Experience of life - जिवनको अनुभब

  • Home
  • Experience of life - जिवनको अनुभब

Experience of life - जिवनको अनुभब Hi everyone i am going to sharing my life time experience about social and spiritual human being life

11/01/2024

तलको दुवै पोस्ट होस् हवस्मै पोस्ट गरेको छु | मैले कहिले पनि कुनै पनि नशा सेवन गर्ने गरेको छुइना | जस्तै: धर्मको नशा, पाप र पुण्यको डरको नशा, स्वर्ग र नर्गको लोप र डरको नशा, इज्जत र मान सम्मानको नशा, माया र मोहको नशा, आफन्त र पराइको नशा, आफ्नो सन्तान प्रति गरिने मायाको नशा, यो बाहेक झन् अरु खालको नशा त कुरै लिनु पर्दैन | तैपनि लिउ: सम्पति, राजनीति, रुप रंग, स्वाभिमान, अभिमान, राम्रो नराम्रो आदि इत्यादी सबै बढी लिएमा नशा नै त हुन् |

11/01/2024

राम बहादुर बम्जनको बारेमा अझै रोचक कुरा
------------------------
रामबाहदुर बोम्जनजी संसारमा निर्दोषीहरु मध्य एक हुन सक्छ | के बम्जनले मलाई हेर्न आउ भनेका थिए ? कुनै बिज्ञापन गरेका थिए ? कुनै अफर गरेका थिए ? के उसले अरु धर्मलाई सैतान भनेर सरप्तई हिडेका थिए ? के उनले नाराबाजी लगाएर हिडेका थिए ? के उनले कानुन बिपरित नांग्गो नाज गरेर हिडेका थिए ? के उनले घर घरमा माओबादि र इसाईहरुले जस्तो ढोका ढक ढक गर्न आएका थिए ? के उसले मगन्तेहरुले जस्तो भिक्षा माड्दै आएका थिए ? के उनले कानुनको क्षिद्रा दफा उप दफाका छिद्रहरुमा टेकेर फाइदा लिन देश र जनतासंग धोक्केदारी सम्झौता गरेका थिए ? घटनाको रिपोर्ट लिनु पर्ने ठाउँमा साधारण एक बालकको जीवन दिनचर्याको बारेमा समाचार बनाउन कान्तिपुर लगाएत बिदेशी मेडियाको अरु केहि काम थिएन र ? यदि स्वर्गमा जान्छा कोहि भने रामबहादुर बम्जन मात्रै पहिलो व्यक्ति हुन सक्छ भन्दै गर्दा मैले मेरो विचार परिवर्तन गरेको चाहि होइन, बुझाइ झुक्किएको होइन |

11/01/2024

रामबहादुर बम्जन प्रतिको मेरो विचार बुझ्न धेरै गारो छ साधारण व्यक्तिलाई
--------------------
वास्तबमा रामबहादुर बोम्जन साचिकै सत्यवादी रहेछ भन्ने कुरा बल्ल आज भोलि बुझ्दै छु म चाहि | हुन त न हिजो न भोलि न आज मलाई स्वर्ग नर्ग मान सम्मान इज्जतको कुनै लालसा थियो न भोको | यो त्रिरिधातु वा सम्पूर्ण ब्रम्हाण्डमा भएका आएका हुनेवाला भइरहेका सम्पूर्ण वस्तु वातावरणमा मेरो जस्तै सम्पूर्ण प्राणीको १००% अधिकार हुन्छ | यसको मतलब ति सबै मेरो सम्पति / हाम्रो सम्पत्ति हुन् | देव दत्त जस्तो पनि मेरै सम्पत्ति हुन् सिद्दार्थ गौतम जस्तो पुजनीय देव पनि मेरै सम्पत्ति हो | तर मैले कुन सम्पत्ति कसरि लिने, आफुलाई चाहिने कि नचाहिने केको लागि चाहिने भनेर छान्न सक्नु मेरो क्षामता, उदेश्य हो जस्तो लागेको थियो अहिले बम्जन जीले राम्रोसंग प्रमनित गरिदिनु भयो | मेरो लागि वहाँ जत्ति महान गुरु को हुन सक्ला र ? तर शरणमा जाने गुरु चाहि मेरो लागि वहाँ होइन | मैले मेरो गुरु पाइसकेको छु |

समय भन्दा अगाडी जान खोजेर अरुले बहाना अगाडी लिन खोजेर हतार गरि अगाडी बढ्दा धेरै जना पश्चातापको आगोमा जल्दै छ र कोहि अजहै खरानी भैसक्दा पनि पत्तै नपाइ बसेको देखिन्छ |

30/12/2023

मान्छेले जन्म सिद्ध अधिकारमा ल्याएर आउने रोगहरु मध्य केहि निम्न प्रकार छ्न:- अज्ञान्ता सबै रोग, समस्या र दु​खको मुल स्रोत हो ।

(1) रिश:
कुरा नबुझ्दा, कुर बुझ्न नखोज्दा, बस्तु तथा वातवरणलाई राम्रोसङ नबुझ्दा / नसुन्दा / नपढ़दा रिस उठ्छ । आज्ञान्ता नै रिसको मुल जड हो ।

(2) नशा:
यौवनको नशा-बिपरित लिङ्ग प्रतिको आकर्षणको नशा, धन शम्पत्ती प्राप्तिको नशा, आफ्नो शरीर तथा सम्पत्ती नात गोत सन्तान सम्बन्ध प्रती माया पाउन र दिनुमा नशा, नशालु पदार्थको सेवनको नशा, जिब्रोको नशा- भोजन प्रती आशक्ती, मान सम्ममान इज्जत प्राप्तिको नशा, धर्मको नशा, राजनितीको नशा,

(3) घमण्ड:
रुपको, धनको, बलको, शक्तिको, ज्ञाणको, आफुसङ भएको जोडिएको सबै बस्तु र सम्बन्धको

(4) लाज:
आफ्नो वस्तबिकतलाइ अगाडि ल्याउन, गल्ती स्वीकार गर्न, गल्ती होलाकी भन्ने लाज। ( अरु प्राणीलाई दुख नदिने सोचले गरेको कर्ममा गल्ती होला कि भनेर लाज मान्नु पर्दैन)

(5) लोप डाहा: देखाउन, पाउन, ग्रहण गर्न।

(नोट: राम्रो नराम्रो सम्पुर्ण काम/कर्म निरन्तर मध्यम मार्गबाट चलिरहनु दिनु पर्छ । जानी जानी थहा पाई पाई अरुको हानी नसोची गर्ने कर्म साधारण ब्यक्तिले गर्ने कर्म हो । पक्षपातरहित सर्व प्राणी आफ्नै आमा समान हो भनेर सबैलाई बराबरी सोचेर गरिएको काम अति उत्तम कर्म हो र उत्तम पुरुषको सोच होला ।

उपचार विधि: (1)
सधैं सतर्कतामा रहनु - अँखा निदाए पनि मन सधैं बिउझाइ राख्नु ।
(2) अरुको ओकिल बन्नु भन्दा पहिला आफ्नो ओकिल आफै बन्ने गर्नु ।
(3) प्रत्येक क्षण आफैले आफनै परिक्षण गर्दै कर्म गर्दै जाने । त्यति सकेन भने प्रत्यक बिहाना पहिला र बेलुका लास्टमा आफुले गरिने र गरेको कर्मको परिक्षण आफैले गर्ने गर्नु ।
(4) आफुले आफुलाइ परिक्षा गर्न मनको तालिम लिनु पर्छ । राम्रो कर्म र नराम्रो कर्मलाइ चिन्न सक्ने ज्ञानको बिकास गर्ने तरिका बुझेको हुनु पर्छ ।

(यो मेरो लामो समयको प्राक्टिकल ज्ञान पनि हो र साएद बुद्ध शिक्षासङ पनि मेल खाना सक्छ । शिशिरG)

25/12/2023

आफ्नो र राम्रो भन्ने कसरि चिन्ने
-------------------------------

आफ्नो भनेको आफ्नो वरिपरीको सम्पूर्ण वातावरण हो र राम्रो भनेको जुन कर्म गर्दा सर्व प्राणिको कल्याण हुन्छ त्यो राम्रो हो |

(यो वाक्याको अर्थ साधारण मन्द दिमाग भएका अनि निदाएका व्यक्तिलाई बुझाउन कम्तिमा पनि २०/३० पानाको बर्णनहरु गर्नु पर्ने हुन्छ | अनि १०/२० बर्ष पढी सकेका प्राय बहु संख्यक आचार्य/माष्टर डिग्री वालाहरुलाई बुझाउन १/२ पाना देखि ५/६ पाना बर्णन गर्नु पर्ने हुन्छ |) शिशिरG

(मैले बिषयहरु टिपेर लेख्दा बेसरी रहर लागेर होइन, बाध्यताले पनि होइन, खुशीले पनि होइन, रिस फेर्न पनि होइन, भावनात्मक बिचलन भएर पनि होइन, मान सम्मान इज्जतको लागि पनि होइन तर कर्तब्यको रुपमा जानी नजानी लेख्ने गरेको छु | कसको लागि लेखेको भन्दा मेरा विश्वभरिका अनगिन्ति नाति पलाती लागि लेख्दै हुन्छु | आकाश ब्यापी आमाको सम्मानमा कमि नहोस भनि लेखेको हुन्छु | )

23/12/2023

शिक्षित वा विद्वान कसलाई भनिन्छ र को हुन् ?
--------------------
२० औं बर्ष जब तबमा बसेका कुनै पनि धर्मको आचार्य र बिभिन्न पेशाका PHD holder हरु सबै शिक्षित नहुन सक्छ |

अनि बिद्यालय कहिले पनि नगएका गुम्बा चर्च मस्जित मन्दिर नदेखेका कुनै पनि धर्म कर्मको सस्कार नगरेका नजानेका सबै मजदुरलाइ अशिक्षित भन्न पनि सकिदैन र मिल्दैन रहेछ |

किनकि ज्ञान त सर्वत्र ब्रम्हाण्डमा छरेर स्वतन्त्र सार्वजनिक रुपमा बसेको छ | छरेर बसेका ज्ञान जसले पनि जता पनि जत्तिखेर पनि अक्षरको रुपमा, प्रमाणको रुपमा अहिले देखाउन सक्छन तर सोहि ज्ञानलाइ स्वयमले कत्तिको बुझेको छ भन्ने चाहि उसको जीवन जिउने कलाले छर्लङ्ग ऐना सरि देखाउछ | जीवन जिउने कला हृदयको केन्द्रबाट प्रस्फुटन हुन्छ | देखावटी कला मुख र आखा अनि हातको हाउभाउबाट मात्र देखिन्छ | जुन कला सदाबहार हुदैन |
(यो बिचार मेरो २५ बर्ष भन्दा उमेर हुदा घमण्ड थियो अहिले हकिकत र प्रमाण सहित समय सापेक्षा पाएको छु ) -शिशिरG-

22/12/2023

शेयर बजार र ति बजारमा लिस्टिंग कम्पनि मालिक दुवै ट्रेडर
-----------------------
हुन त सबै नै कम्पनि मालिक भए पनि पहिलो चरणका कम्पनि मालिक र संचालक मालिकहरु लगानी कर्ता भन्दा बढी ट्रेडर/खुद्र झिना मसिना छोटो ब्यापारी देखिएको कुरा कामपनिहरुको बिभिन्न किसिमको गतिबिधिले ठ्याक्कै बुझिन्छ र प्रमाण पाउन सकिन्छ | (कम्पनि भन्नले स्मपूर्ण बैंक वित्तीय सस्थाहरु,
हाइड्रोहरु, इरन्सुरेन्स र अन्न्य उत्पादन मुलक कम्पनि सबै र यिनीहरु सबै कानुन नभएका म्युचुयल फन्ड बराबर मात्र हुन् ) | बजारको मुल्य माथि लाग्ला र जाल हनाम्ला भनेर बसेका धेरै कम्पनि मालिक ब्यापारीले आफ्नो १/२ बर्ष देखि ९/१० महिना अगाडीदेखिको जाल बजार बढ्ला र हानौला भनेर बस्दा बस्दा सरकार तथा कम्पनिको रुल रेगुलेसन गूडविल सबै खरानी भएको देखिन्छ |

(हुन त अहिले सम्म अर्थ तन्त्र देशको हातमा नभएको देशमा विश्वमा नै यस्तै देखिन्छ.)

21/12/2023

तर मैले देखेको र देख्दै आएको फलाम भए पनि सुनै हो, नदेखेको अरुले लिएको सुनै भए पनि फलाम नै हो | अरुले बोकेको सुन होइन एक फलाम दुइ फलाम तिन फलाम नै हो र फलाम नै हुनु पर्छ भनेर सोच्दै हुर्किदै आएका हामि पश्चिमेली र पुर्बेली दुवै सस्कारका हरिलठकहरुसंग धेरै संगत गरे पछी मात्र बुद्धको मार्ग के भनेर बुझ्दा पो बल्ल पो यो मार्गको सहयोगमा थाहा पाए कि म हरिलठकले पनि सुन भनेर समातिरहेको त कुइएको काठको टुक्रा पो रहेछ | त्यहि कुहिएको काठको टुक्रालाइ पनि अहिले मर्मत गरेर जस्ताको तस्तै आफ्नो ठाउँमा राखेर सुन भन्दा पनि अमुल्य अमर अलौकिक लौरोको सहारा लिएर ४ वटा नै दिब्य अलौकि अमर अजर अमुल्य बज्र रत्नले बनेको यानमा सवार भएर एक राजकुमारको जीवन जिएर हिड्ने कोसिसमा छु | बल्ल थाहा पाए सम्पूर्ण वस्तु शुद्द र सर्व धर्म स्वयम् सिद्दलाइ म जस्तो भातमाराले कति कसरी बिगारेर हिडेको रहेछ भनेर |

18/12/2023

जीवन सम्पूर्ण रसले पूर्ण रुपले भरेको नभए पनि छोएको हुन सक्छ | उदेश्य अनुरुपको रस जीवनमा भर्दा प्रकृतिको विवारित उदेश्य भएमा जीवनमा लामो समयको लागि सम्पूर्ण कर्म बिषले भरेको हुन सक्छ र प्रकृतिको नियम अनुरुप उदेश्य सुहाउदो भएमा सर्व कर्म अमृतले भरेको हुदा जीवन अमृत रसको भण्डार भएर जाने छ | नसाको रुपमा सेवन भएको सबै खालको रसहरुले सम्पन्न जीवन व्यर्थ नै छ | (शिशिर-G)

15/12/2023

आफ्नो खुशी र इज्जतको लागि एक्लै आकाश छुने मान्छेका धेरै रहरहरु व्यर्थको हुन सक्छ | (शिशिर G)

10/12/2023

९९% मान्छे भिडमा कुद्छन् भन्ने कुरा कहिले पनि बिश्वास गरेको थिएन तर बारम्बार नेपाल शेयर बजारले मात्र होइन विश्व शेयर बजारले देखाइरहन्छ | टेक्निकल अनुसार बजार बढ्ने तरखरमा हुदा हुदै पनि एकै रातमा नेपालको सम्पूर्ण अर्थ तन्त्र एकै बचनमा चमत्कार ढंगले सुधार भएकोले शेयर बाजारमा पनि १७/१८ महिना पछी एकै दिनमा उच्च अंक सहित सकारात्मक सर्किट लागेको हुदा बेच्नलाइ चाहि पर्ख र हेर | अस्तिनै किन्नलाई पर्ख र हेर अहिले बेच्नलाई भन्न मिल्दैन सबै कुरा उल्टो रहेछ अब किन्नलाई पर्ख र हेर हुन सकछ अनि निर्णय नमिलेमा जुलुस धर्ना सम्म गर्न छुट्नु हुन्न |

हाम्रो पशुपति नाथमा पनि बेला बेलामा पन्च बुद्धको मुकुट लगाएर पुजा आज गर्ने चलन त पहिला देखि नै थियो | यता फेरी शास्त्र त...
09/12/2023

हाम्रो पशुपति नाथमा पनि बेला बेलामा पन्च बुद्धको मुकुट लगाएर पुजा आज गर्ने चलन त पहिला देखि नै थियो | यता फेरी शास्त्र तिर पनि ब्रम्हा बिष्णु महेश्वरको बारेमा लेखेको रहेछ |

भगवान बुद्दले ग्यान प्राप्त पश्चात भगवान बुद्दलाइ शुरुमा ज्ञानको प्रवचन मनुष्य लोकमा गरिदिनु अनुरोध गर्ने पनि इन्द्रदेव ब्रम्माहा हो रे भन्ने कुरा पनि बल्ल चाल पाए |

भगवान बुद्द मनुष्य लोकबाट देवलोकमा चाहि आफ्नो जन्म दिने आमालाई ग्यान दिन जानु भएको रे भन्ने सुन्न आएको छ अनि देवलोकबाट फेरी मनुष्यलोकमा फर्कदा चाहि बिष्णु ब्रम्हा महेश्वर सबैले पुञ्ज आज सहित स्वागत सत्कार सहित मनुष्य लोक सम्म पुराउनु आउनु भएको रे भन्ने कुरा पनि बल्ल सुन्दै छु |

अनि ब्रम्हा बिष्णु महेश्वर इन्द्र को पुजा आज गर्दा कुनै किसिमको राग्तापात हत्या हिंसा पनि गर्नु पर्दैन रहेछ बल्ल यसो बुझ्दै ल्याउँदा | अनि ब्रम्हालाइ चाहि शिवको श्राप परेकोले मनुष्य लोकमा ब्रम्हादेवको पुजा गरेको देखिदैन भन्दा अलि नमिल्ला किनकि बुद्द शास्त्रहरुमा कता कता वहाँको नाम पनि उल्लेख हुन्छ कि जस्तो सुनेको जस्तो लागेको छ |

कुरा नबुझ्दा ठिकै थियो बुझ्न सुन्न तिर लग्यो भने के के हो के के हो | तर जे भए पनि सुन्दै बुझ्दै पढ्दै गएमा सत्य तथ्य चाहि बुझ्न सकिन्छ कि भन्ने एकदामी झिनो आसा मात्र छ | किन झिनो आसा भन्नाले सबै देखिने इतिहासलाइ मात्र हेर्न खोज्छ तर इतिहासमा झुटो र सत्य बुझ्न लुकेको लुकाइएको नभनेको भन्न रोक लगाइएको इतिहास हेर्न त परै जाओस सुन्न पनि तयार हुदैन अनि कताबाट सत्य कुरा बुझ्न सक्नु हुन्छ र तपाइँ र तपाइँ हाम्रो लाखौं लाख पुस्तहरुले ?

यो संसारमा बाहिर देखिने र हेरिने आँखाहरुले पंचान्द्रियाको गुण अन्तर्गत हेर्दा सत्य नै भए पनि वास्तविकता प्राय फरक पाउँदा...
05/12/2023

यो संसारमा बाहिर देखिने र हेरिने आँखाहरुले पंचान्द्रियाको गुण अन्तर्गत हेर्दा सत्य नै भए पनि वास्तविकता प्राय फरक पाउँदा अचम्म मान्नु नपर्ने रहेछ | हिजो मात्रै खिचेको

सके सम्म महँगो सस्तो जे जस्तो भए पनि खाता र खाताको विकल्प नेपाल भित्रबाटै हुनु पर्छ | फुल पनि भारतबाट खात पनि भारतबाट आउ...
04/12/2023

सके सम्म महँगो सस्तो जे जस्तो भए पनि खाता र खाताको विकल्प नेपाल भित्रबाटै हुनु पर्छ | फुल पनि भारतबाट खात पनि भारतबाट आउँदा जत्ति सुकै सुन्दर राम्रो भएपनि छोडेर जानु पर्ने हुदा दुख लाग्छ | त्यसैले खाता सुहाउने व्यक्ति र कार्यक्रममा खात र नसुहाउने अयोग्य व्यक्तिको जमातमा अन्य रंगिन कपडाको टुक्राहरुको प्रयोग जुन सस्तो सजिलो हुन्छ त्यो प्रयोग गर्दा राम्रो देखिन्छ | किनकि अयोग्य व्यक्तित्वले नबुझ्दा खाताको अपमान र अपमुल्यन गर्दा खाताको अष्ट मंगल चिन्हको अपमान भइ सुभको लागि दिएको उपहार अशुभ हुन सक्छ |

15/06/2023
नेपाली र भारतीय परम पारा अनुसार तपाइको दुइहातले तिरस्कार गरेर सबैलाई एकै चोटी सकिदैन तर दुइहात जोडेर एकै चोटी हजारौंलाइ ...
09/06/2023

नेपाली र भारतीय परम पारा अनुसार तपाइको दुइहातले तिरस्कार गरेर सबैलाई एकै चोटी सकिदैन तर दुइहात जोडेर एकै चोटी हजारौंलाइ सम्मान दिन सकिने देखिन्छ | सकारात्मक बाटो र नकारात्मक बाटोको शक्तिमा त्यत्ति धेरै फरक हुन्छ |

मायाले होस् कि घृणाले उपहार स्वरूप दिएको कुरा सानो होस् कि ठूलो यति कसैलाई असर गर्दैन पार्दैन भने फेरी फेरी त्यो उपाहारल...
06/06/2023

मायाले होस् कि घृणाले उपहार स्वरूप दिएको कुरा सानो होस् कि ठूलो यति कसैलाई असर गर्दैन पार्दैन भने फेरी फेरी त्यो उपाहारलाइ मगन्ते पाराले संसद जस्तो गहन बिषयमा छलफाल गर्ने ठाउंमा रागा र भैसीको चर्चा गरिरहन स्वतन्त्रका सांसद भाइ बहिनिहरुलाई लाज लाग्दैन रे ? कि अरु त्यो भन्दा माथिको बिषय जानेका बुझेका छैनन् रे ? यो मेरो बिचारलाइ अन्यथा नलिनु होला, आफ्नो देशको भाबि सरकार चलाउने पार्टीलाइ यसो अलिकति सम्झाएको मात्र हो | अबुझ कोहि ह्नुहुन्न जस्तो देखिन्छ |

मनानियज्यू, दुवैजनालाई देख्न पाउदा खुशी लाग्यो | सधै भरि मानबिय सोच र बिचारले सु-सजित भएर रहन सक्ने क्षमताले पूर्ण भइरहो...
30/05/2023

मनानियज्यू,
दुवैजनालाई देख्न पाउदा खुशी लाग्यो | सधै भरि मानबिय सोच र बिचारले सु-सजित भएर रहन सक्ने क्षमताले पूर्ण भइरहोस यहि छ तपाइको जन्म दिनको उपलक्षमा तपाइँ दुवै जनालाई मेरो उपहार र शुभकामान |
(प्राय मैले अर्थबिहिन चेपारे शब्दको शुभकामान दिने गरेको छुइन कसैलाई पनि, तर आज तपाईलाई दिदै छु, तर स्वच्छ मनले होइन है, मेरो नेपाल भरि र विश्वभरि छरेर बसेका छोराछोरी आमा बुबा दिदि बहिनि दाजुभाइ सहितको एक ठूलो नेपाली परिवार र मानब जगतकै सबै परिवारको लागि तपाईको सहयोगले केहि राहत मिल्ला कि भनेर मात्र हो)

पुर्व मन्त्रि शेयरबहादुर तामागंज्यू लेख्नु हुन्छ सरकारलाइ धन्नेवाद ! “गाँजाको औषधीय प्रयोजनको लागि सम्भाव्यता अध्ययन गर्...
30/05/2023

पुर्व मन्त्रि शेयरबहादुर तामागंज्यू लेख्नु हुन्छ सरकारलाइ

धन्नेवाद !

“गाँजाको औषधीय प्रयोजनको लागि सम्भाव्यता अध्ययन गर्ने” भनेर बजेट भाषणमा नीतिगत रुपमा बोलेको | अब हामि सबै भएर लागौं | हाम्रो अभियान सार्थकता पाउने तर्फ अगाडी बढेमा सबैलाई बाधाई !
!!संसदमा मैले दर्ता गरेको “गाँजा खेतीलाई नियमन तथा ब्यबस्थापन गर्न बनेको बिधेयक”लाइ ब्युँताउन साबि लागौं र गाँजा खेतीलाई बैधानिक बनाऔं |

शेयरबहादुरज्यूको बिचारमा यो अर्था चाहि सहमति हुन सक्छु कि मेरो विचार र बुझाइमा चाहि “संसारमा जे जत्ति बस्तु/पदार्थहरु देखिन्छ ति सबै कुरा मानब जीवन र अरु प्राणिको सहयोगको लागि हो | तर यसलाइ प्रयोग गर्न जानेन भने ति सबै कुरा बिष जस्तै हुन्छ होला” |

रेशम चौधरीलाई स्वागत गर्न पुग्नु भयो पत्रकार ऋषिधमला पत्नी एलिजा गौतम | केहि बर्ष जेल भित्र बसेर निर्दोष साबित भएर बाहिर...
29/05/2023

रेशम चौधरीलाई स्वागत गर्न पुग्नु भयो पत्रकार ऋषिधमला पत्नी एलिजा गौतम | केहि बर्ष जेल भित्र बसेर निर्दोष साबित भएर बाहिर आउदा एक्कासी एउटा राजनीति पार्टी र पार्टीको लोभ लाग्दो प्रगति आफ्नै नाममा देखेर खुशी देखिनु हुन्छ चौधरी ज्यू | आगामी दिन निरोगी र स्वस्थ मानसिकताका साथ् देशको पनि बिकासको लागि आइ पर्ने ठूला साना केहि नभनी सबै प्रकारका सम्बन्धका बाधाहरुलाई चट चट काटेर हटाएर अगाडी बढ्नु हुन धेरै बधाई तथा साथ् सहयोग र सुभकामन छ |

तिमि पार्टी खोलौं भन्छौ, म फ्याक्ट्री खोलूँ भन्छु |तिमि मुर्दाबाद मुर्दाबाद भन्दै नारा लगाउछौ, मा तान्यो तान्यो भन्दै पा...
29/05/2023

तिमि पार्टी खोलौं भन्छौ, म फ्याक्ट्री खोलूँ भन्छु |
तिमि मुर्दाबाद मुर्दाबाद भन्दै नारा लगाउछौ, मा तान्यो तान्यो भन्दै पाइप तान्छु, तान्न लगाउछु अनि श्रमदान पनि गराउछु | तिमि ढुङ्गा हानाहान गरौँ भन्छौ, मा मिलेर लाम लागि ढुङ्गा पास गरौँ अनि निर्माण गरौँ भन्छु | तिमि त पार्टी पार्टी मात्र भन्छौ, तर म देश भन्छु | यस्तै यस्तै फरक अनगिन्ति छ | त्यसैले मलाइ आलग सम्जिन्छौ, तर म अलग र देश बेच्ने र भत्काउने होइन बनाउनु पर्छ र जोगाउनु पर्छ भन्ने मान्छे नै हुँ |

27/05/2023

अबदेखि कुनै कुनै राजनीतिक पार्टीलाइ भ्रष्टचारी भन्न पाइदैन किनकि उनिहरुले भरष्टचार मात्र होइन त्यो भन्दा पनि ठूला ठूला अपराध गरिसकेको हुदा उनीहरुको प्रमोशन भइ सकेकोले अलि सुहाउदो नाम दिएर बोलाउनु पर्छ रे | जस्तै : मह अपराधि, देश द्रोही, महा तस्कर आदि आदि कुन चाहि सुहाउँछ कमेन्ट गरेर भन्नुस....

27/05/2023

कबिहरुले भन्न थाले लेखेर
प्रेम पत्रमा सकियो रगत युवाको
हो नेपाल देवलोकमा बनायो कुरू क्षेत्र
नेपाली आमाले नजन्माएको राक्षस यता,
कताबाट आयो भ्रस्टचारी नेता ?
छोरा पनि होइन छोरी पनि होइन
अब भन्ने यिनलाइ के त ?

हालैको  तथ्यांक अनुसार  वैदेशिक शिक्षामा ६७ अर्ब बाहिरियो, मैले पनि यहि धारणा राख्दै आएको छु बिगत ५ बर्ष आगाडीबाट विदेशम...
27/05/2023

हालैको तथ्यांक अनुसार वैदेशिक शिक्षामा ६७ अर्ब बाहिरियो, मैले पनि यहि धारणा राख्दै आएको छु बिगत ५ बर्ष आगाडीबाट विदेशमा पढ्न पठाउने दिन सकियो अब | धेरै नेपालीहरुले बिदेशी शिक्षा प्रणालीबाट मास्टर गरि सके | तर ति सबै बिदेशी शिक्षा प्रणाली काम लाग्ने नै छ हाम्रो भूगोल र जनतालाई समाजलाइ भन्ने पनि नहुन सक्छ | त्यसैले आवश्यकता अनुसार नेपालीको शिक्षा प्रणाली र विदेशको प्रणालीलाइ मिलाएर विश्व भरको बिद्यार्थीलाइ नेपालमा उच्च शिक्षाको लागि आवाहन गर्ने दिनहरि आइसकेको महसु गरेको छु |

आज भोलिका छोराका आज भोलिका आमा ---------------आमाको गुणको बर्णन गरेर गर्न नसकिने र तिरेर तिरी नसकिने अपरम्पार छ | बिचरा ...
26/05/2023

आज भोलिका छोराका आज भोलिका आमा
---------------
आमाको गुणको बर्णन गरेर गर्न नसकिने र तिरेर तिरी नसकिने अपरम्पार छ | बिचरा एउटी आमाले आफ्नै सन्तानको लागि ३ करोड भन्दा बढीको ज्यान लिन पनि तयार हुन्छिन होला | आफ्नो सन्तानको लागि कत्ति धेरै पाप गर्छिन आमाले | तर त्यो पापको भागेदारी सन्तान होइन आमा नै हुन्छिन र हुनु पर्छ भन्ने थाहा हुदा हुदै पनि बारम्बार आफ्नै सन्तानको लागि गल्ति दोहोराई रहन्छिन | कस्तो खालको अबुझ सन्तान होला आमालाई गल्ति र पापको भागिदार बनाएर आफु रमेर हिड्न सक्ने हामि | अनि यता त्यति धेरै माया गरेर जन्माएको सन्तानको पनि झुटो कसम त्यहि पनि नराम्रो कामको लागि नखाई उनि आमा त्यसै बस्न सक्दैनन भन्ने कुराहरु दिन प्रतिदिन समाजमा देखिदै आएको छ | हाम्रो समाज उल्टो कि, सस्कार उल्टो कि, शिक्षा उल्टो कि वा विदेशमा र स्वदेशमा शिक्षा उल्टो सुल्टो हुन्छन ? यो भोलिको लघु कथाको अम्श मात्र हुन् है अन्यथा केहि नलिनु | आज भोलिका आमाले आज भोलिका छोरालाइ भनेको कुरा बुझ्नु पर्छ |

26/05/2023

सरकार प्रमुख डाइरेक्टर हुदा ३ शिर्ष नेता र पार्टीको "ट्रेलर" हिट, फिल्म' झुर तर शरणार्थी प्रकरणको अनुसन्धान सबै बन्ने भयो फितलो, बनाइयो फितलो, तल देखि माथि सम्म जुठो मुख भएको मात्र देखिन्छ बहुमत |
NEWS 24

25/05/2023

राम्रो दिनहरुले खुशी दिन्छ, असफलताहरुले अनुभबी बनाउछ, नराम्रादिनहरुले पाठ सिकाएर जान्छ | तर ति कुनै पनि दिनहरू हामीसंग सधै रहदैनन | सबै बितेका दिनहरुले सम्झनाहरु मात्र छोडेर जान्छ | भविष्यमा कस्तो खालको सम्झनाहरु चाहनु हुन्छ वर्तमानमा त्यस्तै कर्म गर्दै जानुस | हरेक क्षेत्र र बस्तु जीवन परिवर्तनशिल छन |

हाम्रो आफ्नै अहिलेको यो मानब देहमा विराजमान रहेका ४२ वटा शान्त स्वभावका र ५८ वटा क्रोधी स्वभावका भगवानहरुलाइ जीवित हुदै ...
25/05/2023

हाम्रो आफ्नै अहिलेको यो मानब देहमा विराजमान रहेका ४२ वटा शान्त स्वभावका र ५८ वटा क्रोधी स्वभावका भगवानहरुलाइ जीवित हुदै अहिले चिन्न सकेमा, पछी हामीलाइ शुध्द भुवनमा लिएर जान मद्दत गर्नेछ | यहाँ ३० वटा क्रोधी रुपहरु मात्र प्रस्तुत छ, बाकि पछी प्रतुत गर्ने छु |
वहाँहरु हाम्रो इष्टदेव हुनुहुन्छ | अहिले चिन्न सकिएन भने मरेपछि वहाँहरुलाई देखेर डराएर भाग्नु पर्ने अबस्थ हुन सक्छ | हाम्रो मरण पछी हामी साधारण मानबलाइ सुगतिको बाटो देखाउन आउने हाम्रो सहयोगी देबहरु नै वहाँहरु हो |

Address


Alerts

Be the first to know and let us send you an email when Experience of life - जिवनको अनुभब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share