Arghakhanchi.Com

Arghakhanchi.Com News For All From Everywhere
(1)

Arghakhanchi.Com delivers the latest breaking news and information on the latest top stories, business, entertainment, politics, and more.

हेर्नुहोस धनगढीमा ट्रफिक प्रहरीले यसरी हाने थप्पड ।  Arghakhanchi.Com
08/01/2026

हेर्नुहोस धनगढीमा ट्रफिक प्रहरीले यसरी हाने थप्पड ।
Arghakhanchi.Com

ईतिहासको कुनै कुनामा चर्चित राजिनामा भनेर नाम रहला जस्तो छ यो राजिनामा पत्र...
08/01/2026

ईतिहासको कुनै कुनामा चर्चित राजिनामा भनेर नाम रहला जस्तो छ यो राजिनामा पत्र...

निकोलस भन्छन  रबि र बालेनले बिकासको नाम नै लिदैनन् ।
08/01/2026

निकोलस भन्छन रबि र बालेनले बिकासको नाम नै लिदैनन् ।

अर्घाखाँची काँग्रेस पनि विशेष महाधिवेशनको पक्षमाअर्घाखाँची  । नेपाली काँग्रेसको अर्घाखाँची कार्यसमिति विशेष महाधिवेशनको ...
08/01/2026

अर्घाखाँची काँग्रेस पनि विशेष महाधिवेशनको पक्षमा
अर्घाखाँची । नेपाली काँग्रेसको अर्घाखाँची कार्यसमिति विशेष महाधिवेशनको पक्षमा उभिएको छ ।अर्घाखाँची काँग्रेसका सभापति केशव श्रेष्ठ र सचिव कृष्ण प्रसाद खनालले विहिबार विज्ञप्ति जारी गर्दै पुष २७ र २८ गते हुने विशेष महाधिवेशनको पक्षमा ऐक्यबद्धता जनाउदै सहभागी हुन महाधिवेशन प्रतिनिधि र नेता कार्यकर्तालाई आव्हान गरेका छन् ।विज्ञप्तिमार्फत अर्घाखाँचीका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुलाई विशेष महाधिवेशनमा सक्रिय सहभागिताका लागि आग्रह गरिएको छ ।

विशेष महाधिवेशनको आव्हान भएपछि विभिन्न जिल्ला कार्यसमिति यसको पक्षमा खुल्ने क्रम जारी रहेको छ । यसअघि काभ्रे, ललितपुर, कास्की, धनकुटा, सिन्धुपाल्चोक र उदयपुर जिल्ला सभापतिले विशेष महाधिवेशनको पक्षमा ऐक्यबद्धता जनाएर सक्रिय सहभागिता जनाउने बताइसकेका छन् ।

विजय लघुवित्तको एफपीओमा ५७ गुणा बढी आवेदनकाठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा ५७ गुणा बढी आवेदन परे...
08/01/2026

विजय लघुवित्तको एफपीओमा ५७ गुणा बढी आवेदन
काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा ५७ गुणा बढी आवेदन परेको छ । लघुवित्तले संस्थापक सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ७०: ३० कायम गर्न पुस २१ गतेदेखि आजसम्म एफपीओ निष्काशन गरेको थियो ।जसमा २२ लाख ९९ हजार २५२ जनाले २ करोड ६६ लाख ६६ हजार ९९० कित्ता शेयरका लागि आवेदन परेको छ ।

नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपश्चात ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्ता पूँजी पुगेको यस लघुवित्तको संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व ७४.३९: २५.६१ रहेको थियो । सोही अनुपात समायोजन लघुवित्तले एफपीओ निष्काशन गरेको हो ।लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयरहरु थप सार्वजनिक निष्काशन गरेको थियो । अब आवेदन दिएका मध्ये ४६ हजार ६८२ जनाले १०-१० कित्ताका दरलले शेयर पाउने हुनाले बाँकीको हात खाली हुने भएको छ ।

08/01/2026

हेर्नुहोस " यस्तो देखियो दुर्गाफाँट देखि पोखराथोक सम्मको नयाँ पिच बाटो |

Arghakhanchi.Com
Video : Binod & Santosh

08/01/2026

व्यापार, कृषि र संस्कृतिको उत्सव : सातौँ अर्घाखाँची महोत्सव पुस २७ देखि माघ ११ गते सम्म आयोजक संस्था चेम्बर अफ कर्मसका उपाध्यक्ष बाबुराम पन्थीसँग केशब पन्थीले गर्नुभएको विशेष कुराकानी:

- arghakhanchi.com

विशेष महाधिवेशन सफल बनाउन कांग्रेस अर्घाखाँचीको आव्हान: नेपाली कांग्रेस अर्घाखाँचीले पार्टीका नेता–कार्यकर्ता, क्रियाशील...
08/01/2026

विशेष महाधिवेशन सफल बनाउन कांग्रेस अर्घाखाँचीको आव्हान:

नेपाली कांग्रेस अर्घाखाँचीले पार्टीका नेता–कार्यकर्ता, क्रियाशील सदस्य तथा शुभेच्छुकहरूलाई विशेष महाधिवेशनमा सक्रिय सहभागिता जनाउन आव्हान गरेको छ।
पार्टीका जिल्ला सभापति केशव श्रेष्ठ र सचिव कृष्ण खनालको हस्ताक्षरमा जारी गरिएको आव्हान पत्रमा विशेष महाधिवेशनलाई पार्टी सुदृढीकरण, आन्तरिक लोकतन्त्रको सशक्तीकरण तथा समसामयिक राजनीतिक चुनौतीहरूको सामना गर्ने अवसरका रूपमा लिइएको उल्लेख गरिएको छ।
आव्हान पत्रमा नेपाली कांग्रेसको ऐतिहासिक भूमिका, लोकतन्त्र र संविधानको रक्षा तथा जनताको हितमा पार्टीलाई अझ प्रभावकारी बनाउने उद्देश्यले विशेष महाधिवेशन आवश्यक रहेको जनाइएको छ। यसका लागि पार्टी पंक्तिले एकताबद्ध भएर जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ।
जिल्ला कार्यसमितिले महाधिवेशनलाई सफल बनाउन संगठन विस्तार, वैचारिक स्पष्टता र अनुशासनलाई प्राथमिकतामा राख्दै सबै तहका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूलाई सक्रियताका साथ लाग्न आग्रह गरेको छ।
नेपाली कांग्रेस अर्घाखाँचीले विशेष महाधिवेशनमार्फत पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै व्यापक सहभागिताका लागि सबैमा अपिल गरेको छ।

# arghakhanchi.com

राष्ट्र संघसँग सम्बद्ध ६० भन्दा बढी संस्थाबाट अमेरिका फिर्ता हुने ट्रम्प निर्णयकाठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सं...
08/01/2026

राष्ट्र संघसँग सम्बद्ध ६० भन्दा बढी संस्थाबाट अमेरिका फिर्ता हुने ट्रम्प निर्णय
काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघसँग सम्बद्ध ६० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थाहरूबाट अमेरिकालाई फिर्ता लिने निर्णय गरेका छन् ।

ट्रम्पले अमेरिकी हित विपरीत अन्तर्राष्ट्रिय संस्थाहरू, सन्धिहरू र सम्झौताहरूबाट फिर्ता लिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । अमेरिकाले यी संस्थाहरू या त 'अनावश्यक' वा अमेरिकीहित विरुद्ध काम गरिरहेको बताएको छ।

ह्वाइट हाउसद्वारा जारी गरिएको फ्याक्ट सिट अनुसार, यसमा ३१ संयुक्त राष्ट्र संघ-सम्बद्ध संस्थाहरू र ३५ गैर-संयुक्त राष्ट्र संघ संस्थाहरू समावेश छन् जसले अमेरिकी राष्ट्रिय सुरक्षा, आर्थिक समृद्धि वा सार्वभौमिकता विरुद्ध काम गर्छन् ।

ट्रम्पले सबै सरकारी विभागहरू र एजेन्सीहरूलाई 'सकेसम्म चाँडो' यी संस्थाहरूबाट संयुक्त राज्य अमेरिकालाई फिर्ता लिने प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् ।

यी संस्थाहरूको सूचीमा 'अन्तर्राष्ट्रिय सौर्य गठबन्धन' पनि समावेश छ, जुन जलवायु परिवर्तनलाई सम्बोधन गर्न भारत र फ्रान्सको संयुक्त पहल हो ।

विशेष महाधिवेशनको पक्षमा खुले ललितपुर र कास्की काँग्रेसका सभापतिकाठमाडौँ । नेपाली काँग्रेसका जिल्ला सभापतिहरु विशेष महाध...
08/01/2026

विशेष महाधिवेशनको पक्षमा खुले ललितपुर र कास्की काँग्रेसका सभापति
काठमाडौँ । नेपाली काँग्रेसका जिल्ला सभापतिहरु विशेष महाधिवेशनको पक्षमा खुल्ने क्रम शुरु भएको छ । दुई महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मासहित विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ मा विशेष महाधिवेशनको आव्हान गरेपछि ललितपुर र कास्की जिल्ला सभापतिले विशेष महाधिवेशनमा सहभागी हुन आव्हान गरेका छन् ।

कास्की सभापति किशोर दत्त बरालले विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनमा उपस्थित हुन र सफल बनाउन जिल्लाका सबै महाधिवेशन प्रतिनिधि र नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

यसअघि बुधबार ललितपुर काँग्रेसका सभापति जितेन्द्र कुमार श्रेष्ठले विशेष महाधिवेशनको समर्थन गर्दै ललितपुरबाट सक्रिय सहभागिता हुने जानकारी गराएका थिए । उनले महाधिवेशन स्थल भृकुटीमण्डपसम्म ललितपुरबाट बाजागाज र झाकीसहित जुलुस लिएर जाने समेत उल्लेख गरेका छन् ।

विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ मा काठमाडौँको भृकुटीमण्डपमा महाधिवेशन गर्ने तयारी तिब्र पारेपछि संस्थापन पक्षले भने नेता तथा कार्यकर्तालाई विशेष महाधिवेशनका नाममा हुने गतिविधिमा सहभागी नहुन अपिल गरेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा प्युठानबाट पक्राउप्युठान । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा स्वर्गद्वारी न...
08/01/2026

जबरजस्ती करणी गरेको अभियोगमा प्युठानबाट पक्राउ
प्युठान । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा स्वर्गद्वारी नगरपालिका-९ जुकेना बस्ने २१ वर्षीय दुर्ग बहादुर घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको छ । मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट लामाचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

भेनेजुएला घटना बारे नेपालले भन्यो- देशको सार्वभौमसत्ता र राजनीतिक स्वतन्त्रताको सिद्धान्तको पूर्ण सम्मान होस्काठमाडौँ । ...
08/01/2026

भेनेजुएला घटना बारे नेपालले भन्यो- देशको सार्वभौमसत्ता र राजनीतिक स्वतन्त्रताको सिद्धान्तको पूर्ण सम्मान होस्
काठमाडौँ । सरकारले भेनेजुएलामा भएका हालैका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको बताएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सम्बन्धित सबै पक्षहरूलाई अधिकतम संयम अपनाउन र तनाव बढाउने कार्यहरूबाट बच्न आह्वान गरेको छ । परराष्ट्रले भनेको छ- 'नेपालले संयुक्त राष्ट्र संघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राज्यहरूको राजनीतिक स्वतन्त्रताको सिद्धान्तहरूको पूर्ण सम्मान गर्ने महत्त्वलाई जोड दिन्छ ।'

नेपालले संवाद, कूटनीति र पारस्परिक समझदारी मार्फत विवादहरू शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्छ भन्ने कुरामा जोड दिने उल्लेख गरेको छ ।

अमेरिकाले जनवरी ३ मा भेनेजुएलामा आक्रमण गरेर राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेर न्यूयोर्क पुर्याएको चारदिन पछि नेपाल सरकारको औपचारिक धारणा आएको हो ।

Adres

Sint Gillis

Meldingen

Wees de eerste die het weet en laat ons u een e-mail sturen wanneer Arghakhanchi.Com nieuws en promoties plaatst. Uw e-mailadres wordt niet voor andere doeleinden gebruikt en u kunt zich op elk gewenst moment afmelden.

Contact

Stuur een bericht naar Arghakhanchi.Com:

Delen

Our Story

Arghakhanchi.Com delivers the latest breaking news and information on the latest top stories, business, entertainment, politics, and more.