BBMworld.tv

BBMworld.tv BBMworld.tv is an Nepali Web Tv owned by the BBMworld Group Of United Kingdom.

About Us
विविएम बल्र्ड डट टिभी विविएम बल्र्ड अनलाइन टेलिभिजनको अफिसियल वेबसाइट हो । यो नेपाली पत्रकारीताका सिद्धहस्त व्यक्तित्व र गैरआवासीय नेपालीहरूको संयुक्त लगानीमा सञ्चालन हुन लागेको नेपालको अनलाइन पत्रकारीतामा सबैभन्दा ठूलो सञ्जाल भएको एक्सक्लुसिभ अनलाइन टेलिभिजन प्रसारण हो ।

युके को रिडिङ्गमा मुख्य कार्यालय रहेको यस टेलिभिजनले नेपाल, अमेरिका, क्यानडा र बेलायतमा शाखा कार्यालयका साथै नेपालीहर

ू पुगेका विश्वका ३१ भन्दा बढी देशमा सम्पर्क कार्यालय राखी निकट भविश्यमै प्रसारण आरम्भ गर्ने लक्ष्य राखेको छ । सत्य तथ्य र छिटो-छरितो समाचारका साथै सन्तुलित एवं निष्पक्ष विश्लेषणमार्फत आमजनतामाझ आफ्नो प्रसारण पुर्याउन नेपालकै सबैभन्दा ठूलो अनलाइन सञ्जालको रूपमा विस्तार गर्ने हाम्रो योजना छ । जसका लागि सकेसम्म धेरैभन्दा धेरै स्वदेशी पाठक, दर्शक र सञ्चारकर्मीहरूका साथै विदेशमा बस्ने धेरैभन्दा धेरै नेपालीहरूलाई यस टेलिभिजनको महत्वपूर्ण अंशियारकै रूपमा आत्मसाथ गर्दै अघि बढ्ने कुरामा हामी दृढ संकल्पित छौं । यसका लागि जुनसुकै भाषा, क्षेत्र वा समुदायमा रहने जो सुकै पत्रकार वा गैरपत्रकारले फेला पारेका महत्वपूर्ण र जनचासोका विषयलाई समाचारको रूपमा आमजनता सामु पुर्याउने अनलाइन पत्रकारीताको थालनी गर्ने हाम्रो लक्ष्य छ । विभिन्न जात-जाति भाषा-भाषी र समुदायमा समान भाव राखी द्रुत समाचारका साथै देशमा विद्यमान भ्रष्टाचार, विकृति, विसंगती र अनुशासनहीनताकाविरुद्ध यसले सशक्त रूपमा खबरदारी गर्नेछ ।

हामीले राष्ट्र, राष्ट्रियता र राष्ट्र विकासका निम्ति प्रयासरत व्यक्ति र समुदायलाई त्यस्ता क्षेत्रमा थप उत्प्रेरणा प्रदान गर्ने र खासगरी विदेशमा बस्ने नेपालीहरू त्यसमा पनि मध्यपूर्व क्षेत्रका समस्याहरूका विषयमा दरिलो कलम चलाउँदै नेपाली श्रमिकका समस्या र राज्यले गर्ने सक्ने कुटनीतिक पहलकदमीका विषयलाई प्रसारण गर्ने कुरालाई प्राथामिकतामा राखेका छौं । अनलाइन पत्रकारीता आमजनताकाबीचमा लोकप्रिय तथा समाचारमा सहज पहुँचको माध्यम बन्दैगइरहेको वर्तमान अवस्थामा यस टेलिभिजनमार्फत आवजविहिनहरूका निम्ति आवाज उठाउनु, खराब प्रवृत्तिविरुद्ध अभियान चलाउनु र समुन्नत नेपालका लागि विदेशमा बस्ने नेपालीका समस्याहरूको कुटनीतिक पहलका लागि राज्यलाई दवाव दिने र विदेशमा नेपालीले आर्जन गरेको पैसा रेमिट्यान्समार्फत नेपाल भित्र्याउने र त्यसको सदुपयोगतर्फ उत्प्रेरित गर्ने खालका विषयवस्तुलाई आफ्नो अनलाइन प्रसारणमार्फत प्रकाशन र प्रसारण गर्ने दिशामा सधैं अग्रसर रहनेछ । निष्कर्षमा नेपाल र विश्वभरी छरिएका नेपालीहरूलाई छिटो-छरितो रूपमा सूचना, समाचार र मनोरञ्जन दिनु नै साझा समाचारको मुख्य उद्देश्य रहनेछ । नेपाली अनलाइन पत्रकारीताको लोकप्रियता बढेपनि यसभित्र केही विकृति, विसंगतिहरू उब्जिन थालिसकेको वर्तमान अवस्थामा अनलाइन पत्रकारीतालाई नेपाली पत्रकारीताको सशक्त माध्यमका रूपमा विकास गर्न यसभित्रका विकृति, विसंगतिकाविरुद्ध खरो उत्रने; यसलाई अझै व्यवस्थित, मर्यादित, संयमित एवं अझै उत्तरदायी सञ्चारमाध्यमका रूपमा स्थापित गराउन विभिन्न अनलाइन सञ्चारहरूकाबीच यस टेलिभिजन नेपाली सञ्चारजगतको महत्वपूर्ण र अग्रणी संस्थाको रूपमा स्थापित हुनेछ भन्ने विश्वास लिएका छौं। यसका लागि आमपाठक, दर्शक एंव शुभेच्छुकहरूको सल्लाह, सुझाब र सहयोगको अपेक्षा राखेका छौं ।

Address


Alerts

Be the first to know and let us send you an email when BBMworld.tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BBMworld.tv:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share