08/10/2023
विभिन्न मिस्त्रीहरुको दैनिक हाजिरा जन-गुनासो पछि जनहितमा घटाईयो
खरसाङ 8 अक्टूबर : घर वा अन्य निर्माण कार्यको निम्ती प्लान गरिरहेका मानिसहरुको निम्ती एउटा राहतको सामाचार प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा कमेटीको पक्षबाट आएको छ ।
प्राप्त जानकारी अनुसार, प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा कमेटीकाे एउटा सभा आईतबार खरसाङ स्थित सुबेदार बस्ती समाज भवनमा संगठनका महकुमा अध्यक्ष एलजिन ब्राह्मणको अध्यक्षता मा सम्पन्न भयो । उक्त सभामा नै विभिन्न मिस्त्रीहरुको दैनिक हाजिरा जन-गुनासो पछि जनहितमा घटाईयो छ भनी जानकारी पाईएको छ ।
यस अवधि पत्रकारहरुसित बोल्दै, एलजिन ब्राह्मणले बताए अनुसार, उक्त सभामा विशेष बढ़दाे दैनिक हाजिरा विषयलाई लिएर नै राखिएको थियो। तिनले भने, गत केहि दिन अघि मात्र लिखित रुपमा एउटा पत्र संगठनलाई आएको थियो साथै दिनहुँ साधारण मानिसहरुकाे गुनासो आई रहेको थियो कि बढ़दाे। दैनिक हाजिराले आममानिसहरूलाई घर निर्माण गर्न धेरै असुविधा भईरहेकाे छ । यसर्थ यस विषयमा तिनको श्रमिक संगठनकाे पक्षबाट आमनागरिकहरुलाई दैनिक हाजिरा कम गराएर केहि राहत दिनुपर्छ भनी सभामा छलफल गरिएको जानकारी अध्यक्ष एलजिन ब्राह्मणले दिये ।
ब्राह्मणले थप बताए अनुसार, अबोप्रान्त सिमेन्ट,काठ, टायलस, रड मिस्त्रीको दैनिक हाजिरा 800 रुपियाँ रहने छ भने, ढुंगा फुटाउने साथै रंग-पुटिन गर्ने मिस्त्रीकाे प्रति दिनको हाजिरा 700 रुपियाँ रहनेछ भनी तिनले बताए। सोहि अनुरुप, हेलपरकाे हाजिरा प्रति दिन 600 रुपियाँ भन्दा ज्यादा मांग्नु पाउने छैन भनी सभामा निर्णय लिईयो । ब्राह्मणले अघि जनाए अनुसार, यदि यस दैनिक हाजिरा विषय विरुद्ध कसैलाई गुनासो छ भने संगठनका प्रतिनिधिहरु सँग सम्पर्क गरिदिने भनी सभामा जानकारी पनि गराईयो ।
खरसाङ क्षेत्रमा दैनिक काम रुपमा काम गर्ने कामदारहरुले अब-उसाे संगठन सँग जोड़िएको नै हुनुपर्छ भन्ने विषयहरु पनि सभामा राखिएको थियो ।
आजको सभामा खरसाङ सेल्स्मेन सेक्टरका सदस्यहरुको पनि उपस्थिति रहेको थियाे । खरसाङ बजार साथै वरिपरिका दाेकान-पाटमा काम गर्ने कर्मचारीहरु पनि यस संगठनसित जाेड़िनु पर्छ साथै उनीहरुकाे समस्याकाे सामाधान तर्फ पनि संगठनले काम गर्ने निर्णय आज सभामा लिएको जानकारी गराईएको छ ।
यस अवधि सेल्समेन सेक्टरका संयाेजकहरुकाे रुपमा प्रसाद शर्मा, निर्मल प्रधान, मनि गुरुङ, राकेश राेका, पुरण छेत्रीलाई नियुक्त पत्र प्रदान गरिएको छ ।
सभामा मुलसचिव शरण विश्वकर्म, उप-सभापति उदय गुरुङ, हर्कबहादुर विश्वकर्म, भिम प्रधान, सह-सचिव रंजन तामाङ, सांगठनिक सचिव नवीन शेर्पा, शनि तामाङ साथै अन्य कार्यकारी सदस्यहरुकाे उपस्थिति पनि सभामा रहेको थियो भनी अध्यक्ष ब्राह्मणले बताए ।