हड्डी सम्बंधि रोगहरू छन् भने,यो सुचना तपाईंहरूका लागि।
हड्डी सम्बंधि रोगहरू छन् भने,आगामी 19 फरवरी सिलिगुडी महावीर हबमा अर्थोपेडिक डा. विभु बहलद्वारा रोगीहरुलाई उपचार हुनेछन् , पूरा जानकारीको लागि तलकाे भिडियाे हेर्नुहोला।
GTA IDOL SEASON -1 मङ्पूलाब्दा समष्टि स्तरीय दोस्रो (PIANO ROUND) अडिसन सुरु !
ग्रामीण विकास एवं सहकारी समिति सिम्ले धुरा मङ्पूको सराहनीय कार्य !
ग्रामीण विकास एवं सहकारी समिति सिम्ले धुरा मङ्पूको तत्परता अनि सिन्कोना विभागका चौकीदारहरूका सहयोगमा मङ्पू विभागीय सिन्कोना बगानको ७८ ब्लक (रातोमाटे एरिया) मा फ्याकिएका फोहोरहरू सफा गर्ने कार्य भएको छ। साथसाथै वरपर क्षेत्रहरूलाई पनि दिनभरि समय लगाएर स्वच्छ अनि सुन्दर परीवेश श्रृजना गर्नका लागि बोर्डहरू पनि लगाएका छन्,अब उसो कसैले पनि यस क्षेत्रमा मैला नफ्याकिदिने आह्वान समितिको पक्षबाट पवन बलले गरेको छ।
मङ्पू विभागीय फूटबल एकाडेमीको आयोजनामा शीतकालीन फूटबल प्रशिक्षण शिविर !
मङ्पू विभागीय फूटबल एकाडेमी (MDFA) को आयोजनामा गत 13 जनवरी 2025 देखि सञ्चालन गरेकाे शीतकालीन फूटबल प्रशिक्षण शिविर आगामी 9 फरवरी 2025 मा समापन हुनेछ। यसरीनै आज मङ्पू विभागीय शारदा जनमैदानमा हुदै गरेकाे शीतकालीन फूटबल प्रशिक्षण शिविरमा प्रशिक्षक जर्ज राईले प्रश्नको उत्तरमा यसो भने राम्रो खेल्ने तीनजना सेलेक्टेड नानीहरुलाई यहाँबाट इन्डियाकाे नम्बर-1 मिनेरभा फूटबल एकाडेमीमा ट्रायलको लागि वहाँद्वारा नै पठाउँने आश्वासन गराउदै यसो भने,अवश्य मलाई लाग्छकी भोलि को दिनमा यो नानीहरु सेलेक्ट भइहाल्यो भने (MDFA) साथ-साथै यस जगाकाे नाम पनि रोशन गर्छ भन्ने मलाई लागेको छ।
पुल निर्माणको कार्य बन्द गराउन फेरि पुगे प्रशासन तुङ्गसुङ्ग।
पुल निर्माणको कार्य बन्द गराउन फेरि पुगे प्रशासन तुङ्गसुङ्ग।
तुङ्गसुङ्गमा जनताले निर्माण गर्दै गरेको पुलको कार्य प्रक्रिया बन्द गराउन आज फेरि प्रशासन तुङ्गसुङ्ग पुगेकोले क्षेत्रमा माहौल तनावपूर्ण भएका छन्।
स्थानीय 32वटा समाजहरु अनि अजय एडवर्ड्सको सहयोगमा निर्माण हुदै गरेको पुलले घुम जोरबंगला समष्टि अन्तर्गत तुङ्गसुङ्ग क्षेत्र अनि पोख्रेबुङ चामोङ समष्टिका समिकपानी जोड्ने छन् । उक्त पुलको निर्माण कार्य बन्द गराउन दोस्रो पटक प्रशासन स्थानमा पुगेका हुन्।
GTA IDOL Season -1 काे मङ्पूलाब्दा समष्टि स्तरीय प्रथम ग्राउण्ड अडिसन सुरु !
GTA IDOL Season -1 काे मङ्पूलाब्दा समष्टि स्तरीय प्रथम ग्राउण्ड अडिसन सुरु!
रोङ्गचोङ्ग ग्राम पञ्चायत अन्तर्गत ९ चरणको द्वारे सरकार शिविर सम्पन्न !
दार्जीलिङ डीएम प्रीति गोयलको उपस्थितिमा रोङ्गचोङ्ग ग्राम पञ्चायत अन्तर्गत मङ्पू विभाग सार्वजनीक भवनमा ९ औं चरणको द्वारे सरकार शिविर सम्पन्न !
कालेबुङ खण्ड एक भाइस चेयरम्यान श्री उत्तम राई सहयोगको हातहरू बढाउँदै पुगे पुबुङ कमान
कालेबुङ खण्ड एक भाइस चेयरम्यान श्री उत्तम राई सहयोगको हातहरू बढाउँदै पुगे पुबुङ कमान
#स्कूल_धुरा_ग्राम_सुधार_समिति पुबुङले बिगत केहि दिन अघि श्री उत्तम राईलाई भेट गरि समाजको समस्याहरु राखेका थिए। नव निर्मित स्कूल धुरा ग्राम सुधार समाज संग थुप्रै सर सामानहरूको अपुग रहेको अनि ३० घरले बनिएको यो समाजलाई सहयोगको हात बढाइ दिनु भनि समाजका प्रतिनिधिहरु उत्तम राई कहाँ पुगेका थिए।
हिज २६ जनवरी २०२५ गणतन्त्र दिवसको दिन उक्त ठाउँमा पुगी श्री उत्तम राईले समाजले मागेका १० वटा बुफे सेट,१०० वटा थाल अनि ७ वटा टेबल सहयोग गरेका छन्।
मिठो बोल्ने ओठहरु भन्दा सेवा गर्ने हातहरू धेरै महान् हुन्छ भन्ने कुरा प्रमाणित गर्दै राई ले यस्तो हजारौँ समाजिक कार्यहरू गर्दै आएको सबैको आँखा अघि रहेको छ। यस मानवीय सहयोगको निम्ति सम्पूर्ण समाजले श्री उत्तम राई प्रति आभार व्यक्त गरे
रोङ्गचोङ्ग जी.पी अन्तर्गत 27 अनि 31 जनवरीमा द्वारे सरकार शिविर सम्पन्न हुने !
रोङ्गचोङ्ग जी.पी अन्तर्गत 27 अनि 31 जनवरीमा हुने द्वारे सरकार शिविर सम्बन्धी पञ्चायत समिति सदस्य सश्या राईले जानकारी गराउँदै यसो भन्छिन् !
स्थान - मङ्पू विभाग सार्वजनीक भवन
समय - 10 बजे देखि 4 बजे सम्म
मङ्पू विभागीय फूटबल एकाडेमी (MBFA) द्वारा शीतकालीन फूटबल प्रशिक्षण शिविर !
मङ्पू विभागीय फूटबल एकाडेमी (MBFA) द्वारा शीतकालीन फूटबल प्रशिक्षण शिविर !
मङ्पू विभागीय फूटबल एकाडेमी (MBFA) को तत्वधानमा भईरहेको शीतकालीन फूटबल प्रशिक्षण शिविरमा आज गणतन्त्र दिवसको विशेष अवसरमा रोङ्चोङ् ग्राम पञ्चायत प्रधान श्रीमती ममता थापा साथै पञ्चायत समिति सदस्य श्रीमती सश्या राईको बाहुलीबाट फूटबल प्रशिक्षार्थीहरुकाे निम्ति दुईवटा बल प्रदान गरे।
आज शीतकालीन फूटबल प्रशिक्षण शिविर समापन कार्यक्रम !
आज 26 जनवरी 2025 काे दिन शीतकालीन फूटबल प्रशिक्षण शिविर समापन कार्यक्रम भब्यरुपमा हुने थियो तर हुन सकेन ! कारण यस्तो छ।
उत्तम राईले गाउँमा पिउने पानीको समाधान गर्दा ग्रामवासीले दिए आशिर्वाद।
कालिम्पोङ् खण्ड १ सहकारी सभापति श्री उत्तम राईले गाउँमा पिउने पानीको समाधान गर्दा ग्रामवासीले दिए आशिर्वाद ।
एक्काइसौं शताब्दीसम्म आइपुग्दा पनि पानी जस्तो बुनयादी समस्याबाट बञ्चित रहेका रोङ्गचोङ्ग ग्राम पञ्चायत अन्तर्गत जी एल धुरामा रहेका ३२ घरलाई समस्याबाट मुक्त गराउँदै कालिम्पोङ्ग खण्ड १ सहकारी सभापति श्री उत्तम राई।उक्त पिउने पानीको समाधान गर्न उत्तम राईले आफ्नो निजि कोषबाट लगभग तीन चार किलोमिटर दुरीमा रहेको रोलक खोलाबाट पाइप जडान गर्न अनि घर सम्म पिउने पानी पुराउनलाई सहयोग पुराउँदा ग्रामवासीले आशिर्वाद साथ साथै धन्यवाद दिएका छन्।यस्ता ठूलो हृदय भएको जनप्रतिनिधि ग्रामवासीले पाउँदा अति हर्ष व्यक्त गरेका छन् ।