Sankalpa Production

  • Home
  • Sankalpa Production

Sankalpa Production Sankalpa Production is a forum to recognize all our artists and artisans and encourage them in bri

06/02/2025

गीतकार तथा समालोचक डा. जस योञ्जन"प्यासी" श्रीप्रसाद ओली स्मृति साहित्यिक पुरस्कारद्वारा पुरस्कृत
****************************
झापा चन्द्रगढी स्थित लेखनाथ पुस्तकालयबाट नेपाली साहित्यमा दिर्घ समयदेखि निरन्तर कलम चलाउदै आईरहेका साहित्य साधक गीतकार तथा समालोचक डा. जस योञ्जन "प्यासी" श्रीप्रसाद ओली स्मृति साहित्य पुरस्कार बाट पुरस्कृत भए।
लेखनाथ पुस्थकालयका कार्यकारी अध्यक्ष कवि खगेन्द्र खुसीको अध्यक्षता अनि प्रा डा. बद्री विशाल पोख्रेलको प्रमूख अतिथ्यमा सम्पन्न भएको उत्त सभ्य समारोहमा गीतकार तथा समालोचक प्यासीलाई अङ्ग वस्त्र ओढाई प्रसस्ती पत्र लगायत श्रीप्रसाद ओलीको परिवारबाट प्रायोजन गरिएको नगद राशी नेपाली रुपयाँ ५१,१०० (एकाउन्न हजार एकसय)
प्रदान गरि सम्मान जनाए। उत्त समारोहमा विशिष्ट अतिथिको रुपमा सञ्चार कर्मी चन्द्र भण्डारी, साहित्य चौतारी विर्तामोडका अध्यक्ष देवीभत्त श्रेष्ठ, लगायत भद्रपुर नगरपालिकाका मेयर उप मेयर विशिष्ट अतिथिको रुपमा उपस्थित थिए भने मिरिक निवासी "दार्जीलिङ जर्लन" का प्रधान सम्पादक देवीलाल प्रधान, दार्जीलिङबाट पुष्प राई, पुरस्कृत श्रष्टा डा. जस योञेजन " प्यासी" का श्रीमती रुपा योञ्जन, पनि अतिथिको रुपमा उपस्थित थिएभने झापा जिल्लाभरिका विभिन्न संघ- संस्थाका प्रतिनिधिहरु पनि अतिथिको रुपमा उपस्थित थिए।
समारोहमा गीतकार प्यासीको साहित्यिक संक्षिप्त परिचय र प्यासीले पुर्याएका साहित्यिक योगदानमाथि वरिष्ठ सञ्चारकर्मी चन्द्र भण्डारीले राखेका थिए। समारोहमा श्रीप्रसाद ओलीको परिवारबाट पनि डा.जस योञ्जन "प्यासी" लाई शुभकामना जनाएका थिए। समारोहमा प्रमूख अतिथि प्रा. डा. बद्री विशाल पोख्रलले पनि प्यासीको साहित्यिक योगदान माथि खुलेर प्रशंसा गरेभने डा. जस योञ्जन "प्यासी" ले पनि आफ्नो सम्वोधनमा नेपालका धेरैजना गीतकारहरुलाई प्रसंगमा जोडे अनि भद्रपुर निवासी पुराना पत्रकार नकुल काजी र उनका भाई मोहन सिटौला सित दार्जीलिङमा विध्यार्थी छँदा विताएका छणहरुको सम्झना गरे। डा.प्यासीले यस पुरस्कारको चयन समितिले निम्तिआफ्नो नाम आयोजक समितिलाई पुरस्कारको हकदारको निम्ति दिएकोमा कृतज्ञता प्रकट गरेभने श्रीप्रसाद ओलीका सपरिवार र लेखनाथ पुस्तकालयका प्रति आभार व्यत्त गरे। समारोहमा गीतकार डा.जस योञ्जन "प्यासी" का नयाँ कृति " आखेको आशिष" गीत संग्रहको पनि संचनर कर्मी चन्द्र भण्डारीले लोकार्पण गरेका थिए । अन्तमा समारोह अध्यक्ष लेखनाथ पुस्तकालयका कार्यकारी अध्यक्ष कवि खगेन्द्र खुसीले आफ्नो अध्यक्षिय सम्वोधनमा सबैलाई सम्वोधनमा राखेर समारोह समापन भएको घोषना गरेका थिए।
#नेपालीआवाज
#साहित्यप्रेमी
#यदि
#साहित्य

06/02/2025

My Type festival का आयोजक पक्षले मागे संगीतकार अनि दर्शक समक्ष क्षमा।समय अनि अनुभवको अभावले हुन गयो त्यो दिनको घटना।आयोजक पक्षको कुनै scame गर्ने मनसाय नरहेको। आगामी HS परीक्षा पछि सविन राई साँझ आय‍ोजना गरिने जसको निम्ति Artist सँगपनि पक्का पक्की भईसकेको तथा सम्पूर्णमा उक्त दिनको कार्यक्रम निशुल्क गरिने तय।

06/02/2025

गोर्खा गौरव संस्था, सिलगढीको तत्वावधानमा एम०एल० एक्रोपोलिस मल परिसरमा चलिरहेको २९ जनवरीदेखि २ फरवरी सम्म चलेको गोर्खा सांस्कृतिक प्रदर्शनी अनि पारम्परिक खाद्य उत्सवको अन्तिम २ फरवरीको दिन गोर्खा गौरव संस्था, सिलगढीले बिजनबारी निवासी बाल सेक्सोफोनिस्ट शिरडीसा सुब्बालाई उनको उपलब्धिको निम्ति संस्थाका सभापति नरेन्द्र कुमार तामाङको बाहुलीबाट सम्बर्द्धना जनाएको छ।
वर्ष २०२४ मा शिरडीसा सुब्बाले सबैभन्दा कलिलो उमेरमा बलिवुडको धुन बजाउने सेक्सोफोनिस्टको रूपमा इन्डिया बुक अफ रेकर्डमा आफ्नो नाम दर्ता गर्न सफल भएकी थिइन।
यसरी अन्य जाति भन्दा आफ्नो जातिबाट नानीले सम्मान पाउँदा त्यसको मुल्य नै अर्कै रहेको भनी शिरडीसाकी पिता कवि/पत्रकार निमेष सुब्बा सिकारुले हाम्रो संवाददातालाई बताएका छन्। शिरडीसाले परिवारको मात्रै नभएर सम्पुर्ण गोर्खा जातिको नाम उच्च राखेकोमा आफुहरु गौरवान्वित भएको पनि उनले बताएका छन्।

06/02/2025
06/02/2025

नागरी फार्म चियाबारी,नागरी फार्म चियाबारी,२५ न० भस्मे पूजा कमिटीद्वारा ३ फरवरी २०२५का दिन श्री श्री श्री सरस्वती पूजा उपलक्ष्यको कार्यक्रममा गाउँका २९ जना ज्येष्ठ नागरिक बाजे- बोजुहरूलाई सम्मान गर्ने कार्यक्रम भयो। पूजा कमिटी सदस्य अञ्चल राई द्वारा सञ्चालन गरिएका यस कार्यक्रममा गाउँका नव ज्योति समाजका अध्यक्ष ताराकुमार राई अनि ग्राम सुधार समाजका अध्यक्ष सरोज छेत्री दुवैले कार्यक्रमको अध्यक्षता गरेका थिए। यसका साथै नव ज्योति समाजका उप- अध्यक्ष प्रविन छेत्री र कोषाध्यक्ष कल्याण तामाङ अनि ग्राम सुधार समाजका सचिव चतुरमान राई र कोषाध्यक्ष पारस छेत्री र पोख्रेबुङ ग्राम पंञ्चायत ३का सदस्य दिनेश सुब्बा मुख्य -अतिथिका रूपमा उपस्थिति थिएँ। पूजा कमिटी सदस्य सिम्रन विश्वद्वारा स्वागत- नृत्य गरेपछि गाउँका साथै अन्य गाउँका भाइ- बहिनीहरूले गीत, नृत्य, आदि प्रस्तुति गरे। भाइ - बहिनीहरूको प्रोत्साहन दिन पूजा कमिटीले उनीहरूलाई विभिन्न उपहारहरु पनि राखिदिएका थिएँ। यसै कार्यक्रमबिच कार्यक्रमका अध्यक्ष र मुख्य अतिथिहरू द्वारा गाउँका २९ जना ज्येष्ठ नागरिक बाजे- बोजुहरूलाई सम्मान गर्ने कार्यक्रम भयो। सम्मान हुने ज्येष्ठ नागरिकमा - मोतिमाया प्रधान, मिना छेत्री, देविका छेत्री, मेनु राई, चन्द्रबहादुर विश्व, राधिका विश्व , दुर्गमाया छेत्री, साइदा तामाङ, सुनिता तामाङ, पेमा तामाङ, गोमे तामाङ, बलप्रसाद प्रधान, कमला प्रधान, गन्जु तामाङ, बलबहादुर छेत्री, बमबहादुर तामाङ, लालमाया तामाङ, सरिता छेत्री, बिष्णुमाया योगी, मेरून निसा, इजहार आलम, ओमा छेत्री, सरण राई, गुना राई, जयमती प्रधान, ऐते राई, पेमु तामाङ, पेम्बा तामाङ अनि सुक्मती विश्व थिएँ। कार्यक्रमको अन्त्यमा दुवै समाजका अध्यक्षहरूले अध्यक्षता सम्बोधन राखे पछि अञ्चल राईले पूजा र कार्यक्रम सफल भएको हेतु सहयोग पुर्याउनु हुने गाउँ - समाज र गाउँका दादा - नानाहरूलाई पूजा कमिटीको पक्षबाट आभार व्यक्त गरे।

05/02/2025

गित निम्बोङ शाखाको आयोजनामा
स्वरस्वती पुजा बडो धुमधाम सित पालन।

मानव उत्थान सेवा समिति कलिम्पोंग तहसिल अन्तर्गत गित-निमबोंग शाखाको आयोजनामा रियोन डाब्लिङ स्कुलको प्रागनमा कालेबुङ तहशील प्रभारी महात्मा कंचन बाईजी र सहयोगी महात्मा अशिमा बाईजी साथै रियोन डाब्लिङ स्कुलका प्रधान अध्यापक तिलक पोख्रेल,सह शिक्षक शक्षिकाहरू भानु तामाङ,राधिका छेत्री ,बसन्ती गुरुङको पनि विशेष उपस्थितिमा स्वरस्वती पूजा बडो धुम धाम सित पालन गरियो उक्त कार्यक्रममा कालेबुङ प्रभारी महात्मा कंचन बाईजी महात्मा अशिमा बाईजीको करकमल द्वारा श्री गुरू महाराजजीको तस्वीरमा खदा अर्पण साथै दीप प्रज्वलनको साथमा कार्यक्रमको शुरुवात गरियो कार्यक्रमको अघिल्लो चरणमा कालेबुङ बाट अाउनु भएका आत्मानुभावी वक्ता श्री सुदर्शन छेत्री द्वारा धर्म शास्त्र साथै आत्माज्ञान माथी आधारित सत्संग विचारहरू प्रस्तुत गर्नुभयो।यसरी नै गीत-निमबोंग शाखाका बालकलाकारहरु द्वारा स्वरस्वती बन्दना एवं नृत्यहरु प्रस्तुत गरियो भने कालेबुङ बाट भजन कलाकार श्री बिरेन कालिकोटे द्वारा सुन्दर सुन्दर भजनहरु प्रस्तुत गरेका थिए यसरी महात्मा असिमा बाईजी साथै महात्मा कंचन बाईजी द्वारा अमृतमय सत्संग बिचार राख्नु भयो उक्त कार्यक्रममा कालिम्पोंग तहशील बाट शाखाध्यक्ष गोपाल छेत्री , सचिव प्रेरणा शेर्पा , उप तहशील सचिव गोबिन भूजेल , सुशील गुरुङ , किशोर गिरी, संजीता प्रधान, बिक्रम राई, निहाल बिश्वकर्म, रेली पाला शाखा बाट जिताङ सुब्बा , सुदेश सुब्बा , यसरी नै गित निम्बोङ शाखा बाट कैलाश छेत्री, बिनिता छेत्रीको विशेष उपस्थिति रहेको थियो कार्यक्रमको संचालन अशोक लेप्चाले गरेको जानकारी समितिका युवा संयोजक श्री सुशील गुरुङले दिएका छन् ।

05/02/2025

सम्मान ग्रन्थ : एक कप्टेरो घाम सुरेन प्रधान

गीताञ्जली साहित्य संस्थान शेल्पुको आफ्नो समसामयिक साहित्यिक पत्रिका अध्यायको आगमी पाँचौ अंक समाजसेवी तथा फुटबलका प्रेरणाका श्रोत सुरेन प्रधान माथि आधारित विशेषाङ्क हुनेछ । आगमी फरवरी अन्ततिर लोकार्पण गरिने उक्त अंकको नाम गीताञ्जली साहित्य संस्थानले आज घोषणा गरेको जानकारी संस्थानका सचिव अरुण खवासले जनाएका छन् । उक्त प्रकाशोन्मुक अंकको समसामयिक साहित्यिक पत्रिका
सम्मान ग्रन्थ विशेषाङ्कको नाम " एक कप्टेरो घाम - सुरेन प्रधान" भनेर सार्वजनिक गरिएको छ । विशेष गरेर लेखकहरुलाई उक्त सम्मान ग्रन्थका मुख्य व्यक्तित्व सुरेन प्रधानको वारेमा लेख तयार गर्न सुबिधा होस भनेर ग्रन्थको नाम आज सार्वजनिक गरिएको तिनले बताएका छन् । साथै उक्त ग्रन्थको निम्ति लेखहरु आगमी ७ फरवरी भित्रमा सबै कलमकारहरुले गीताञ्जली साहित्य संस्थान सक्षम पठाईदिने पनि अपिल गरेका छन् भने यसको लोकार्पण फरवरी अन्तमा गरिने पनि उल्लेख गरका छन् ।

अरुण खवास
सचिव

05/02/2025

https://youtu.be/hEpSvh9R_Pc?si=piU3VGqnKPvTkV53
(सम्पूर्ण कार्यक्रम)
डाक्टर इन्द्रबहादुर राई साहित्य प्रतिष्ठानको आयोजनामा जन्म जयन्तीसँगै प्रतिष्ठानको आरम्भ

दार्जीलिङ, ५ फरवरी (निस) : मुर्धन्य साहित्यकार डाइन्द्रबहादुर राईको कृतित्व व्यक्तित्व सँगसँगै विभिन्न ऐतिहासिक दस्तावेज हरूलाई लिएर डा. आइ बी राईको संरक्षण र सम्वर्द्धनमा जुटेका छन् डा. इन्द्रबहादुर राई साहित्य प्रतिष्ठान। माता सरस्वती पूजाको पावन दिनलाई केन्द्र गर्दै इन्द्रबहादुर राई साहित्य प्रतिष्ठानको आयोजनामा डा. आइ बी राईका विविध पक्षलाई लिएर के कस्ता विषयहरूलाई लिएर प्रतिष्ठानले भारतीय नेपाली साहित्यमा फ्नो बहुमूल्य योगदान पुर्‍याएका साहित्यकार इन्द्रबहादुर राईको गरिमालाई यथावत राख्न साहित्यकार के कस्तो प्रकारले सामग्रीहरू संग्रह गर्दै कस्ता प्रकारका विषयवस्तुलाई अँगालेर कार्यक्रम समारोह उत्सव प्रदर्शन आदि गर्न सकिन्छ भन्ने विषय जान्नलाई साथै समग्र कलमवीरहरूको सुझाव अनि परामर्शलाई लिएर डा इन्द्रबहादुर राई साहित्य प्रतिष्ठानको आरम्भ गरिएको छ।
डक्टर इन्द्रबहादुर राई साहित्य प्रतिष्ठानको आयोजनामा सालबारी सिलगढी स्थित क्याफे द ट्वीन्समा डा. इन्द्रबहादुर राईको ९७औं जन्म जयन्तीसँगै प्रतिष्ठानमाथि विषद चर्चा परिचर्चा सम्पन्न गरियो।
कार्यक्रमको प्रथम चरणमा परिवारको पक्षमबाट देशपथ राई, केवल राईले डा. राईको तस्वीरमा श्रद्धा अर्पण गरेपछि साहित्यकार विन्द्या सुब्बा, पेम्पा तामाङ, डा . वीणा हाङखिम, अमला क्षेत्री सुब्बाको बाहुलीबाट दीप प्रज्वलन गरेर श्रद्धाञ्जली अर्पण गरियो। पत्रकार सबिता संकल्पद्वारा सञ्चालन गरिएको यस
कार्यक्रमको प्रथम चरणमा परिवारको पक्षबाट मणिकुमार प्रधानले डा.इन्द्रबहादुर राई साहित्य प्रतिष्ठानको स्थापना कुन उद्देश्यमा र कुन परिकल्पनामा स्थापना गरिएको हो भन्ने विषयबारे प्रकाश पारे। डा. इन्द्रबहादुर राईको विभिन्न पक्षलाई प्रकाश पार्दै अनि आजदेखि यस प्रकार प्रतिष्ठानको आरम्भ भएको पावन दिनलाई हर्ष व्यक्त गर्दै अब उसो प्रतिष्ठानले डाक्टर राईको विषयबारे गर्नपर्ने विषय बुँदालाई उपस्थित लेखकहरूले आआफ्नो विचार मन्तव्य सुझाउ अनि परामर्श व्यक्त गरेका छन्। विशेषगरी परिवार पक्षबाट आइबी राईका सुपुत्री केवल राई बेदिका राई साथै उनका दाइ देशपथ राईको यो जुन कदम रहेको छ यसप्रति सबैले हर्ष व्यक्त गर्दै आआफ्नो विचारहरु व्यक्त गरेका छन् । उपस्थित श्रष्टाहरूले कार्यक्रममा आआफ्नो सक्रिय उपस्थिति दिँदै प्रतिष्ठानलाई यथाशक्य हयोग पुर्‍याउने पनि वाचा बन्धन गरेका छन्। यस प्रकार आआफ्नो वक्तव्यहरू व्यक्त गर्ने कलमवीरहरूमा क्रमैसँग विन्द्या सुब्बा, सतीश रसाईली, विमल राई, पेम्पा तामाङ, नरेश चन्द्र खाती, मोहन ठकुरी, ज्ञानेन्द्र खतिवडा, सञ्जय वान्तवा, कृष्णराज घतानीलगायत अन्यले आ-आफ्नो वार्ता राखे भने कार्यक्रममा नारी हस्ताक्षर स्नेहलता राई, डा नीना राई, डा साङमू लेप्चा, नीरा नेपाली, मोनिका प्रधान साथै शब्द समयका प्रतिनिधि वर्ग साथै वरिष्ठ साहित्यकारहरुको उपस्थिति रहेको थियो।
परिवारको तर्फबाट कृतज्ञता ज्ञापन गर्दै वेदिका राईले यसप्रकार जानकारी गराएका छन्।

डा. इन्द्रबहादुर राई साहित्य प्रतिष्ठानको आरम्भ (तस्वीर/संकल्प प्रोडक्सन)
04/02/2025

डा. इन्द्रबहादुर राई साहित्य प्रतिष्ठानको आरम्भ (तस्वीर/संकल्प प्रोडक्सन)

01/02/2025
साहित्यकार शुभोमय सरको सुपुत्रीको शुभ विवाह
01/02/2025

साहित्यकार शुभोमय सरको सुपुत्रीको शुभ विवाह

31/01/2025

सेवाको भावना लिएर लेबोट भेल्लीअन्तर्गत अप्पर हरसिंह हट्टा मन्दिर गाउँमा आदर्श वृद्धा आश्राम निर्माण गरिने कार्य भइरहेको जसमा २ वटा कोठा समेत बनिसकेको बताउँदै आश्राम निर्माण कमिटीले आश्राम निर्माणको निम्ति सबैलाई सहयोग गरिदिने अपिल गरेको छ । उक्त आश्राम निर्माणको निम्ति जमीन पुरण खरेल अनि कुमार खरेललेदान गरेको बताएको छ । आज दार्जीलिङ प्रेसगिल्डमा बोल्दै आश्राम निर्माण कमिटीको पक्षमा देवराज थापाले भने, आश्राम निर्माणको प्रोजेक्ट ठूलो भएकाले ठूलो रकमको आवश्यकता परेको छ। यसैले सहयोगको निम्ति हामीले विभिन्न संघ संस्था, क्षेत्रीय राजनैतिक अनि गैर राजनैतिक दलहरू साथै क्षेत्रीय सरकार अनि सभासदहरूलाई पत्रचार गरेका छौं । जसमध्ये कतिपय व्यक्तिहरू साथै संघ संस्था, विभागीय पक्ष अनि सेल्प हेल्प ग्रुपहरूले आश्राम निर्माणको निम्ति आर्थिक सहयोग गरेको बताउँदै व्यक्तिगत अनि संघ संस्थाको पक्षमा सहयोग गर्ने दाताहरूको विवरण देवराज शेर्पाले साझा गरे।

31/01/2025

भुलेर पनि म्युजिक भिडियोको विधिवत लोकार्पण

योगेश राईद्वारा निर्मित भुलेर पनि म्युजिक भिडियोको विधिवत लोकार्पण गरिएको छ। युवा गायक योगेश राईद्वारा निर्मित साथै उनकै स्वरमा आधारित म्युजिक भिडियो भुलेर पनि कार्यक्रम म्युजिक ग्यालेरी स्टुडियोमा सम्पन्न गरियो। उक्त कार्यक्रममा दार्जीलिङका चर्चित संगीतकार प्रदिप क्षेत्रीको प्रमुख आतिथ्य साथै यसै म्युजिक भिडियोका संगीतकार पुनु राई, शब्दकार पेम्बा यल्मो, संगीत संयोजक विनय सेवालगायत भिडियोग्राफर अनि निर्देशक नवीन लमजेलको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरियो।
पत्रकार सबिता संकल्पद्वारा सञ्चालन गरिएको यस कार्यक्रममा सर्वप्रथम उपस्थित प्रमुख अतिथि लगायत म्युजिक भिडियोसित सम्बन्धित कलाकारहरू सबैप्रति श्रद्धा अर्पण गरियो भने उपस्थित अतिथि एवं कलाकारहरूको बाहुलीबाट भुलेर पनि म्युजिक भिडियोको विधिवत लोकार्पण गरियो।
प्रमुख अतिथि प्रदिप क्षेत्रीद्वारा भुलेर पनि म्युजिक भिडियो विधिवत लोकार्पण भएको घोषणा गर्दै सम्पूर्ण कलाकारहरुलाई बधाई टक्राउँदै गीत संगीतमाथि आफ्नो मन्तव्य राख्दै भनें, यस गीतका शब्दकार पेम्बा यल्मो जो स्वयं एक सक्रिय सर्जक अनि गीतकार हुन् उनले यसप्रकार भारतीय नेपाली संगीत क्षेत्रमा अनि साहित्य क्षेत्रमा दिएको योगदानको कदर गर्दै उनलाई बधाई टक्राए । यसको साथै म्युजिक भिडियोका गायक अनि निर्माता योगेश राईलाई आफ्नो तर्फबाट साथै उपस्थित सम्पूर्ण कलाकारहरूको तर्फबाट यसरी युवाहरू संगीत क्षेत्रतर्फ अग्रसर हुनपर्छ भन्ने बताउँदै उनको कदमप्रति बधाई दिए भने संगीतकार पुनु राई अनि संगीत संयोजक विनय सेवाप्रति यसरी आजको कार्यक्रममा निमन्त्रणा गरेबापत आभार व्यक्त गरे कार्यक्रमको अर्को चरणमा निर्माता गायक योगेश राईले सबैप्रति आभार व्यक्त गर्दै नेपाली गीत संगीतको यात्रामा सबैको साथ अनि सहयोग रहेको हुँदा एउटा बेग्लै आँट सिर्जना भएपछि आफू यस म्युजिक भिडियो निर्माण प्रति लागेको बताउँदै यस गीतका शब्द हरु अति नै राम्रा अनि यस शब्दहरुलाई संगीतकार, संगीत संयोजक अनि निर्देशक साथै छायाँकार नवीन लमजेलले खुबै परिश्रम गरेर सफल तुल्याइदिएकोमा धन्यवाद ज्ञापन गर्दै क्रमैले उपस्थित कलाकारहरुमा निर्माताको तर्फबाट प्रमुख अतिथि लगायत संगीतकार संगीत संयोजक अनि शब्दकारलाई स्मृति चिन्ह भेट गरे।

31/01/2025

संकल्प प्रोडक्सनको आयोजनामा युवा सर्जक छुदेन काविमोकृत उरमालको लोकार्पण
नेपाली साहित्य सम्मेलनको सुधापा भवनमा संकल्प प्रोडक्सनको आयोजनामा युवा सर्जक छुदेन काविमोको उपन्यास उरमालको विधिवत लोकार्पण गरिएको छ।
उक्त कार्यक्रम साहित्यकार अमला सुब्बा, छेत्रीको अध्यक्षता, डा गोकुल सिन्हाको प्रमुख आतिथ्य, कवि मनप्रसाद सुब्बा, कथाकार रिता ठकुरीको विशिष्ट आतिथ्यमा सम्पन्न गरियो।
किशन सार्कीद्वारा सञ्चालन गरिएको यस समारोहको प्रथम चरणमा अतिथिहरूद्वारा दीप प्रज्ज्वलन गरिएपछि गायिका सृजना तामाङ डुम्जनद्वारा भजन प्रस्तुत गरियो। आयोजक संकल्प प्रोडक्सनको पक्षमा सबिता संकल्पले स्वागत सम्बोधन गरेपछि आर जे समीर छेत्रीले कृति उरमाल भित्र रहेका केही एक पात्राको पृष्ठलाई पठन गरियो। यसपछि छुदेन काविमोकृत उरमाललाई लिएर अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरियो। जुन कार्यक्रम कृतिका छुदेन काविमो अनि आरजे समीर क्षेत्रीद्वारा गरिएको थियो। यसपछि प्रकाशक सुरज गुरुङद्वारा ओर्माल लोकार्पण यात्राको विषयलाई दर्शकहरु समक्ष प्रस्तुत गरे।
यसपछि विशिष्ट अतिथि कवि मनप्रसाद सुब्बाले आख्यानको कुरामाथि आफ्नो वार्ता प्रस्तुत गरे। यसपछि समारोहमा उपस्थित अध्यक्ष अमला क्षेत्री सुब्बा, प्रमुख अतिथि डा गोकुल सिन्हा, विशिष्ट अतिथि मनप्रसाद सुब्बा, रिता ठकुरी, कृतिकार छुदेन काविमो, सबिता संकल्पको बाहुलीबाट विधिवतरुपमा उरमालको लोकार्पण गरियो भने समारोह अध्यक्ष अमला क्षेत्री सुब्बाले उरमालको विधिवत लोकार्पण भएको घोषणा गरे। यसपछि चुनौती लेखन कि प्रकाशनमाथि प्रमुख अतिथि डाक्टर गोकुल सिन्हले आफ्नो वार्ता प्रस्तुत गरे भने लोकार्पित कृति अनि कृतिकारमाथि आफ्नो सारगर्भित वक्तव्य प्रस्तुत गरे। कार्यक्रमलाई थप मनोरञ्जन दिलाउँदै प्रज्वल गजमेर अनि सौरभ मधुर राई द्वारा गीत अनि गजलहरू प्रस्तुत गरियो। सबिता संकल्पले सबैप्रति आभार प्रकट गर्दै समारोहमा संकल्प प्रोडक्सनलाई विशेष साथ अनि सहजयोग प्रदान गर्दै आएका कला संगम मञ्च दार्जिलिङका सम्पूर्ण युवावर्ग साथै संकल्प प्रोडक्सनका सदस्य कमला लेप्चालगायत अन्य सबैप्रति आभार प्रकट गरे भने उरमालको तर्फबाट उपस्थित छेवाङ योञ्जन, सुरज रोसुरी, शैलिका छेत्री सबैमा आभार प्रकट गरे।

31/01/2025

उरमाल यात्रामा आर जे समीर क्षेत्रीसँग नायक छुदेन काविमो (संकल्प प्रोडक्सन)

संकल्प प्रोडक्सनको आयोजनामा छुदेन काविमोकृत उरमालको विधिवत लोकार्पण
30/01/2025

संकल्प प्रोडक्सनको आयोजनामा छुदेन काविमोकृत उरमालको विधिवत लोकार्पण

भुलेर पनि म्युजिक भिडियोको विधिवत लोकार्पणका तस्वीरहरु
30/01/2025

भुलेर पनि म्युजिक भिडियोको विधिवत लोकार्पणका तस्वीरहरु

Address


Telephone

+917001790762

Website

Alerts

Be the first to know and let us send you an email when Sankalpa Production posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sankalpa Production:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share