Hamro online news.com

  • Home
  • Hamro online news.com

Hamro online news.com Amardha saithak pariwar page is estblished in 2072Bs.which is now registered as Hamro online news.com

03/01/2023

राईजिङ नेपाल विद्यालयमा साप्ताहिक 'स्पोर्ट्स विक'

विराटनगर -१५ मा रहेको राईजिङ नेपालले साप्ताहिक 'स्पोर्ट्स विक' २०७९ भोलि देखि सुरु गर्ने छ । सोमबारसम्म संचालन हुने स्पोर्ट्स विकमा टेबल टेनिस , दौड , हाई जम, लोङ जम, कबडी ,स्पून रेस, भलिबल र चकलेट रेस लगायतका खेलहरु समावेश गरेको विद्यालयका कार्यकारी निर्देशक सन्जीप शाहले बताए । यस विकमा उत्कृष्ट हुने खेलाडीलाई आकर्षक पुरस्करले सम्मानित गर्ने निर्देशक शाहले बताए ।

बिद्यालयले प्रत्येक वर्ष विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उदेश्यले स्पोर्ट्स विक गर्दै आएको छ । कक्षा नर्सरी देखि कक्षा १० सम्मले स्पोर्ट्स विकमा सहभागीता लिने खेल संयोजक महेश कटुबाल ले बताए।

शिरीष एफ.एम. ९२.८ Mhzको  कार्यक्रम संचालिका तथा समाज रुपान्तरण मिडिया हाउस प्रालीको रिपोर्टस सन्चारकर्मी : वर्षा राई ज्य...
02/07/2022

शिरीष एफ.एम. ९२.८ Mhzको कार्यक्रम संचालिका तथा समाज रुपान्तरण मिडिया हाउस प्रालीको रिपोर्टस सन्चारकर्मी : वर्षा राई ज्युको बिगत २ दिनयता बिराटनगर रिबाईलेबल हस्पिटलका बरिस्ठ फिजिसियर Dr. I.N. मल्लिक ले हेर्दै आउनुभएको छ । डा. मल्लिकको रिपोर्ट अनुसार आज बिराटनगरको नागरिक पोलिक्लिनिक हस्पिटलमा उहाँको ईन्डाेकोपि ,कोनोसकोपि , अल्ट्रासाउन्ड लगायत अन्य जाचहरु भैईरहेको छ । उहाँको सम्पुर्ण रिपोर्टहरु डा.मल्लिकले जानकारी दिए अनुसार पर्सि आइतबार ३ : ०० बजे आउनेछ भनेर जानकारी भएको छ । उहाँको हरेक शुक्रबार आउने कार्यक्रम गित मेरो साथी र कार्यक्रम लोक सङ्गालो पनि अस्वस्थका कारणले रोकिन गएको छ । उहाँ लाई हाम्रो मिडिया :- "समाज रुपान्तरण मिडिया हाउस प्राली तथा समाज रुपान्तरण टि. भि. टिम परिवारको तर्फबाट सिग्र स्वास्थ लाभको कामना गर्दै Get Well Soon भन्न चाहान्छाै र चाडै ठिक भैई आफ्नो कार्य क्षेत्रमा फ़र्कनु होस् भन्न चाहान्छाै ।

किन गए वर्षा र अभिषेक भरतपुर।सबै कोइलाहरु हिरा हुँदैनन् जुन कोइलाले राप र ताप सहायको हुन्छ त्यही नै हिरा हुन्छ त्यस्तै व...
26/06/2022

किन गए वर्षा र अभिषेक भरतपुर।

सबै कोइलाहरु हिरा हुँदैनन् जुन कोइलाले राप र ताप सहायको हुन्छ त्यही नै हिरा हुन्छ त्यस्तै वर्षा र अभिषेक पीडितकालागि हिरा बनेर निस्किएका छन् । पिडित र दीनदुःखीको मलम
लगाउनका लागि साहरा बनेका छन्। जस्तोसुकै परिस्थितिमा पीडितको अगाडि पुग्न सफल भएका छन्। अभिषेक समाज रूपान्तरण मिडिया हाउस प्रालिका संस्थापक हुन भने वर्षा रिपोर्टर्स हुन। वर्षा र अभिषेक भरतपुर‌ दोस्रो पटक पुग्नु भएको हो।सुनवर्षी नगरपालिका वडा नम्बर ३ स्थानीयवासी प्रमेशश्रेष्ठको ममतामयी आमा लेखा कुमारी श्रेष्ठ करिब एक महिनादेखि भरतपुर चितवन अस्पतालमा भर्ना भएको खबरले दोस्रोपटक श्रेष्ठको ममतामयी आमा लेखा कुमारी श्रेष्ठको खबर बुझ्न र स्वास्थ्य अवस्था बुझ्न को लागि भरतपुर प्रस्तान गर्नु भएको हो।देश तथा बिदेशमा रहेका आफन्तजन र इष्ट मित्रको सहयोग जुटाएर थोरै भएपनि सहयोग गरौ भन्ने भावनाले अभिषेक र वर्षा भरतपुर क्यान्सर अस्पताल पुग्नुभएको हो।

असार - १० बिराटनगर आज मिति २०७९।०३।१० गते समाज रुपान्तरण मिडिया हाउस प्रा.लि  र्को  आधिकारिक बैठक  अभिषेक बान्तावा राई  ...
25/06/2022

असार - १० बिराटनगर
आज मिति २०७९।०३।१० गते समाज रुपान्तरण मिडिया हाउस प्रा.लि र्को आधिकारिक बैठक अभिषेक बान्तावा राई को अध्यक्षतामा सप्पन्न :

प्रस्तावहरू-
१.अफिस ब्यबस्थापन सम्बन्धमा ।
२. सदस्यीयता शुल्क र सस्थापक सियर को सम्बन्धमा ।
३. wibe side को नाम राख्ने सम्बन्धमा ।
४. समाज रुपान्तरण मिडिया हाउस प्रालिको बैंक खाता खोल्ने सम्बन्ध मा ।
लगायत अन्य मिडियाको नियम सगै आवश्यक्ता अतिरिक्त सम्बन्धमा आगामी बैठक हरुमा पारित गर्दै लैजाने निर्णय गरिनेछ ।
सस्थापक :-
उपस्थिति सदस्यीय ज्युहरुको नामावली यस् प्रकारको रहेको छ :-
१. सस्थापक अध्यक्ष : - अभिषेक बान्तावा राई
२. सस्थापक रिपोर्टस : वर्षा राई
३. मार्केटिङ तथा अफिस म्यानेजमेन्ट : प्रमेस श्रेष्ठ
४. सह-सम्पादक : बिकाश खतिवडा सदस्यीय हरु :
अस्मिता आचार्य
रोशन यादब
बिशाल शाह
आनन्द राजवंशी
जिबेश शाह
# सल्लाहकार हरु
निरन्तक कोईराला / जय धर्म आचार्य / मित्र परियार /


समाज रुपान्तरण मिडिया हाउस प्राली परिवार प्रदेश न : १ कटहरि - २ हाटखोला बिराटनर मोरङ नेपाल्

Thu, Jun 23, 2022support@asteriskt.com (+977) 01-5315101/5315184 9801000860    About Us Contact Us Bank AccountsMarket N...
23/06/2022

Thu, Jun 23, [email protected] (+977) 01-5315101/5315184 9801000860 About Us Contact Us Bank Accounts

Market
News
Announcements
Reports
Portfolio
IPO
Services
DashboardNew
Company name or symbol
Log In
बैंकले साँवा असुल्न धितोमा रहेको शेयर बिक्री गर्दा सबैको बेस प्राइस एकसय राखिदिँदै, ऋणी घाटामा पूँजीगत लाभ कर तिर्न बाध्य
Jun 23, 2022 05:41 AM Merolagani

सुवास निरौला

बैंक वित्तीय संस्थाले धितोको शेयर बिक्री गर्दा बेस प्राइस एकसय राखिदिन थालेका छन्। बेस प्राइस एक सय रुपैयाँ मात्रै राखिदिएर साँवा उठाउन थालेपछि ऋणी दोहोरो मर्कामा परेका छन्।

“बैंकहरुले धितोमा रहेको शेयर बिक्री गर्दा बेस प्राइस एक सय रुपैयाँ राखिदिन थालेका छन्। जसले घाटामा बिक्री गरेको शेयरको समेत पूँजीगत लाभकर लाग्ने अवस्था सिर्जना भएको छ” एक ब्रोकर कम्पनीका अधिकारीले मेरो लगानीसँग भने।

उनका अनुसार बैंकबाट ऋण लिएर शेयर किनेका लगानीकर्ताको शेयर बिक्री गर्न भन्दै बैंकले ब्रोकर कम्पनी र निक्षेप सदस्यलाई पत्र लेख्ने गरेका छन्। उक्त पत्रको आधारमा ब्रोकर कम्पनी र निक्षेप सदस्यहरूले शेयर बिक्री प्रक्रियालाई अघि बढाउँदै आएका छन्। तर बिक्री गर्ने प्रक्रियासम्म कुनै समस्या नभए पनि सेटलमेन्टमा भने समस्या हुन थालेको छ। लागत मूल्य नभएका कारण सेटलेन्टमा समस्या देखिने गरेको छ। बैंकसँग यकिन लागत नभएको कारण सबै शेयरको बेस प्राइस एक सय राखेर सेटलमेन्ट हुन थालेको छ।

पछिल्लो समय शेयर बजार तीव्र गतिमा घटिरहेको छ। घटिरहेको सूचकले शेयर मूल्य घटाउँदै लगेको छ। सूचक ४० प्रतिशत भन्दा बढीले घटेको छ। ४० प्रतिशत सूचक घट्दा सूचिकृत कम्पनीको शेयर मूल्य ७० प्रतिशतसम्म घटेका छन्। शेयर मूल्यमा आएको तीव्र गिरावटका कारण बैंकबाट ऋणी लिएर लगानी गर्ने लगानीकर्ताले मार्जिन रकम थप्न सकेका छैनन्।

धेरै जसो ऋणीलाई बैंक वित्तीय संस्थाले थप पैसा हाल्न मार्जिन कल गरिरहेका छन्। तर मार्जिन रकम थप गर्न नसक्ने स्थितिमा पुगेका लगानीकर्ताले बैंकको फोन उठाउन छाडेका छन्। लगानीकर्ताले बैंकको फोन नउठाउने अर्को तर्फ धितोमा रहेको शेयरको मूल्य घट्दै गएपछि बैंक वित्तीय संस्थाले ऋणीको धितोमा रहेको शेयर बिक्री गर्दै साँवा उठाउने प्रक्रियालाई तिव्रता दिदै आएका छन्।

कुनै पनि शेयर बिक्री गर्दा लगानीकर्ताले बिक्री गरेपछि खरिदकर्तालाई शेयर दिनु पर्ने हुन्छ। जसकोलागि लगानीकर्ताहरूले इडिआइएस गर्नु पर्ने हुन्छ। जुन लगानीकर्ता आफैले गर्नु पर्ने हुन्छ। स्वयम् बिक्री कर्ताको अनुमति बेगर कसैले पनि इडिआएस गर्न मिल्दैन। इडिआएस गर्दा नै सिस्टमले लगानीकर्ताले बिक्री गरेको शेयरको खरिद मूल्य, त्यो बिक्री गर्दा लाग्ने करका बारेमा गणना गरिदिन्छ। इडिआएस नगर्नेको भने ती सबै कुरा गणना हुन नसक्ने केन्द्रीय निक्षेप प्रणालीका (सिडिएससि)का प्रवक्ता सुरेश न्यौपानेले बताए।

तर बैंकले शेयर धितोमा ऋण दिँदा लगानीकर्ताको शेयर रोक्का राखेको हुन्छ। बैंकले शेयर के कति मूल्यमा किनेको हो भन्ने विवरण माग्दैन। ऋण तिर्न नसकेको अवस्थाकोलागि भन्दै बैंकले सुरक्षण स्वरूप ऋणीसँग खालि डिआएएस स्लिपमा हस्ताक्षर गराएर राख्ने गर्छ। जुन स्लिप शेयर बिक्री गरेपछि शेयर सेटलमेन्टको लागि प्रयोग हुने गर्छ।

न्यौपानेका अनुसार उक्त स्लिप दिँदा समेत लगानीकर्ताले बिक्री गरेको शेयरको खरिद मूल्य तोकेर दिनु पर्छ। सोही अनुसार लागत गणना गरी सेटलमेन्ट हुन्छ। लागत नहाली दिएको डिआइएस स्लिप सेटलमेन्टमा प्रयोग गर्न सकिँदैन। लागत मूल्य नहाली सिस्टमे के कति लाग्ने हिसाब गर्न सक्दैन। यात इडिआइएस गर्नु पर्छ। भौतिक डिआइएस प्रयोग गर्ने हो भने लागत तोकेर दिनु पर्छ। अन्यथा सटलमेन्ट प्रक्रिया पुरा हुन सक्दैन।

तर यति बेला भने बैंकसँग भौतिक डिआइएस स्लिप मात्रै रहेको छ। त्यसमा के कति मूल्यमा शेयर किनेको हो भनेर यकिन लागत दिने ऋणी सम्पर्कमा छैनन्। जसले गर्दा बैंकहरुले उक्त स्लिपमा खरिद मूल्य एक सय रुपैयाँ नै लेखि सेटलमेन्ट गराउँदै आएका हुन्।

लगानीकर्ताले अधिक मूल्यमा किनेको शेयरको मूल्य एक सय रुपैयाँ मात्रै बेस प्राइस राख्दा लगानीकर्ताले धेरै कर तिर्नु पर्ने हुन्छ। किनकि एक सय रुपैयाँ भन्दा बढी मूल्यमा शेयर बिक्री गर्ने बित्तिकै लगानीकर्ताले पूँजीगत लाभकर तिर्नु पर्ने हुन्छ। लगानीकर्ताले शेयरको मूल्य घटेर ऋण नै तिर्न नसकेको अवस्थाको शेयर बिक्री गर्दा समेत पूँजीगत लाभकर तिर्नु पर्ने अवस्था सिर्जना गरेको छ। घाटमा शेयर बिक्री गर्दा समेत लगानीकर्ताले लाभकर तिर्नु पर्ने अवस्थाले ऋणीलाई दोहोरो मारमा पारेको हो।

comments powered by Disqus

Popular NewsMore
बैंकहरू अत्तालिन थाले,साँवा नै नउठ्ने भएपछि मार्जिन नबुझाउनेको शेयर भटाभट बिक्री गर्दै
बैंकहरू अत्तालिन थाले,साँवा नै नउठ्ने भएपछि मार्जिन नबुझाउनेको शेयर भटाभट बिक्री गर्दै
Jun 21, 2022 05:52 AM
सुवास निरौला

शेयर बजार क्रयासको संघारमा आइपुगेपछि बैंक वित्तीय संस्था अत्तालिन थालेका छन्। शेयर धितोमा ऋण दिएका बैंक वित्तीय संस्थाको साँवा समेत नउठ्ने स्थिति आएपछि भटाभट शेयर बिक्री गर्न थालेका छन्।

निकै चर्चित बैंक एकाएक अस्तित्वविहीन, ‘स्लोगन’ पनि पुरानो छाड्दै नयाँ अपनाउँदै
निकै चर्चित बैंक एकाएक अस्तित्वविहीन, ‘स्लोगन’ पनि पुरानो छाड्दै नयाँ अपनाउँदै
Jun 19, 2022 12:19 PM
नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा
नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा
Jun 19, 2022 11:03 AM
दुईसय किलोमिटर रेन्जदिने इलेक्ट्रिक स्कुटर नेपाल भित्रियो, दुई घण्टामै फुल चार्ज, मुल्य कति ?
दुईसय किलोमिटर रेन्जदिने इलेक्ट्रिक स्कुटर नेपाल भित्रियो, दुई घण्टामै फुल चार्ज, मुल्य कति ?
Jun 22, 2022 11:40 AM
महानगरभित्र घर भाडासम्बन्धी काम अबदेखि कम्पनीमार्फत मात्रै
महानगरभित्र घर भाडासम्बन्धी काम अबदेखि कम्पनीमार्फत मात्रै
Jun 19, 2022 05:26 PM
४/१२ को नीति संशोधन हुने हल्लाले बढ्यो बजार
४/१२ को नीति संशोधन हुने हल्लाले बढ्यो बजार
Jun 21, 2022 03:19 PM
Indices
GainersMore
LosersMore
Home
Latest Market
Daily Stock Quotes
Floorsheet
Indices
Top Brokers
Top Gainers
Top Losers
Latest News
Popular News
Announcements
Annual Reports
Quarterly Reports
Companies
Brokers
Contact Us
Help Docs
Video Tutorials
Bank Accounts
About Us
MERO LAGANI
4th Floor, Orchid Hotel Building
Tripureshwor, Kathmandu, Nepal
Tel: (+977) 01-5315101/5315184
Mobile: 9801000860
E-mail: [email protected]

PAYMENT PARTNERS
NCELL
ESEWA
CONNECTIPS
KHALTI
IME PAY
WE ACCEPT

सुचना तथा प्रसारण विभाग द.न. ४४०/०७३/०७४ * प्रकाशक - एस्ट्रिक टेक्नोलोजी प्रा.लि. * इमेल: [email protected]

© 2022 - MERO LAGANI. All Rights Reserved | Developed by Asterisk Technology
Supported By World War IV - Endgames
Disclaimer, Privacy & Terms of Use

आकस्मिक बैठक : प्रदेश - १ बिराटनगर मोरङ आज मिति २०७९।०३।०९बिराटनगरमा समाज रुपान्तरण मिडिया हाउस प्राईभेट लिमिटेड अफिस मे...
23/06/2022

आकस्मिक बैठक : प्रदेश - १ बिराटनगर मोरङ

आज मिति २०७९।०३।०९बिराटनगरमा समाज रुपान्तरण मिडिया हाउस प्राईभेट लिमिटेड अफिस मेनेजमेन्ट तथा मार्केटिङ मेनेजिङ गर्ने सन्दर्भ मा विशेष बैठक सम्पन्न भएको छ।अब यस् समाज रुपान्तरण मिडिया हाउस प्राली ले आफ्नो प्रदेश भरिको रिपोर्टिङ तथा व्यावसायिक रुपमा अगाडी बढ्ने कुरोलाई विशेष प्राथमिकता र रिपोर्टस तथा कम्पनीको नियमावली बनाउनेतर्फ ध्यान केन्द्रित रहने समाज रुपान्तरण मिडिया हाउसका सस्थापक अभिषेक बान्तावा राईले बताउनुभयो।
जिम्मेवारी बाडफाड तथा योजना :-

# सस्थापक / फाउन्डर = अभिषेक बान्तावा राई
# कार्यकारी निर्देशक = सन्चारकर्मी : वर्षा राई
# अफिस म्यानेजमेन = प्रमेस श्रेष्ठ
# मार्केटिङ तथा बिराटनगर का रिपोर्टस रोशन यादव

मेयर बालेन शाह र उपमेयर सूनिता डंगाेल नया कामहरु गर्न सहकार्य गर्दैछन खुसी लाग्यो मेयर उपमेयर अफिस र कुलमान दाइ सहित 🙏🙏s...
04/06/2022

मेयर बालेन शाह र उपमेयर सूनिता डंगाेल नया कामहरु गर्न सहकार्य गर्दैछन खुसी लाग्यो मेयर उपमेयर अफिस र कुलमान दाइ सहित 🙏🙏
support काे लागी शेयर अनी पेज लाइक गरिदिनुहाेस 🙏🙏
https://youtu.be/fo_hbJvyluU https://youtu.be/fo_hbJvyluU

28/05/2022
अचम्मकोको धरान ।। जनताको विद्रोह ।। ✊✊* हजारौं झोले कार्यकर्ता अघि पछि थिएन* लाखै को सजिसजाउ स्टेज थिएन* भि आइ पि करोडौं...
23/05/2022

अचम्मकोको धरान ।। जनताको विद्रोह ।। ✊✊
* हजारौं झोले कार्यकर्ता अघि पछि थिएन
* लाखै को सजिसजाउ स्टेज थिएन
* भि आइ पि करोडौं पर्ने गाडी मोटरसाइकलको लावालस्कर थिएन
* ध्वजा पताका थिएन
* झन्डा र ब्यानर थिएन
* ताली पड्काउने भिड थिएन
* लाखौ लाख माइक साउण्ड सिस्टम थिएन तर पनि स्वतन्त्र उमेद्वार लाई जनताले जिताइदिए
Harka Sampang A Revolution

22/05/2022

धरान उपमहानगरपालिका
दल मेयर उप मेयर
हर्क साम्पाङ १६०२६ ००
नेपाली कांग्रेस १३१८२ ००
माओवादी केन्द्र ०० १६०७९
एमाले १०६१२ १४४३१

22/05/2022

Independent candidate Sampang likely to become Dharan Sub Metropolis mayor
Sampang: 13,546, NC: 11, 606, UML: 9, 451

Khabarhub
May 21, 2022

2 MIN READ

5
Shares
facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonwhatsapp sharing buttonskype sharing buttonsharethis sharing buttonprint sharing button

Independent candidate Sampang likely to become Dharan Sub Metropolis mayor
Harka Sampang

DHARAN: Independent candidate Hark Sampang has inched closer towards victory in the Dharan Sub Metropolitan City after leading over the candidate of the ruling coalition.

In Dharan, which has 20 wards, the counting of votes in 17 wards has been completed.

Currently, the counting of votes in Dharan 15, 16, and 17 wards are underway.

Independent candidate Sampang, and Aindra Bikram Begha, the candidate from the alliance are, leading the counting of votes for the post of mayor and deputy mayor, respectively.

Independent candidate Sampang, who is running for mayor, has secured 13,546 votes. Kishor Rai of the NC is following him with 11, 606 votes. UML’s Manju Bhandari has received 9, 451 votes.

In the UML-held constituency, Sampang’s victory has become almost certain as he has started getting more votes than both t

Dharan has more voters in 15 and 16 wards. The panel of UML’s Naresh Iwaram and NC’s Murari Bhattarai have taken the lead in the 15 and 16 wards, respectively. Sampang, on the other hand, is increasing the number of votes for mayor.

21/05/2022

म कलेज आउँदा, जाँदा एउटा मान्छे देख्थेँ।
बरको रुखमुनि विद्रोह गरिरहेको एउटा मान्छे, आफ्नो नैसर्गिक अधिकार मागिरहेको एउटा मान्छे। धरानका गल्लीहरूमा , टोलहरुमा भौतारीरहेको मान्छे जसलाई यो स्थिति, माहोल र राजनीतिसँग चित्त बुझिरहेको छैन। उसले धरानका हरेक समस्यालाई मुद्दा बनायो, हक माग्यो, पिटाई खायो र चिच्याइरह्यो।
चुनावमा मैले देख्थेँ, एउटा अटोमा माइकिङ गर्दै ऊ प्राय एक्लै हिड्यो, धरानका चोकहरूमा, गल्लीहरूमा। आफ्नो पर्चा आँफै बाँड्यो, आफ्नो भोट आँफै माग्यो। विद्रोहका गीत लेख्यो र गिटार बजाउँदै चोकहरूमा गाउँदै हिन्यो। उसले तिर्खा लागेको गीत लेख्यो र गायो, उसले हक नपाएको गीत लेख्यो र गायो। उसले थुप्रै गीत लेख्यो र गायो। मैले त्यसमध्य केही गीत सुनेकोछु। हर्क साम्पाङ चुप लाग्न जानेन ।उसलाई आफ्नो आवाजले कति फरक पार्यो र पारेन पनि शायद हिसाब गर्न आएन तर उसले चुप लाग्न जानेन। हर्क साम्पाङलाई मैले मेरा कवितामा लेखेको छु कतिपटक। हर्क साम्पाङ, मैले देखेको विद्रोही हो।
आज यो विद्रोहले एउटा मोड लिएको छ। एउटा मान्छेलाई विश्वास थियो कि उभिएर एकपट्टी एक्लै , जित्न सकिन्छ यो युद्ध र फेर्न सकिन्छ यो स्थिति। आज उसको त्यो विश्वासमा , धरानले पनि विश्वास गरेको छ। आज हर्क साम्पाङ विजयी हुनै लागेका छन्। मैले उनी विजय भएको मात्र हेरेँ, कसले हारे हेरिनँ । हर्क साम्पाङले जित्नु भनेको , धरानले जित्नु हो। धरान विजय हुँदा कोही हार्दैन।
©योगेन्द्र फेसबुक वालबाट

Latest Update of Kathmandu Metropolitan Mayor Vote Count:
21/05/2022

Latest Update of Kathmandu Metropolitan Mayor Vote Count:

धरान उपमहानगरपालिका मा  स्वतन्त्र उम्मेदवार हर्क साम्पाङप्रमुख पदमा निर्वाचित।स्वोतन्त्र मय हुदै छ देश अब पालो काठ्मन्डौ...
21/05/2022

धरान उपमहानगरपालिका मा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ
प्रमुख पदमा निर्वाचित।

स्वोतन्त्र मय हुदै छ देश अब पालो काठ्मन्डौ बालेन साहाको

धेरै बधाइ तथा सुभकामना🎉🎉🎉🎉🎉🎉

बिराटनगरमा मेयर,उपमेयर र वडा अध्यक्ष ले पाएको मत ।बिजयी टिम लाई हार्दिक बधाइ शुभकामना 🌺🌺
21/05/2022

बिराटनगरमा मेयर,उपमेयर र वडा अध्यक्ष ले पाएको मत ।
बिजयी टिम लाई हार्दिक बधाइ शुभकामना 🌺🌺

०७-जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले १५ हजारभन्दा बढी मतले अग्र...
21/05/2022

०७-जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले १५ हजारभन्दा बढी मतले अग्रता लिएका छन् ।

वैशाख-७ : काठमाडौं महानगरपालिकामा स्वतन्त्र तर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाएका छन् ।
21/05/2022

वैशाख-७ : काठमाडौं महानगरपालिकामा स्वतन्त्र तर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाएका छन् ।

धरान – सुनसरी जिल्लाको धरान उपमहानगरपालिका धरानका मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ (हर्कराज राई) को युवा पुस्त...
21/05/2022

धरान – सुनसरी जिल्लाको धरान उपमहानगरपालिका धरानका मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ (हर्कराज राई) को युवा पुस्ताको प्रिय व्यक्ति मात्र भएनन्। यती खेर, धरानकै लोकप्रिय उम्मेदवारको रुपमा मुलुकभर चर्चित भइरहदा धरानका प्रमुख राजनीतिक दलका नेता कार्यकर्ता झस्किएका छन् ।

हर्कसाम्पाङले सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राई र एमालेकी उम्मेदवार मञ्जु भण्डारीलाई चुनौति दिइरहेका छन्। उनले पछिल्लो समय किशोर राईसंग २२ मतको तान्तर धटाएपछि स्थिति बडो रोचक मोडमा पुगेको छ । उनले प्राप्त गरिरहेको अभिमतले कांग्रेस र एमाले झस्किएका छन् भने उनका समर्थक र धरानका मतदाता खुशी भएका छन्।

धरानको वडा नं. १ देखि शुरु गरिएको मतगणनाको प्रारम्भिक चरणमा अग्रस्थान बनाउँदै झस्काएका हर्क साम्पाङले कांग्रेसका उम्मेदवार किशोर राईलाई पछ्याइरहेको थिए अब पछ्याउनेहोइन टक्कर दिने देखियो । एमालेकी उम्मेदवार मञ्जु भण्डारीलाई १३६४ मतले पछिपारेको छन् ।

आजको मत गणनाको मतपरिणाम अनुसार कांग्रेसका किशोर राईले ७९६४ मत प्राप्त गर्दा साम्पाङले ७९४२ मत प्राप्त गरेका छन् भने एमालेकी उम्मेदवार मञ्जु भण्डारी ६५७८ मत सहित तेस्रो स्थानमा छिन। हर्क र मञ्चुको १३६४ मतको मतान्तर हो।

धरानको चुनावी इतिहासमा एमाले (बामपंथी) जितिरहेको छ। धरानमा ०७६ सालको उपनिर्वाचनको नतिजा बाहेक धरानको अभिलेख नै पृथक छ । तर यसपटक धरान–१८ बुद्धचोक निवासी भष्ट्रचार विरुद्ध अभियान चलाएका एक युवा अभियन्ता हर्क साम्पाङले धरानका दुई ठुला दल कांग्रेस र एमालेलाई चुनौती मात्र होइन टक्कर दिइरहेका छन् । अहिलेसम्म धरानमा २७९६६ मत गणना हुदा उनले दोस्रो स्थानमा किशोर राईसंग मतान्तर दूरी धटाई रहेका छन् ।

धरानको जारी मतगणनाको पछिल्लो परिणामअनुसार सत्तारुढ गठबन्धनका मेयर पदका उम्मेदवार किशोर राईले ७९६४ मत ल्याउदा एमालेकी उम्मेदवार मन्जु भण्डारी सुवेदीले ६५७८ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहदै राई र साम्पाङलाई पछ्याइरहेकी छिन्।

सामाजिक अभियन्ता हर्क साम्पाङले ७९४२ लोकप्रिय मत प्राप्त गरेका छन् । हर्क साम्पाङले अहिलेसम्म आफ्नो पकड क्षेत्रभन्दा बाहिरबाटै राम्रो मत प्राप्त भइरहेको बताएका छन् । उपमेयरमा गठबन्धनका माओवादी केन्द्रका अइन्द्र विक्रम वेघाले ८९७३ मत प्राप्त गरेका छन भने एमालेका पदम इस्वोले ८६२३ मत प्राप्त गरेका छन् ।

धरानका भ्रष्ट्रचार विरुद्ध अभियान चलाएका मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ राजनीतिक पृष्ठ भुमिका नेता भने होइनन् । उनी बैदेशिक रोजगारीमा सिलसिलामा इराक अफ्गानस्थानमा केहि समय विताएका एउटा साधारण युवा हुन्।

उनले धरानको भ्रष्टचार सम्बन्धि अभियान चलाएका सामाजिक अभियन्ता, खानेपानी समस्या र वीपी कोइराला विज्ञान प्रतिष्ठान धरानको सुधारका लागि दुई सुत्रिय एजेण्डा सहित अघि बढेका युवा हुन् । उनको यहि नाराले धरानमा लोकप्रियता कायम गर्यो।

अहिले स्थानीय तहको निर्वाचनमा उनले यही एजेण्डालाई मुखर बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । उनलाई निर्वाचन आयोगले निर्वाचन चिन्ह्र ढिलोगरी प्रदान गरेका कारण धरानका २० वटा रहेका वडाहरुमा भोट माग्न जानसम्म भ्याएनन् । उनी नपुगेका वडाहरुबाट उनले अपेक्षा गरेभन्दा धेरै राम्रो जनमत प्राप्त भएको उनी बताउ छन् ।

उनले अझैं पनी सामाजिक संजाल फेसबुक मार्फत तपाइले प्रदान गर्नु भएको अमुल्य मत कहि तलमाथी नहोस आउनुस् मत गणना स्थल भनी धरानका जनतालाई आग्रह गरीरहेका हुन्छन् र सपोर्टसहरु मत गणना भइरहेको धरान-१२ पब्लिक स्कुलको प्रांगनमा नतिजा सुन्न आतुर हुन्छन्। जब लौरो चुनाव चिन्ह्रको उच्चारण हुन्छ खुशीका आवाजले मतदान स्थल गुन्जिन्छ।

उनले आफ्नो प्रभाव क्षेत्रमा मतगणना हुन बाँकी रहेको बताउदै हाम्रो जीत सुनिश्चि रहेको सपोर्टसलाई आश्वस्त पार्दछन् । उनी भन्छन् ‘मैले पुग्न नसकेको र घुम्न नपाएको वडाहरुबाट सम्मानजनक मत पाएको छु । ‘मलाई जिताउने पनी धराने जनता र जित्ने पनी धराने जनता नै हुन् मत माध्यम मात्र हु उनले भने।’

धरानमा कुल मतदाता संख्या १ लाख ३ सय २४ मतदाता रहेको छ। स्थानीय तहका निर्वाचनमा धरानमा ६२ हजार ८ सय ९७ मत खसेको मतमा आज बिहान साढे ११ बजेसम्म २७९६६ मत गणना सम्पन्न भएको निर्वाचन आयोगको कार्यालयले जानकारी दिएको छ। अहिले वडा नं. ८, १९ र २० को मतगणना भइरहेको छ ।

काठमाडौं – सत्तासीन नेपाली काँग्रेसकाले नेकपा एमालेले जनअभिमत स्वीकार गर्न नसकेर अलोकतान्त्रिक चरित्र देखाएक.....

20/05/2022

विशेष
Exclusive
कसले के भने
Social
त्यस बखतको नेपाल
नेपालीको POV
Bad News
Health
अन्य
Dekhapadhi
Nepal Farkepachi Registration
Instant News

गृहपृष्ठ
गगन थापाको वडामा काँग्रेसका उम्मेदवार दोब्बर मतले विजयी
गगन थापाको वडामा काँग्रेसका उम्मेदवार दोब्बर मतले विजयी
कांग्रेस महामन्त्री थापाको गृह वडा समेत रहेको काठमाडौं महानगरपालिका - ३०मा काँग्रेस निर्वाचित भएको छ ।उक्त वडामा काँग्रेसका दलबहादुर कार्की २०६१ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्णभक्त खड्गीले ९१६ मत ल्याएका छन्।

Share
प्रतिक्रिया दिनुहोस्

Instant News
More News

उदयपुरमा १५ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ
268K Views
Share

सप्तरीमा राष्ट्रिय परिचयपत्र दर्ता स्थगित
1.1K Views
Share

आज राति १२ बजेदेखि चुनावी मौन अवधि सुरु हुँदै
687 Views
Share

राष्ट्रिय परिचयपत्र छाप्न शुरु
300 Views
Share

श्रीलंकामा प्रदर्शनकारीबीच झडप हुँदा कर्फ्यू आदेश जारी
300 Views
Share

आरजुलाई ओलीको जवाफ बजेट नदिन माइतबाट ल्याएको दाइजो हो
139K Views
Share

सूर्यमा छाप लगाउनुस, विटुलो भएजस्तो लाग्यो भने सुनपानी छर्किनुसः केशब स्थापित
19K Views
Share

भिजन भएका युवा मेरो टिममा आउनुस्: केशव स्थापित
200 Views
Share

ओली प्रधानमन्त्री भइरहेका भए नेपाल श्रीलंका भइसक्ने थियो : प्रकाश शरण महत
6.1K Views
Share

मेयर भएको ६ महिनामा युवाहरुले जीवनको कथा लेख्ने पार्क बनाउँछु: केशव स्थापित
27K Views
Share

विश्वकै उत्कृट ४ मेयरमा परिसकेको मान्छे हूँ, जीत सुनिश्चित छ: केशव स्थापित
1K Views
Share
© Dekhapadhi 2022 . All Rights Reserved.
Editor-In-Chief/Publisher: Manoj Pandey
Shares
facebook sharing buttontwitter sharing button

20/05/2022

महोत्तरीको बर्दिवासमा ठूला दललाई हराउँदै प्रमुख, उपप्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी

विराटनगरको मेयर र उप-मेयरमा जीत सुनिश्चित गर्नुभएका दुवै जनालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना.....💐💐
20/05/2022

विराटनगरको मेयर र उप-मेयरमा जीत सुनिश्चित गर्नुभएका दुवै जनालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना.....💐💐

20/05/2022

सुनबर्सि मा जुलुस मनाउने क्रममा घाइते भएका सहनीको मृत्युु ।
जेष्ठ ६ शुक्रबार
रबिन्द्र बराल
माेरङकाे सुनवर्सि नगरपालिका ६ स्थित सिटाेैला टाेलमा नेकपा एमाले काे बिजय जुलसमा ट्याक्टर दुर्घटना हुदा १३ जना घाइते भएका थिए । काे २ च १४३७ नम्बर काे ट्याक्टर दक्षिण बाट उत्तर तर्फ जाने क्रममा ट्याक्टर अनियन्त्रित हुदा दुर्घटना भएको हाे । रंगेली प्रहरी काे अनुसार ४० बर्ष क राज कुमार सहनी काे उपचारका क्रममा घाेपा अस्पतालमा उपचारका क्रममा मृत्युु भएको रंगेली प्रहरीले जनाएको छ । एमाले काे बिजय जुलुसमा घाइते भएका स्थानीयलाई एमाले बाट बिजेता भएका मेयर श्याम राजवंशी उपमेयर मिरा दास , बिभिन्न वडाका अध्यक्ष हरु समे बिरामी हरु लाई भेट्ने का लागि अस्पताल पुगेका थिए । ११ जना सामान्य रहेको र उनी हरु काे रंगेली अस्पतालमा उपचार समेत भईरहेकाे प्रहरीले जनाएको छ ।

बिराटनगर माहनगरपालिको ताजा मत परिणाम।
20/05/2022

बिराटनगर माहनगरपालिको ताजा मत परिणाम।

एउटा काठमाडौं को मेयर अनि अर्को बिरगंज को मेयर मा जित्दै !! एउटा नेवारले मधेसी समुदायमा र अर्को मधेसीले नेवार समुदायमा ज...
20/05/2022

एउटा काठमाडौं को मेयर अनि अर्को बिरगंज को मेयर मा जित्दै !! एउटा नेवारले मधेसी समुदायमा र अर्को मधेसीले नेवार समुदायमा जित्नु भनेको पक्कै देश परिवर्तनको बाटोमा हिडेको झलक हो !! अब जातिवाद , हाम्रोबाद , समुदायवाद होइन!! बिकासवाद परिवर्तनको आधारमा जनता भोट हाल्दैछन् !! जय नेपाल!

20/05/2022

माेरंग जिल्ला रंगेलि नगरपालिका वार्ड नं ७ को जम्मा मत ४३४८ हो र खसेकाे मत ३२४२ हाे आज मिति २०७९ साल जेठ ०६ गते विहान १० वजे तिर मत गणनाकाे क्रममा २१३३ मत गणना भई सकेपछि अन्तिम वक्साकाे मतपत्र सर्टिङ गर्ने क्रममा मतपत्र गन्दा १२०८ थान मतपत्र भेटिए पछि प्रतिनिधि हरु विच वादविवाद भई म रंगेली नगरपालिकाको नेपाली कांग्रेसको मेयरको उम्मेदवार मोदराज घिमिरे लाई जानकारी गराए पछि अन्य पार्टीका उम्मेदवार र निर्वाचन अधिकृत रामहरि शर्मा काफ्ले समेत वसेर छलफल गर्दा मत गणना गरि वाेरा राखि सिलवन्दि वाहेक अन्य मतपत्र गणना गर्दा १२०८ र गणना भएको २१३३ गरि ३३४१ मतपत्र खसेकाे मत ३२४२ थान ९९ थान मतपत्र बढि भएकोले प्रतिनिधि हरुले कसरि वढि भयाे भनि निर्वाचन अधिकृत लाई सोद्धा कम्प्युटर मिस्टेक भनि आलटाल गरेपछि २१३३ भन्दा अगाडिकाे रेर्कड देखाउन भनेपछि देखाउन नसकेपछि एमाले वाहेक सम्पुर्ण उम्मेदवार तथा प्रतिनिधि हरुले धाधली पुर्ण निर्वाचन वदर हुनुपर्छ र शान्तिपूर्ण र निस्पक्ष निर्वाचन तुरुन्त गर्नु पर्छ भन्ने माग राखि निवेदन दिएका छन।

घुँडा टेकेर झुकेको मेरो देश  #लौरो टेकेर उठेको हेर्न पाउँ।
20/05/2022

घुँडा टेकेर झुकेको मेरो देश #लौरो टेकेर उठेको हेर्न पाउँ।

देशभरका ७५३ स्थानीय निकाय मध्ये ११६ स्थानमा गरिएको गठबन्धनमा कालो कङ्ग्रेसले कान हल्लाउदा हल्लाउँदै पनि नेकपा माओवादी के...
20/05/2022

देशभरका ७५३ स्थानीय निकाय मध्ये ११६ स्थानमा गरिएको गठबन्धनमा कालो कङ्ग्रेसले कान हल्लाउदा हल्लाउँदै पनि नेकपा माओवादी केन्द्रले आफ्नै प्रयास सहित गरेर २० वटा नगरपालिकाको मेयर र ९२ वटा गाउँपालिकाको अध्यक्ष गरी १ सय १२ वटा पालिकाको प्रमुख पद जितेको छ भने २८ वटा नगरपालिकाको उपमेयर, ८९ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १ सय १७ वटा उपमेयर/उपाध्यक्ष जितेको छ । माओवादी केन्द्रबाट ९ सय ८३ वटा वडाअध्यक्ष पदमा निर्वाचित भएका छन् यो जितसंगै नेकपा माओवादी केन्द्र अब गुगल अनि भूगोल दुबै ठाउँमा भेटिने भएको छ र आजैदेखि आ-आफ्नो टोल बस्ति गाउँ अनि शहरका जनताहरुको घर आँगनमा गैइ उनिहरुको माग र चाहानालाइ समेटेर बजेट निर्माणमा लागि पर्न अनुरोध गर्दै बधाई सहित सफल कार्यकालको शुभकामना छ।

इमानदारीताको पर्याय हो माओवादी र माओवादी आन्दोलन ।

19/05/2022

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र रूपमा उम्मदेवारी दिएका बालेन शाहले २२ हजार बढी मत पाएका छन्। अहिलेसम्मको ५८ हजार ८५० मत गणना गर्दा शाहले २२ हजार ८४२ मत पाएका हुन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ११ हजार ७६९ मत पाएका छन्।

invotech
नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले भने १० हजार ९६८ मत पाएकी छन्।

बालेन र स्थापितबीचको मतान्तर ११ हजार बढी देखिन्छ।

भुतपुर्वक निर्वाचित ब्यक्तिहरुका लागी यो मेरो पोस्टनव निर्वाचित ब्यक्तिले पैसा खुवाएर  मत ल्याएको छ । यस्तो सोच आउदै छ भ...
18/05/2022

भुतपुर्वक निर्वाचित ब्यक्तिहरुका लागी यो मेरो पोस्ट

नव निर्वाचित ब्यक्तिले पैसा खुवाएर मत ल्याएको छ । यस्तो सोच आउदै छ भने दिमाग बाट कृपया निकाल दिनुहोला। किनकि तपाईंले पनि मौका पाउनु भएको थियो। तर तपाईले काम गर्न सक्नु भएन । जनता को मन जित्न सक्नु भएन । यदि जनता को मन जित्नु भएको भए सायद पैसा अरुको खाएता पनि Vote तपाईलाई नै दिन्थियो। त्यसैले म के भन्न चहान्छु गल्ती तपाईको हो, तपाईले स्वीकार्नु पर्छ ।Aafhu laie realize garaaunu parxa ki mailay raamro kaam garina. Ma bata galti vhayo. mailay gareko sewa maa katai kami vhayexa.

Dedicated :This is to all political leaders- ek choti janata ko man maa bashi haalnu, i mean placed vhai haalnu. Tayspaxi paisa invest garnu pardaina . Automatically, Sabai tapie laie nai support garxan🙏🙏Janata ko man jitna ko laagi jantako हितको लागि काम गर्नु पर्छ । राम्रो काम गरेर सन्तुष्टि बनाउनु। अबस्य सन्तुष्टि हुन्छन ।


मेरो कुरा मन परेको छैन भने Plz Mind na gardinu hola🙏तर वास्तवमा त्यहि हो यथार्थकपरक कुरा🙏🙏

18/05/2022

हाल सम्मको ताजा अपडेटः
नगर प्रमुख -
सूर्य ७९४३
रुख ६३९४
ढल्केको छाता ३८२०

नगर उपप्रमुख -
सूर्य ७६००
रुख ७००३
गोलाकार भित्रको हसिया हथौडा १९६२
ढल्केको छाता १६३८

हाल वडा नं ९ को मतगणना कार्य जारी रहेको छ ।

वडा नं ९ को १५१३ मत गणना गर्दाः
वडा नं ९ - वडाध्यक्ष
सूर्य ६१५
रुख २८३
वडा नं ९ - महिला सदस्य
सूर्य ४९२
रुख ३०७
वडा नं ९ - दलित महिला सदस्य
सूर्य ४७७
रुख ३४३

वडा नं ९ - वडा सदस्य
सूर्य ४६०
दुई सूर्य ४१८
रुख २७६
दुई रुख २६७

हालसम्म विजयी हुने वडा अध्यक्ष पदका उम्मेदवारहरूः

वडा नं १ - विर बहादुर राई (नेपाली कांग्रेस)
वडा नं २ - विनोद कुमार राजवंशी (नेपाली कांग्रेस)
वडा नं ३ - अतन कुमार बुढाथोकी (नेकपा एमाले)
वडा नं ४ - छेदिया यादव (नेपाली कांग्रेस)
वडा नं ५ - युगेश्वर प्रसाद ठाकुर (नेकपा माओवादी केन्द्र)
वडा नं ६ - कमल कुमार मोक्तान (नेकपा एमाले)
वडा नं ७ - संजय कुमार सिंह (नेकपा एमाले)
वडा नं ८ - अनुवार मिया (नेपाली कांग्रेस)

हालसम्म विजयी हुने महिला सदस्य पदका उम्मेदवारहरूः

वडा नं १ - तारा देवी सापकोटा (नेपाली कांग्रेस),
वडा नं २ - सविता बुढाथोकी (नेपाली कांग्रेस),
वडा नं ३ - मनसरी राजवंशी (नेकपा एमाले),
वडा नं ४ - धन कुमारी दास (नेपाली कांग्रेस)
वडा नं ५ - सुनिता कुमारी दास (नेकपा एमाले)
वडा नं ६ - टिका पौडेल (नेकपा एमाले)
वडा नं ७ - गिता कुमारी गनगाई (नेपाली कांग्रेस)
वडा नं ८ - सुफिया नाज (नेपाली कांग्रेस)
हालसम्म विजयी हुने दलित महिला सदस्य पदका उम्मेदवारहरूः

वडा नं १ - अस्मिता दर्जी (नेपाली कांग्रेस),
वडा नं २ - मन्जु ऋषिदेव (नेपाली कांग्रेस),
वडा नं ३ - डिल्ली माया सार्की (नेकपा एमाले),
वडा नं ४ - कल्पना शिवा (नेपाली कांग्रेस)
वडा नं ५ - सुमित्रादेवी रिषिदेव (नेकपा एमाले)
वडा नं ६ - रेखादेवी बैठा (नेकपा एमाले)
वडा नं ७ - पार्वती देवी रिषिदेव (नेपाली कांग्रेस)
वडा नं ८ - अमारी देवी रिषिदेव (नेपाली कांग्रेस)
हालसम्म विजयी हुने खुला सदस्य पदका उम्मेदवारहरूः

वडा नं १ - नुर हुसेन मिया र घनश्याम गनगाई (नेपाली कांग्रेस),
वडा नं २ - गोपाल बस्नेत र लक्ष्मी प्रसाद गनगाई (नेपाली कांग्रेस),
वडा नं ३ - सहदेव राजवंशी र हेम बहादुर कटुवाल (नेकपा एमाले),
वडा नं ४ - तुला राम राजवंशी र सरम लाल गनगाई (नेपाली कांग्रेस),
वडा नं ५ - विरेन्द्र प्रसाद केवरत (नेकपा एमाले) र प्रदीप कुमार केवरत (नेकपा माओवादी केन्द्र)
वडा नं ६ - इलियास मिया र सुर्यानन्द साह तेली (नेकपा एमाले),
वडा नं ७ - जय नारायण ठाकुर र ज्यावुल रहमान (नेपाली कांग्रेस),
वडा नं ८ - पर्वतलाल सिंह गनगाई (नेपाली कांग्रेस), कुशेश्वर गनगाई (जसपा नेपाल)

Address


Telephone

+601137683780

Website

Alerts

Be the first to know and let us send you an email when Hamro online news.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro online news.com:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share