान्तका रुपमा अंगिकार गर्दै आयुर्वेद,प्राकृतिक चिकित्साका पूर्वीय उपचार पद्धतिलाई आत्मसात गर्दै आफ्नो मौलिक राष्ट्रधर्म,स्वाभिमान र आत्मगौरवलाई बचाउदै पूर्वीय दर्शनको मूल दर्शन योगलाई प्रवद्र्धन र प्रचार प्रसार गरी वर्तमान समाजमा फैलदै गएका शारीरिक,मानसिक,नैतिक,चारित्रिक विकृति,विसंगति र विचलनमा सुधार ल्याउदै त्यसको माध्यमबाट सुसंकृत,स्वास्थ्य र समृद्ध नेपाल राष्ट्र निमार्णमा योगदान गर्ने ध्येयका साथ नेपालमै दर्ता भै संचालनमा रहेको देशका ७ प्रदेश र सो मातहतमा आफ्नो सांगठानिक संजाल विस्तार गर्दै रहेको विशुद्ध राष्ट्रिय योगिक संस्था हो ।
पातञ्जल योग समिति नेपालले आफ्नो राष्ट्रिय उद्वेश्यमा नै स्वदेशी उद्योग,स्वदेशी शिक्षा,स्वदेशी चिकित्सा,स्वदेशी भेषभूषा एवं स्वदेशी पूजी र प्रविधि सहित स्वाभिमान बिना कुनै पनि देशले आफ्नो मौलिक पहिचान स्थापित गर्न सक्दैन र देश संमृद्ध पनि हुन सक्दैन भन्ने मूल मान्यतालाई आत्मसाथ गर्दै योगिक गतिविधि संरक्षण र त्यसको प्रवद्र्धन गर्न अहोरात्र जन जनमा योग जागरण चलाई रहेको छ । यो संस्था प्रत्येक स्वदेश र परदेशमा रहेका मानव समुदायलाई र सम्पूर्ण देशलाई आधिकारिक स्वदेशी वस्तुलाई प्राथमिकता दिई स्वावलम्वन बनाएर विश्वको विकसित देशको श्रेणीमा ल्याउन र शिक्षा एवं चिकित्सिाका सम्पूर्ण व्यवस्थाहरुमा स्वदेशी भाषा,स्वदेशी संस्कृति,वैदिक संस्कार,वैदिक अध्यात्मिक ज्ञान एवं देशको स्वाभिमानलाई कायम राखेर जनमानसमा मैत्रीभाव जागृत गरी विश्वमा नेपाल देश एक आदर्श राष्ट्रको रुपमा चिनाउने अभियानमा पातञ्जल योग समिति नेपाल रहेको छ ।
देशका कतिपय प्राकृतिक श्रोत साधन र सम्पदाहरुको दोहन गरी विदेशी राष्ट्रहरु धनी बनिरहेका छन् । हाम्रो असक्षम राजनैतिक नेतृत्व,असफल लाचार कुटनीतिक पक्ष तथा कमजोर ऐन नियम कानुनको फाइदा उठाएर विदेशी उद्योगी व्यवसायी कमिसनखोर विचौलिया र माफियाहरुले देशलाई खोक्रो पारिरहेका छन् । यस्तो हर्कतमा मद्धत गर्न देशका प्रधानमन्त्रीको समेत संलग्नता रहनु खेद र निन्दनीय बिषय हो ।
विदेशीको आड र इसारामा संचालित कतिपय संघ,संस्था,संगठन,एनजिओ,आइएनजिओहरुले गैह््रकानुनी रुपमा यस्ता धन्दा पनि चलाईरहेका छन् । देशमा संचालित कतिपय यस्ता संस्थाहरु अवैधानिक प्रक्रियाले स्थापना भई संचालनमा रहेका र अनियमित र अवैधानिक रुपले गतिबिधि गरिरहेका समेत देखिएका छन् । तिनीहरुको नियमन प्रभावकारी रुपमा भईरहेको छैन । यसैको फाइदा उठाएर पछिल्लो चरणमा भारतीय योग गुरु स्वामी रामदेव र आचार्य बालकृष्णको वैदेशिक ख्याति,विदेशी कुटनैतिक आड र प्रभावलाई प्रयोग गर्दै र त्यसको फाईदा उठाउदै पतञ्जलि योग पिठ ट्रष्ट नेपालले ऐन,नियम र कानुनको ठाडो उल्लंघन गर्दै आस्था नेपाल,पतञ्जलि नेपाल नामक प्रत्यक्ष टिभी च्यानलहरुको प्रधानमन्त्रीबाट उद्घाटन गराई गैह्रकानुनी र अवैधानिक काम गरेको छ । यो अत्यन्त आपत्तिजनक र खेदजनक विषय हो भन्ने हाम्रो ठहर छ । यस्तै गैह्र कानुनी र देश विरोधी गतिविधि बन्द गर्न हामी सम्वन्धित पक्षको ध्यानाकर्षण गराउदछौं ।
नेपालको महत्वपूर्ण राष्ट्रिय सम्पदा मध्य वानस्पतिक जडिबुटी पनि एक हो । विश्वमा दुलर्भ मानिएका अनुवांशीक रुपमा रैथाने प्रजातिका धेरै बहुमूल्य जडिबुटीहरु नेपालमा रहेको अनुसन्धानदाताहरु बताउदछन् । नेपालमा ७००० प्रकारका वनस्पतिहरु पाइने र ७०० प्रकारका हालसम्म औषधिको रुपमा अनुसन्धानबाट प्रमाणित भएका भन्ने तथ्याङ्क पनि छ ।
जनसंख्याको वृद्धि र वातावरणीय विनासका कारणले पनि कतिपय देशहरुमा जडिबुटीको अभाव हुन थालेको र त्यसको कारण आफ्नो. उद्योग र व्यवसायमा संकट उत्पन्न हुन थालेको हुनाले व्यावसायी एवं उद्योगीहरुको ध्यान नेपाल तर्फ आकर्षित हुन थालेको छ ।
जव भारतीय आयुर्वेदिक कम्पनीहरु डावर नेपाल, वैद्यनाथ,झण्डु आयुर्वेद कम्पनी आदिहरुको नेपालमा प्रवेश भयो त्यस बखत देखि नै नेपालका आफ्ना मौलिक राष्ट्रिय तथा निजी स्तरका आयुर्वेदिक उद्योगहरु सिंहदरवार बैद्यखाना,नरदेवी औषधीशाला,श्रीकृष्ण औषधालय आदि उद्योगहरुको अधोगति सुरु भएको इतिहास छ । यसै उद्धेश्यले पछिल्लो चरणमा स्वामी रामदेव र आचार्य बालकृष्णबाट आयुर्वेद कम्पनी खोल्ने जमर्को हुँदै छ । धेरै प्रयास असफल भएपछि शक्ति र प्रभावको उपयोग गर्दैै स्वामी रामदेवलाई ल्याएर पतञ्जलि योग पिठ नेपालले सरकार प्रमुख र प्रमुख दलहरुका नेतृत्व तहका प्रमुखहरुलाई एकीकृत गरी आयुर्वेदिक कम्पनी खोल्न जे जस्तो सहयोग चाहिन्छ दिने र आवश्यक परे जग्गा समेत दिने प्रतिबद्धता गराउन सफल भएका छन् । यो घोर राष्ट्रघात हो र देशको लागि दुर्भाग्यको विषय पनि । पातञ्जल योग समिति नेपाल यस्ता कार्यको घोर निन्दा र भर्त्सना गर्दछ ।
नेपालको कानुनले कुनै पनि स्वदेशी वा विदेशी संघ सस्था वा उद्योगलाई स्वामित्व हस्तान्तरण गरेर जग्गा प्रदान गर्न पाइदैन भन्छ । यस्तो गैरकानुनी काम र बचनबद्धता सरकारबाट हुनु र त्यसमा प्रमुख राजनैतिक दलका शीर्ष नेतृत्वहरु समेत मतियार हुनु अत्यन्त दुखद छ । यो काम र प्रतिबद्धता तुरुन्त फिर्ता लिई नेपालको अस्मिता,राष्ट्रियता र स्वाभिमानमा आँच आउने वनजन्य सम्पदालाई दोहन गर्ने काम तुरुन्त रोकियोस भन्ने जोडदार माग गर्दछौ । साथै सम्पूर्ण यौगिक संघ संस्था आयुर्वेद क्षेत्रमा काम गरिरहेका सरकारी तथा निजी व्यवसायिक संगठनहरुलाई सामुहिक बिरोधमा उत्रनको लागि अनुरोध गर्दछौ !



नबराज काफ्ले बालमुकुन्द सुवाल
महासचिव अध्यक्ष
पातञ्जल योग समिति नेपाल
केन्द्रीय कार्यालय ,भक्तपुर

14/01/2022

काठमाडौ,२०७८ पौष २९ ः “सर्वाङ्गीण विकासको लागि योग” भन्ने मूल नाराका साथ यस वर्षको राष्ट्रिय योग दिवस सप्ताहव्या...

10/01/2022

३१ श्रावण २०७८, आईतवार १७:५९ अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन सरकारको आग्रह ८ हजार परिक्षण गर्दा २२१२...

Address

Sallaghari
Bhaktapur
44600

Opening Hours

Monday 10:00 - 17:00

Telephone

+9779841395844

Alerts

Be the first to know and let us send you an email when Nabinawaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nabinawaj:

Videos

Share