EPS TOPIK

EPS TOPIK This page is snout korean language.which base is help to wants to learn korean language students.

कोरियामा अबैधानिक बस्ने विदेशी कामदारलाई नयाँ नियम लागु हुने !दक्षिण कोरियामा अबैधानिक बसोबास गर्ने विदेशी कामदारको लागी...
06/10/2019

कोरियामा अबैधानिक बस्ने विदेशी कामदारलाई नयाँ नियम लागु हुने !

दक्षिण कोरियामा अबैधानिक बसोबास गर्ने विदेशी कामदारको लागी कोरियाको न्याय मन्त्रालयले नयाँ नियम ल्याउने भएको छ।कोरियामा अबैधानिक बस्ने विदेशीलाई अवदेखी स्वदेश फर्किनुभन्दा पहिले कडा निरिक्षण प्रकृया पार गरेर मात्र स्वदेश फर्किन सक्ने नियम यहाँको न्याय मन्त्रालय लागु गर्न लागेको हो।

मन्त्रालयका अनुसार अबदेखी कोरियामा अबैधानिक बसोबास गर्ने विदेशी कामदारले आफु स्वदेश फर्कनको लागी आफुखुशी फर्कन नसक्ने बताएको छ।जसको लागी निश्चित प्रकृया पुर्याएर मात्र फर्किन सकिनेछ,यदि अवैधानिक बसोबास गरेको ब्याक्ती स्वदेश फर्कन चाहेको खन्डमा उसले स्वदेश फर्कनुभन्दा (३ देखी १५ दिन) अगावै आफु फर्किने अनुमती रिपोर्ट (स्वदेश प्रथान अनुमती फाराम) पेश गर्नैपर्ने बाध्यात्मक नियम लागु हुने भएको हो।

अहिलेसम्म अबैध बसोबास गर्ने विदेशीहरु आफुखुशी एयरपोर्टमै फर्कने दिन मात्र सम्बन्धित अधिकारीलाई जानाकारी गराएर फर्किन सक्थे भने अबको नियमले यो कुरा प्रतिबन्ध गर्नेछ।उनिहरुले पुर्व लिखित सुचना गराएर मात्र स्वदेश फर्कन सक्ने बताईएको छ।उल्लेखित नयाँ नियम आउदो अक्टोबर २१ देखी लागु हुने भएको हो।यो नियम लागु भए पश्चात अवैध विदेशी नागरिक जो अपराधमा संलग्न हुन्छन उनिहरु यहाँबाट भाग्न सक्नेछैनन।

यो नियम लागु भएपश्चात अबैध विदेशी यदि आफुखुशी स्वदेश फर्कन चाहेको खन्डमा अनिबार्य आफ्नो पासपोर्ट र फ्लाईट टिकट प्रस्थान रिपोर्ट फाराम भर्दा पेश गर्नुपर्ने हुन्छ।स्वदेश प्रस्थान फाराम १५ दिन अगावै पेश गरेपछि स्वदेश फर्कने दिन एयरपोर्टमा रहेको अध्यागमन बिभागले रिपोर्ट चेक गर्नेछ त्यसपछी यदि उक्त ब्याक्ती कुनैपनी अपराधिक गतिबिधीमा लागेको छ भने उसलाई पक्राउ गर्ने तथा कानुनी कारवाही गरिने छ,यदि उक्त ब्याक्तीको पुलिस रिपोर्ट ठिक छ भने उसलाई बिना रोकतोक स्वदेश फिर्ता अनुमती दिईने जनाएको छ।

मन्त्रालयले स्वदेश फिर्ता हुनको लागी स्वदेश प्रस्थान फारम आवेदन आउदो अक्टोवर १४ तारिखदेखी खुल्ला गर्नेछ।स्वदेश फर्किन चाहने अबैध बिदेशी नागरिकले www.hikorea.go.kr तथा अध्यागमन विभागको वेभसाईट www.immigration.go.kr मार्फत आवेदन दिनसक्ने बताईएको छ।

गत महिना कोरियामा अबैध बसेका काजकिस्थानका एक नागरिकले छाङवनको ईलिमेन्टरी स्कूलको ७ बर्षिय एक विधार्थीलाई कुटेको १८ घन्टा भित्रमै कोरियाबाट भागेपछी कोरियन सरकारले यस्तो नियम ल्याउन लागेको हो।

कोरियाको न्याय मन्त्रालयले काजकिस्थान सरकार संग उक्त ब्याक्तीलाई पक्रिनको लागी अनुरोध गरेको मन्त्रालयले जनाएको छ।

fnctId=recentBbs,fnctNo=16 전국 출입국기관 조사과장 회의 한-몽골 출입국관리 고위급 회의 법무부-전국다문화도시협의회 업무협약(MOU) 체결 2019년 제1회 사회통합 자문위원회 한-인도네시아 출입국 고위급 회담 사이버 본부장실 안.....

05/10/2019

दक्षिण कोरिया जान चाहनेहरुले बुझ्नैपर्ने महत्वपुर्ण कुराहरु!

सोल: दक्षिण कोरियाबारे पर्याप्त बुझेर मात्र त्यहाँ जाँदा सहज हुने जानकारहरू बताउँछन्।

श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत रहेको वैदेशिक रोजगार विभागका अनुसार नेपालीहरूसँग रोजगारदाता कम्पनीले चाहेजस्तो काम गर्न सक्ने क्षमता र वैदेशिक रोजगारका अन्य गन्तव्य मुलुकभन्दा दक्षिण कोरियामा आम्दानी समेत राम्रो हुने हुँदा कोरियाप्रति धेरैको आकर्षण रहने गरेको छ। विभागस्थित ईपीएस शाखाका सूचना अधिकारी शोभाकर भण्डारीका अनुसार नेपाली कामदारहरूको ‘कार्यक्षमता’ र ‘इमानदारी’का कारण दक्षिण कोरियामा नेपाली जनशक्तिको माग बढ्दो छ।

भाषिक ज्ञान सबैभन्दा महत्त्वपूर्ण:
भण्डारीका अनुसार दक्षिण कोरिया जान चाहने कामदारहरूका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको भाषा हो। उनका अनुसार हरेक वर्ष तोकिने कोटा पूरा गर्ने मुख्य आधार भनेको भाषासम्बन्धी परीक्षा नै हो।

“उक्त परीक्षामा कसले कति अङ्क ल्यायो भन्दा पनि माग भएको कुल सङ्ख्यामा आफूले प्राप्त गरेको अङ्क पुग्यो वा पुगेन भन्ने कुरा महत्त्वपूर्ण हुन्छ,” भण्डारीले भने। कोरियाली भाषा सिक्नका लागि राजधानी काठमाण्डू र अन्य प्रमुख सहरहरूमा पर्याप्त रूपमा ‘ल्याङ्वेज सेन्टर’ खुलेका छन्।

काठमाण्डूमा मात्र करिब पाँच सयको हाराहारीमा त्यस्ता सेन्टरहरू रहेको भण्डारीको अनुमान छ। कोरियामा काम गर्न जानेको सङ्ख्या बढ्ने क्रम जारी रहेपछि उक्त देशमा काम गरेर फर्केका नेपालीहरूले पनि त्यस्ता ‘ल्याङ्वेज सेन्टर’ सञ्चालन गरेको बताइन्छ। त्यसो त कोरियाली भाषा सिक्नका लागि अन्लाइन कोर्स र स्वाध्ययनकै मात्र सहारा लिनेहरू पनि थुप्रै रहेको जानकारहरू बताउँछन्।

स्वास्थ्य परीक्षण:
दक्षिण कोरियामा रोजगारीका लागि जान चाहनेहरूका लागि अर्को महत्त्वपूर्ण काम भनेको शारीरिक अवस्था र स्वास्थ्य परीक्षण रहेको सम्बन्धित विषयका जानकारहरू बताउँछन्। यस्तो परीक्षण कम्तीमा दुई पटक गर्नुपर्ने हुन्छ। भाषिक परीक्षामा उत्तीर्ण भइसकेपछि शरीरको पूर्ण जाँच गर्नुपर्ने हुन्छ भने कोरिया जानुअघि क्षयरोग भए वा नभएको निर्क्योल गर्नुपर्ने हुन्छ। कोरियामा अध्यागमन पार गरेर लगिने कामदार प्रशिक्षण केन्द्र पुगेपछि पुन: एक पटक सरुवा रोग लगायतको जाँच गरिन्छ। “उक्त परीक्षण पास गर्न नसकेको अवस्थामा कामदारहरूलाई सम्बन्धित देशमै फिर्ता पठाइन्छ जस कारण आफ्नो स्वास्थ्यबारे पूर्ण रूपमा ढुक्क भएर मात्र यात्रा गर्न उचित हुन्छ,” भण्डारीले भने।

कति हुन्छ आम्दानी?
कोरियाबाट फर्केका कामदारहरूको भनाइ मान्ने हो भने मासिक करिब डेढ लाख रुपैयाँदेखि तीन लाखसम्म कमाइ गर्न सकिन्छ। तर त्यो भने कामको क्षेत्र, प्रकृति अनि कार्यक्षमतामा भर पर्छ। वैदेशिक रोजगार विभागका अनुसार उक्त पारिश्रमिक नेपाली कामदारहरू जाने गन्तव्यहरूको तुलनामा धेरै राम्रो हो। राम्रो प्रतिफल आउने आशाकै कारण तुलनात्मक रूपमा कम समयमै कोरिया, मलेशिया र विभिन्न खाडी मुलुकपछिको सबैभन्दा बढी कामदार जाने मुलुकका रूपमा स्थापित हुन सफल भएको अधिकारीहरूको भनाइ छ।

04/10/2019

कोरियामा थ्वेजिगुम नलिए नेपालमा यसरी लिन सकिन्छ

दक्षिण कोरिया गएर १ वर्षभन्दा बढी काम गरेर फर्कने व्यक्तिले स्वदेश फिर्ती अवधि समाप्ति बिमा (थ्वेजिगुम) पाँउछन्।
कोरियामा काम गर्न जाँदा रोजगारदाताले कामदारको मासिक तलबबाट ८.३% साम्सङ ह्वाजेमा जम्मा गरेको हुन्छन्। यो रकम १ वर्षभन्दा बढी कोरियामा काम गरेर अवधि समाप्त हुँदा वा स्वेच्छाले छोड्दा काम गर्नजाने सबैले फिर्ता लिन पाइन्छ। यो फिर्ता पाउन कोरियामा नै प्रक्रिया सुरु गर्न सकिन्छ।
तर यदि त्यो नगरी आएको भए पनि नेपालमा नै यसका लागि प्रक्रिया अगाडि बढाउन सक्नुहुन्छ। बिमा रकम फिर्ता नलिई स्वदेश फर्केमा के गर्ने, पैसा लिनको लागि कहाँ र कसरी सम्पर्क गर्ने र यसका लागि के के कागजपत्र चाहिन्छ त?
बिमाको रकम नलिई फर्केमा के गर्नुपर्छ?
कोरियाबाट फर्कँदा बिमाको रकम नलिई फर्केमा नेपालको ईपीएस सेन्टरमा बिमा रकम पाँउ भनेर निवेदन दिन सकिन्छ।
बिमा गरेर अवधि सकिएपछि पनि लिन नगए यो रकम के हुन्छ?
कोरियामा गएर साम्सङ ह्वाजेमा बिमा गरी समय अवधि सकिएको ३ वर्ष हुँदा पनि यदि सम्बन्धित व्यक्तिले दाबी गर्न नआएमा साम्सङ ह्वाजे कम्पनीबाट कोरियाको एच आर डी कार्यालयमा पठाइन्छ। तपाईले सकभर तीन वर्षभित्रै पैसा दाबी गर्न गइहाल्दा राम्रो हुन्छ।
सो अवधि सकिसकेपछी रकम फिर्ता लिन चाहने व्यक्तिले कहाँ जानुपर्छ?
कोरियामा रहँदा ईन्स्योरेन्स दाबी नगरेका व्यक्तिहरूले ह्यमेन इन्स्योरेन्स रकम लिनको लागि नेपालमा रहेको एच आर डी कोरिया ग्वार्कोमा सम्पर्क गर्नुपर्ने हुन्छ।
के के कागजपत्र चाहिन्छ?
राहदानीको फोटोकपी,नेपालको “क” वर्गको बैङ्क खाताको बैङ्क स्टेट्मेन्ट वा चेकको फोटोकपी (आफ्नै नामको बैङ्क खाताहुनुपर्छ),राहदानीमा भएको अराइभ्ड स्ट्याम्प (नेपाल फर्किएको मिति) भएको पेजको फोटोकपी भए पुग्छ।थप जानकारीका लागि:एच आर डी कोरिया,ग्वार्को,फोन नं : ०१–५५२०४४५

03/10/2019

कोरियामा विनाशकारी टाइफुन, कम्तिमा ६ जनाको मृत्यु , हजारौं मानिसलाई सुरक्षित स्थानमा सारियो!

शोल।दक्षिण कोरियामा आएको टाइफुन मिताग कारण कम्तिमा ६ जनाको मृत्यु भएको छ । अन्य कैयौ बेपत्ता भएका छन् । मिट्याग टाइफुनका कारण दक्षिणी र पुर्वी क्षेत्रमा भारी वर्षा र तिब्र वेगको हावाहुरी चलेको कोरियन सञ्चार माध्यमले जनाएका छन ।
दक्षिणी शहर बुसानमा गएको पहिरोमा ४ जना पुरिएको बताइएको छ ।विनाशकारी आँधी मिट्याग बुधवार राति हेनाममा प्रवेश गरेको थियो । हेनाम हुदै बिहीवार विहान पुर्वी सागर तर्फ अघि बढेको मौषम विभागले जनाएको छ ।
त्यस्तै पर्यटकिय टापू जेजुमा पनि टाइफुनले जनजिवन प्रभावित पारेको र १ हजार ५ सयलाई सुरक्षित स्थानमा सारिएको अधिकारीले जनाएका छन् । यस्तै टाइफुन प्रभावित क्षेत्रमा विद्यूत आपुर्ती अवरुद्ध हुदाँ ४४ हजार घर परिवार प्रभावित भएको बताइएको छ ।

Watch this video and subscribe us !https://youtu.be/84SZQxREXuI
15/08/2019

Watch this video and subscribe us !
https://youtu.be/84SZQxREXuI

This video clip make by seoul grandpark . South korea one of the best famous tourism area .

If anyone interest to learn korean language then follow this link and subscribe the channel.https://youtu.be/U3OIrfU9uY8
09/08/2019

If anyone interest to learn korean language then follow this link and subscribe the channel.
https://youtu.be/U3OIrfU9uY8

This video is about sino korean number .

If anyone interest to learn korean language then follow this link and subscribe the channel.https://youtu.be/afSgjQr-VzE
08/08/2019

If anyone interest to learn korean language then follow this link and subscribe the channel.
https://youtu.be/afSgjQr-VzE

This video is about basic korean language which is base by eps model (esp topik). There are some some pic which is very important . If there is any problem (...

Address

Ansan

Website

Alerts

Be the first to know and let us send you an email when EPS TOPIK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to EPS TOPIK:

Share

Category


Other Ansan media companies

Show All