Kavre Online Khabar

Kavre Online Khabar We deliver authentic infarmation, essential updates, entertaing, post photograps to support the exch

26/02/2024

यदि गुनासो गर्न मिल्ने भए सिरानीले पनि गुनासो गर्ने थियो होला ,तेरो आँसु मैले मात्र कति समाल्ने भनेर !!!

16/12/2023

चाहाना हुकुम कै भएपनी
भाग्यमा गुलाम हुन लेखेको रहेछ ।

15/12/2023

जिन्दगिमा हार खानु हुन्न जस्तो सुकै
समस्या आए पनि हाँशी हाँशी सामना गर्न सक्नु पर्छ ।

बिदेश हिँडेका एक युवक लेख्छ्न : 'सरकार तिमी दशैँ मनाऊ, म त हिँडेँ परदेश' 😥
21/10/2023

बिदेश हिँडेका एक युवक लेख्छ्न : 'सरकार तिमी दशैँ मनाऊ, म त हिँडेँ परदेश' 😥

छोरा छोरीबाट खुसी खोज्ने उमेरमा छोरा छोरी पाल्न बिदेश उड्नु हुदै एक बुबा। 😥💔
30/09/2023

छोरा छोरीबाट खुसी खोज्ने उमेरमा छोरा छोरी पाल्न बिदेश उड्नु हुदै एक बुबा। 😥💔

06/09/2023

: INDIA नाम परिवर्तन गरेर भारत राखेको छ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले ‘सिंहदरबार जलाउने’ विवादित स्ट्याटस सामाजिक सञ्जालबाट हटाएका छन् । चौतर्फी ...
04/09/2023

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले ‘सिंहदरबार जलाउने’ विवादित स्ट्याटस सामाजिक सञ्जालबाट हटाएका छन् । चौतर्फी आलोचनापछि शाहले उक्त स्ट्याटस हटाएका हुन् ।

काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरीनजिकैबाट त्रिशूली नदीमा खसेको छ । धादिङको गजुरी गाउँपालिका-१ चालीसेछहराबाट...
23/08/2023

काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरीनजिकैबाट त्रिशूली नदीमा खसेको छ । धादिङको गजुरी गाउँपालिका-१ चालीसेछहराबाट त्रिशूली नदीमा प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ ।
21/08/2023

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका MP sobita Gautam लाई धेरै धेरै धन्यवाद आज उहाँले लाल बहादुर विक को लागि लड्नु भएको थियोबिना...
01/08/2023

राष्ट्रिय स्वतन्त्र पार्टीका MP sobita Gautam लाई धेरै धेरै धन्यवाद आज उहाँले लाल बहादुर विक को लागि लड्नु भएको थियो
बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका लाल बहादुर विश्वकर्माले सफाइ पाएका छन् ।

Trending on Social Media: वालिङ, स्याङ्जाका भिम लुइँटेल द्वन्द्वकालमा परिवारको १२-१५ लाख ऋण भएपछि सेनाको जागिरले परिवारल...
01/08/2023

Trending on Social Media: वालिङ, स्याङ्जाका भिम लुइँटेल द्वन्द्वकालमा परिवारको १२-१५ लाख ऋण भएपछि सेनाको जागिरले परिवारलाई धान्न गाह्रो भयो, त्यसपछि उनले नेपाली सेनाको जागिर छाडेर खाडी गए। वैदेशिक रोजगारबाट ऋण तिरिसकेपछि ४ लाख बचाएर नेपाल आए, उक्त रकमले परिवारको लागि किराना पसल राखिदिए, आँफुले भने ३ लाख लिएर ऋण लिएर बंगुर पालन सुरु गरे। व्यवसायीक लाभ भएसंगै ३ लाखको लगानी ९ करोड पुग्यो तर अचानक बंगुरमा रोग लागेपछि बजारमा लान तयार रहेका १,५०० हाराहारीमा बंगुर मरे, बंगुरले लाभ दिने बेलामा उनीहरुलाई खाल्डो खनेर पुर्दा उनको व्यवसाय अहिले संकटको अवस्थामा छ। अहिले उनको खोरमा रहेका २५० बंगुरलाई खुवाउने दाना नभएपछि उनले आफ्नो परिवारका लागि घरमा राखेको धान कुटेर बंगुरलाई खुवाईरहेका छन्।

उनी भन्छन्, 'हाम्रो नेपाली दाजुभाइहरु कोरिया गएर बंगुर फार्ममा काम गर्दा ४ लाख तलब पाउँछन् भने नेपालमा सकिन्न र? आट्ने हो भने सकिन्छ। हाम्रो व्यवसाय उचाइमा रहेको बेला फार्ममा भाले नलागेकै हुन्थेन, जन्मने बच्चा नै बुक हुन्थ्यो, मानिसहरू बंगुरको बच्चा लिनको लागि पावर लगाउँथे। अहिले मसंग भएको संरचना फुल फेजमा चल्ने हो भने महिनाको ५० लाखसम्मको कारोबार गर्न सकिन्छ। व्यवसायमा सजिलोसँग प्रगती हुँदैन, व्यवसाय सुरु गर्न पैसा भन्दापनि आँट र आइडिया चाहिन्छ, सरकारले पनि कृषि कर्जा लिने प्रक्रिया र कर्जा धितोमा सुधार गरे कृषि पेशामा भविष्य देख्ने धेरै व्यक्तिहरुकाई सजिलो हुनेथियो।" ❤️

Story & Pic: Herne Katha

जानकी मन्दिरजानकी मन्दिरको मनमोहक दृश्य । तस्बिरः निरंजन कुमार साह / रासस
01/08/2023

जानकी मन्दिर

जानकी मन्दिरको मनमोहक दृश्य ।

तस्बिरः निरंजन कुमार साह / रासस

01/08/2023
जय माता पाथीभरा  आजको दिन सबैको शुभ रहोस ।
27/07/2023

जय माता पाथीभरा आजको दिन सबैको शुभ रहोस ।

नेपालमा हालसम्म कै ठुलो परिमाणमा सुन बरामद, झन्डै एक क्विन्टल हुन सक्ने अनुमाननेपालमा हालसम्म ठुलो परिमाणमा सुन भेटिएको ...
20/07/2023

नेपालमा हालसम्म कै ठुलो परिमाणमा सुन बरामद, झन्डै एक क्विन्टल हुन सक्ने अनुमान

नेपालमा हालसम्म ठुलो परिमाणमा सुन भेटिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर झण्डै एक क्वीन्टल सुन सिनामंगलबाट बरामद भएको हो । राजश्व अनुसन्धान विभागले बुधबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा हङ्कङबाट मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर ल्याएको सुन भेटिएको हो ।सुन कसको हो भन्नेबारे खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको छ ।

आज श्रावणको पहिलो दिन सोमबारे औंशि श्री पशुपतिनाथले सबैको कल्याण गरून् । #जयपशुपतिनाथ्
16/07/2023

आज श्रावणको पहिलो दिन सोमबारे औंशि श्री पशुपतिनाथले सबैको कल्याण गरून् ।
#जयपशुपतिनाथ्

A crane pulling the truck that fell into the Koshi river after accident. 😲
15/07/2023

A crane pulling the truck that fell into the Koshi river after accident. 😲

काभ्रे२१० औँ भानु जयन्तीको अवसरमा श्री नव प्रतिभा अङ्ग्रेजी मा. वि मा विद्यालयस्तरीय कविता लेखन तथा वाचन कार्यक्रम सम्पन...
14/07/2023

काभ्रे
२१० औँ भानु जयन्तीको अवसरमा श्री नव प्रतिभा अङ्ग्रेजी मा. वि मा विद्यालयस्तरीय कविता लेखन तथा वाचन कार्यक्रम सम्पन्न भएको छ । “अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन” भन्ने मूल उद्धेश्यकासाथ नमोबुद्ध नगरपालिका वडा नं ७ भकुण्डेबेँमा अवस्थित श्री नव प्रतिभा अङ्ग्रेजी माध्यमिक विद्यालयमा रहेको प्रतिभापूर्ण बालक्लबले विद्यालयस्तरीय कविता लेखन तथा वाचन कार्यक्रम सम्पन्न गरेको हो ।
जुनकिरी साहित्य अभियानका सचिव रबिन बिष्ट स्नेही र जनक मा.वि का शिक्षक लवराज चिमौरिया निर्णायक रहनुभएको यस प्रतियोगितामा जनक मा.वि मा अध्ययनरत छात्रा निशा बि.क प्रथम, श्री नव प्रतिभाकी छात्रा सरिना अधिकारी द्धितीय र जनक मा.वि का छात्र कपिल सत्याल , नव प्रतिभाकी छात्रा वर्षा तिमल्सिना तृतीय भएका छन । त्यसैगरी नव प्रतिभाकै छात्रा अनिशा ओझाले सान्त्वना स्थान हाँसिल गर्न सफल हुनुभएको छ । विजयी प्रतियोगीहरुलाई श्री नव प्रतिभा अङ्ग्रेजी माध्यमिक विद्यालयकी प्रवन्ध निर्देशक तथा श्री प्रतिभापूर्ण बालक्लबकी संरक्षक रीता सिग्देलले प्रमाणपत्र र मेडल प्रदान गर्नुभएको कुरा श्री प्रतिभापूर्ण बालक्लबको शिक्षक प्रतिनिधि विवेक कुमार तामाङले जानकारी दिनुभयो । उक्त कार्यक्रम श्री प्रतिभापूर्ण बालक्लबको कोषाध्यक्ष रुपक श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

आज भारतले  चन्द्रयान-3 मिशन मार्फत  एउटा विशाल अन्तरिक्ष यानलाई 🌙चन्द्रमातिर  सफलतापूर्वक  प्रक्षेपण  गरेको छ । 🇮🇳😯💖  त्...
14/07/2023

आज भारतले चन्द्रयान-3 मिशन मार्फत एउटा विशाल अन्तरिक्ष यानलाई 🌙चन्द्रमातिर सफलतापूर्वक प्रक्षेपण गरेको छ । 🇮🇳😯💖
त्यस् अन्तरिक्ष यानले चन्द्रमाको सतहमा अवतरण गराउने एउटा ल्यान्डर सहित चन्द्रमाको सतहमा गुड्ने यान्त्र गाडी ( रोभर)' बोकेर चन्द्रमा तर्फ तीब्र गतिमा अगाडि बढेको छ ।

भारतले आफ्नो पहिलो चन्द्रमाको मिशन सन् 2008 मा सुरु गरेको थियो ।
उक्त मिशनको उदेश्य केवल एक चक्कर चन्द्रमाको परिक्रमा गर्नु थियो।
चन्द्रयान-१ को मिशनले ठूलो सफलता हात पार्यो ! यो चन्द्रमामा हाइड्रेशनको ( Hydration) संकेत पत्ता लगाउने पहिलो मिसन बन्यो ।

त्यसपछि, २०१९ मा भारतले चन्द्रयान-२ मिसन प्रक्षेपण गर्‍यो। यस पटक, त्यहाँ एक अर्बिटर, एक ल्यान्डर र एक रोभर पनि थियो। तर मिसन आंशिक रूपमा सफल भयो
उक्त यान चन्द्रमाको सतहमा अवतरण गर्नु अघि ISRO को ल्यान्डरसँग सम्पर्क टुटेको थियो। अर्बिटरले डाटा फिर्ता पठाउन जारी राख्दै गर्दा ल्यान्डर चन्द्रमामा दुर्घटनाग्रस्त भयो। यो भारतको अन्तरिक्ष कार्यक्रमको लागि ठूलो धक्का थियो।

तर हरेस खाई चन्द्रयान-३ लाई भारतले फेरि दक्षिणी ध्रुवमा अवतरण गराउने लक्ष्य लिएको छ । त्यहाँ ठूलाठूला खाडल र भीरहरू छन्। केही खाडलमा अर्बौँ वर्षदेखि सूर्यको प्रकाश परेको छैन। परिणामस्वरूप त्यहाँको तापक्रम निकै कम अर्थात् माइनस २०३°C सम्म छ। त्यस्तो परिस्थितिमा प्राविधिक उपकरणहरू सञ्चालन गर्न निकै चुनौतीपूर्ण हुन्छ।
त्यसैले अहिलेसम्म पठाइएका सबै अभियानहरू चन्द्रमाको मध्यवर्ती भागमा लक्षित थिए। त्यो भाग र त्यहाँको तापक्रमलाई तुलनात्मक रूपमा अनुकूल मानिन्छ।
चन्द्रयान-३ मिशनलाई जुलाई 23 वा 24 मा चन्द्रमाको सतहमा अवतरण गराउने योजना रहेको छ।
यदि यो मिशन सफल भएमा अमेरिका, रुस र चीनपछि भारत चन्द्रमामा सफलतापूर्वक अवतरण गर्ने चौथो राष्ट्र बन्नेछ । साथै, यो चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने विश्वको पहिलो राष्ट्र बन्नेछ।
विज्ञानका कुरा पेजको तर्फ बाट यस मिशनलाई सफलताको शुभकामना ।🙏

क्रेडिट : ISRO🇮🇳🛰️📡🌌

14/07/2023

सप्तकोशी नदीको पुलबाट ट्रक खसेको छ । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईका अनुसार ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा कोसी ब्यारेजको १० नम्बर ढोकाको बार भत्किएको छ । बार भत्किएकै ठाउँबाट ट्रक नदीमा खसेको हो ।

काभ्रे जिल्ला धुलिखेल न पा वडा नं ११ पात्लेखेत बि.पी.राजमार्गमा आज बिहान ८ बजे  ट्रिपर को ठक्कर बाट बा.प्र.०२०१९ प ४६०५ ...
14/07/2023

काभ्रे जिल्ला धुलिखेल न पा वडा नं ११ पात्लेखेत बि.पी.राजमार्गमा आज बिहान ८ बजे ट्रिपर को ठक्कर बाट बा.प्र.०२०१९ प ४६०५ नं को मोटर साइकललाई ठक्कर दिई चालक गम्भीर घाइते भएका छन र उप्त घाइतेलाई धुलिखेल अस्पतालमा पठाइएको छ भन्ने जानकारी त्यहाँ को स्थानीय बासी राम कुमार धितालले जानकारी दिनु भएको छ ।

सबै लाई पो श्रद्धाञ्जली !!🙄
13/07/2023

सबै लाई पो श्रद्धाञ्जली !!🙄

सीता दाहालको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र छोरी रेनु दाहाल । तस्बिर : अंगद ढकाल...
12/07/2023

सीता दाहालको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र छोरी रेनु दाहाल । तस्बिर : अंगद ढकाल/इकान्तिपुर

Breking : सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल रहेनन् ।  वहाँमा भावपूर्ण श्रद्धान्जली र परि...
12/07/2023

Breking : सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल रहेनन् । वहाँमा भावपूर्ण श्रद्धान्जली र परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछौ
स्व. सीता दाहालले नेपाली समाजको रुपान्तरणमा खेल्नु भएको भूमिका सदा स्मरणीय रहने छ ।
soutce :नर्भिक अस्पताल

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ लामजुरामा आज बिहान ...
11/07/2023

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ लामजुरामा आज बिहान दुर्घटना हुँदा पाँच जना मेक्सिकन नागरिक सहित क्याप्टेन सीबी गुरुङको निधन भएको खबरले स्तब्ध छु । मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक संतप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।

लुक्लाबाट काठमाडौं जाँदै गरेको मनाङ एयरको हेलिकप्टर पाइलटसहित ६ जना सवार ५० मिनेटदेखि सम्पर्कविहीन पछ्याउन थप विवरणहरू.....
11/07/2023

लुक्लाबाट काठमाडौं जाँदै गरेको मनाङ एयरको हेलिकप्टर पाइलटसहित ६ जना सवार ५० मिनेटदेखि सम्पर्कविहीन पछ्याउन थप विवरणहरू...

[फाइल/प्रतिनिधि फोटो]

Accident !काभ्रे -28 किलो,भगवती पेट्रोल पम्प अगाडि wrong side बाट आएको स्कुटर लाई साईड दिन खोज्दा नालिमा खसेर यात्रुबाहक...
11/07/2023

Accident !
काभ्रे -28 किलो,भगवती पेट्रोल पम्प अगाडि wrong side बाट आएको स्कुटर लाई साईड दिन खोज्दा नालिमा खसेर यात्रुबाहक बस दुर्घटना भएको छ।

please follow the Right side !🙏

Address

Bagmati
Banepa Bazar

Alerts

Be the first to know and let us send you an email when Kavre Online Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kavre Online Khabar:

Videos

Share