
05/08/2022
Great News : जिल्ला प्रशासन कार्यालय गुल्मी देशभरीका जिल्ला प्रशासन कार्यालयमध्ये सर्वोत्कृष्ठ भएको छ ।
गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूबीच आर्थिक वर्ष ०७८/७९ का लागि भएको कार्यसम्पादन सम्झौताको कार्यान्वयनको अवस्था मूल्याङ्कन समितिले सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदनअनुशार ६८ वटा परिसूचकहरूमा ९७.७५ प्रतिशत अङ्क प्राप्त गरी जिल्ला प्रशासन कार्यालय गुल्मी सर्वोत्कृष्ट भएको हो ।