24/05/2025
राष्ट्रिय महिला आयोगकी वरिष्ठ सदस्या अर्चना मजुमदारले शनिवार लङ्भ्यू चिया बगानको आकस्मिक भ्रमण गरिन्। भ्रमण अवधि लङ्भ्यू चिया बगानको वर्तमान स्थितिबारे जानकारी लिइन्। यसै अवधि श्रमिकहरुको पक्षबाट दश सूत्री माग पनि राखियो। यसबारे जानकारी गराउँदै स्थानीय हमिङ तामाङले मजुमदारलाई श्रमिकहरूको निम्ति सरकारले न्यूनतम रोज अधिनियम लागु गर्नुपपर्छ भन्ने तथा लङ्भ्यू चियाबारीमा यहाँको मालिक नै परिवर्तन गर्नुपर्छ भन्ने मागलाई विशेष जोड दिँदै यसतर्फ ध्यानाकर्षण गराए।