Face Of Gorkhas

  • Home
  • Face Of Gorkhas

Face Of Gorkhas नमस्ते
सामाजिक संजालको दुनियामा जानकारी र मनोरञ्जनको लागि सधैं तपाईको साथमा Face Of Gorkhas.
(1)

भुजेल सेवा घर, सिलगडीमा शुरूभानु चौक, बैकण्ठपुर, सालुगडा (सिलगडी) निवासी, गोर्खा जातिका कर्मठ समाजसेवी श्री रमेश भुजेलले...
05/04/2024

भुजेल सेवा घर, सिलगडीमा शुरू

भानु चौक, बैकण्ठपुर, सालुगडा (सिलगडी) निवासी, गोर्खा जातिका कर्मठ समाजसेवी श्री रमेश भुजेलले आज भुजेल सांस्कृतिक संगठनलाई दुइकोठाको घर “भुजेल सेवा घर” प्रदान गर्नु भएको छ भने भुजेल बोर्ड अध्यक्ष श्री प्रदीप खवासले ओड्ने ओछ्याउने सामाग्रीहरूको व्यवस्था गरिदिनुभएको छ। यस सेवा घरमा जहाँबाट पनि सिलगडी आएर आपद-विपदमा पर्नु भएका वा आर्थिक रुपमा कमजोर रहेर सिलगडीमा बस्न कठिनाइ भोग्नु हुने सम्पूर्ण भुजेलहरूका निम्ति निशूल्क बस्न सक्ने व्यवस्था गरिएको छ। विशेष सिलगडीमा पढ्न आउने विद्यार्थी अनि उपचारका निम्ति आएका बिमारीहरूले घरहरू नपाइञ्जेल यहाँ बस्न सक्नु हुनेछ। तथापी यस भुजेल सेवा घरमा बस्नका निम्ति केही नियामावालीहरू संगठनको तर्फबाट तय गरिएको छ। त्यस मध्ये बस्न आउनु हुने सबैले भोटर कार्ड वाध्यतामूलक देखाउनु पर्ने छ जसको आधारमा नै बस्ने व्यक्तिको परिचय सत्यापन गरिने छ। परिचय नखुलेका व्यक्तिलाई बस्न अनुमति दिइने छैन भने जाड-रक्सी, मद-मदिराको सेवन गरेका व्यक्तिलाई पनि बस्न अनुमति दिइने छैन। यहाँ बस्नका निम्ति शाखा सभापति वा सिधै केन्द्रीय समिति महा-सचिव डा कमल भुजेललाई सम्पर्क गर्न सक्नु हुनेछ।
भुजेल सांस्कृतिक संगठनले धेरै अघि देखि सिलगडी, दार्जीलिङ, कालेबुङ, खर्साङ, मिरिकमा भुजेलहरूका निम्ति बस्ने घरहरू सांगठानिक रुपमा व्यवस्था गर्ने कोसिस गरिरहेको थियो। विशेष सिलगडीमा बिमारी परेर आउँदा होस् वा टाडाबाट आएर राती रेलबाट उत्रिँदा, विद्यार्थीहरू कलेज-युनिवर्सिटी भर्ना गरिरहेको बेला चिनाजान व्यक्तिहरू छैन भने धेरै गाह्रो हुने गर्दछ। कति त वाध्यतामा आएर रेल स्टेशनको प्लेटफार्ममा पनि सुत्नु पर्दछ भने होटेलहरूमा बस्दा हेपिनु पर्ने, ठगिनु पर्ने स्थितिहरू पनि देखा परेको छ। बोर्ड-परीक्षाहरूको बेला पनि विद्यार्थीहरूलाई घर पाउन निकै गाह्रो पर्दछ भने धेरैलाई महंगो घरहरूमा बस्न धाउ धाउ पनि पर्दछ।
यस्तै समस्याहरूलाई समाधान गर्नका निम्ति यी ठाउँहरूमा सांगठानिक रुपमा केहि घरहरूको व्यवस्था गरेर राखिदिए हाम्रा विद्यार्थीहरू, बिमारीहरू ढुक्क भएर बस्न सक्ने छन्। यस कार्यका निम्ति यस्ता सामाजिक व्यक्तिहरूको सहयोग सधैँ नै स्वागत जनाउँदछौँ। कसैले पनि अझै संगठनलाई यस्ता सामाजिक कार्यका निम्ति घरहरू प्रदान गर्न चाहनुहुन्छ भने हामी सहर्ष स्वीकार गर्ने छौँ।
यस भुजेल सेवा घर प्रदान गरेर असल कार्यको थालनी गर्नु हुने श्री रमेश भुजेललाई “भुजेल सांस्कृतिक संगठनको” तर्फबाट हार्दिक कृतज्ञता प्रकट गर्दछौँ।

05/04/2024

चुनाव.! चुना आयो.! चुनाव.!

07/02/2024

नफल्ने वन तरुल नै हो त.?

07/02/2024

Jalapa bazaar

सालबारीमा साहित्यकार इन्द्रबहादुर राईको ९७ औँ जन्म जयन्ती पालन खरसाङ ( 5 फरवरी ): भारतेली नेपाली साहित्यका शिखर पुरुष एव...
05/02/2024

सालबारीमा साहित्यकार इन्द्रबहादुर राईको ९७ औँ जन्म जयन्ती पालन

खरसाङ ( 5 फरवरी ): भारतेली नेपाली साहित्यका शिखर पुरुष एवम् 'तेस्रो आयाम' र 'लीला लेखन' साहित्य अभियानका प्रणेता साहित्यकार इन्द्रबहादुर राईको ९७ औँ जन्म जयन्ती सालबारीमा पालन गरियो। उक्त समारोहमा कवि सञ्जय बान्तवा, वरिष्ठ कथाकार बिन्द्या सुब्बा र वरिष्ठ कवि, अध्येता ज्ञानेन्द्र खतिवडाका बाहुलीबाट स्व इन्द्रबहादुर राईको तस्विर अघि दीप प्रज्ज्वलन गरिएपछि उपस्थित सम्पूर्ण साहित्यिक सर्जकहरूले खदा, पुष्पद्वारा श्रद्धासुमन अर्पण गरेका थिए।
कार्यक्रमलाई कवि हेमन्त काफ्लेले सञ्चालन गरेका थिए। उनले उपस्थित सम्पूर्ण वरिष्ठ साहित्यकार, कवि र साहित्य प्रेमीहरूलाई स्वागत जनाए। उनले यस कार्यक्रमको उद्देश्य र औचित्यबारे प्रकाश पार्दै खरसाङको बालासन खोलाको बगरमा ३ फरवरी १९२७ को दिन जन्मेका इन्द्रबहादुर राई सशरीर हामीमाझ नरहे तापनि उनका 'विपना कतिपय', 'आज रमिता छ', 'कठपुतलीको मन' र अन्य धेरैवटा प्रसिद्ध कृतिले उनलाई अजर अमर बनाएर राख्नेछ भन्ने तथ्यलाई प्रस्ट पारे। उनले इन्द्रबहादुर राईको भाषासाहित्य प्रतिको प्रतिबद्धताबारे बोल्दै नेपाली भाषालाई 'विदेशी' चिन्हित गरिँदा इन्द्रबहादुर राईले प्रथमोप्रथम इ स १९७७ मा उनलाई प्राप्त भएको 'साहित्य अकादमी पुरस्कार' जस्तो सम्मान फिर्ता गरिदिएको सत्यबारे पनि सभालाई बताए। समारोहमा कवि सञ्जय बान्तवाले इन्द्रबहादुर राईको साहित्यकार व्यक्तित्वमाथि प्रकाश पार्दै राईको अपूर्व योगदानबारे चर्चा गरे। सञ्जय बान्तवाले आफ्नो मन्तव्यमा भने, - 'इन्द्रबहादुर राईले रोमान्टिक कालदेखि उत्तरआधुनिक कालसम्म नेपाली साहित्य विकासका प्रत्येक तहमा केन्द्रीय भूमिका निभाएका छन् । नेपाली साहित्यमा 'तेस्रो आयाम' साहित्यलेखन-अभियानको प्रस्तावनाले युगान्तकारी कार्य गरेको छ भने यसका सिद्धान्त प्रतिपादनले नेपाली साहित्यलाई एक आवर्तक चिन्तन-पद्धति प्रदान गरेको छ। 'तेस्रो आयाम' बाट विस्तारित 'लीला लेखन' ले उत्तर संरचनावादी चरित्रको विकास गर्दै भाषिक, वस्तु तथा भावजन्य अवकासको माध्यमबाट उत्तर आधुनिकतावादी स्वरूप ग्रहण गरेको छ। इन्द्रबहादुर राईले आफ्नो जीवन साथै साहित्य लेखनको अन्तिम कालमा आएर नेपाली साहित्यको रचना र ग्रहण प्रक्रियामा 'बुटस्ट्रयापिङ थिअरी' लाई अनुगमन गर्न सकिने सम्भावना तथा आग्रह देखाएका छन् । 'बुटस्ट्र‌यापिङ' को अवधारणालाई आधुनिक ज्ञानानुशासनका प्रत्येक प्रायोगिक क्षेत्रले ग्रह‌ण गरेर उल्लेखयोग्य परिणाम प्राप्त गरेको छ। कुनै बाह्य शक्ति‌को अनुपस्थितिमा पनि वस्तुको सूक्ष्म एकाङ्शले आन्तरिक उर्जालाई अपरिमित विस्तारमा बढाउन सक्दछ भन्ने 'बुटस्ट्रयापिङ सिद्धान्त' को आशय छ। इन्द्रबहादुर राईले आफ्नो चिन्तन अनुसार यस क्षेत्रलाई नेपाली साहित्यमा प्रयोग गरेर चिनाउन भ्याएनन् । 'लीला लेखन' मा प्रमात्रा भौतिकीको अनुप्रयोग गर्ने राईको सर्जक साथै समालोचकले त्यसकै विस्तार गर्ने उपक्रम सुरु गरेको अनुमान लगाउन सकिन्छ। इन्द्र‌बहादुर राईले मौलिक साहित्य सिर्जना गरे, समालोचना लेखे। मौलिक लेखनमा साहित्य सिद्वान्तलाई प्रजननात्मक चरित्र प्रदान गरे। समालोचनामा समकालीनता, आधुनिकता, काव्यभाषा, कवितामा काल-अवकास लेखन आदि विषयमाथि गम्भीर बहस चलाए अनि दिशा देखाए।इन्द्रबहादुर राईको साहित्य अपरिमित छ। उनको साहित्य माथि उल्लेखनीय रूपमा शोध, अनुसन्धान, चर्चा आदि हुन सकेको छैन। इन्द्रबहादुर राईको साहित्यमाथि पर्याप्त चर्चा हुनसके त्यहाँ अनेकौँ तह खोलिने छन्।समाजलाई लाभ पुग्नेछ।'
यस अवसरमा कथाकार बिन्द्या सुब्बाले आफ्नो मन्तव्यमा भनिन् - 'इन्द्रबहादुर राई एकजना सजग एवम् अथक साहित्यकार हुन् । जीवन - जगत, साहित्य-कलालाई अनन्य दृष्टिकोणबाट व्याख्या गरेर उनले व्यवहार्य्य बनाए।' बिन्द्या सुब्बाले अझ भनिन्- 'यस दृष्टिकोणले उनका साहित्यकार व्यक्तित्व साथै कृतित्व महान् छन्। इन्द्रबहादुर राईलाई स्मरण गर्नु अब साहित्य-समाजको उत्तरदायित्व हो।यो वर्ष पनि सालबारी, सविता गोम्देन साहित्य कक्षको तत्त्ववधानमा '९७ औँ इन्द्रबहादुर राई जन्मजयन्ती' पालन गरिएको छ। यो अवसर अत्यन्त सुखद् एवम् उदाहरणीय घटना हो।' समारोहमा वरिष्ठ कविहरू मोहन ठकुरी, नोर्जाङ स्याङदेन, गोपीचन्द्र प्रधान, साहित्य अनुरागी चन्द्रप्रकाश राई, कथाकार मणिकुमार प्रधान, साहित्यकार मोनिका प्रधान, वरिष्ठ कथाकार जीतबहादुर सोनार, कवि लीलबहादुर सोनार, निर्मल सिन्चुरी, चित्रकार, कवि सुवास छेत्री, वरिष्ठ लेखक आइएन शर्मा लगायत वरिष्ठ समाजसेवी पूर्ण मगर आदिको विशेष उपस्थिति रहेको थियो।

05/02/2024

59औं स्थापना दिवस समारोह 7 / 11 गोर्खा राइफल्सको भु पु सैनिक ,मिरिक

"इन्डियन आइडल १४" बाट नेपाली चेली मेनुका पौडेल बाहिरिएकी छिन।
04/02/2024

"इन्डियन आइडल १४" बाट नेपाली चेली मेनुका पौडेल बाहिरिएकी छिन।

रिपोर्टस क्लब आफ मिरिक, तराइ साखाका पत्रकारहरुले पानीघट्टा पुलिस पोस्टका नया ओ सी एस आई सञ्जय तिर्कि लाई भव्य स्वागत जना...
04/02/2024

रिपोर्टस क्लब आफ मिरिक, तराइ साखाका पत्रकारहरुले पानीघट्टा पुलिस पोस्टका नया ओ सी एस आई सञ्जय तिर्कि लाई भव्य स्वागत जनाए।
नोट : फोटोमा थप दुइ भाइ टिम एन डि इन्टरटेन्टमेन्टका म्यानेजर निशान तामाङ्ग र क्यामेराम्यान हेमन क्षेत्री ।

04/02/2024

मैले स्वार्थको राजनीतिक गरेको भए अहिले पनि जि टि ए चिफ को पदमा हुने थिए। - बिमल गुरुङ (अध्यक्ष गो ज मु मो)

आजबाट माध्यमिक परिक्षा सुरु भएको छ। यसै माध्यमिक परिक्षा लाई मध्य नजर राख्दै बागडोगरा आरभि फाउन्डेसन र वन विभाग द्वारा ब...
02/02/2024

आजबाट माध्यमिक परिक्षा सुरु भएको छ। यसै माध्यमिक परिक्षा लाई मध्य नजर राख्दै बागडोगरा आरभि फाउन्डेसन र वन विभाग द्वारा बागडोगरा आसपास दुर्गम गाउँ र बगानका परिक्षार्थी नानी-बाबुहरुलाई परिक्षा केन्द्र सम्म ल्याउन र लैजान निसुल्क सवारी साधनको बन्दोबस्त गरि दिएका छन्। बागडोगरा आरभि फाउन्डेसन द्वारा अप्पर बागडोगरा केन्द्र रहेका परिक्षार्थी नानी-बाबुहरुलाई पानी र डटपेन उपलब्ध गराए। उक्त परिक्षा केन्द्र मा करिब 250 बिधार्थी हरुले माध्यमिक परिक्षा दिइरहेका छन्।

02/02/2024

मोनिका राईको सपोर्टर काठमाडौं बाट दार्जिलिङ आइ पोख्नु भयो गुनासो

 #पानिघट्टा             पानीघट्टा पुलिस पोस्टबाट मानव रोयको स्थानान्तरण भएको छ। तिनी अब दार्जीलिङ जिल्ला अन्तर्गत बिजनबा...
02/02/2024

#पानिघट्टा
पानीघट्टा पुलिस पोस्टबाट मानव रोयको स्थानान्तरण भएको छ। तिनी अब दार्जीलिङ जिल्ला अन्तर्गत बिजनबारी खण्डमा पर्ने पुलबजारमा नयाँ थाना प्रभारीको रुपमा बस्नेछन्। रोयको स्थानमा बिधाननगरका पुर्व ओसी सन्जय तिर्कीले अब पानीघट्टा पुलिस पोस्टमा नयाँ ओसीको पद ग्रहण गर्नेछन् । पुर्व ओसी मानव रोयलाई बिदावरी दिन बिहिवार पानीघट्टा स्थित पुलिस थाना स्थलमा मिरिक ओसी मन्तोस सरकार, एसआई ज्योतिष रोय , थानाका सबै कर्मचारीहरु लगायत वहाँलाई माया जनाउने शुभचिन्तकहरु भेला भइ नम आँशुको साथमा पानीघट्टा बाट बिदा जनाइयो। बिदा हुन अघि रोयले भावुक बन्दै थाना प्रभारीको रुपमा बसेर मैले जति यस क्षेत्रका लागी गरे त्यसमा यदि कुनै बेला भखत भुल भएमा क्षमा गरिदिने भन्दै थानाका सबै कर्मचारीहरुलाई आफ्नो कर्तव्य निष्ठापुर्वक पालन गरिदिने सुझाव दिदै पानीघट्टा बाट नम आँसुको साथमा बिदा लिए।

31/01/2024


आज करिब ०२:२५ बजे तिर मिरिक तर्फ बाट बागडोगरा तर्फ आइरहेको कार असन्तुलित भइ बागडोगरा तर्फ बाट पानिघट्टा तर्फ गइरहेको बाइकलाई कमलपुर चिया बगान नजिक ठक्कर दिदाँ बाइक चालक घाइते,

घरबाटै पिकअप भ्यान चोरी नकसलबारी खण्ड अन्तर्गत निरपानी मिरजङ्ला निवासी नर्बु शेर्पाको WB73C4003 नम्बरको पिकअप भ्यान घरबा...
28/01/2024

घरबाटै पिकअप भ्यान चोरी

नकसलबारी खण्ड अन्तर्गत निरपानी मिरजङ्ला निवासी नर्बु शेर्पाको WB73C4003 नम्बरको पिकअप भ्यान घरबाट नै चोरी भएको छ। शनिबार रात्री करिबन 11 बजे तिर उक्त पिकअप भ्यान चोरी भएको हो। चोरले रात्री घरमा सबैजना सुतिरहेको बेला थाहा नपाई बिस्तारै चोरेको हो भनी स्थानीय वासीहरुले बताएका छन्। स्थानीय गाउँवासी लगायत नजिकैको पुलिस थाना खोजीतलासमा जुटिसकेका छन् भने यदि कसैले कतै उक्त पिकअप भ्यानलाई देखेको खण्डमा निम्न नम्बरमा सम्पर्क गरिदिने अनुरोध गरिन्छ।

सम्पर्क नम्बर :- +9185099 75068

26/01/2024

#७५ औं गणतन्त्र दिवसको शुभकामना,
साथमा सहिद सुवास थापाको आमा सँग गरिएको बिषेश कुराकानी

25/01/2024

अखिल भारतीय तामाङ्ग बौद्ध सँघको ३६औं बार्षिक अधिवेशन २०२४

*युकेएफसी खरसाङ फाइनलमासुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको आयोजन अनि युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोगमा ज...
25/01/2024

*युकेएफसी खरसाङ फाइनलमा
सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको आयोजन अनि युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोगमा जारी सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको 17औं संस्करणमा युनाइटेड खरसाङ (Kurseong) फूटबल क्लब (यूकेएफसी)-ले रोमाञ्चक जीतको साथ फाइनलमा स्थान बनायो । बुधवार सुकना हाई स्कूल खेल मैदानमा भएको टुर्नामेण्टको पहिलो सेमिफाइनल म्याचमा यूकेएफसी-ले युनाइटेड एफसी दार्जीलिङलाई पेनल्टी शूटआउटमा 7-6-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर 2-2-को बराबरीमा रहेको थियो। त्यसपछि 5-5 मिनटको दुई हाफमा खेलाइएको अतिरिक्त समयको खेलमा पनि परिणाम हासिल नहुँदा पेनल्टी शूटआउट शुरु गरियो, जसमा 7-6-ले जीत हासिल गरी यूकेएफसी फाइनलमा पुग्यो। नियमित 90 मिनटको खेलमा यूकेएफसीबाट चिराग (Chirag) भुजेलले 34औं र गिल्सन लिम्बुले 35औं मिनटमा गोल गरे। यसरी युनाइटेड एफसी दार्जीलिङबाट दुवै गोल प्रणय (Pranay) राईले गरे। उनले 24औं र56औं मिनटमा गोल गरे। यूकेएफसी-का गोलकीपर रूपक कोयालाई प्लेयर अव् द म्याच चयन गरियो।
अब बिहीवार खेलिने दोस्रो सेमिफाइनल म्याचमा नेपालको रोलिंग क्लब र कालेबुङ (Kalimpong) पुलिसका खेलाडीहरु बीच भिड़न्त हुनेछ। यसरी नै खेलको फाइनल 27 जनवरीमा हुनेछ। टुर्नामेण्टमा विजयी हुने टीमलाई आकर्षक ट्रफीको साथमा 3 लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भने उपविजेता टीमलाई आकर्षक ट्रफीको साथमा 2 लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

22/01/2024

आउनुहोस् महाकाल बाबा मन्दिर को दर्शन गरौं।

😭दुखद खबर😭निरपानीका समाज सेवक गणेश क्षेत्री अब हामी माझ रहेनन्..!       अति नै दुखको साथमा हजुर हरुलाई सुचित गर्दछौं कि,...
22/01/2024

😭दुखद खबर😭
निरपानीका समाज सेवक गणेश क्षेत्री अब हामी माझ रहेनन्..!
अति नै दुखको साथमा हजुर हरुलाई सुचित गर्दछौं कि, निरपानीका एक समाजसेवी साथै अति नै मिलनसार व्यक्ति गणेश क्षेत्री (बस्नेत) को आज सोमबार दिउँसो १२:४५ बजे ५४ बर्षको उमेरमा सिलगढी को एउटा अस्पतालमा निधन भएको छ। क्षेत्री लामो समय देखि बिमारीले ग्रसित थिए भने उपचारको क्रममा नै उनको निधन भएको हो। निरपानी भानुग्राम बस्ति निवासी स्वर्गिय लालबहादुर क्षेत्री को माइला छोरा गणेश क्षेत्री (बस्नेत) को स्वर्गारोहणको घटनाले सम्पूर्ण निरपानी बस्नेत परिवार मा शोकको लहर छाएको छ। उहाँ हिल्स तृर्णमुल काङ्ग्रेस मिरिक अञ्चल समितिका सचिवको पदमा पनि रहेका थिए। भोलि मंगलबार बिहान १० बजे उहाँको पार्थिव शरीरको अन्तिम शवयात्रा निकालिने छ। स्वर्गिय क्षेत्री को आत्मा को चिर शान्तिको कामना हेतु उहाँको अन्तिम यात्रामा सहभागिता जनाइदिन हुन परिवार पक्षबाट निवेदन गरिएको छ।

22/01/2024

जय श्रीराम.!
सौरेनी बजार, मिरिक..!

🙏शुभ प्रभात🙏    आज बर्ष २०२४ को प्रथम गुरू पद्मसम्भव दशमी तिथिको दिन विश्व शान्तिको कामना गर्दै दिनको आरम्भ गरौं।
20/01/2024

🙏शुभ प्रभात🙏
आज बर्ष २०२४ को प्रथम गुरू पद्मसम्भव दशमी तिथिको दिन विश्व शान्तिको कामना गर्दै दिनको आरम्भ गरौं।

19/01/2024

#हार्दिक_श्रद्धाञ्जली
नेपाली आधुनिक संगीतका सदावहार गायक एवं वरिष्ठ संगीतकार योगेश वैद्य

😭हार्दिक श्रद्धाञ्जली😭नेपाली आधुनिक संगीतका सदावहार गायक एवं वरिष्ठ संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ।...
19/01/2024

😭हार्दिक श्रद्धाञ्जली😭

नेपाली आधुनिक संगीतका सदावहार गायक एवं वरिष्ठ संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ। बिहीवार राति १२ः३० काठमाडौंको सुन्धारास्थित काठमाडौं भ्याली अस्पतालमा उनको निधन भएको हो। उनले ‘सपना भुलाइ सारा आँशु लिएर जाऊ’, ‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ जस्ता चर्चित गीतहरु गाएका छन्।

19/01/2024

अक्षरहरुको अभिनन्दन स्मृतिग्रन्थ लोकर्पण गरिने

मगरजोङ्ग 19 जनवरी
सुकेपोखरी खण्डको मगरजोङ्ग चियाबारी अरेञ्ज भिल्ला निवासी चार साहित्यिक एवम् सामाजिक क्षेत्रका स्रष्टा क्रमैले हेमचन्द्र तामाङ, नरमान साम्पाङ , रवि बान्तवा अनि भूषण राईको बहुमुल्य योगदानको सम्मान गर्दै मगरजोङ्ग अरेञ्ज भिल्लाको सक्रिय साहित्यिक एवं सामाजिक संस्था सृजना कला कुञ्जद्वारा प्रकाशित कृति "अक्षरहरुको अभिनन्दन "आगामी 22 जनवरी 2024 सोमबारको दिन मगरजोङ्ग कर्णवीर गाउँ स्थित शिक्षक हिरण बस्नेत निवासमा सांस्कृतोक एवं साहित्यिक कार्यक्रमको साथ विधिवत लोकर्पण गरिने भएको छ। डा° राजकुमार छेत्री , शर्मिला गुरुङ्ग अनि अमिर सुब्बाले सम्पदन गरेको उक्त पुस्तकमा जम्मा 60 वटा रचनाहरु समावेश गरिएका छन्। क्षेत्रका सक्रिय संस्था सृजना कला कुञ्जको विभिन्न गतिविधिहरु मध्ये संस्थाले यश वर्ष पहिलो पटक महत्वपुर्ण पुस्तक प्रकाशन गरेका छन्। यसबारे जानकारी गराउदै स्मृतिग्रन्थका प्रमुख सम्पादक डा° राजकुमार छेत्रीले थप बताएका छन्।

16/01/2024

माघे मेला, माइ खोला २०८०

Address


Telephone

+916294725076

Website

Alerts

Be the first to know and let us send you an email when Face Of Gorkhas posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Face Of Gorkhas:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share