D knowledge nepal

D knowledge nepal Vehicle related videos will be posted from this page

09/12/2023

Top 5 Most expensive bike price in nepal 2023

08/12/2023

Most chepest bike in nepal

Full video : D Knowledge Nepal

09/11/2023

गाडी चलाउदा गर्न नहुने केही गल्ती हरु ⚠️

28/06/2023

How do you apply the brakes while driving a manual car

05/11/2022
20/07/2022

natural swimming pool inside forest In Chitwan kathar ❤️😲
Vlog ◀️

Full video on link ⏬
https://youtu.be/VPM2fyfyk8E

16/07/2021

अब क्यूआर कोडसहितको छुट्टै ड्राइभिङ लाइसेन्स

सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) पास गरेका चालकका लागि सरकारले छुट्टै लाइसेन्स जारी गर्ने भएको छ । यातायात व्यवस्था विभागले ट्रायल पास गरेकाे सुरूकाे एक वर्ष अवधिका लागि क्यूआर कोडसहितको छुट्टै कार्ड जारी गर्न लागेको हो ।

विभागका सूचना अधिकारी लाेकनाथ भुसालले यस्ताे कार्ड परीक्षणकाे क्रममा रहेकाे र अब ट्रायल पास गर्ने नयाँ चालकका लागि वितरण गरिने जानकारी दिए ।

‘विभागले पीभीसी कार्ड परीक्षण गरिरहेकाे छ । अब ट्रायल पास गर्ने चालकलाई एक वर्षसम्मको परीक्षण अवधि तोकेर पीभीसी कार्ड वितरण गर्नेछौं,’ टेकपानासँग उनले भने ।

उनका अनुसार ट्रायल पास गरेका चालकलाई एक वर्षपछि मात्रै स्मार्ट लाइसेन्स प्रदान गरिने र त्यस अवधिका लागि क्यूआर कोडसहितको लाइसेन्स प्रदान गरिनेछ ।

ट्राफिकले क्युआर कोडका आधारमा चालककाे लाइसेन्स जाँच गर्ने विभागले जनाएकाे छ । कार्डमा चालकको सम्पूर्ण आवश्यक विवरण ट्राफिकले आफ्नो मोबाइल फोनमार्फत थाहा पाउनेछन् ।

यस्तो कार्डले ट्राफिक उल्लघंन घट्ने विश्वास विभागको छ । ट्राफिकले कार्डमा ५ वटाभन्दा बढी प्वाल पारे एक वर्षपछि स्मार्ट ड्राइभिङ नदिने र पुनः लाइसेन्सको परीक्षा दिनुपर्ने व्यवस्था ल्याउन लागिएको छ ।

याेसँगै विभागले दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण गर्नेछ । ट्रायल उत्तीर्ण गरेका चालकलाई परीक्षणकाल (प्रोभिजनल) र परीक्षणकाल उत्तीर्ण भएका चालकलाई स्मार्ट सवारी चालक अनुमतिपत्र वितरण गरिनेछ ।

हाल काेराेना महामारीका कारण ट्रायल र नयाँ लाइसेन्स आवेदन बन्द छ । ‘हामी सीसीएमसीको आधिकारिक निर्णय कुरिहेका छौं । स्कुल, कलेज खुलेलगत्तै नयाँ लाइसेन्स आवेदन खुलाउने र ट्रायल सेन्टर सञ्चालनको अनुमति दिने छौं,’ भुसालले भने ।

यसपछि ट्रायल पास गर्ने चालकलाई एक वर्षका लागि पीभीसी कार्ड दिने विभागकाे याेजना छ ।

विभागका अनुसार पीभीसी कार्डमा स्मार्ट लाइसेन्सको जस्तो चिप हुँदैन । पीभीसी कार्डमा ‘बार कोड’ हुन्छ । बारकोडमा सवारी चालकको सम्पूर्ण विवरण समावेश गरिएको हुन्छ । प्रहरीले बार कोड स्क्यान गर्ने बितिकै त्यो अनुमतिपत्र नक्कली हो या सक्कली भन्ने थाहा पाउँछन् ।

त्यसैगरी सवारी चालक अनुमतिपत्र नवीकरणका लागि निवेदन दिएका व्यक्तिलाई नयाँ स्मार्ट अनुमतिपत्र प्राप्त नहुञ्जेलसम्म यस्ताे कार्ड वितरण गरिनेछ ।

27/05/2021

Nissan car price in nepal 2021
➡️➡️➡️➡️➡️➡️➡️➡️➡️➡️⬅️⬅️⬅️⬅️⬅️⬅️

Full video on youtube
Link ➡️ https://youtu.be/tgcx3W_ydBc

17/04/2021

cinematic short || upperdang Gadi

09/04/2021

नया लाईसेन्स प्रणाली 70% के हो त ( D knowledge Nepal )

सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षाका लागि नयाँ नियम ल्याएको छ । आगामी जेठ १ गतेदेखि लागू हुने गरी यातायात व्यवस्था विभागले लाइसेन्सका लागि अङ्कभारमा आधारित परीक्षा प्रणाली लागू गर्न लागेको हो ।

जेठ १ देखि लागू हुने सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ मा लिखित र प्रयोगात्मक (ट्रायल) दुबै परीक्षाको मोडालिटी परिवर्तन गरिएको छ ।

हाल प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुन्छ । तर नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक–फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ । अर्थात् सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनुपर्दैन ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले नयाँ निर्देशिका लागू गर्नेबारे प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवहरुसँग छलफल गर्ने बताए ।

निर्देशिकाले लिखित परीक्षा विद्युतीय माध्यमबाट र प्रयोगात्मक परीक्षा कम्प्युटरमा आधारित स्वचालित प्रणालीको प्रयोग गरेर अंक दिनसक्ने गरी सञ्चालन गरिने बताए ।

प्रश्नपत्र सार्वजनिक, सवारी साधन आफ्नै

नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गर्नेछ । त्यही संग्रहभित्रबाट २० वटा वस्तुगत बहुउत्तर प्रश्न सोधिनेछ । ३० मिनेटको परीक्षामा उत्तीर्ण हुन न्युनतम ७० अंक ल्याउनुपर्नेछ ।

लिखित परीक्षा पास भएका परीक्षार्थीले आफ्नै सवारी साधनबाट ट्रायल परीक्षा दिन सक्नेछन् । तर, त्यसका लागि मोटरसाइकल तथा स्कुटर कम्तीमा ९५ सीसीको इन्जिन भएको, कम्तीमा १२ सय मिलिमिटरको ह्विल बेस भएको, मोटरसाइकलमा म्यानुअल ट्रान्समिसन भएको, ‘हिल होल्ड र हिल असिस्ट’ समान प्रकृतिको भएको र सवारी दर्ता तथा तेस्रोपक्ष बिमा अद्यावधिक भएको हुनुपर्नेछ ।

कार जिपको हकमा कम्तीमा ७५० सीसी इन्जिन भएको, कम्तीमा २३ सय मिलिमिटर ह्विल बेस भएको, लम्बाइ चौडाइ र उचाइ क्रमशः ३३००, १४५० र १४५० मिलिमिटर भएको, समान प्रकृतिका ‘हिल होल्ड र हिल असिस्ट’ जोडिएको तथा सवारीको दर्ता र बिमा अद्यावधिक भएको हुनुपर्ने छ ।

निर्देशिकाअनुसार ट्रायलम प्रयोग गरिने सवारीमा इन्धन आपूर्ति, ब्रेक र ट्रान्समिसन प्रणाली चुस्त हुनुपर्नेछ । झ्याल, ढोका, लक लगायतका प्रणाली ठीक हुनुपर्छ । ट्रायल गर्दा कार/जिपको ‘रेयर भ्यू’ क्यामेरा छोप्नुपर्नेछ ।

मोटरसाइकल/स्कुटरको ट्रायल

मोटरसाइकल/स्कुटर/मोपेडको ट्रायल परीक्षा १०० अंकको हुनेछ । त्यसमा कम्तीमा ७० अंक ल्याए मात्रै उत्तीर्ण भएर लाइसेन्स हात पर्नेछ ।

१. घुमाउरो ‘8’

मोटरसाइलको ट्रायलमा अब घुमाउरो ‘8’को चरणलाई २० अंक दिइएको छ । घुमाउरो ‘8’ मा एकपटक भन्दा बढी अंकित रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा बढी भुइँमा खुट्टाले टेकेमा, ठीक दिशाबाट ठीक तरिकाबाट 8 नबनाएमा र सवारीको स्टार्ट बन्द भएमा परीक्षार्थी अनुतीर्ण हुनेछ । तर, ‘8’ भित्र एक पटकसम्म अंकित रेखा छोएमा र एकपटकसम्म खुट्टाले भुइँमा टेकेमा ५–५ अंक काटिनेछ ।

२.साँघुरो फलेक

साँघुरो फलेकको चरणलाई १० अंक राखिएको छ । यो चरणमा परीक्षार्थी भुँइमा टेक्ने वा फलेक पार गर्नुअघि नै बाहिर निस्किएमा अनुत्तीर्र्ण हुनेछ ।

३. यू–टर्न

‘यू–टर्न’लाई पनि १० अंकभार छ । सवारीमा टर्निङ इन्डिकेटर लाइट नबालेमा १० अंक काटिनेछ । तर, अंकित रेखा छोएमा भने अनुतीर्ण हुनेछ ।

४. ट्राफिक लाइट

ट्राफिक लाइटको चरणलाई १५ अंक राखिएको छ । यदि ट्राफिक लाइट नियम पालन नगरेमा १५ अंक नै काटिनेछ । तर, परीक्षार्थी अनुतीर्ण भने हुने छैन ।

५. उबड–खाबड (बम्प्स)

उबड–खाबड (बम्प्स) चरणलाई १५ अंकको भार छ । यो भागमा एक पटकसम्म खुट्टाले भुइँ टेकेमा ५ अंक काटिनेछ । यो भागमा एक पटकसम्म सवारीको स्टार्ट बन्द भएमा पनि ५ अंक घट्नेछ । यी दुबै गल्ती एकपटक भन्दा बढी गरेमा परीक्षार्थी अनुतीर्ण हुनेछ ।

६. उकालो (र्‍याम्प)

उकालो (र्‍याम्प) को अंकभार २० छ । यो भागमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अघि बढेमा, रोकिएको अवस्थाबाट सवारी अगाडि बढाउँदा पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा, ओरालो झर्दा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अघि बढेमा, एकपटभन्दा बढी सवारी स्टार्ट बन्द भएमा परीक्षार्थी अनुतीर्ण हुनेछ । उकालोमा एकपटसम्म सवारीको स्टार्ट बन्द भएपनि अंक काटिने छैन ।

७. व्यवहारगत पक्ष

परीक्षार्थीको व्यवहारगत पक्षको मूल्याङ्कनलाई १० अंक दिइएको छ । सवारी चलाउनुपूर्व सवारीको ऐना, टायर, ब्रेकको समान्य परीक्षण नगरेमा ३ अंक काटिनेछ । हेल्मेटको लक नलगाई सवारी चलाएमा ४ अंक काटिनेछ । अस्वाभाविक रुपले असंयमित तरिकाले सवारी चलाएमा ३ अंक काटिनेछ ।

06/03/2021

अटो रिक्सा सम्बन्धि सम्पुर्ण जानकारी
full video on youtube
D knowledge nepal
Link 👉️ https://youtu.be/LLTiMC6YQYI

Thank you so much guys for your love and support keep loving guys 🙏
09/02/2021

Thank you so much guys for your love and support keep loving guys 🙏

If you need to fill out an online application for a vehicle and motorcycle scooter license, please contact us. We will d...
04/02/2021

If you need to fill out an online application for a vehicle and motorcycle scooter license, please contact us. We will do so at a cheaper rate.

02/02/2021

अनलाइन फर्म भर्दा आएको समस्या को समाधान

Full video on youtube :👇️ https://youtu.be/ZTOloC9AhSA

Address

Raxaul

Website

Alerts

Be the first to know and let us send you an email when D knowledge nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category