Bimal Dangi बिमल डाँगी

Bimal Dangi बिमल डाँगी आफ्नो कर्ममा रमाउने मान्छे

02/09/2024

बा शब्द नै मायाको संगालो हो: कुशे औँशी - बुवाको मुख हेर्ने दिन…सम्पूर्ण बुवाहरुमा हार्दिक नमन !
❤️🙏

01/09/2024

मंगल ग्रह पुग्ने समयमा हाम्रो जात हेरेसी

31/08/2024

Dhiraj Magar को आँखा Miruna Lisara Magar क्या सारो राम्रो गित अनि मान्छे हो Rukum maikot

31/08/2024

कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीको पुर्खौली घर पनि भोजपुर । हराएका वर्षहरुका पात्र प्रकाश मोक्तानको घर पनि भोजपुर नै । मुख्यमन्त्रीज्यूहरु बसाई सरेर झापा जानु भएको । प्रकाश दाइको परिवार पनि झापा नै गएको । आज प्रकाश दाइको नागरिकता बनाउन भोजपुर जादै गर्दा प्रकाश दाइसँग मुख्यमन्त्रीज्यूले संवाद गर्नुभयो । उहाँको बाँकी जिवन राम्रो बनाउन प्रदेश सरकारले पनि सहयोग गर्ने सुनाउनुभयो । उहाँहरुको संवाद !
video Rajesh Rai

I've received 125,000 reactions to my posts in the past 30 days. Thanks for your support. 🙏🤗🎉
31/08/2024

I've received 125,000 reactions to my posts in the past 30 days. Thanks for your support. 🙏🤗🎉

30/08/2024

भोजपुर फर्कदै गरेका प्रकाश तामाङ संग समाजसेवी आशिका तामाङको भेटघाट, कुराकानी र केही सहयोग !
❤️‍🩹

चुम भ्यालीका प्रकाशका साहु (टासी) का छोरा छेतेनसँग आज herne katha Team संग भेट हुदा भएक कुराकानी  । काठमाडौं बसेर १२ कक्...
30/08/2024

चुम भ्यालीका प्रकाशका साहु (टासी) का छोरा छेतेनसँग आज herne katha Team संग भेट हुदा भएक कुराकानी । काठमाडौं बसेर १२ कक्षासम्म पढेका २३ वर्षका छेतेन अहिले सामागाउँमा स्कुल पढाउँछन् । “हामीलाई त धेरैले नराम्रो भने, गाली गरे । हाम्रो कुरा पनि राखिदिनुस् न" - छेतेनले भने ।

छेतेनसँग गरिएका कुराकानी उनकै शब्दमा :

“हामी ठूलो मान्छे हैन । सबैले साहु भने पनि हामी धनी मान्छे पनि हैन । आम्दानी भनेको त्यही किरा मात्र हो । त्यो पनि सँधै भेटिँदैन । बाउ आमाले पढेको पनि छैन । बोल्न पनि जान्दैन । मलाई पहिलाको कुरा त धेरै थाहा छैन । तर सुनेको छु । प्रकाशलाई गाउँमा लिएर जाने चाहिँ मेरो काका हो । हाम्रो गाउँमा दाजुभाइले एउटै श्रीमती बिहे गर्ने चलन थियो । त्यो बेला मेरो बुबा र काकाको एउटै श्रीमती थियो । श्रीमती बित्नुभयो । त्यसपछि काका चाइनाको केरुङमा अर्को बिहे गरेर घरज्वाइँ बस्न जानुभयो । मेरो बुबाले पनि अर्को बिहे गर्नुभयो ।

मेरो आमासँग बुबाको विहे हुनु अगाडिदेखि नै प्रकाश दाइ हाम्रो घरमा हुनुहुन्थ्यो । मेरो बुबा र प्रकाशको उमेर पनि ५-७ वर्ष मात्र फरक होला । प्रकाशले मेरो बुबालाई दाइ (ज्योज्यो) भन्नुहुन्छ अनि मेरो आमालाई चाहिँ दिदी (आचे) भन्नुहुन्छ । हाम्रो घरमा जे पाक्छ त्यही खाएर एउटै परिवार जसरी हुर्केको हो । सामाजिक सन्जालमा आएजस्तो अन्याय गरेको छैन ।

पहिला देखिको चलन चल्ती चाहिँ घरमा दुइटा छोरा मान्छे हुँदा एउटाले घर व्यवहार र खेतीपाती हेर्ने अर्कोले चाहिँ चौंरी हेर्ने । प्रकाशले चौंरी हेर्थ्यो मेरो बुबाले चाहिँ घर खेत हेर्थ्यो ।

हामी सानो थियौं । हामीलाई स्याहार सुसार गरेर हुर्काउने नै प्रकाश दाइ हो । मलाई घरको कामहरु सिकाउने नै उहाँ हो । मैले खास काका भन्नुपर्थ्यो वहाँलाई । तर सबैले पक्का भन्ने भएर म पनि पक्का भन्छु ।

प्रकाशले कहिले पनि पैसाको कुरा गरेन । हामीले पनि गरेनौं । तर बेला बेलामा बाउ आमा खोज्न जान पाए हुन्थ्यो भन्थ्यो । बुबा आमाले पनि बाहिरी संसार खासै देखेको थिएन । कहाँ जाने !

प्रकाश घरको सदस्य जस्तो हो । हाम्रो गाउँमा वर्षेनी घोडे जात्रा हुन्छ । घोडे जात्रामा हरेक घरको प्रतिनिधि भएर छोरा मान्छे जानु पर्छ । हाम्रो घरबाट ड्रेस लगाएर प्रकाश नै जान्थ्यो ।

गोठालाको चलन चाहिँ कस्तो भने - सिजन हुन्छ । गाउँभरिको चौंरीको जिम्मा लिनुपर्छ । रक्सी खाएर जिम्मा लिसकेपछि त्यो सिजन छाड्न मिल्दैन । वचन दिइसकेको हुन्छ । तपाईंहरुले लिएर जाने बेला चाहिँ सिजन सुरु भइसकेको थियो । प्रकाशले रक्सी खाएर जिम्मा लिइसकेको थियो । त्यही भएर पठाउन अफ्ठ्यारो मानेको हो मेरो बुबाले । १० दिनमा ल्याइदिनु भनेको हो । अनि तपाईंहरु पनि अन्जान मान्छे हुनुभयो । नचिनेको मान्छेलाई कसरी आफ्नो घरको मान्छे जिम्मा लगाउनु । त्यही भएर त्यस्तो भनेको हो । साहु भएर त्यस्तो भनेको हैन ।

अनि तलबको कुरामा चाहिँ अब घर परिवार जस्तै भएपछि स्यालरी कसरी दिनु ! के कुरा गर्नु !

अनि हाम्रो गाउँमा बाहिरको मान्छेले किरा टिप्न पनि पाउँदैन । तर प्रकाश दाइले कीरा टिप्दा गाउँको मान्छेले केही भन्दैन । देखे नदेखे जस्तै गरिदिन्थ्यो । अनि कीरा बेचेको पैसाले प्रकाशले चौंरी किन्थ्यो घरकै लागि । अस्ति बाउआमा भेटे पछि पो उसलाई मेरो पनि बाउ आमा रहेछ जस्तो लाग्न थालेको, पैसाको महत्व लाग्न थालेको । उसले जे कमाउँथ्यो हाम्रै घरको लागि खर्च गर्थ्यो ।

उसलाई गोठालो काम मन पर्ने अर्को कारण पनि छ । उसलाई जनावर एकदम मन पर्छ । उ घरमा आउँदा कुकुर विरालोका छाउरा लिएर आउँछ ।
हरेक जनावर उसलाई मन पर्छ । माथि गोठतिर मान्छेहरुले चौंरीका बाच्छाबाच्छीलाई दुध खान दिँदैनन् । तर पक्का दाइले त्यस्तो गर्दैन । लुकी लुकी खान दिन्छ ।

हामीले नागरिकता पनि बनाइदिन खोजेको । तर त्यही हो - मिलेन ।

पाल्जोर भन्ने दाइ छ । अहिले फ्रान्समा छ । हाम्रा बाउ र काकाको बितिसकेकी साझा श्रीमतीको छोरा । उसले चाहिँ प्रकाशलाई धेरै माया गर्छ । उसले र प्रकाशले सँगै समय बिताएका थिए गाउँमा । उ कुरा बुझ्ने छ । पाल्जोरले आफ्नो भागको अंश प्रकाशलाई दिनु भनेका थिए ।

तर नागरिकता नभएर अंश दिन पनि मिलेन । प्रकाशको बिहे पनि गरिदिन खोजेको गाउँमै । तर आफ्नो नागरिकता नभए पछि बच्चाहरुको पनि नागरिकता हुँदैन भनेर प्रकाशले बिहे गर्न मान्नुभएन ।

बुबासँग कुरा भइराख्छ । बुबा पनि खुसि नै हुनुहुन्छ । यत्रो वर्ष बसेको मान्छे माया त लागिहाल्छ नि । सम्बन्धको हिसाबले छोड्न मन थिएन । तर उसको इच्छा ।

केरुङमा बस्ने काकाले १० लाख दिन्छु भनेको छ । अनि फ्रान्समा बस्ने दाइले २ लाख ।

उसलाई भोजपुरमा कसकसले जग्गा दिन्छु भनेको छ रे । दिए हुन्थ्यो । नागरिकता बने हुन्थ्यो । बरु मिल्छ भने त चुमबाटै नागरिकता दिए हुन्थ्यो । उसले हिमाली भेग बुझेको छ । भोजपुर बुझेको छैन । मेरो बिचारमा त उ बाउ आमाको मुख हेरेरै भोजपुर जान लागेको हो । उ फर्केर आउँछ भने त अझै पनि फ्रान्समा बस्ने पाल्जोर दाइले आफ्नो भागको अंश दिन्छु भनेको छ । केरुङ बस्ने काकाले अनि हामीले पनि उसले भोजपुरमा बिहे गरे पनि चुम आएर बिहे गरे पनि बिहे खर्च पनि दिन्छौं भनेका छौं ।

म त अहिले सानो नै छु । तर पनि प्रकाश मेरो बुबा जस्तो मान्छे हो । उसलाई भविष्यमा मैले गर्न सक्ने सबै सहयोग गर्न तयार छु । “

- छेतेन दोण्डुप
by herne katha

29/08/2024

‘दुई-चार पैसा सहयोग गरेर अपमानित गर्न चाहन्नौं’ ।

27/08/2024

साच्चै नै भाबुक बनायो यो बिछोडपछिको मिलनले..😪 तपाइले हेर्नू भयो त ! हेर्ने कथाको हराएका वर्षहरु, मैले हेरे तर अँखा बाट आसु झरी हर्यो हेर्दा.....
तपाईं पनि हेर्न नछुटाउनुहोस
साभार - herne katha

24/08/2024

Bishnu majhi को 2081 नया तीज गित बजारमा आयो, AAINA AAMA YO TEEJMA बल्ल तिज लाग्यो, विश्नु माझी गित सुन्न कोको पर्खिनु भएको थियो ??

22/08/2024

उनी त मेरो मान्छे हुन ❤️❤️

दाङको लमही नगरपालिकाका मेयर जोगराज चौधरीले आफ्नै घरमा डोजर चलाएर लमही–कोइलाबास हुलाकी सडकखण्ड क्षेत्रको सडक बिस्तार अभिय...
22/08/2024

दाङको लमही नगरपालिकाका मेयर जोगराज चौधरीले आफ्नै घरमा डोजर चलाएर लमही–कोइलाबास हुलाकी सडकखण्ड क्षेत्रको सडक बिस्तार अभियान थालेका छन् ।

20/08/2024

आइफोन बनाउने त पाल्पाका सन्तोष पो रैछन ।। 😊😊 को को लाई थाहा छ

20/08/2024

Dhorpatan पुगेर पनि नच्न नछोड्ने रोल्पाली BoMgr चिन्ने कोको हुनुहुन्छ

20/08/2024

बुर्तिबाङ ढोरपाटन सडक खण्ड अन्तर्गत ढारबोट मा पहाड खस्याे । यात्रा गर्दा बिशेष सावधानी अपनाउनुहाेस
भिडियाे- शिवराज कडेल

16/08/2024

सोलुखुम्बुको थामे गाउँ वरिपरि धेरै ठुलो बाढी आएको छ:
Massive flooding in Thame of Solukhumbu. Locals fear of glacial lake outburst flood in Everest region.

Video. Bhadra Sharma

खेलाडीलाई सम्मान स्वरुप पुरस्कार हिजो बसेको मन्त्रिपरिषद बैठकले काभा वुमन्स नेसन्स भलिबल लिग २०२४ मा  सहभागी १४ जना नेपा...
16/08/2024

खेलाडीलाई सम्मान स्वरुप पुरस्कार
हिजो बसेको मन्त्रिपरिषद बैठकले काभा वुमन्स नेसन्स भलिबल लिग २०२४ मा सहभागी १४ जना नेपाली खेलाडीलाई सम्मान स्वरुप जनही ३ लाख रुपैयाँ, मुख्य प्रशिक्षकलाई दुई लाख रुपैयाँ तथा व्यवस्थापक, सहायक प्रशिक्षक र फिजियो गरी तीन जनालाई जनही एक लाख २० हजार रुपैयाँ दिने निर्णय गरेको छ।

रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा अवस्थित पुथा हिमाल जस्को उचाई ७ हजार २४६ मिटर अग्लो छ  ।तस्बिरः कुलदीप न्यौपा...
16/08/2024

रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा अवस्थित पुथा हिमाल जस्को उचाई ७ हजार २४६ मिटर अग्लो छ ।

तस्बिरः कुलदीप न्यौपाने

14/08/2024

गाउँ घर रमाइलो छ

14/08/2024

कुरो यस्तो आयो kp बा को तपाइलाई कस्तो लाग्यो, के छ योजना तपाइको

住所

Toshima, Tokyo

電話番号

+818064935058

ウェブサイト

アラート

Bimal Dangi बिमल डाँगीがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Bimal Dangi बिमल डाँगीにメッセージを送信:

ビデオ

共有する