BFC Nepali

BFC Nepali BFC News is Dooars leading online news portal. We provide news on the local issues including National, State's top stories, live news and much more.

Follow us on Facebook, Instagram & Twitter

Our official Website
https://www.bfcnews.in/

01/02/2025

Teaser Out

" SUNANA " Official Music Video Teaser
by Dhruva Tamang & Remanti Rai
FT Vivaan Tamang & Rakchanda Chhetri
Releasing on 7th of February 2025

प्रेस विज्ञप्ति तुलसी `कश्यप´ स्मृति पुरस्कार २०२५ एक आँगन घाम कथा सङ्ग्रहलाई।तुलसीराम शर्मा `कश्यप´ प्रतिष्ठान सिक्किमल...
31/01/2025

प्रेस विज्ञप्ति
तुलसी `कश्यप´ स्मृति पुरस्कार २०२५ एक आँगन घाम कथा सङ्ग्रहलाई।

तुलसीराम शर्मा `कश्यप´ प्रतिष्ठान सिक्किमले प्रत्येक वर्ष प्रदान गर्दै आएको तुलसी `कश्यप´ स्मृति पुरस्कार २०२५ कथाकार थीरूप्रसाद नेपालको कथा सङ्ग्रह एक आँगन घामलाई प्रदान गर्ने निधो गरेको छ। पुरस्कार निर्णायक समितिको सुझाउ अनुसार प्रतिष्ठानले आजको सभामा यो निर्णय लिएको हो।
तुलसी `कश्यप´ स्मृति पुरस्कारमा नगद ५१०००/-, प्रसस्ति पत्र, स्मृति चिन्ह प्रदान गरिन्छ । आगामी ११ फरवरी, २०२५ को दिन नेपाली साहित्य परिषद सिक्किम र तुलसीराम शर्मा `कश्यप´ प्रतिष्ठानको संयुक्त आयोजनामा तुलसी `कश्यप´ जयन्तीका दिन यो पुरस्कार कथाकार थीरूप्रसाद नेपाललाई प्रदान गरिने छ।

कथाकार थीरूप्रसाद नेपाललाई प्रतिष्ठान हार्दिक बधाई ज्ञापन गर्दछ।

डिल्लीप्रसाद अधिकारी
समन्वयक
तुलसीराम शर्मा `कश्यप´ प्रतिष्ठान, सिक्किम ।

मदारीहाटमा चोरको रगरगीमदारीहाट,30 जनवरी- मदारीहाट ग्राम पंचायतको विभिन्न गाउँ बस्तीहरुमा चोरहरुको रगरगी बढेको छ। बाइक चो...
30/01/2025

मदारीहाटमा चोरको रगरगी
मदारीहाट,30 जनवरी- मदारीहाट ग्राम पंचायतको विभिन्न गाउँ बस्तीहरुमा चोरहरुको रगरगी बढेको छ। बाइक चोर, हेलमेट चोर, दोकानपाट चोर सँगसँगै हिजाज भिन्न भिन्न तरिकाले गाउँ घरभित्र पसेर सर सामान र पैसाहरु चोरेको, ठगेको आदि जस्ता घटनाहरु प्रकाशमा आइरहेको छ। आज पनि यस्तै घटना पुर्व खयेर निवासी प्रणय खरेल र पुकार खरेलको घरमा घट्यो।पुकार खरेल दिउँसो काममा गएको बेला लगभग तीन साडे तीन बजे उसको घरको किचन र एउटा कोठामा पसेर कीमती समानहरु र पैसा खोजेको र नपाउँदा दाजु प्रणय खरेलको घरमा चोरहरु पसे। प्रणय खरेलले बताए अनुसार उनी त्यसबेला मात्र दश मिनटको निम्ति खेत गएका थिए र उनीहरुको घर पस्न अघि ती चोरहरुले क्षत्र गौतमको पनि घरमा छ्यापछ्याप्ती कीमती समान र रुपिया खोजेर आएका थिए र त्यसैको फाइदा उठाएर घर भित्र अरु समान जस्ताको तस्तै छोडे तापनि वालेटबाट पाँच हजार रुपिया चोरेर भागेको बताएका छन्। यसरी चोरहरु आजकल कोही सेल्समेन भएर कोही भिखारी भएर कोही मेकानिक सफाइवाला भाँडा टल्काउने भएर घरमा पसेर चोरेको घटनाहरु भइरहेको प्रकाशमा आएको छ। ती चोरहरु दुइवटा बाइक लिएर आएको पनि जानकारी पाइएको छ। गत वर्ष पनि सोही घरमा सुनको गर गहना चोरेर भागेको पुकार खरेर बताउँछन्। यस्ता थरी थरीका चोरहरुसँग सतर्क बस्ने र घरमा एकला दुक्लै हुँदा सावधान हुनु पर्ने समय आएकोले गाउँको सबै मानिस सजग बसेर कसैसँग शंका भएको खण्डमा अथवा यस्तो घटना भएको देखेमा फोनको माध्यमबाट पुलिश प्रशासन अथवा पंचायत या कसैलाई जनाउने भानुभक्त साँस्कृतिक संघका अध्यक्ष शम्भु ढकालले आह्वान गरेका छन्।
फोटो सौजन्य इन्टरनेट

23/01/2025

मदारीहाट खण्डको हन्टुपाडा चिया कमानको टप लाइनमा आयोजित शिव महापुराण ज्ञान महायज्ञ

23/01/2025

नेताजी जयन्तीको अवसरमा राष्ट्रीय स्वंय सेवकद्वारा मदारीहाटमा पथ संचालन कार्यक्रम

21/01/2025

बिरपाडा नेपाली हाइ स्कुलको स्वर्ण जयन्तीको समापन कार्यक्रम

19/01/2025

समाजसेवी उज्जवल लामाद्वारा क्रिकेट टुर्नामेन्टको निम्ति बल ब्याटको सेट प्रदान

06/01/2025

मदारीहाट,6जनवरी- हिज अर्थात अङ्ग्रेजी दिनाङ्क ५ जनवरीदेखि मदारीहाटमा एउटा शुभ कार्यको प्रारम्भ भएको छ। हाम्रो गाउँ नागरिक संघको तत्वधानमा *श्रीश्री सिद्धिधात्री दुर्गा मन्दिर* कोे प्राङ्गणमा हिजदेखि *हाम्रो गुरुकुल* प्रारम्भ भएको छ। प्रत्येक आइतबार नानीहरूलाई हाम्रो गुरुकुलको माध्यमबाट शुद्ध हिन्दू सनातन धर्मको पद्धति, भजन कीर्तन साथै यस्तो विभिन्न कुराहरू सिकाउने जमर्को कसेका छौं, हजुरहरू सम्पूर्णलाई पनि यो सूचित गर्न चाहन्छौं कि हजुरहरुले पनि आफ्नो आफ्नो नानीहरूलाई अब आउने आइतबारदेखि पठाउनुहोला, हामी नानीहरूलाई आजको दिनमा हराउँदै गएको हाम्रो संस्कार हाम्रो संस्कृति सिकाउनेछौं भनि यसको संयोजक पुकार आचार्यले जनाएका छन्।

23/12/2024
01/12/2024

डुवर्स नेपाली साहित्य विकास समितिको स्वर्ण जयन्ती महोत्सव आगामी २७,२८ र २९ डिसम्बर २०२४

एन्टी ड्रग अभियानबिरपाडा,१ डिसम्बर,२४- मदारीहाट खण्ड अन्तर्गत पर्ने बन्दापानी चिया कमानमा आज बन्दापानी महिला समाज समिति ...
01/12/2024

एन्टी ड्रग अभियान
बिरपाडा,१ डिसम्बर,२४- मदारीहाट खण्ड अन्तर्गत पर्ने बन्दापानी चिया कमानमा आज बन्दापानी महिला समाज समिति , स्वंय सेवक दलहरु (S.H.Gs) आदिको तर्फबाट समस्त बन्दापानी कमानमा दुर्गा मल्ल फुटबल मैदान देखि फरेस्ट बिट अफिस अनि फरेस्ट बिट अफिस देखि कालीबाङी फुटबल मैदान सम्म 4 किलोमीटर सम्म ड्र्ग मुक्त समाजको अभियान चलाइएको जानकारी शिक्षक तिलक थापाले दिएका छन्।

01/12/2024

हाम्रो गाउँ नागरिक संघद्वारा सफाई अभियान
मदारीहाट१ डिसम्बर,२४ - आज आइतबार को दिन *हाम्रो गाँऊ नागरिक संघ* को तत्वधानमा गाँऊ घरका ससाना बाल बालिका साथै युवाहरुको समूहले मादरीहाट थाना सँलग्नरहेको रविन्द्र भानु पार्कलाई सफाई गर्ने कार्य गरे।
जल्दापाड़ा नेशनल पार्क देशमा मात्रै नभएर विश्व मै प्रसिद्ध एउटा पर्यटन स्थल हो र यस ठाँउमा वर्षैभरि पर्यटकहरुको आउने जाने क्रम चलिरहन्छ तर यसै नेशनल पार्कको मुख्य द्वारमा रहेको यस ठाउँमा छेउ छाउकोदोकानपाटबाट फोहोर मैला फ्याँक्ने साथै झार जंगल बढेर दयनीय अवस्थामा रहेकोले यस संघले सफाई अभियान मार्फत ससाना नानीहरुलाईसाथै स्थानियहरुलाई पर्यावरणलाई प्रदुशनमुक्त राख्ने विषयलाई लिएर केही चेतना जगाउने प्रयास गरेको जानकारी संघको अध्यक्षा सुश्री संगीता आचार्य शर्मा तथा सचिव पौरभ शर्माले दिएका छन्।

Address

MG Road
Birpara
735204

Telephone

+919609050105

Alerts

Be the first to know and let us send you an email when BFC Nepali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BFC Nepali:

Videos

Share