Swadesh FM/TV

Swadesh FM/TV 'Swadesh FM/TV page is the online multimedia platform of Swadesh F.M., Madi, Chitwan, Nepal.

माडी, चितवन । चितवन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य (सांसद) बिक्रम पाण्डेले माडी क्षेत्रमा बाढीले गरेको क्षतीबारे सद...
27/06/2024

माडी, चितवन । चितवन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य (सांसद) बिक्रम पाण्डेले माडी क्षेत्रमा बाढीले गरेको क्षतीबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

विहीबार, प्रतिनिधिसभामा बोल्दै पूर्वमन्त्री एवं राप्रपा उपाध्यक्ष समेत रहनुभएका पाण्डेले बाढीका कारण माडी-५, छरछरे निवासी रणबहादुर बि.क. बाढीबाट (हालसम्म) बेपत्ता रहेको, कीर्तनपुर आधारभूत विद्यालयमा चट्याङ परी क्षती भएको र घाँँघर खोलामा बाढीका कारण पोल ढल्दा बिजुली अवरुद्ध भएकोबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

देशैभर मौसमी विपद्का कारण जनजीवन प्रभावित भएकोप्रति दुःख व्यक्त गर्दै उहाँले पश्चिमी चितवनमा नारायणी र राप्ती नदीले विकराल अवस्था लिएको तथा मुग्लिङ नारायणगढ बाटोमा पहिरोका कारण अवरोध हुने अवस्था रहेको सरकारले समयमै ध्यान दिनुपर्ने बताउनुभयो ।

त्यस्तै, किसानहरुले मल, बीउ, सिंचाई नपाएको तथा बजार व्यवस्थापन राम्रो नरहेको र किसानहरुले भुक्तानी पनि नपाएको उहाँले बताउनुभयो । हाल देशमा हस्पिटलमा बेड नपाउने, स्कुलमा राम्रो शिक्षा नपाउने र स्कुल पास गरेकोले रोजगारी नपाउने अवस्था रहेको उहाँको अभिव्यक्ति थियो ।

--- --- ---
#स्वदेश न्यूज डेस्क
२०८१ असार १३ गते बिहीबार || साँझ ०५:५५ मा प्रकाशित

माडी, चितवन । माडी नगरपालिकाले सबै जनताको स्वास्थ्यमा पहुँच भन्ने नारासहित बघौंडा अस्पताल र नगरका अन्य सबै स्वास्थ्य संस...
23/06/2024

माडी, चितवन । माडी नगरपालिकाले सबै जनताको स्वास्थ्यमा पहुँच भन्ने नारासहित बघौंडा अस्पताल र नगरका अन्य सबै स्वास्थ्य संस्थाहरुको सबलिकरण एवं सुदृढिकरण गर्ने भएको छ ।

माडी नगरपालिकाको १३औं नगरसभाले पारित गरेको आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेटमा स्वास्थ्यतर्फ सो कार्यक्रम उल्लेख रहेको हो । यस अन्तरगत संघीय सरकारको विशेष अनुदान मार्फत् गर्दी स्वास्थ्य चौकी (बरुवा)को भवन निर्माणका लागि रु.६५ लाख र कल्याणपुर स्वास्थ्य चौकीको भवन निर्माणका लागि रु.१ करोड १५ लाख विनियोजन रहेको छ ।

त्यस्तै, प्रादेशिक अस्पतालको रुपमा विकास गर्न सफल भएको बघौडा अस्पतालका लागि २७ लाख रुपैंया बिनियोजित छ । हनुमानझुलास्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई पूर्वाधार सम्पन्न बनाइएकोमा प्रयोगशाला सेवा विस्तार गरिने उल्लेख छ । यसबाहेक, एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन भएका विद्यालयमा कार्यक्रमलाई निरन्तरता दिईने र जनजीवन मा. वि.मा थप सेवा विस्तार हुने बजेट वक्तव्यमा उल्लेख छ ।

--- --- ---
#स्वदेश न्यूज डेस्क
आइतबार, ९ असार २०८१, साँझ ०९:३३ मा प्रकाशित

माडी, चितवन । माडी नगरपालिकाले गुणस्तरीय जनशक्ति उत्पादनका लागि शिक्षामा लगानी गर्नुपर्ने भावसहित शिक्षातर्फ २८ करोड १४ ...
23/06/2024

माडी, चितवन । माडी नगरपालिकाले गुणस्तरीय जनशक्ति उत्पादनका लागि शिक्षामा लगानी गर्नुपर्ने भावसहित शिक्षातर्फ २८ करोड १४ लाख ८४ हजार रुपैंया बजेट विनियोजन गरेको छ ।

माडी नगरपालिकाको १३औं नगरसभाले पारित गरेको आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेटमा शिक्षातर्फ सामुदायिक विद्यालयमा शिक्षण सहयोग अनुदान, दिवा खाजा कार्यक्रम, निःशुल्क स्यानिटरी प्याड वितरण, अङ्ग्रेजी, गणित र विज्ञान शिक्षण सहयोग अनुदान, विषय शिक्षक नेटवर्क लगायतमा बजेट विनियोजन गरेको छ ।

यसबाहेक उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मान, स्थानीय पाठ्यक्रम तयारी र प्रकाशन, नमुना विद्यालय सबलिकरण, नगर युवा सञ्जालको क्षमता विकास र नगरको बार्षिक शैक्षिक कार्यपात्रो निर्माण तथा शैक्षिक बुलेटिन प्रकाशन लगायतका कार्यक्रमहरु समेत समेटिएको देखिन्छ ।

बजेटमा, भौतिक निर्माणतर्फ संघीय सरकारसँगको सहकार्यमा दिवाकर स्मृति माध्यमिक विद्यालय माडी ५ रमाईलोडाँडाको भवन निर्माणका लागि रु १ करोड २० लाख बजेट व्यवस्थापन गरिएको छ । त्यस्तै, यूवा तथा खेलकुद लक्षित कार्यक्रमका लागि रु १६ लाख ५० हजार बजेट व्यवस्था समेत रहेको छ ।

--- --- ---
#स्वदेश न्यूज डेस्क
आइतबार, ९ असार २०८१, साँझ ०८:५९ मा प्रकाशित

माडी, चितवन । माडी नगरपालिकाले दुधमा दिँदै आएको प्रति लिटर ४ रुपैयाँ अनुदानलाई निरन्तरता दिने भएको छ ।आइतबार सुरु भएको म...
23/06/2024

माडी, चितवन । माडी नगरपालिकाले दुधमा दिँदै आएको प्रति लिटर ४ रुपैयाँ अनुदानलाई निरन्तरता दिने भएको छ ।

आइतबार सुरु भएको माडी नगरपालिकाको १३औं नगरसभाले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि पारित गरेको पशुपंक्षी तथा मत्स्य विकास शाखाको बजेटमार्फत सो अनुदानका लागि ६१ लाख ८१ हजार रुपैंया विनियोजन गरेको हो ।

यसबाहेक, नगर उपप्रमुख खेमप्रसाद महतोद्वारा प्रस्तुत बजेट वक्तव्यमा नगर भेटेरीनरी अस्पताललाई थप सबलीकरण गर्दै आवश्यक जनशक्ति व्यवस्थापन गरिने र वडा नं ७ मा रहेको मध्यवर्ती मार्फत् सञ्चालित भेटेरीनरी सेवा केन्द्रलाई नगरपालिका मातहत ल्याउन प्रयत्न गरिने उल्लेख छ ।

त्यस्तै, वडा नं ७ मा बाख्रा प्रबर्धन कार्यक्रम, वडा नं २ मा पशुपालन प्रवर्धन कार्यक्रम, वडा नं ६, ७ र ८ मा माछा प्रवर्धन कार्यक्रम सञ्चालन गरिने वजेटमा उल्लेख रहेको छ । पशुपन्छी विकास तर्फ १ करोड ९८ लाख ७ हजार रुपैंया बजेट विनियोजन रहेको हो ।

--- --- ---
#स्वदेश न्यूज डेस्क
आइतबार, ९ असार २०८१, साँझ ०७:३७ मा प्रकाशित

माडी नगरपालिका-७ निवासी (हाल भरतपुर १० मा बस्दै आएका) खेलाडी दर्शन बराल अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो स्पर्धाका लागि...
22/06/2024

माडी नगरपालिका-७ निवासी (हाल भरतपुर १० मा बस्दै आएका) खेलाडी दर्शन बराल अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो स्पर्धाका लागि लाइफलाईन तेक्वान्दो दोजाङमार्फत मलेसिया जान छनौट भएपनि आर्थिक कारण सहभागी हुन समस्या रहेको बताउनुभयो ।

८ असार, माडी । अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो स्पर्धामा सहभागिताका लागि मलेसिया जान छनौट भएका माडीका एक खेला....

माडी, चितवन । आर्थिक बर्ष २०७९/८० मा माडी नगरपालिकाको बेरुजु २ करोड ३५ लाख ८८ हजार रुपैंया रहेको प्रतिवेदन सार्वजनिक भएक...
12/06/2024

माडी, चितवन । आर्थिक बर्ष २०७९/८० मा माडी नगरपालिकाको बेरुजु २ करोड ३५ लाख ८८ हजार रुपैंया रहेको प्रतिवेदन सार्वजनिक भएको छ ।

महालेखापरीक्षकको कार्यालयले जारी गरेको अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार गत आर्थिक बर्ष माडी नगरपालिकामा असुल गर्नुपर्ने ७२ लाख ८४ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने १३ लाख २८ हजार, नियमित गर्नुपर्ने १ करोड ४६ लाख ५६ हजार र पेश्की बाँकी ३ लाख २० हजार रुपैंया सहित २ करोड ३५ लाख ८८ हजार रूपैंया बेरुजु रहेको हो ।

माडी नगरमा अघिल्लो आ.व. २०७८/७९ सम्म बाँकी बेरुजु ४३ करोड ६४ लाख २७ हजार रहेकोमा गत आ.व.को समेत गरी ४६ करोड १५ हजार रुपैंया बेरुजु अद्यावधिक भएको प्रतिवेदनमा उल्लेख छ । लेखापरीक्षण गर्दा औँल्याइने कानुनबमोजिम रीत नपुगेका तथा बेमनासिव तरिकाले भएका आर्थिक कारोबारहरुलाई बेरुजुका रुपमा बुझ्ने गरिन्छ ।

--- --- ---
#स्वदेश न्यूज डेस्क
बुधबार, ३० जेठ २०८१, साँझ ०७:१५ मा प्रकाशित

माडी, चितवन । माडी नगरपालिकामा करारका कर्मचारीलाई सञ्चय कोष र महंगी भत्ता थप गरी तलब भुक्तानी भएको भन्दै महालेखापरीक्षक ...
12/06/2024

माडी, चितवन । माडी नगरपालिकामा करारका कर्मचारीलाई सञ्चय कोष र महंगी भत्ता थप गरी तलब भुक्तानी भएको भन्दै महालेखापरीक्षक कार्यालयले २७ लाख ५२ हजार ५८३ रुपैंया बेरुजु औंल्याएको छ ।

पालिकाले कानुनबिपरित करार सेवामा कार्यरत ५५ जना कर्मचारीहरुलाई स्थायी कर्मचारी सरह तलबमा १० प्रतिशत कट्टी गरी सोही बराबरको रकम थप गरी सञ्चय कोषबापत १९ लाख १२ हजार ५८३ रुपैंया भुक्तान गरेको भन्दै असुल गर्नुपर्ने औंल्याएको हो ।

त्यस्तै, संघीय अर्थ मन्त्रालयको पत्राचार बिपरित नगरसभाको निणर्य बमोजिम करार कर्मचारीलाई महंगी भत्तास्वरुप ८ लाख ४० हजार रुपैंया भुक्तान गरेको समेत औंल्याउँदै प्रतिवेदनमा सो रकम समेत असुल हुनुपर्ने उल्लेख रहेको हो ।

यसबाहेक स्थायी तथा करारका कर्मचारीहरुलाई प्रोत्साहन रकम भुक्तान हुँदाहुँदै अतिरिक्त समय कार्य गरेबापत प्रति कर्मचारी मासिक रु. ६,०००।- का दरले रु. १८ लाख ७२ हजार थप भुक्तान भएको उल्लेख गर्दै प्रतिवेदनमा सो रकम समेत असुल हुनुपर्ने औंल्याइएको छ ।

--- --- ---
#स्वदेश न्यूज डेस्क
बुधबार, ३० जेठ २०८१, साँझ ०७:११ मा प्रकाशित

माडी, चितवन । माडी नगरपालिकाले केहि पदाधिकारी र कर्मचारीहरुलाई ऐन नियमावली बिपरित अनुगमन, सुपरीवेक्षण तथा कार्यक्रम तयार...
12/06/2024

माडी, चितवन । माडी नगरपालिकाले केहि पदाधिकारी र कर्मचारीहरुलाई ऐन नियमावली बिपरित अनुगमन, सुपरीवेक्षण तथा कार्यक्रम तयारी भत्ता वितरण गरेको भन्दै महालेखापरीक्षक कार्यालयले बेरुजु औंल्याएको छ ।

महालेखापरीक्षकको गत आ.व. २०७९/८० को अन्तिम प्रतिवेदनमा पालिकाले वितरण गरेको कतिपय भत्तालाई बेरुजु औंल्याएको हो । यसबाहेक ४ हजार रुपैंयाका दरले १६ थान स्पोर्टस् जुत्ता खरिद गरी १६ जना पदाधिकारी र कर्मचारीलाई वितरण गरेकोमा सरकारी सम्पत्ति व्यक्तिगत प्रयोजनमा खर्च भएको भन्दै अनियमिता औंल्याइएको छ ।

यसबाहेक केहि योजनामा वितरणमुखी खर्च गरेको, आवश्यकता र औचित्य पुष्टी नहुने गरी अवलोकन भ्रमणमा सरकारी रकम खर्च भएको, स्वीकृति बेगरको सफ्टवेयर सञ्चालन गरेको, कल्भर्ट कजवे जस्ता जटिल संरचना समेत उपभोक्ता समितिमार्फत गराएको र कतिपय खरिद सामग्रीको जिन्सी दाखिला नभएको तथा जिन्सी हस्तान्तरित केहि विद्यालयले जिन्सी खातामा आम्दानी बाँधेको प्रमाण पेश नभएको पनि औंल्याइएको छ ।

--- --- ---
#स्वदेश न्यूज डेस्क
बुधबार, ३० जेठ २०८१, साँझ ०७:०७ मा प्रकाशित

माडी, चितवन । माडी नगरपालिकाले गत आर्थिक बर्ष २०७९/८० मा कुल प्रक्षेपणको ४१.१७ प्रतिशत मात्रै आन्तरिक आम्दानी (संकलन) गर...
12/06/2024

माडी, चितवन । माडी नगरपालिकाले गत आर्थिक बर्ष २०७९/८० मा कुल प्रक्षेपणको ४१.१७ प्रतिशत मात्रै आन्तरिक आम्दानी (संकलन) गरेको छ ।

आ.व. २०७९/८० को आय-व्यय अनुमानमा आन्तरिक आयतर्फ मालपोत कर, सेवा शुल्क, दस्तुर आदिबाट करीब २१ करोड ४० लाख ३० हजार रुपैंया आय गर्ने प्रक्षेपण रहेकोमा ८ करोड ८१ लाख १९ हजार रुपैंया आम्दानी भएको महालेखापरीक्षकको अन्तिम प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, केन्द्रीय अनुदानबाट भएको खर्चको तुलनामा नगरको आन्तरिक आय प्रतिशत १७.५७ मात्रै रहेको पनि प्रतिवेदनमा औंल्याइएको छ । त्यसैले पालिकाको आन्तरिक आय संकलनको दायरालाई फराकिलो पार्दै आन्तरिक आम्दानी बृद्धि गर्नेतर्फ ध्यान दिन प्रतिवेदनमा सुझाइएको छ ।

यसैबिच, माडी नगरपालिकाले घरजग्गा बहाल करतर्फ भने प्रक्षेपणभन्दा बढी २२८.२ प्रतिशत कर असुली गरेको छ । घरजग्गा बहाल करबाट १५ लाख आय गर्ने प्रक्षेपण राखेकोमा ३५ लाख ७३ हजार रुपैंया असुली भएको प्रतिवेदनमा उल्लेख रहेको छ ।

--- --- ---
#स्वदेश न्यूज डेस्क
बुधबार, ३० जेठ २०८१, साँझ ०७:०२ मा प्रकाशित

माडी, चितवन । माडीको लक्ष्मीनिवास गाउँमा एक कृषक एवं पर्यटनकर्मीले पानीजहाज घर (सिप हाउस) निर्माण अगाडि बढाएका छन् ।माडी...
10/06/2024

माडी, चितवन । माडीको लक्ष्मीनिवास गाउँमा एक कृषक एवं पर्यटनकर्मीले पानीजहाज घर (सिप हाउस) निर्माण अगाडि बढाएका छन् ।

माडी नगरपालिका-६, लक्ष्मीनिवासस्थित मनमोहन बालग्रामसंगैको जमीनमा स्थानीयबासी गंगाधर आचार्यले चारैतिर पानीले घेरिएको र झोलुङ्गे पुल चढेर पुग्नमिल्ने पानीजहाज आकारको फार्महाउस (घर) निर्माण गरिरहनुभएको हो ।

करीब ११ कठ्ठा क्षेत्रफलमा फैलिने सो सिपहाउसको पानी माथि २ तलाको हुने र त्यसमा १६ वटा कोठा रहने घरधनी पर्यटनकर्मी आचार्यले बताउनुभयो । त्यसप्रकारको पानीजहाज घर नेपालमै पहिलो हुने उहाँको दाबी छ ।

सिपहाउसको डिलमा मौरीपालन, पानीमा माछापालन र वाटर स्लाइड जस्ता जलक्रिडा तथा अत्यावश्यक अवस्थामा दमकलको लागि पानी अपलोडको व्यवस्था समेत हुने उहाँले जनाउनुभयो ।

सुरुवाती करीब १ करोड रुपैंयाको लागतमा निर्माण अगाडि बढेको सो सिपहाउस करीब १ बर्षमा तयार हुने आचार्यको अनुमान छ । स्वदेशमै र त्यसमा पनि आफ्नै गाउँघर माडीमै लगानी गरी यहीँको विकासमा यथासक्य योगदान दिने मनसायले सिपहाउस निर्माण गरिरहेको उहाँको भनाई छ ।

--- --- ---
#स्वदेश न्यूज डेस्क
आईतबार, २८ जेठ २०८१, साँझ ०८:३० मा प्रकाशित

माडी, चितवन । पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण माडीको जनजीवन कष्टकर बनेको छ । तापक्रम वृद्धिसँगै हावा नचल्...
10/06/2024

माडी, चितवन । पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण माडीको जनजीवन कष्टकर बनेको छ ।

तापक्रम वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घर बाहिर निस्किनसमेत समस्या भइरहेको छ । गर्मी बढेसँगै माडीमा दिनमै दर्जनौं पटक बिजुली अबरुद्ध हुँदा झनै गर्मी बढेको स्थानीयको गुनासो छ ।

अत्यधिक गर्मीबाट बच्न निजी तथा सामुदायिक विद्यालयले बिहानको सत्रमा मात्र पठनपाठन सञ्चालन गरेका छन् । तर। विद्यालयबाट फर्किने मध्यान्हको समय गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्दै आएको छ ।

गर्मी बढ्दा चिसो पेयपदार्थसँगै फलफूल जुसको व्यापारसमेत बढेको छ भने सरकारी कार्यालयसहित बजारमा सर्वसधारणको उपस्थिति पातलिएको छ । गर्मी बढेसँगै बिरामीको संख्या समेत बढ्दै गएको अस्पताल श्रोतले बताएको छ ।

--- --- ---
#स्वदेश न्यूज डेस्क
आईतबार, २८ जेठ २०८१, साँझ ०८:०० मा प्रकाशित

माडी, चितवन । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय महासचिव नेत्रबिक्रम चन्द बिप्लवले माडीका विभिन्न स्थानमा रहेका केन्द्र...
08/06/2024

माडी, चितवन । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय महासचिव नेत्रबिक्रम चन्द बिप्लवले माडीका विभिन्न स्थानमा रहेका केन्द्रीय उत्पादन इकाईहरुको अवलोकन र निरीक्षण गर्नुभएको छ ।

महासचिव बिप्लव सीले माडी-४, सितलपुरमा रहेको केन्द्रीय उत्पादन इकाईको कार्यालय, गोदामघर र पशुपालन क्षेत्र तथा सोही वडाको खैरहनीमा रहेको चैतेधान, माछा, बाख्रा र मकै खेती एवं माडी-५ मा लगाइएको चैतेधान खेतीको अवलोकन र निरीक्षण गर्नुभएको हो ।

७७ वटै जिल्लामा कार्यक्षेत्र रहेको पार्टीसम्बद्ध जनश्रम कृषि सहकारी संस्था लिमिटेड को केन्द्रीय बोर्ड बैठकमा संरक्षकका हैसियतमा सहभागीका लागि उहाँ शुक्रबार (हिँजो) माडी आउनुभएको सहकारीका अध्यक्ष समेत रहनुभएका नेकपा पोलिटब्युरो सदस्य सन्देश सीले जानकारी दिनुभयो ।

--- --- ---
#स्वदेश न्यूज डेस्क
बिहिबार, २६ जेठ २०८१, शनिबार बिहान ११:०२ मा प्रकाशित

चितवन । नेकपा एमाले माडी नगरले पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीसमक्ष 'माडीलाई मणि बनाउन गरेको सार्वजनिक सम्बोधन...
07/06/2024

चितवन । नेकपा एमाले माडी नगरले पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीसमक्ष 'माडीलाई मणि बनाउन गरेको सार्वजनिक सम्बोधन' स्मरण गराउँदै 'माडीको विकासमा विशेष ध्यान दिन' अनुरोध गरेको छ ।

एमाले चितवनको ११औं अधिवेशनबाट निर्वाचित जिल्ला पदाधिकारी एवं सदस्यहरुको शपथ ग्रहण कार्यक्रमका लागि चितवन आउनुभएका पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीसमक्ष एमाले माडीले चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक कालोपत्रे र अयोध्याधामको विकासमा विशेष ध्यान दिन अनुरोधसहितको स्मरण पत्र बुझाएको हो ।

एमाले नगर अध्यक्ष नारायण अधिकारी सहितको टोलीले अध्यक्ष ओलीलाई स्मरणपत्र बुझाएको थियो । ज्वाफमा अध्यक्ष ओलीले 'माडीमा रहेको राम जन्मस्थान अयोध्याधामलाई धार्मिक पर्यटनस्थलका रुपमा विकास गर्नुपर्ने र गरिने' बताउनुभयो ।

त्यस्तै, 'निकुञ्जभित्र कालोपत्रे बाटो निर्माण हुनुपर्ने र हुने' अध्यक्ष ओलीको टिप्पणी थियो । यसबारे आफूले प्रधानमन्त्रीसंग कुराकानी गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको एमाले माडी अध्यक्ष अधिकारीले जनाउनुभयो ।

--- --- ---
#स्वदेश न्यूज डेस्क
बिहिबार, २५ जेठ २०८१, शुक्रबार साँझ ०६:५५ मा प्रकाशित

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले 'भगवान रामको जन्मभूमि चितवनको माडी नै भएको' दोहोर्‍याउनुभएको छ ।एमाले चित...
07/06/2024

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले 'भगवान रामको जन्मभूमि चितवनको माडी नै भएको' दोहोर्‍याउनुभएको छ ।

एमाले चितवनको ११औं अधिवेशनबाट निर्वाचित जिल्ला पदाधिकारी एवं सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै अध्यक्ष ओलीले धार्मिक पौराणिक सांस्कृतिक मान्यताका आधारमा रामको जन्मभूमि चितवनको माडी नै भएको उल्लेख गर्नुभयो ।

‘शास्त्रमा मज्जासँग लेखेको छ, तर कोही किन बोल्दैन’ भन्दै उहाँले कसैले बोल्न रोकेको आशय व्यक्त गर्नुभयो । आफू प्रधानमन्त्री भएको बेला माडीको अयोध्याधाममा मन्दिर र मूर्ति बनाएर पठाएको स्मरण गर्दै उहाँले सो स्थानलाई व्यवस्थित मन्दिर र धामको रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।

--- --- ---
#स्वदेश न्यूज डेस्क
बिहिबार, २५ जेठ २०८१, शुक्रबार साँझ ०६:०२ मा प्रकाशित

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले 'भगवान रामको जन्मभूमि चितवनको माडी नै भएको' दोहोर्‍याउनुभएको छ ।एमाले चित...
07/06/2024

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले 'भगवान रामको जन्मभूमि चितवनको माडी नै भएको' दोहोर्‍याउनुभएको छ ।

एमाले चितवनको ११औं अधिवेशनबाट निर्वाचित जिल्ला पदाधिकारी एवं सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै अध्यक्ष ओलीले धार्मिक पौराणिक सांस्कृतिक मान्यताका आधारमा रामको जन्मभूमि चितवनको माडी नै भएको उल्लेख गर्नुभयो ।

‘शास्त्रमा मज्जासँग लेखेको छ, तर कोही किन बोल्दैन’ भन्दै उहाँले कसैले बोल्न रोकेको आशय व्यक्त गर्नुभयो । आफू प्रधानमन्त्री भएको बेला माडीको अयोध्याधाममा मन्दिर र मूर्ति बनाएर पठाएको स्मरण गर्दै उहाँले सो स्थानलाई व्यवस्थित मन्दिर र धामको रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।

--- --- ---
#स्वदेश न्यूज डेस्क
बिहिबार, २५ जेठ २०८१, शुक्रबार साँझ ०५:५९ मा प्रकाशित

माडी, चितवन । माडीका जनप्रतिनिधि, राजनैतिक दल र शिक्षाकर्मीहरुले नगर क्षेत्रमा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयनमा हस्...
07/06/2024

माडी, चितवन । माडीका जनप्रतिनिधि, राजनैतिक दल र शिक्षाकर्मीहरुले नगर क्षेत्रमा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयनमा हस्ताक्षर गरी प्रतिबद्धता जनाएका छन् ।

अनिवार्य तथा निःशुल्क शिक्षा नगरपालिका घोषणा कार्यक्रममा बागमती प्रदेशसभा सदस्य, माडी नगरपालिका मेयर, उपमेयर, निमित्त प्रमुख प्रशासकीय अधिकृत, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, शिक्षा शाखा प्रमुख र कर्मचारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र पदाधिकारी, प्रधानाध्यापक एवं शिक्षक साथै शिक्षा सम्बन्धी अन्य सरोकारवालाहरुले प्रतिबद्धता गरेका हुन् ।

अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको घोषणा कार्यक्रमलाई सफल बनाउन तथा निरन्तरताको लागि सबैले पूर्ण सहयोग गर्ने भन्दै उनीहरुले हस्ताक्षर गरी सामुहिक प्रतिबद्धता जनाएका थिए ।

बागमती प्रदेश सरकारबाट जारी अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा अनुदान सम्बन्धी कार्यविधि, २०८० बमोजिम बागमती प्रदेश सरकार तथा माडी नगरपालिकाको साझेदारीमा माडी नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको नगर घोषणा गरिएको हो । यो घोषणासंगै नगर क्षेत्रभर कुनैपनि सामुदायिक विद्यालयले कुनै पनि शीर्षकमा शुल्क लिन पाउनेछैन ।

--- --- ---
#स्वदेश न्यूज डेस्क
बिहिबार, २५ जेठ २०८१, शुक्रबार दिउँसो ०२:०८ मा प्रकाशित

माडी, चितवन । विद्यालयस्तरमा कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने व्यवस्था सहित माडी नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्ष...
07/06/2024

माडी, चितवन । विद्यालयस्तरमा कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने व्यवस्था सहित माडी नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको नगर घोषणा भएको छ ।

नगरप्रमुख ताराकाजी महतोको अध्यक्षता र बागमती प्रदेशसभाको शिक्षा, स्वास्थ्य र कृषि समितिका सभापति ठाकुर ढकालको प्रमुख आतिथ्यमा शुक्रबार बिहान माडी नगर अनिवार्य तथा निःशुल्क शिक्षा घोषित पालिका घोषित भएको हो ।

बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरगत शिक्षा विकास निर्देशनालयको सहयोगमा माडी नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको पालिका घोषणा गरिएको नगर शिक्षा प्रमुख सुनिता खतिवडाले बताउनुभयो ।

घोषणाअघि “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चतत” भन्ने नारासहित गत बैशाख पहिलो साताबाट नगर क्षेत्रभर नयाँ विद्यार्थी भर्ना अभियान चलेको थियो ।

त्यस अभियानका क्रममा विद्यालय उमेरका (नयाँ) थप ६२ जना बालबालिका फेला पारी स्कुल भर्ना गरिएको शिक्षा शाखाप्रमुख खतिवडाले जनाउनुभयो । यस कार्यक्रम अन्तरगत विद्यालय बाहिर रही नयाँ भर्ना भएका बालबालिकाहरुलाई पोशाक, स्टेशनरी र अन्य सहयोग गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै माडीका राजनैतिक दलका प्रतिनिधिहरुले निःशुल्क घोषणा गरेर मात्रै नहुने बल्की त्यसको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए । हाल माडीका सामुदायिक विद्यालयहरुले एक वा अर्को शीर्षकमा शुल्क उठाउने गरेको देखिएकोमा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा भएसंगै त्यसरी शुल्क उठाउन बन्द भएको हुनुपर्ने उनीहरुको भनाई थियो ।

चालू आ.व.मा बागमती प्रदेश अन्तरगत चितवनको खैरहनी र माडी नगरपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम सञ्चालनमा रहेको छ । यसका लागि प्रदेश सरकारले प्रतिपालिका ५० लाख रुपैंया बजेट पठाएको जनाएको छ ।

--- --- ---
#स्वदेश न्यूज डेस्क
बिहिबार, २५ जेठ २०८१, शुक्रबार दिउँसो ०१:१८ मा प्रकाशित

माडी चितवन । लोक संस्कृतिको संरक्षणका लागि माडीमा तीनदिने निःशुल्क ठाडोभाका प्रशिक्षण सुरु भएको छ।दुरा सेवा समाज माडी इक...
06/06/2024

माडी चितवन । लोक संस्कृतिको संरक्षणका लागि माडीमा तीनदिने निःशुल्क ठाडोभाका प्रशिक्षण सुरु भएको छ।

दुरा सेवा समाज माडी इकाई र कालिका आमा समुहको आयोजना तथा ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङको प्राविधिक सहयोगमा माडी -९ गाेविन्दबस्तीमा लोपोन्मुख ठाडोभाका प्रशिक्षण सुरु भएको हो ।

मुलुकको परिवर्तनकै कारण लोक संस्कृति विकास हुने र प्रचलित लोपोन्मुख अवस्थामा रहेको ठाडो भाकाको संरक्षणका लागि साे कार्यक्रम सञ्चालन गरिएको आयोजक संस्थाले जनाएको छ । कार्यक्रम माडी नगरपालिका नगरप्रमुख तारा कुमारी काजी महतोको प्रमुख आतिथ्यमा भएकाे थियाे ।

--- --- ---
#स्वदेश न्यूज डेस्क
बिहिबार, २४ जेठ २०८१, बिहिबार साँझ ०६:१० मा प्रकाशित

माडी चितवन । खैरहनी माध्यमिक विद्यालयका छात्र रजित भुजेलको अध्यक्षतामा बिद्यालय इको क्लब गठन भएको छ । बिद्यालयको अतिरिक्...
05/06/2024

माडी चितवन । खैरहनी माध्यमिक विद्यालयका छात्र रजित भुजेलको अध्यक्षतामा बिद्यालय इको क्लब गठन भएको छ ।

बिद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत विश्व वातावरण दिवसका अवसरमा भुजेलको संयोजकत्वमा ११ सदस्यिय नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा अस्मिता क्षेत्री, सचिवमा स्मृति महतो, सहसचिवमा विनु सुनार र कोषाध्यक्षमा सुरेश तामाङ चयन भएका छन ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा सुदिप महतो, प्रतिक्षा प्रजा, सन्देश महतो, रविन तामाङ, रोशिका रानाभाट र बुद्ध तामाङ रहनुभएको छ । विश्व वातावरण दिवसका अवसरपारी बिद्यालय टोल सरसफाई समेत गरिएको बिद्यालयका शिक्षक माधव बस्नेतले बताउनुभयो ।

शिक्षक संयोजकमा खेमराज महतो, सदस्यमा विमल केसि रहनुभएको छ भने प्रमुख संरक्षकमा बिद्यालयका प्रध्यानाध्यापक कुलानन्द भुषाल रहनुभएको छ । कार्यक्रम बिद्यालयका सहायक प्रध्यानाध्यापक सन्तोष दाहालकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

--- --- ---
#स्वदेश न्यूज डेस्क
बुधबार, २३ जेठ २०८१, बुधबार साँझ ०६:२७ मा प्रकाशित

माडी चितवन । खैरहनी माध्यमिक विद्यालयमा लागू औषध दुर्व्यसनी विरुद्व सचेतना कार्यक्रम सम्पन्न भएको छ । भरतपुरस्थित नेपाल ...
03/06/2024

माडी चितवन । खैरहनी माध्यमिक विद्यालयमा लागू औषध दुर्व्यसनी विरुद्व सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

भरतपुरस्थित नेपाल फाउन्डेसन नामको संस्थाको आयोजना र माडी नगरपालिकाकाे आर्थिक सहयोगमा साे कार्यक्रम सञ्चालन भएको हो ।लागुऔषधले गर्दा घर, परिवार, समाजमामा मानसिक तनाव, कलह बढ्ने, आर्थिक नोक्सानी हुने मात्रै नभई मानिसको अकालमै मृत्यु हुने जस्ता समस्या बढेकाले सचेतना कार्यक्रम गरिएको विद्यालयका सहायक प्रध्यानाध्यापक सन्तोष दाहालले बताउनुभयो ।

कक्षा ८,९ र १० का विद्यार्थी सहभागी भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय माडीका प्रमुख केदार दोङ र मञ्जु पोख्रेलले प्रशिक्षण दिनुभएको थियो । माडी नगरउपप्रमुख खेम प्रसाद महतोकाे प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

--- --- ---
#स्वदेश न्यूज डेस्क
२१ जेठ २०८१, साेमबार साँझ ०६:२३ मा प्रकाशित

माडी चितवन । माडीको बसन्तपुरमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्कर खादा एक जना घाइते भएका छन् । सोमबार दिउँसोको समयमा बसन्तप...
03/06/2024

माडी चितवन । माडीको बसन्तपुरमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्कर खादा एक जना घाइते भएका छन् ।

सोमबार दिउँसोको समयमा बसन्तपुरबाट पदमपुर जादै गरेको ना १८ प ७५७२ नम्बरकाे बाइक र विपरितदिशाबाट आउँदै गरेको ना ४६ प २२०३ बाइक एकापसमा ठक्कर खाँदा बाईकमा सवार माडी -३ बसन्तपुर निवासी नारायणदत्त लामिछाने घाइते भएका छन ।

लामिछानेको नाकमा चोट लागेकाले थप उपचारका लागि भरतपूर पठाइएको छ भने अर्का मोटरसाईकल चालक बैजन महतोको गालामा चोट लागेको प्रहरीले बताएको छ । मोटरसाईकल माडी प्रहरीको नियन्त्रणमा रहेको छ ।

--- --- ---
#स्वदेश न्यूज डेस्क
२१ जेठ २०८१, साेमबार साँझ ०६:०१ मा प्रकाशित

माडी, चितवन । माडी नगरपालिका-६ रामराज्यपुरकी एक महिला आफ्नी ७ वर्षीय छोरीसहित घरपरिवारको सम्पर्कमा नआई बेपत्ता भएकी छिन्...
02/06/2024

माडी, चितवन । माडी नगरपालिका-६ रामराज्यपुरकी एक महिला आफ्नी ७ वर्षीय छोरीसहित घरपरिवारको सम्पर्कमा नआई बेपत्ता भएकी छिन् ।

सम्पर्कबिहीन बेपत्ता हुनेमा प्रेमबहादुर विश्वकर्माका श्रीमती २५ वर्षीया स्मृति बि.क. श्रेष्ठ रहेकी छिन् । उनी आफ्ना ७ वर्षकी छोरी सुप्रिया बि.क.लाई सँगै लिएर गत जेष्ठ १५ गते बिहान ९ः३० बजेदेखि घरपरिवारसंग सम्पर्कविहीन रहेको परिवारले जनाएको छ ।

श्रीमतीको खोजीका प्रेमबहादुरले लागि इलाका प्रहरी कार्यालय माडीमा निवेदन दिएका छन् । हुम्लामा नेपाल प्रहरीमा कार्यरत उनले आफन्त र नातागोता कसैसँग पनि उनी कहाँछिन् भन्ने जानकारी नभएको कारण खोजी गरिदिन सार्वजिनक अनुरो गरेका हुन् ।

--- --- ---
#स्वदेश न्यूज डेस्क
श्रीमान प्रेमबहादुर विश्वकर्माको अनुरोधमा, २१ जेठ २०८१ आइतबार साँझ ०८:४२ मा प्रकाशित

माडी, चितवन । सघन शहरी तथा भवन निर्माण आयोजना चितवनमार्फत माडीमा सञ्चालि कालोपत्रे योजनाहरु अलपत्र परेका छन् ।आयोजनाले ठ...
02/06/2024

माडी, चितवन । सघन शहरी तथा भवन निर्माण आयोजना चितवनमार्फत माडीमा सञ्चालि कालोपत्रे योजनाहरु अलपत्र परेका छन् ।

आयोजनाले ठेकदार (निर्माण) कम्पनीमार्फत माडी क्षेत्रमा चारवटा कालोपत्रे योजना निर्माण सम्झौता गरेकोमा केहि योजना सुरु हुनै बाँकी छ भने अगाडि बढेको केहि कालोपत्रे गुणस्तरहीन भन्दै बिवादित भएको छ ।

आयोजनाले माडी-७, गौरीनगरबाट राइटोल जाने सडकमा गरेको गुणस्तरहीन कालोपत्रे बुर्बुर उप्किएको भन्दै स्थानीयबासी र जनप्रतिनिनिधहरुले विरोध गरेसंगै सो योजना अलपत्र परेको छ ।

यसैगरी, माडी ७ मै मदनचोकबाट स्याउलीबास जाने सडक र माडी-३ मा गुल्मेली टोलबाट धोबाहा पुग्ने बाटोमा कालोपत्रे अगाडि बढेपनि गुणस्तरहीन भएको आरोपसहित विवाद अवस्थामा छ । उता, माडी १ मा सेरुवा चोकदेखि बनकट्टा जाने सडक कालोपत्रे कार्य सुरु हुनै बाँकी रहेको अवस्था छ ।

चालू आर्थिक बर्ष उत्तरार्धतर्फ लाग्दै गर्दा सघन शहरीमार्फत माडीमा सञ्चालित योजनाहरु समयमै सम्पन्न गराउन तथा अगाडि बढेका योजनाहरुको गुणस्तर कायम गराउन सम्बन्धित निकायले तत्कालै पहलकदमी लिनु अत्यावश्यक रहेको सडक उपभोक्ताहरुको माग छ ।

--- --- ---
#स्वदेश न्यूज डेस्क
२० जेठ २०८१, आइतबार साँझ ०७:५९ मा प्रकाशित

माडी, चितवन । चालू आर्थिक बर्ष २०८०/८१ मा माडी नगरपालिकाले लिएको सडक कालोपत्रे योजनाहरु जेष्ठ महिनाभित्रै पुरा हुने देखि...
02/06/2024

माडी, चितवन । चालू आर्थिक बर्ष २०८०/८१ मा माडी नगरपालिकाले लिएको सडक कालोपत्रे योजनाहरु जेष्ठ महिनाभित्रै पुरा हुने देखिएको छ ।

विगतमा असार अन्तिमसम्मै असारे भेलबर्षाबिच गुणस्तरहीन कालोपत्रे हुने र कतिपय योजनाहरु समयाभावका कारण फ्रिज समेत हुनेगरेकोमा यसबर्ष नगरका कूल ८ वटा कालोपत्रे योजनाहरु मध्ये ५ वटा पुरा भइसकेको र ३ वटा अन्तिम चरणमा रहेको नगर प्राविधिक शाखा प्रमुख ई. युवराज महतोले बताउनुभयो ।

हालसम्म माडी क्याम्पसदेखि जनकल्याण मा.वि.सम्म २७०० मिटर, वडा नं.७ कार्यालयदेखि स्याउलीबाससम्म २४०० मिटर, दक्षिण अयोध्यापुरीदेखि कान्तिपुरसम्म ५५० मिटर, तल्लो कीर्तनपुरमा ४५० मिटर र वडा नं. १ सिर्जनाचोकदेखि भंगेतासम्म १०५० मिटर कालोपत्रे योजना सम्पन्न भइसकेको ई. महतोले जनाउनुभयो ।

यसबाहेक, बसन्तपुर फिल्महलचोकदेखि ईनारबरुवा जाने ५६० मिटर, क्रसर जाने बाटोको अधुरो कालोपत्रे ४५० मिटर एवं माडी-६ मिलनचोकदेखि शिवराज्यपुर जाने ७५० मिटर बाटोमा प्राइम छर्किइसकेको र जेष्ठ महिनाभित्रै कालोपत्रे भइसक्ने ई. महतोको भनाई छ ।

--- --- ---
#स्वदेश न्यूज डेस्क
२० जेठ २०८१, आइतबार साँझ ०७:२४ मा प्रकाशित

माडी, चितवन । माडीको देबेन्द्रपुरस्थित शनि मन्दिरमा आयोजित शनि जयन्ती मेला एवं साँस्कृतिक कार्यक्रममा गायक प्रदीप त्रिपा...
01/06/2024

माडी, चितवन । माडीको देबेन्द्रपुरस्थित शनि मन्दिरमा आयोजित शनि जयन्ती मेला एवं साँस्कृतिक कार्यक्रममा गायक प्रदीप त्रिपाठी र गायिका बिन्दु कार्कीको विशेष प्रस्तुति रहने भएको छ ।

आउँदो जेष्ठ २४ गते औँसीका दिन परेको शनि जयन्ती पर्वको अवसरमा त्रिपाठी र कार्कीको गायन एवं लाइभ दोहोरीका साथै खुला भजन प्रतियोगिता र भलिबल खेल स्पर्धा सञ्चालन हुने शनि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पण्डित सुदर्शन सुवेदीले जनाउनुभयो ।

शनि मन्दिरमा हरेक बर्ष शनि जयन्तीका दिन भव्य मेला लाग्दै आएको छ । मन्दिरमा मुख्यतः शनिवारका दिन हजारौंको संख्यामा र अन्य दिनहरुमा दैनिक सयौंका संख्यामा भक्तजन एवं दर्शनार्थी पुग्ने गरेका छन् ।

२०३५ सालमा स्थानीय वासीन्दाहरुले झण्डै २५ भन्दा धेरै शक्तीपिठ सिद्धपिठहरुबाट शिला ल्याएर स्थापना गरी पुजा सञ्चालन सुरु भएको सो धार्मिक क्षेत्र हाल माडीकै एक प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलका रुपमा परिचित छ ।

--- --- ---
#स्वदेश न्यूज डेस्क
१९ जेठ २०८१, शनिबार दिउँसो १२:०९ मा प्रकाशित

माडी, चितवन । माडीको बसन्तपुरस्थित बघौंडा अस्पताल ५० सैय्याको प्रादेशिक अस्पतालमा स्तरोन्नति हुने भएको छ ।शुक्रबार बागमत...
01/06/2024

माडी, चितवन । माडीको बसन्तपुरस्थित बघौंडा अस्पताल ५० सैय्याको प्रादेशिक अस्पतालमा स्तरोन्नति हुने भएको छ ।

शुक्रबार बागमती प्रदेशसभामा उठेका प्रश्नहरुको जवाफ दिँदै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बघौंडा अस्पताललाई प्रादेशिक अस्पताल बनाउन लागिएको सार्वजनिक गर्नुभएको हो ।

बागमती प्रदेशमा हाल १३ वटा प्रादेशिक अस्पताल रहेकोमा माडीको बघौंडा अस्पतालका साथै जिरी अस्पताल, मेलम्ची अस्पताल, मन्थली अस्पताल र दुधौली अस्पताल प्रदेश तहमा स्तरोन्नति हुने उहाँले बताउनुभएको हो ।

हाल नगरस्तरको १५ बेडको अस्पतालका रुपमा रहेको बघौंडा अस्पताल ५० बेड क्षमताको प्रादेशिक तहमा स्तरोन्नति भएसंगै माडी र यस आसपासका क्षेत्रका बिरामी जटिल खालका रोगबाहेकको उपचारार्थ अन्यत्र जानुपर्ने बाध्यता हट्ने बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालले बताउनुभयो ।

--- --- ---
#स्वदेश न्यूज डेस्क
१९ जेठ २०८१, शनिबार बिहान १०:०५ मा प्रकाशित

माडी, चितवन । माडीको सोमेश्वरगढीमा आदिवासी थारु (गुरौ) समुदायले बर्षौदेखि गरिआएको जेठअसारी पूजा यसबर्ष भव्यरुपमा सम्पन्न...
31/05/2024

माडी, चितवन । माडीको सोमेश्वरगढीमा आदिवासी थारु (गुरौ) समुदायले बर्षौदेखि गरिआएको जेठअसारी पूजा यसबर्ष भव्यरुपमा सम्पन्न भएको छ ।

तराईको सगरमाथाका रुपमा परिचित सोमेश्वरगढीमा अघिल्लो बर्षझैं यसबर्ष पनि सो पूजा सञ्चालन भएको हो । सोमेश्वरगढी संरक्षण तथा व्यवस्थापन समितिको आयोजना र थारु कल्याणकारिणी सभा क्षेत्र नं. १, माडीको सह-आयोजनामा सम्पन्न पूजामा ५०० बढी भक्तजनहरु सहभागी रहेका थिए ।

माडीको गर्दी गाउँका भगवान गुरौले राती जाग्राम बसी धुप दिनुभएपछि नवलपुरका उत्तरमान गुरौ र भवनी गुरौले बली पूजा गरी माडी जीवनपुरका भदै गुरौले नागपूजा गर्नुभई सो पूजाविधी सम्पन्न भएको हो ।

राम्ररी बर्षा भई खेतीबाली सप्रियोस र कुनै रोगब्याधीले नसताओस् भन्ने प्रार्थना सहित जेष्ठ महिनामा सो पूजा गर्ने र सोमेश्वर कालीकालाई धन्यवाद स्वरुप कार्तिक महिनामा पुनः अर्को पूजा गर्ने प्रचलन रहेको थारु अगुवाहरु बताउँछन् ।

--- --- ---
#स्वदेश न्यूज डेस्क
१८ जेठ २०८१, शुक्रबार साँझ ०९:०१ मा प्रकाशित

माडी, चितवन । गर्मी अत्यधिक बढेसंगै माडी नगरपालिकाले शुक्रबार (भोलि) एक दिन नगर क्षेत्रका सबै विद्यालयहरुमा बिदा दिएको छ...
30/05/2024

माडी, चितवन । गर्मी अत्यधिक बढेसंगै माडी नगरपालिकाले शुक्रबार (भोलि) एक दिन नगर क्षेत्रका सबै विद्यालयहरुमा बिदा दिएको छ भने आइतबारदेखि बिहानी कक्षा सञ्चालनको व्यवस्था गरेको छ ।

नगर शिक्षा शाखा प्रमुख सुनिता खतिवडाले बिहीबार एक सुचना प्रकाशित गर्नुहुँदै जेष्ठ १८ गते शुक्रबार एक दिन बिदा दिइन सार्वजनिक गर्नुभएको हो । जेष्ठ २० गते आइतबारदेखि भने अर्को सुचना नहुँदासम्म बिहान ६ देखि ११ बजेसम्म (बिहानी) कक्षा सञ्चालन हुने जनाइएको हो ।

पछिल्लो समय गर्मी अत्यधिक बढेसंगै जनजीवन प्रभावित हुनुका साथै बालबालिकाहरुलाई पठनपाठन असहज रहेको र उनीहरु बिरामी समेत भइरहेको अवस्था छ । देशका अन्य पालिकाहरुले समेत गर्मीको सन्दर्भमा विद्यालय बन्द गरेका छन् ।

--- --- ---
#स्वदेश न्यूज डेस्क
१७ जेठ २०८२, बिहीबार दिउँसो ०१:२१ मा प्रकाशित

माडी, चितवन । जल जंगल परियोजना अन्तरगत माडीका कृषकहरुको गोठ र जुठेल्नो सुधार तथा नमुना कृषि ग्राम निर्माण कार्यक्रम अगाड...
29/05/2024

माडी, चितवन । जल जंगल परियोजना अन्तरगत माडीका कृषकहरुको गोठ र जुठेल्नो सुधार तथा नमुना कृषि ग्राम निर्माण कार्यक्रम अगाडि बढेको छ ।

युएसएआइडीको जल-जंगल परियोजनाको सहयोगमा राष्ट्रिय कृषक समुह महासङ्घले सिमान्त समुदायलाई लक्षित गरी किसानको जीविकोपार्जन एवं उत्थानशिलता विकास कार्यक्रम चलाएको हो ।

कार्यक्रम अन्तरगत माडीमा गठन रहेको कृषक समुहहरूलाई महासंघमा आवद्ध गराई गोठ सुधार, जुठेल्नो सुधार र हरेक वडाकाे एक गाँउलाई नमुना कृषि ग्राम निर्माण हुने महासंघले जनाएको छ ।

माडीका ९ वटै वडाहरूमा सञ्चालन सुरु भएको सो परियोजनामा आबद्ध भई कृषकहरुको हक अधिकार सहित कृषि पेशालाई मर्यादित र व्यवस्थित बनाउन महासंघले सबै कृषक समुहहरुलाई अनुरोध गरेको छ ।

(माडी नगरमा वडा नं. १, २, ३, ४ र ५का कृषक समूहहरुले ९८६५२३६८७० वा ९८६९८४७८०७ र वडा नं. ६ ,७, ८ र ९का कृषक समूहहरुले ९७६६५४६०८० वा ९८६९८४७४९० मा सम्पर्क गरी सहभागी हुन सक्नेछन् ।)

माडी, चितवन । आर्थिक बर्ष २०८१/८२ बजेटप्रति बिमत्ती जनाउँदै माडी संघर्ष समिति मसाल जुलुस प्रदर्शन गरेको छ ।बजेटमा चितवन ...
28/05/2024

माडी, चितवन । आर्थिक बर्ष २०८१/८२ बजेटप्रति बिमत्ती जनाउँदै माडी संघर्ष समिति मसाल जुलुस प्रदर्शन गरेको छ ।

बजेटमा चितवन राष्ट्रिय निकुञ्जभित्रको धुलोरहित सडक निर्माण योजजा नसमेटिएको भन्दै माडीमा बजेटको बिरोध भएको हो । बिरोधस्वरुप मंगलबार साँझ बसन्तपुर बजारमा मशाल जुलुस प्रदर्शन भएको छ ।

प्रदर्शनकारीहरुले माडीबासीलाई पटक पटक आश्वासन दिँदै भुलाउने तर ठोस काम अगाडि नबढाउने सरकारी रबैयाको बिरोध गरेका हुन् । प्रधानमन्त्री दाहालको घोषणा समेत फगत सावित हुनेगरी अर्थ मन्त्रालयले धुलोरहित सडकको कार्यक्रम छुटाएसंगै बिरोधमा उत्रिनुपरेको समृद्धिका लागि युवा अभियानले जनाएको छ ।

बजेट सार्वजनिक हुनुभन्दा केहि दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निकुञ्जभित्र धुलोरहित सडक निर्माणलाई बजेटमै उल्लेख गरी समेट्ने आश्वासन दिनुभएपनि त्यसो हुन नसकेकाले बिरोधमा उत्रनुपरेको एक सहभागी खेमलाल पोख्रेलले बताउनुभयो ।

--- --- ---
#स्वदेश न्यूज डेस्क
१५ जेठ २०८१, मंगलबार साँझ ०८:०४ मा प्रकाशित

Address

Madi-3
Basantapur
44214

Alerts

Be the first to know and let us send you an email when Swadesh FM/TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Swadesh FM/TV:

Videos

Share


You may also like