अब ड्राइभिङ लाइसेन्स सम्बन्धि कुनै पनि समस्याको समाधान मिरिकमा नै हुनेछ। मिरिक महकुमा कार्यालय स्थित यातायात कार्यालयमा अबदेखि वाहन चालकका लाइसेन्स सम्बन्धि कार्यहरू हुने जानकारी गराउदै बिभागका प्रभारी उर्गेन तामाङ ।
नि:शुल्क भिजामा गएकी महिलालाई दुबैबाट उद्धार गरियो।गोरूबथानका एक महिलालाई न्याय(NGO)को दिल्ली शाखा अनि समाजसेवी बन्दना राईको सहयोगमा दुबैबाट उद्धार गरियो। उत्त महिला फ्रि-भिजामा घरेलु काम गर्न गएकी थिइन तर उनले ती ठाँऊमा हुन सम्मको दुःख पाइन जसको कारणले गर्दा उनलाई त्यस नरकबाट उद्धार गर्न न्याय(NGO) अनि समाजसेवी बन्दना राई लागि परिन अनि अन्तमा ती महिला घर फर्कन सफल बनिन।यस सहयोगको निम्ति ती महीला अनि परिवारले न्याय (NGO) अनि बन्दना राईप्रति आभार प्रकट गरिन् भने बिदेश जाने हाम्रा गोर्खे चेलीहरुलाई धेरै सोचेर बुझेर अनि एजेज्सी राम्ररी भेरिफाइ गरेर मात्र जाने अनुरोध गरे।
मिरिक,२७ फरवरी। सौरेनी समष्टि अन्तर्गत टिङलिङ चियाबारी पुनर्बास भएको गढी गाउँमा समाज घरको निर्माण गरिने भएको छ।समाज भवन निर्माण समितिका अध्यक्ष केबी कटुवालले आज नरिवल फुटाएर भवनको शिलान्यास गरिदिएका छन्।टिङलिङ गढी खेलमैदान मुन्तिर सडक किनारमा उक्त भवनको निर्माण हुने भएको छ।भवन निर्माण समितिका सचिव सन्तबीर छेत्री प्रमुख सल्लाहकार बीके बस्नेत उपाध्यक्ष सन्तोष दास लगायत गाउँका सदस्यहरुको प्रमुख रुपमा उपस्थिति रहेको सो समस्यालाई अाज पुरा गरिदिने छन्। आज शिलान्यास गरिएको छ भन्दै सभासद अरुण सिग्ची प्रति गाउँ बासीको तर्फबाट हार्दिक आभार प्रकट गर्छौ भनि बताएका छन्।कार्यक्रममा पुरोहित उमाकान्त काफ्ले विधिवत रुपमा पुजा अर्चना गरि उक्त समाज भवनको निर्माण कार्यको थालनी गरिएको छ।भवन निर्माण समितिका सचिव सन्तबीर छेत्रीले आजको यस् शिलान्यास सम
श्रीमद भागवत साप्ताहिक गणेश महापुराणको आज सातौ दिन।
मिरिक २७फरवरी: मिरिक महकुमा अन्तर्गत रहेको तराईको पूर्व च्याँगा बस्तीमा सम्पन्न भइरहेको साप्ताहिक श्रीमद भागवत महापुराणको आज सातौ दिनमा भक्तजनहरूको अपार भीड देखियो।पुराण श्रवण गर्नको लागि च्याँगा बस्ती लगायत वरिपरि गाउँका श्रद्धालु भक्तजनहरू पनि उपस्थित रहेको देखियो।
सामाजिक चेतना अभियान अन्तर्गत एसएसबीद्वारा खेलकूलकाे सामग्री वितरण।
मिरिक २५ फरवरी( निसं) समाजिक चेतना अभियान अन्तर्गत आठ बाहिनी खाेप्रेलले शनिबार मिरिक आले खेल मैदानमा मिरिक महकुमाका विभिन्न संघ संस्था अनि स्कूलहरूलाई खेलकूदकाे सामाग्री अनि एकतिस अनि सिस्ने गाँउबासीलाई साेलर सेटलाइट लाइट वितरण गर्याे।यस अवसरमा एसएसबीका कमाण्डेन चन्द्रपाल राठाेर,कमाण्डेन राजू यादव,मिरिक महकुमाका डिएमडिसी मृदुल श्रीमणी ,मिरिक नगरपालिका अध्यक्ष एलबी राई,मिरिक खण्ड विकास अधिकारी श्रेयाश्री माइती लगायत विभिन्न संघ संस्था अनि स्कूलका प्रतिनिधिहरू उपस्थित थिए। एसएसबीले आज खेलकूदकाे सामाग्रीमा फूटबल,क्यारेम बाेर्ड,भलिबल आदि वितरण गरेकाे छ।यस अवसरमा बाेल्दै एसएसबीका कमाण्डेन चन्द्रपाल राठाेरले एसएसबीले सीमा क्षेत्रमा बसाेबास गर्ने मानिसहरूकाे सुरक
मानवीय सहयोग लिएर अघि आए जनशक्ति फाउन्डेसन;पत्रकार विशाल लामाले जनाए आभार
मिरिक।२१ फरवरी।
दक्षिण भारतको बङ्गलोरमा गत केही दिन अघि एउटा दुर्घटनामा परि मिरिकका एक युवा ज्ञालछेन तामाङले ज्यान गुमाएका थिए। ज्यान गुमाएका यी ब्यक्तिको शवलाईव उद्धार गरि शल्यक्रिया सहित अन्तिम संस्कार समेत गरिदिएर मानवीय सहयोग पुर्याउदै ठुलो उपकारको गुण लगाउने बङ्गलोरको सक्रिय सामाजिक संस्था जनशक्ति फाउन्डेसनप्रति मिरिक का समाजसेवी एवं पत्रकार विशाल लामाले आभार व्यक्त गरेका छन् । लामाले आज पत्रकारहरुलाई सम्बोधन गर्दै फाउन्डेसन बङ्गलोरमा कार्यारत गोर्खाहरुको एउटा प्रमुख फाउन्डेसन रहेको तथा उक्त फाउन्डेसनका अध्यक्ष पी. थापा,महासचिव राहुल शंकर , सामाजिक कल्याण अधिकारी मन थापा , संस्थापक लक्ष्मी घिसिङ र अमिर तामाङ , सदस्य सम्झना गजमेर लगायत अन्य पदाधिकारीहरुको
मालबाहक चालक संगठनले गर्यो मालबाहक गाडी बन्द गर्ने घोषणा ।
मिरिक।१४ फरवरी(नि.स)
मिरिक ट्रक ड्राइभर अनर्स एसोसिएसनले अाज देखि सम्पूर्ण मालबाहक गाडी पिकअप भ्यान संगठनले बन्द राख्ने चेतावनी दिएको छ।बन्दमा अवधि दुधको गाडी अनि अति आवश्यक सर समान लिएर अाउने पिकअप भ्यानलाई भने बन्दबाट छुट दिएको छ।चालकहरूले लामो समयदेखि रोयल्टीको समस्या झेल्दै अाइरहेका छन्।यस समस्यालाई सुल्झाउन हामीले पहल गर्दै आइरहेका छौ ।बीगत केही महिना अगाडि देखि बालासन खोलाको घाट बन्द रहेपछि यसलाई पुनः सुचारु गराउने दिशामा बीतेको 11 फरवरीको दिन मिरिक चालक संगठन अनि दार्जिलिङ चालक संगठनको संयुक्त सभा सिलगढी सर्किट हाउसमा डीएम सित बसेको सभामा कुनै चुडान्त निर्णय नभए पछि हिजो फेरि खरसाङमा बसेको 16 वटा संगठन दूारा बसेको सभाले चालक संगठनले बन्द गर्ने घोषणा गरेपछि मिरिक ट्रक ड्राइभर
गोपालधारा कोठि गाउँमा समाज का १६ जना वरिष्ठ ब्यक्तित्व एवं वृद्ध नागरिकहरु सम्मानित
सरस्वती पुजाको शुभपोलक्ष्यमा गोपालधारा कोठि गाउँमा समाज का १६ जना वरिष्ठ ब्यक्तित्व एवं वृद्ध नागरिकहरुलाई गाउँका समाजसेवी अदिती राईद्वारा सल एवं खदार्पन गरि सम्मानित गरियो भने दिवङ्गत मानिसहरुको स्मृतिमा दुई मिनटको मौन धारण गरियो ।राजेश गुरुङ ,अनि तरुण सुवेदीद्वारा संचालित पुजा अनुष्ठानमा स्थानीय सक्रिय युवाहरु विशाल राई,सागर फागु,प्रजु थापा मनिक थापा लगायत अन्यले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
थुलुङ्ग गाउँ एफ.सी (बी) को सपना चकनाचुर पार्दै १०७ टी.ए ले गर्यो फाइनलमा प्रवेस
मिरिक :२१ जनवरी।
संयुक्त मंच मरमा चियाबारीको आयोजनामा सम्पन्न भइ रहेको गिडोन थुलुङ स्मारक गोल्ड कप तथा नगद राशि फूटबल प्रतियोगिताको आज सम्पन्न प्रथम सेमी फाइनल खेलमा थुलुङ गाउँ "बी"- को भीडन्त १०७,टी.ए सित भयो।
राष्ट्र गान स-सम्मान गाएर शुरु गरिएको आजको सेमी फाइनल खेलको आनन्द लिन दर्शकको खचाखच भीड देखियो।
खेलको पूर्वार्द्धमा १०७ ,टी.ए -ले थुलुङ गाउँ एफ सी (बी)माथि धेरै चाप बनाएको देखिए तापनि
थुलुङ गाउँ एफ. सी का दलले काउन्टर आक्रमण गर्ने धेरै कोसिस गरेको देखियो तर सफल हुन सकेन। थुलुङ गाउँका स्ट्राइकरद्वय वाङ्छेन तामङ र राकेस राईले सक्दो प्रयास गरे तापनि टी.ए को डिफेन्डरलाई बिट गर्न सकेन।
खेल शुरु भएको २० मिनटमा प्रकाश रोयले टी.ए को पक्षमा एक शानदार गोल दागेर खेललाई अझ रोमाञ्चक
गिडोन थुलुङ स्मारक गोल्ड कप फूटबल प्रतियोगिता ;थुलुङ गाउँ (ए) ले गर्यो सेमी फाइनलमा प्रवेश
मिरिक: १३ जनवरी।
संयुक्त मञ्च,मरमा चियाबारीको आयोजनामा सम्पन्न भइ रहेको गिडोन थुलुङ स्मारक गोल्ड कप तथा संयुक्त मञ्च नगद राशि खुल्ला लात्ते भकुण्डो प्रतियोगिताको आज पहिलो क्वार्टर खेल सम्पन्न भयो ।
रास्ट्रीय गीतबाट शुरू भएको आजको प्रथम क्वार्टर फाइनल खेलको अध्यक्षता डुप्टीन ग्राम पन्चायत सचीव सुरज शेर्पाले गरेका थिए भने थर्बु डुप्टीन समष्टि भारप्राप्त सभासद मिलेस राई एक गाउँले तथा दर्शकको रूपमा खेलाडीहरूलाई प्रोत्साहन दिन आएका थिए।
खेलको पूर्वाद्धमा थुलुङ गाउँ एफ.सी का खेलाडीहरुले धेरै आक्रमक खेलको प्रदर्शन गरे तापनि नाम्सु एफ. सी को बलियो रक्षा पंक्तिलाई भने भेद्न सकेन।खेल शुरु भएको १२ औं अनि २२ औं मिनटमा थुलुङ गाउँ एफ.सी का खेलाडी छितेन तामङ (जर्सी
मिरिक ६ दिसम्बर ।
मिरिकमा आज हेलिकप्टर अवतरणको परीक्षण गरियो।बाघडुग्रा एयरपोर्टबाट आएको हेलिकप्टरको सफल परीक्षण गरियो भने भविष्यमा मिरिकको हेलिप्याडलाई निरन्तर प्रयोग गर्न सकिन्छ कि सकिन्दैन कुराको जाँच गर्न पश्चिम बंगाल सरकार पर्यटन विभागद्वारा परीक्षण गरिएको मिरिकका महकुमा शासकले बताए।यस विषयमा मिरिक नगरपालिका अध्यक्ष एलबी राईले पनि अधिक जानकारी गराएका छन्।
मरमाबाट स्व. गिडोन थुलुङ स्मारक गोल्ड कप अपडेट
संयुक्त मञ्च,मरमा चियाबरीद्वारा आयोजना भइरहेको स्व.गिडोन थुलुङ स्मारक गोल्ड कप तथा नगद राशि प्रतियोगिताको आजको पहिलो खेलमा गार्ल्याङ फूटबल क्लब,पेशोक को भिडन्त "लिन्छु सेभेन" सित भयो भने दोश्रो खेलमा निगाले एफ सी को भीडन्त लामा गाउँ फूटबल क्लब सित भयो।
पहिलो खेलमा" लिन्छु एफ सी " ले शुरु देखि नै आक्रमक रणनीति अप्नाउदै खेललाई आफ्नो पक्षमा बनाउने कोशिस गरे तापनी कुनै गोल दाग्न भने सफल भएन।खेलको उत्तरार्धमा भने गार्ल्याङ्गका खेलाडीहरूले फरक रणनीति अप्नाएर खेललाई धेरै रोमाञ्चक बनाउदै गोल दाग्न सफल बनेको देखियो।
शून्यको विरुद्ध दुई गोल दागी अन्तमा गार्ल्याङ्ग एफ सी बिजयी बने।
आजको दोश्रो खेलमा निगाले फूटबल क्लबको भीडन्त लामा गाउँ फूट्बल क्लब सित भयो।
खेल शुरु भएको तीन मिनटमा नै निगाले को पक्षमा रियाज
स्व. गिडोन थुलुङ स्मारक गोल्ड कप आगामी नवम्बरदेखि शुरू हुने
मिरिक:११ अक्टोबर।
मिरिक महकुमाको चर्चित सेभेन साइड खेल मैदान,मरमा चियाबारी आगामी दिनाँक २० नवम्बर देखि रोमान्चित बन्ने जानकारी आज संयुक्त मंच खेल समिती, मरमाका सचीव ज्ञानदास देवानले दिए। यसबारे उनले अधिक जानकारी दिदै आगामी मिति २० नवम्बर देखि मरमा खेल मैदानमा स्व.गिडोन थुलुङ स्मारक गोल्ड कप तथा संयुक्त मन्च मरमा नगद राशी खुल्ला लात्ते भकुण्डो प्रतियोगिताको आयोजना हुने जानकारी गराए।खेल सम्बन्धी सर्कुलर स्थानीय क्लब, दार्जीलिङ तथा सिलगढीका क्लब लगायत नेपालका चर्चित क्लबहरूलाई पठाउने अनि जोगाजोग गर्ने कार्य युद्धस्तरमा चलिरहेको जानकारी
सह-सचिव मोजेस राईले गराए।
खेल समिति अध्यक्ष कोविद देवानको अध्यक्षतामा सम्पन्न भएको आजको सभाले विजयी दललाई गोल्ड कपको साथमा नगद राशि रूपिया एक लाख
अ