12/09/2025
20 सेप्टेम्बर शनिबार देखि शुरू हुने सालुगढा गोर्खा हाट।
10 सेप्टेम्बर, बुधबारको दिन सालुगढास्थित होम स्क्वेयर सपिङ मलमा गोर्खा हाट संचालन हेतु सालुगढा वरपरका संघ संस्था समाज लगायत विशेष व्यक्ति विशेषहरूको उपस्थितिमा एक सौहार्दपूर्ण सभा सिलगढ़ी गोर्खा हाटको संयोजक श्रीमान दिवाकर शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। श्रीमती बबिता मादेन द्वारा संचालन गरिएको सभामा सालुगढा छेउछाउका संघ-संस्था, समाजको प्रतिनिधि तथा विशेष व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सालुगढा वरपरका संघ संस्था तथा समाजहरूलाई प्रतिनिधित्व गर्दै सालुगढा सुनखरी समाजबाट श्रीमान अमर शाह, नेत्रबिन्दु संघ सालुगढाबाट श्रीमान छिरिङ तोप्गेल, नारी शक्ति राज फाप्रीबाट श्रीमती मञ्जु छेत्री, हिमाली युवा समाज खोलाचन्द फाप्रीबाट श्री नितेश राणा अनि श्री अभिषेक मंगरको उपस्थिति रहेको थियो। यसको साथै उक्त सम्पन्न सभामा सिलगढ़ी गोर्खा हाटको केही उद्यमीहरुको पनि उपस्थिति थियो भने 'होम स्क्वेयर' मलका कृतपक्षको पनि सभामा उपस्थिति रहेको थियो। सभामा सिलगढ़ी गोर्खा हाटको पक्षबाट श्रीमान नरेन्द्र तामाङ, श्रीमान दिवाकर शर्मा, श्रीमान अजय छेत्री, श्रीमान अनुप थुलुङ राई, श्रीमान प्रशान्त खाती, श्रीमान अनुप छेत्री, श्रीमती आशा हाङखिम राई, श्रीमती बबिता कार्की, श्रीमती सुष्मा थापा, श्रीमती निरू बराईली, श्रीमती बबिता मादेन, श्रीमती अनामिका बराईली आदिको उपस्थिति रहेको थियो।सभालाई उपस्थित संघ संस्था तथा समाजलाई प्रतिनिधित्व गर्ने व्यक्तित्वहरूले हाट संचालन सम्बन्धी महत्वपूर्ण विचारहरू साझा गरे। गोर्खा गौरव संस्थान अनि गोर्खा हाटको प्रमुख श्रीमान नरेन्द्र तामाङले सालुगढामा गोर्खा हाटको संचालन हेतु महत्वपूर्ण कुराहरू उपस्थित जनसमूहलाई अवगत गराए। होम स्क्वेयर कृतपक्षको तर्फबाट श्री शाहिल चौधरीले आफूहरू गोर्खा हाट सालुगढामा शुरू गर्न तत्पर रहेको बताउँदै यस अभियानलाई सबैले सहयोग गर्ने बताए। सभालाई उपस्थित संघ संस्था अनि समाजको प्रतिनिधिसरूले पनि सम्बोधन गरेका थिए भने हाटको नामकरण 'सालुगढा गोर्खा हाट' राखिने तय गरियो। अन्तमा: सभाका सभापति श्रीमान दिवाकर शर्माले आफ्नो सम्बोधनमा सालुगढा गोर्खा हाटमा बिक्रेताहरूले भिन्ने प्रकारले दोकानपाट राखिदिने आग्रह गर्दै सभा समापन भएको घोषणा गरियो।