धौलागिरी अञ्चलको वागलुङ जिल्ला सदरमुकाम बाट ४६ कोष पश्चिममा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल र नेपालको एकमात्र सिकार आरक्ष तथा दक्षिण एसियाकै उच्च स्थानमा रहेको सिमसार क्षेत्र, जडीबुटीको भण्डार, लघुजलविद्युत र झोलुङ्गे पुलको जिल्ला लोकसँस्कृतीको उद्गमस्थल जैविक विविधताले भरीपुर्ण निसी, भुजी र तमान तिन ठूला नदीहरुको संगम स्थल ढोरपाटन क्षेत्रका विभिन्न क्षेत्रमा आवद्ध विचारशील, कर्मशील, राष्ट्रसेव
क, समाजसेवी, युवा, महिला, उद्यमी, व्यवसायी, श्रमजिवी, पत्रकार, प्रवासी, चिकित्सक, इन्जीनियर, शिक्षक, न्यायधिश,भु.पू. सैनिक राजनितिज्ञहरुको साझा अभियानका साथ बुर्तिवाङ बजारमा स्टेशन र अर्नाकोटमा टावर राखी सामुदायिक रेडियो ढोरपाटन १०४.१ मेगाहर्जले सम्पूर्ण तयारी पुरा गरि नयाँ वर्ष २०६८ बैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा परिक्षण प्रसारण सुरु गरेको पुनःस्मरण गराउन चाहन्छौं ।
राष्ट्रिय, अन्र्तराष्ट्रिय समाचार, सूचना, शिक्षा र मनोरञ्जन प्रदान गर्न दुर्गम र विकट वस्ती तथा समुदाय प्रति लक्षित, सामाजिक भावनाले प्रेरित भई जनताको सूचना र सञ्चारबाट सु–सुचित हुने मौलिक अधिकार समेटिएको प्रभावकारी कार्यक्रम लिएर २०६८÷०४÷१५ गते देखी तपाईं हाम्रैे घर आँगनमा शान्ति, विकास र एकताको सन्देश प्रवाह गर्दै ‘‘हाम्रै समाज हाम्रै आवाज” सामुदायिक रेडियो ढोरपाटन १०४.१ मेगाहर्जले विहान ५ बजे देखी बेलुका ११ बजे सम्म नियमित प्रसारण गरिरहेको छ ।
यस एफ.एम.को प्रसारण क्षेत्र वाग्लुङ र आसपासका छिमेकी जिल्ला गुल्मी, पर्वत, पाल्पा, अर्घाखाँची, म्याग्दी, मुस्ताङ, प्युठान, रुकुम, रोल्पा, रुपन्देही, स्याङ्जा, नवलपरासी, कपिलवस्तु तथा पोखराका समेत श्रोताहरुले प्रत्यक्ष सुन्न सकिन्छ । इन्टरनेटको माध्यमबाट स्वदेश तथा विदेशको कुनैपनि ठाउँबाट धधध।चबमष्यमजयचउबतबल।अयm।लउ बाट पनि सुन्न सकिन्छ ।