27/09/2023
अस्तिको वर्ष झै यस पालि पनि श्रमिकहरुले आफ्नु काम गरेका हुन्, श्रम दिएर उत्पादन अनि चिया उद्योगलाई जोगाएका हुन् अनि त्यसै कारणले श्रमिकहरुले आफ्नु बोनसको अधिकार २०% गरेर पाएको हुन् पर्छ। साथै, हाई कोर्टको निर्देश अनुसार फेब्रुवरी २०२४ भित्र कानुनी अनि न्यायिक रूपमा चिया श्रमिकहरुले न्यूनतम ज्याला ५०० रुपियाँ भन्दा ज्यादा पाएको हुन पर्छ।
प्रतेक साल मालिकहरुको एउटै बहानाबाजी हुने गर्दछ। उत्पादन अनि नाफा घटेको छ अनि प्रतेक वर्ष श्रमिकहरुले पानी झरी, जाडो गरम, बर्खा झरी केही नभनी काम गर्छन। उत्पादन बढाउनमा जति सम्भव श्रम दिएर आफ्नु रोजी रोटीको निम्ति काम गरी रहेकै छन्। अथवा मालिकको नाफा अनि कमानको उत्पादन बढाउनको निम्ति श्रमिकहरुले आफ्नु काम गरिरहेका छन्।
अब कुरा गरौं मालिकवर्गको।
२००५ उप्रान्त नै मालिकको उत्पादन बढेको छैन भन्ने गुनासो हो। टि बोर्डको डेटा अनुसार २०२० २०२१ अनि २०२२ मा दार्जीलिङको टोटल चिया उत्पादन ७ मिलियन केजि भएको थियो। २०२३ को उत्पादन बारे अहिले सम्म कुनै डेटा उपलब्ध छैन। जम्मै भारत भरि पश्चिम बङ्गालको उत्पादन शेयर ३०- ३१ प्रतिशत रहेको कुरा पनि टि बोर्डको गणितले भन्छ। J. Thomas and Co. Pvt Limited को चियाको दामको एउटा डेटा अनुसार २०२०, २०२१ अनि २०२२ मा प्रति केजी ३४१ रुपियाँ, ३७२ रुपियाँ अनि ३४१ रुपियाँ गरेर रहेको छ। यो नीलामिको एभरेज प्राइज हो। तर विश्व बजारमा दार्जीलिङ चियाको लाखौं रुपियाँको भाव रहेको कुरा हामी सबैलाई थाहा भएको कुरा हो। एयरपोर्ट तिर, ठूल्ठूला चियाका आउटलेट, क्याफे तिर दार्जीलिङ चियाको अलग्गै क्रेज छ। भाव पनि उतिकै छ। दिलाराम छेउ स्थित मार्गरेटस् डेकमा एक कप चियाको दाम २०० रुपियाँ भन्दा कम् छैन। अर्थात् नीलामी बजार अनि विश्व बजार दुवैको स्तिथि हेर्यो भने दार्जीलिङको चियाको भाव आकाश तर्फ नै छ। नाफा नभएको कुरा त्यही कारण अलिक पत्ताई हाल्नु ठीक नहोला। बरु, नाफा नभएको प्रोपागान्डा चाहिँ मालिकवर्गले धेरै साल देखि चलाई आईरहेको छ। २०१४ तिरको कुरा हो। डंकनस् का बगानहरु सबै बन्द भयो। मालिकले कमान बन्द गरेर भागेर गयो। त्यसको बाद एउटा खुलासा अघि आयो। चिया बगानहरुमा भएको नाफाबाट मालिकले त आफ्नु यूरियाको कम्पनीमा पो निवेश गरी रहेको थिएछ। यसलाई अर्थनीतिको भाषामा साइफनिङ भनिन्छ। अर्थात् चिया उत्पादनबाट भएको नाफा कता गएर हराई रहेको छ अब त्यस बारे पनि सोच्ने समय आएको छ। मालिकको नाफाको पहाड बढेको बढेकै छ त्यो निश्चित हो। तर श्रमिकहरुको अधिकार अनि प्रतेक वर्ष बोनसको कुरा आउँदा प्रतेक पल्ट उत्पादन नभएको अनि नाफा नभएको बहानाबाजी अनि यसको जम्मै जिम्मा श्रमिकहरुलाई थोपी दिने यो मालिकहरुको चाल विरुद्ध श्रमिकहरु अब सचेत हुन जरुरी छ।
अर्को कुरा गरौं उत्पादनको।
उत्पादनको दर पक्कै घटेको हो। तर व्यापक रूपमा नभएर बिस्तारै सिमान्त रूपमा उत्पादनमा घटाउती आएको छ। उत्पादन किन घट्दैछ त ? भन्ने कुरालाई अलिक गहिरोबाट हेर्दा यहाँ विभिन्न कुराहरूको पर्दाफास हुँदो हो। ८ अगस्त २०२३ को दिन CAG ले संसदमा विभिन्न प्रकारको रिपोर्ट पेश गर्यो। त्यस मध्ये, एउटा रिपोर्टको नाम ' Role of Tea Board India in development of tea tea in India' थियो। यस रिपोर्टमा चिया बगानहरुमा पर्याप्त पुँजी निवेश नभएको, पुरानो चियाका बुट्टाहरु उखालेर नयाँ बुट्टा रोप्ने काम नभएको, पनि हाल्ने काम ( irrigation) राम्ररी नभएको कुरालाई उल्लेख गरिएको छ। यसमा टि बोर्डको असफलता बारे पनि उल्लेख गरिएको छ। टि बोर्डले चिया बगानको स्तिथि बारे ठीक काम नगरेको उल्लेख गरिएको छ। अनि सबै भन्दा महत्वपूर्ण कुरो, निलामि बजारबाट केवल ४२ - ४४ प्रतिशत चिया बिग्री भएको कुरालाई उल्लेख गरिएको छ। टि मार्केटिङ कन्ट्रोल ( संशोधन) अर्डर, २०१५ अनुसार यो गैरकानुनी हो। टोटल उत्पादन भएको चिया मध्ये न्यूनतम ५० प्रतिशत चिया निलामि बजार भएर जानु पर्ने कानुन छ। ४६ प्रतिशत चिया उत्पादन गरिने जमीनमा ४० वर्ष भन्दा पुरानो चियाको बोट भएको कारणले ठूल्ठूला कमानको आर्थिक स्तिथि चिन्ताजनक भएको कुरा पनि यसमा उल्लेख गरिएको छ। इन्डियन टि बोर्ड असफल भएको अनि आफ्नु काम गर्न नसकेको कुरा यस CAG रिपोर्टको प्रतेक पंक्तिमा उल्लेख छ। उत्पादनको दर घटेको कारणहरू यी सबै हुन तर मालिकवर्गले केवल श्रमिकहरुलाई दोष दिने प्रवृत्ति सृजना गरेको छ। यसको हामी तथ्य सँग विरोध गर्छौ।
सोझो कुरा भन्नु पर्दा, अस्तिको वर्ष झै यस पालि पनि श्रमिकहरुले आफ्नु काम गरेका हुन्, श्रम दिएर उत्पादन अनि चिया उद्योगलाई जोगाएका हुन् अनि त्यसै कारणले श्रमिकहरुले आफ्नु बोनसको अधिकार २०% गरेर पाएको हुन् पर्छ। साथै, हाई कोर्टको निर्देश अनुसार फेब्रुवरी २०२४ भित्र कानुनी अनि न्यायिक रूपमा चिया श्रमिकहरुले न्यूनतम ज्याला ५०० रुपियाँ भन्दा ज्यादा पाएको हुन पर्छ।
Sumendra Tamang
सह सचिव, HPEU