Changu Ko Serofero

Changu Ko Serofero Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Changu Ko Serofero, Media/News Company, Bhaktapur.

सबैलाई हेक्का होस् यो विरोध हैन खबरदारी गरेको मात्रै हो । खबरदारी गर्दैमा समस्या समाधान हुन्छ भने विरोध किन गर्ने । हामी...
16/02/2023

सबैलाई हेक्का होस् यो विरोध हैन खबरदारी गरेको मात्रै हो । खबरदारी गर्दैमा समस्या समाधान हुन्छ भने विरोध किन गर्ने । हामीलाई विकास चाहिएको छ । तर, विकासको नाममा हुने विनाश पछि पछुताउनु भन्दा बैलेमा सजक हुनु राम्रो हो ।

04/09/2022

चाँगुनारायण नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको १०० दिनको उपलब्धी–
१. आफ्ना नगरवासीका लागि निःशुल्क रगत उपलब्ध गराउने ।
२. ज्येष्ठ नागरिकलाई घरघरमा गएर निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गर्ने घोषणा ।
३. संघले दिएको ८० प्रतिशत अनुदानमा २० प्रतिशत थप गरी सय प्रतिशत पशु बीमा लागू गर्ने व्यवस्थ ।
५. नगरपालीका उपप्रमुखले आफ्नो सेवा सुविधा समाजको हितको लागि प्रयोग गर्ने घोषणा गर्दै आफूले नगरपालिकाबाट पाउने गाडी सुबिधा चाँगुनारायण अस्पताललाई हस्तान्तरण ।
६. हाम्रो अनि राम्रो चाँगुनारायण बनाउने अभियान सुरु भएको घोषणा ।
७. नगरकोट सडक तत्काल निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई ताकेता ।
८. नगरभित्रका सबै सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरण ।
९. चाँगुनारायण नगर अस्पतालको स्तरोन्नति गर्दै सेवा विस्तार गर्ने घोषणा ।
१०. हरेक वडामा सार्वजनिक यातायात सुचारु गराउन नगर प्रमुखको पहल ।
११.स्वीकृति नलिई जग्गा विकास तथा प्लानिङ गरिएका जग्गाको घरबाटो सिफारिसमा पहिलो पटक १५ हजार कायम ।
१२. क्यान्सर रोकथाम गर्न विज्ञ चिकित्सकसँग परामर्श गर्दै निःशुल्क क्यान्सर जाँचको व्यवस्था गर्ने योजना ।
तर,
१. उपप्रमुखले चाँगुनारायण अस्पताललाई हस्तान्तरण गर्नुभएको नगरपालिकाबाट पाउने गाडी वृद्धवृद्धा, अपांग, अशक्त, दिर्घरोगी, बिरामीहरूलाई घरदैलोमै गई चिकित्सकीय सेवा प्रदान गर्न भने पनि घोषणा अनुसारको कार्य हुन सकेन् ।
२. चाँगुनारायण नगर अस्पतालको सेवा विस्तारको के कुरा सडक स्तरोन्नतिमा भएको ढिलाइले बिरामीले सास्ती भोग्न बाध्य हुदा पनि व्यवस्थापन कानमा तेल हाले बसेको छ ।
३. बालेनको अभियान झै नगर प्रमुख ज्यूले नगरभित्र सरकारी जग्गा कब्जा गर्ने व्यक्ति र सरकारी सम्पतीमा ढल हाल्ने, बाटो बनाउने, खोलानाला पुर्ने
प्लानिङ संचालकलाई कारवाही गर्न भने सक्नु भएन ।
४. हरेक वडामा सार्वजनिक यातायात सुचारु गराउन नगर प्रमुखको पहल पहिलो गास नै ढुङगा जस्तो भयो ।
अरु केही राम्रा र गर्न बाँकी काम भए थप गर्नुहोला ।

27/07/2022

आर्थिक वर्ष २०७७÷७८ मा चाँगुनारायण नगरपालीकाका जनप्रतिनिधि र पदाधिकारीहरुले आर्थिक सुशासनको धज्जी कसरी उढाए केही उदाहरण यस प्रकार छन्–-स्रोत– महालेखापरीक्षकको बार्षिक प्रतिवेदन २०७९)
१. पदाधिकारी सुविधा खर्चवापत १ करोड ११ लाख ७ हजार ५ सय ८ रुपैयाँ झ्वाम । जसमध्य मासुक सुविधा ४९ लाख ९६ हजार, बैठक २ लाख ६६ हजार ८ सय, ईन्धनमा १४ लाख ९२ हजार ७ सय ८ र अन्य भत्ता ४३ लाख ५२ हजार रुपैयाँ झ्वाम ।
२. प्रमुख, उपप्रमुख लगायत कतिपय पदाधिकारहरुलाई सवारी र ईन्धन खर्च मासिक तोकिएको सुविधा नलिई विलका आधारमा १४ लाख ९२ हजार ७ सय ८ रुपैयाँ झ्वाम ।
३. तलबी प्रतिवेदन पारित नगारई ३ करोड ९७ लाख ३५ हजार १४ रुपैयाँ पारिश्रमिक झ्वाम ।
४. कानुनुन नै नबनाई मासीक तलब बराबर २ महिनाको ३५ जनालाई २४ लाख ७ हजार ६ सय ६७ र सबै कर्मचारीलाई खाजा खर्च मासिक एक हजारका दरले १५ लाख रुपैयाँ खर्च ।
५. स्थानीय सरकार संचालन ऐनमा तोकीएको भन्दा फर पदमा कर्मचारी पदपुर्ति ।
६. सहायक कम्प्युटर अपरेटको दरवन्दी चौथो स्तर कायम गरी मासिक २६ हजार ६ सय १० तलव भत्ता भुत्तानी हुनेगरी एक जनालाई ३ लाख ५५ हजार ९ सय ३० रुपैयाँ र २ जना कानूनी सल्लाकारको बार्षिक ३ लाख ६० हजार गरी ७ लाख १ हजार ९ सय ३० भुुक्तानी गरी अनियमित ।
७. खाना तथा विविधतर्फ ३ करोड ११ लाख १७ हजार २ सय ११ रुपैयाँ झ्वाम ।
८. स्थानीय सरकार संचालन ऐनमा उल्लेख भए विपरित औषधि उपचार प्रयोजनका लागि विभिन्न व्यक्तिलाई ११ लाख १६ हजार २ सय ९४ आर्थिक सहायता र १७ लाख ६ हजार ६ सय रुपैयाँ धार्मिक सहायता गरी २८ लाख २२ हजार ८ सय ९४ वितरण ।
८. एक थान सवारी साधन खरिद्मा २२ लाख १८ हजार खर्च गरेको छ भने अर्थ मन्त्रालयबाट प्राप्त एक थान गाडीमा पाटपुर्जा प्रतिस्थतापनमा १० लाख ७३ हजार ४ सय ६४ रुपैयाँ खर्च ।
९. फर्निचर खरिद्मा २७ लाख ८२ हजार ५ सय १३ रुपैयाँ, सवारी मर्मत खर्च ३५ लाख ९७ हजार ८ सय १ रुपैयाँ, ईन्धन–३९ लाख ९३ हजार ७ सय १३ रुपैयामा झ्वाम ।
१०. वडा कार्यालयमा भ्रमण गर्दा मात्रै ९९ हजार झ्वाम ।
११. भ्रमण बैठकमा आमन्त्रीत नै नगरको व्यक्तिलाई समेत राखि ३० हजार झ्वाम ।
१२. पालिकाले संचालन गरेको विभिन्न कार्यक्रमहरुका कार्यलय कै स्रोतव्यक्ति प्रयोग गरी प्रशिक्षक भत्ता वापत भुक्तानी ।
१२. मापदण्ड विपरित ४० जना कर्मचारीलाई १ लाख २४ हजार ८ सय रुपैयाँ भुक्तानी ।
१३ एउटै कार्यक्रमलाई टुक्रा गरी ९ वटा व्यवसायीलाई पोस्ने काम ।
१४. ठेक्दारहरुदाई फाइदा पुग्ने गरी कार्य सम्पन्न हुन नसेका योजनाहरुको अवधि र विवरण नखुलाई एकमुष्ठ रुपमा म्याद थप ।
१५. नगरपालिकाअन्तर्गत रहेका ५ वटा विद्यालयहरुले बढी विद्यार्थी संख्या देखाएर खाजा रकम १ लाख १४ हजार ३ सय ९० रुपैयाँ झ्वाम ।
१६. चाँगुनाराण फास्ट टयाक, पिखेल चौतारो बाटो डोल खेत जाने बाटो लगायत २३ वटा आयोजनामा लागत अनुमान भन्दा कमीमा ठेक्का । यसले गुणस्तरमाथि नै प्रश्न ।

चाँगुनारायण नगरपालिकाले गरेको मूल्यांकनमा जग्गा प्लानिङकर्ताको अदृष्य संलग्नता देखिएको छ । नगरपालिकाले गरेको मूल्याकनमा ...
20/07/2022

चाँगुनारायण नगरपालिकाले गरेको मूल्यांकनमा जग्गा प्लानिङकर्ताको अदृष्य संलग्नता देखिएको छ । नगरपालिकाले गरेको मूल्याकनमा प्लानिङ गरेका जग्गाको भाउ अन्यत्रको भन्दा बढी राखिएको छ ।

भक्तपुर, ४ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेका जग्गाको न्यूनत्तम मूल्यांकन गरिएको छ । आर्थिक वर्ष २०....

15/07/2022
वडा अध्यक्षको कार्यालय सडकमै, सांकेतिक विरोध : सरोकारवाला निकायमा पटकपटक अनुरोध गर्दापनि नगरकोट जाने सडक लथालिंग छाडेको ...
12/07/2022

वडा अध्यक्षको कार्यालय सडकमै, सांकेतिक विरोध : सरोकारवाला निकायमा पटकपटक अनुरोध गर्दापनि नगरकोट जाने सडक लथालिंग छाडेको भन्दै विरोध जनाउन चाँगुनारायण नपा-६ का वडाअध्यक्ष धनबहादुर लामाले आज दोस्रो दिन पनि सडकमा अफिस चलाइरहेका छन् । लामा राप्रपाबाट वडा अध्यक्ष निर्वाचित भएका हुन् ।

https://www.bhaktapurtimes.com/2022/07/27090/
11/07/2022

https://www.bhaktapurtimes.com/2022/07/27090/

भक्तपुर, २७ असार । पर्यटकीय क्षेत्र नगरकोट पुग्ने मुख्य सडक भक्तपुर–नगरकोट सडक नबनेपछि वडाका जनप्रतिनीधि नै आन्....

04/07/2022

फेरि बढ्यो इन्धनको मूल्य : पेट्रोलमा प्रतिलिटर २ र डिजेलमा ९ रुपैयाँ मूल्यवृद्धि

03/07/2022

नो भोट नो बजेट ? जनप्रतिनिधि भनेको जनताको प्रतिनिधि हो, झोले कार्यकर्ता हैन् भन्ने महोदयलाई कसैले सम्झाइ दिनु होला ।

त्रिभुवन विमानस्थलको नयाँ बन्ने टर्मिनल भवनको डिजाइन
30/06/2022

त्रिभुवन विमानस्थलको नयाँ बन्ने टर्मिनल भवनको डिजाइन

नयाँ जिम्मेवारीका लागि हार्दिक बधाई र शुभकामना ।
26/06/2022

नयाँ जिम्मेवारीका लागि हार्दिक बधाई र शुभकामना ।

Address

Bhaktapur

Website

Alerts

Be the first to know and let us send you an email when Changu Ko Serofero posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share