Rasuwa Update

Rasuwa Update देश विदेश को खवर एवं रसुवा जिल्ला को प्रर्यटन प्रवर्द्धन मा थप टेवा दिन प्रयत्नरत रहनेछौ ❤️🙏🇳🇵

22/08/2024
(जनै)यज्ञोपवित का बारेमा जानकारी (यस्पाली बि.सं.२०८१.०५.०३ गते)जनैमा तीनवटा धागो हुन्छन्; प्रत्येक धागोमा तीन–तीन डोरा (...
18/08/2024

(जनै)यज्ञोपवित का बारेमा जानकारी
(यस्पाली बि.सं.२०८१.०५.०३ गते)

जनैमा तीनवटा धागो हुन्छन्; प्रत्येक धागोमा तीन–तीन डोरा (नौ डोरा) र तिनलाई जोडिने गाँठाहरू पाँचवटा (पंचशिखा) हुन्छन् ।

:तीन धागोको अर्थ :
१. ब्रह्मा, विष्णु, महेश्वर त्रिमूर्तिको प्रतीक हो जनै!
२. भूत, वर्तमान र भविष्य तीन कालको सुचक हो जनै!
३. सत्व, रज, तम तीन गुणले युक्त हुन्छ जनै!
४. देव, पितृ, ऋषि तीन ऋणको बोध गराउँछ जनैले!
५. ब्रह्मचर्य, गृहस्थ र वानप्रस्थ तीन आश्रममा रहनेले जनै लगाउँछन् । (चौँथो अर्थात सन्यासाश्रममा रहनेले जनै लगाउनु पर्दैन)
६. जनै लगाउनेले पाठ गर्ने गायत्री मन्त्रमा तीन चरण हुन्छन् ।
७. देवलोक, भूलोक, पाताल तीन लोकको प्रतीक हो जनै!
८. मन, बुद्धि र अहङ्कार तीन सूक्ष्म तत्त्वलाई नियन्त्रण र निर्देशन गर्छ जनैले।

:नौ डोराको अर्थः
१. मुख, दुई आँखा, नाकका दुई प्वाल, दुई कान, गुदा र उपस्थ (मुत्र द्वार) यति नौ द्वार (आधुनिक भाषामा भन्दा मानव शरीरका Input/Output device)लाई नियन्त्रण र निर्देशन गर्छ जनैले।

:पाँच शिखाको अर्थ :
१. ब्रहयज्ञ, देवयज्ञ, पितृयज्ञ, भूतयज्ञ र नृयज्ञ (अतिथि यज्ञ) यी पाँच यज्ञको फल प्राप्ति हुन्छ जनै लगाउँदा।
२. आँखा, कान, जिब्रो, नाक, छाला यी पाँच ज्ञानेन्द्रियलाई चनाखो पार्ने शक्ति प्रदान गर्छ जनैले।
३. मुख, हात, खुट्टा, गुदा, जननेन्द्रीय यी पाँच कर्मेन्द्रियलाई शुभ कार्य गर्न उर्जा प्रधान गर्छ जनैले।
४. धर्म, अर्थ, काम, मोक्ष र ब्रह्म यी पाँच पुरुषार्थ उजागर गर्ने शक्ति हुन्छ जनैमा।
५. वमन (उल्टी गरेर मुखबाट शरीरका दोष निकाल्ने), विरेचन (मलमूत्र मार्गबाट दोष निकाल्ने), बस्ती (औषधियुक्त द्रव्यहरू शरीरभित्र पठाउने), नस्य (नस लिने) र रक्ष मोक्षण (दुषित रगतलाई बाहिर निकाल्ने) यी पाँच कर्म गर्ने उर्जा पैदा गराउँछ जनैले।
जनैको लम्बाइ : ९६ अङ्गुल हुन्छ/हुनुपर्छ ।अर्थात नाभि र कम्मरको बिचसम्मको लामो हुनुपर्छ ।
:३२ विद्या भित्र
क. ४ वेद = ऋक, यजु, साम, अथर्व!
ख. ४उपवेद = धनुर्वेद, आयुर्वेद, गन्धर्ववेद, स्थापत्यवेद अर्थात् निर्माणरअभियान्त्रिकी
ग. ६ अङ्ग = शिक्षा, व्याकरण, साहित्य, कल्प, ज्योतिष, छन्द!
घ. ६ दर्शन = न्याय, वैशेषिक, योग, साङ्ख्य, मिमांसा र वेदान्त!
ङ. ३ सूत्र = धर्मसूत्र, गृहसूत्र र श्रौतसूत्र!
च. ९ आरण्यक = ऐतरीय, शांख्यायन, वृहदारण्यक (काण्व र माध्य

18/08/2024

भोलि विहानैदेखि रक्षा बंधन वांध्न मिल्छ है !

#प्रमाण
यस दिन १९/४५ घडी भद्रा छ ।
भद्रा १९/४५ या. लेखिएको छ पात्रामा ।
या. यसको पूर्णरूप यामिनी हो र यसको अर्थ रात्रि हो -
विभावरीतमस्विन्यौ रजनी यामिनी तमी ।
( अमरकोष प्र का पद्य -२२३ )
यस अनुसार यामिनी रात्रिको नाम हो ।
भद्रा-
दिनभद्रा यदा रात्रौ रात्रिभद्रा यदा दिवा ।
न त्याज्या शुभकार्येषु प्राहुरेवं पुरातना: ।।
( निर्णयसिंधु प्र परिच्छेद - २१९)
दिनको भद्रा रातिमा र रातको भद्रा दिनमा हुन्छ भने तब त्यस्तो अवस्थामा दोष हुँदैन र शुभकार्य त्याग्न पर्दैन ।पहिलेका विद्वान् को यस्तो निर्णय छ ।
र मकर राशिको भद्रा पातालमा हुने भयकाले
पातालेश्च धनागम: भयकाले विहानै देखि रक्षा बंधन गर्न मिल्छ।साभार

  #सन्दर्भ: जनै पुर्णिमा | #तस्विर:  जनै बाटिदै बि सं २०२२ साल लम्जुङ ।उपनयन संस्कार अर्थात् व्रतबन्ध गरेपछि तागाधारीले ...
18/08/2024


#सन्दर्भ: जनै पुर्णिमा |
#तस्विर: जनै बाटिदै बि सं २०२२ साल लम्जुङ ।

उपनयन संस्कार अर्थात् व्रतबन्ध गरेपछि तागाधारीले जनै टुटाउन नहुने शास्त्रीय विधि रहेको जनै तागाधारीको पहिचान भएपनि पछिल्लो समय तागाधारीहरु नै जनैको महत्वबारे अनविज्ञ बन्दै गएका छन् ।
परम्परागत तरिकाबाट जनै बनाउँदा काठको यन्त्र र कतुवाको प्रयोग गरी जनै पहिले घरमै तयार पारिन्थ्यो । तागाधारी परिवारकी महिलाले कपासबाट धागो बनाउनुपर्ने र धागो बाटेर विधिपूर्वक जनै बनाउने विधि छ । जसमा धागोलाई दुईपटक तेब्रयाएर छ डोराको बनाउनुपर्ने र तीन डोराको एउटा शिखा अनि अर्को तीन डोराको अर्को शिखा गरेर दुई शिखा बनाउने विधि हुन्छ । शिखामा ब्रह्मा, विष्णु र महेश्वरको वास हुने धार्मिक विश्वास छ । जनै मन्त्रदा शिखामा यि तीन देवता, अरुन्धती सहित सप्तऋषिको पूजा गरी ब्रह्म तेज पैदा गर्ने बनाउनुपर्छ, जसले गर्दा यसरी बनाइएको जनैले शास्त्रमा वर्णन गरेबमोजिमको फल दिन्छ । जनै बनाउँदा पाँच ग्रन्थी अर्थात् पाँच गाँठा पारिन्छन्, जसलाई पञ्चमहायज्ञको प्रतीक मनिन्छ । तर घरमा जनै बनाउन छोडेपछि यन्त्रले बनाएको जनैको आयात विदेशबाट हुन थालेको समाचारहरु सुन्न आएको देखिन्छ, यसरी बनाईएको जनैमा शास्त्रीय विधि पूरा नहुने भएकाले त्यसले फल दिदैन ।

Traffic Update at Bhaktapur: Situation at Gathhaghar, Bhaktapur is getting normal as Truck & body are taken by Police.  ...
15/08/2024

Traffic Update at Bhaktapur: Situation at Gathhaghar, Bhaktapur is getting normal as Truck & body are taken by Police.

Pic.

ट्राफिक ज्यादति को बारेमा एक्जुट बन्न आबश्यक छ है !!!गठ्ठाघर घटनाको जिम्मेवारी ट्राफिक प्रहरीले लिनुपर्छ।झडिमा लुकेर  चो...
15/08/2024

ट्राफिक ज्यादति को बारेमा एक्जुट बन्न आबश्यक छ है !!!

गठ्ठाघर घटनाको जिम्मेवारी ट्राफिक प्रहरीले लिनुपर्छ।झडिमा लुकेर चोर बिरालोले झम्टे जसरी सवारी रोक्ने अनि आफैले चेक जाच गरिरहेको सवारी चालकलाई सुरक्षा दिन नसक्नु ट्राफिक प्रहरीकै कमजोरी हो। मृतक महिलाले न्याय पाउन।🙏🙏🙏
ट्राफिक आतंक बन्द गर😡😡😡

गठ्ठाघर चोकमा अहिले केहिबेर अगाडि भयानक दुर्घटना भएको छ । दुर्घटनामा स्कूटि चालक महिलाको घटनास्थलमै ज्यान गएको छ । चोक नजिकै ट्राफिक प्रहरीको चेकिङ्को अवस्थामा स्कूटि चालक महिलाले स्कूटि साइड लगाउँदा पछाडिबाट तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएको र ठक्कर पश्चात्‌ उनलाई लगभग ५० मिटर जति अगाडि घिसारेर लगेको थियो । आक्रोशित भीडले ट्राफिक प्रहरीहरुलाई कुटपिट गर्नुको साथै ट्रक पनि तोडफोड गरेका छन् । बाटो अहिले पुरै बन्द छ भने यहाँको माहोल पुरै तनावग्रस्त छ ।

15/08/2024

अद्भुत कलाका धनी कमेडियन मनोज गजुरेल ले तयार पार्नुभएको नेपाल को राजनैतिक , आर्थिक, र सामाजिक पक्ष को चित्रण गर्ने प्रोग्रम .... #

15/08/2024

रसुवा जिल्ला कैदलिटार का युवा भाइ फन्कि र्याप हान्दै

❤️ ***n

2081/04/28 पासाङ ल्हामु मार्ग अन्तर्गत मुल खर्कमा केरुङ नाका बाट काठमाडौं जादै गरेको मालबाहक कन्टेनर दुर्घटना भएको छ । क...
12/08/2024

2081/04/28
पासाङ ल्हामु मार्ग अन्तर्गत मुल खर्कमा केरुङ नाका बाट काठमाडौं जादै गरेको मालबाहक कन्टेनर दुर्घटना भएको छ । कन्टेनर सडक बाट करिब 100 मिटर तल पुगेको र चालक लाई संकत घाइते अवस्थामा उद्धार गरी काठमाण्डौं पठाइएको छ ।

Rasuwa
11/08/2024

Rasuwa

Wow… Around 20,000 people are expected to visit Gosainkunda on the occasion of upcoming Janai Purnima. 😲

Pic. Rakshya Ghimire

नागपंचमीको धार्मिक महत्व,नागको पूजा कसरी गर्नु पर्ने बिधान के छ?मिति २०८१  साल साउन २५ गते शुक्रबार श्रावण शुक्लपक्ष पञ्...
08/08/2024

नागपंचमीको धार्मिक महत्व,नागको पूजा कसरी गर्नु पर्ने बिधान के छ?
मिति २०८१ साल साउन २५ गते शुक्रबार श्रावण शुक्लपक्ष पञ्चमी तिथी राती १२ / ०१ बजेसम्म त्यस उप्रान्त षष्ठी तिथी आरम्भ यो दिन नाग पञ्चमी भएकोले घरमा नाग टास्नु पर्दछ।नागपञ्चमी श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ।यो श्रद्धा र विश्वासको पर्व हो।नागलाई धारण गर्ने गरेमा यो दिनमा शुभ मानिन्छ।यो दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि टाँस्ने गरिन्छ।यो दिनदेखि वषर्याम समाप्त भई हिउँद सुरू भएको पनि मान्ने गरिन्छ।नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म , तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ।हुनत सबै चाड पर्वहरू मनाउनुको पछाडी कुनै न कुनै रहस्य लुकेको हुन्छ। नागपंचमीको कथा र कथाश्रवणफल पनि रोचक र पुण्यप्रद मानिन्छ ।यस कथाका वक्ता सुमन्त मुनी हुन ,समुन्द्र मन्थन गर्दा निस्केको उच्चैश्रवा घोडाको रंङ्ग कस्तो छ भन्ने विषयमा नागमाता कद्रू र विनताबीच विवाद पर्यो । कद्रूले सेतो घोडालाई कालो भन्दै सो घोडा कालो सावित गर्नकालागि आफ्ना सन्तानहरुलाई अति शूक्ष्म रुप धारण गरेर घोडाको शरिरमा पस्न आदेश दिईन तर नागहरुले आमाको आज्ञाप्रति असमर्थता जनाए । नागहरुले आफ्नो आज्ञापालन नगरेपछि क्रोधयुक्त हुदै जनमेजयको यज्ञमा तिमीहरु मारिने छौ भनेर कद्रूले नागहरुलाई श्राप दिईन । मातृश्रापले भयभित नागहरु ब्रह्माको शरणमा गए ।शरणागत नागहरुलाई देखेर ब्रह्माजीले भविष्यमा यायावरवंशमा जरत्कारु नामका ऋषि तिमीहरुका बहिनेज्वाई हुनेछन र उनका छोरा आस्तिकले तिमीहरुको कूलको रक्षा गर्नेछन भनेर श्रावण शुक्ल पंचमी तिथिका दिन अभयदान दिनु भयो र कालान्तरमा यही तिथिका दिन आस्तिक मुनिले पनि नागहरुको रक्षा गर्नु भयो यस कारण श्रावण शुक्ल पंचमी तिथिका दिन नागको पूजा गर्ने परम्परा प्रारम्भ भयो ।यस्तै हिन्दूहरूले प्रत्यक वर्ष श्रावण शुक्ल पक्षको पञ्चमी तिथीमा मनाउने नाग पञ्चमीको महत्व पनि त्यतिकै देखिन्छ।यो पर्व बर्षायाममा पर्ने भएकाले सर्प बिछ्छी आदी बिषालु जनावरहरूको प्रकोप हुनु स्वभाविकै हो हिन्दू धर्मको मान्यता अनुशार यो दिन नागको पूजा गर्नाले सर्पहरूका राजा नाग देवता खुसी हुन्छन् ।त्यसैले नाग पूजा गर्ने मान्छेलाई सर्पको डर हुन्न।यो कुरा सत्य होस् अथवा न होस् तर नाग पूजा गर्दा सर्पको डर नहुने केही कारणहरू छन्।बर्षायाममा घर वर पर ठुल ठुला झारहरू उम्रिएर सर्प तथा अन्य बिषालु जिव जनावरहरू घरमा भित्रिने पर्वल सम्भावना रहन्छ अर्को कुरा साउन भदौ तिर बर्षा भयो भने भारी बर्षा हुने र घाम लागेमा निकै टन्टलापुर गर्मी हुने गर्छ ।यस्तो मौसममा सर्पहरू घाम र पानीबाट बच्ने ठाउँको खोजीमा हुन्छन् यस्तो अवसरमा घर वर पर जंगल भएमा सर्पहरू सोझै घरमा पस्न आउछन्।मानिसहरू चाड पर्वमा घरको अन्य कामकाज छोडेर पनि आफ्नो घर आगन सफा गर्छन् यसरी घर आगन सफा भएर घर वरपर नाङ्गो भयो भने सर्पहरूको डर हुने कुरै भएन।यस कारण नाग पञ्चमीमा नागको पूजा गर्नाले सर्पको डर हुदैन भन्य कुरा १००% सत्य मानिन्छ।ज्योतिषशास्त्र-अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन।भूमिमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने संभावना भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिदैंन।नाग पञ्चमीमा नाग देवताका निमित्त व्रत लिने गरिन्छ।यस व्रतमा पूरै दिन व्रत बसेर सूर्यास्त भएपछि नाग देवताको पूजाका लागि खीर प्रसाद पकाई उहाँलाई अर्पण गरी (भोग लगाई) प्रसादका रूपमा वितरण गर्ने र आफू स्वयंले समेत ग्रहण गर्नु पर्दछ।व्रत अवधिभरि कुनै किसिमको भोजन गर्नुहुँदैन र समाप्तिमा समेत नुन खानु वा चिल्लोचापिल्लो परिकारहरूको प्रयोग पनि वर्जित छ।साथै व्रतसँग सम्बन्धित सबै नियमको पालना गर्नुपर्दछ।यो दिन सर्व प्रथम नाग देवताको मूर्ति नागको चित्र बनाई पूजा गरेर घरमा टाँस्नाले सर्प भए हुदैन भन्ने हिन्दू शास्त्रको मान्यता रहेको छ।नाग पूजा गर्दा नागको शिरको विचार गर्नुपर्छ भन्ने शास्त्रिय विधान रहेको छ।नागको शिरपटीबाट पूजागर्दा आफुलाई पिडा, पछाडीबाट पूजागर्दा छोरा र पत्नीलाई दु:खहुने भएकोले भाद्र, आश्विन र कार्तिकमा पूर्व।मंसिर, पुष र माघमा दक्षिण।फागुन, चैत्र र वैसाखमा पश्चिम तथा जेठ, असार र श्रावणमा उत्तरमा नागको शिर हुन्छ।यो विचार गरेर मात्र घरको वरिपरि वा खेतमा पूजागर्दा राम्रो हुनेछ।
नाग पञ्चमीको दिन व्रतालुले पाँचवटा टाउका भएको वा अष्टकुली नागको आकृति बनाई आफ्नो घरको ढोकामा गाईको गोबरले टाँस्ने चलन छ। गोबरको अभावमा पिठोको प्रयोग पनि गर्न सकिन्छ।त्यसपछि नागदेवतालाई दूध, दुबो, कुश, चन्दन,सेतो फूल, अक्षता, चामल पिंधेर त्यसको पानी ,कपासको सात तले बनाएर ,लड्डू अर्पण गरी पूजासमेत गरेर निम्नाङ्कित नाग स्तोत्रको पाठ गर्ने गरिन्छ :-
नाग टाँसेर नागको प्राथना गर्ने मन्त्र
"अस्तिकस्य मुनेर्मातर्जगदानन्दकारिणी। एध्यहि मनसा देवी नागमातर्नमोऽस्तुते॥"
ब्रह्मलोकेषु ये सर्पा शेषनाग पुरोगमा:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीतो मम सवर्दा।१।
इन्द्रलोकेषु ये सर्पा: वासुकी प्रमुखादय:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।२।
कद्रबेयाश्च ये सर्पा: मातृभक्ति परामा।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।३।
इन्द्रलोकेषु ये सर्पा: तक्षका प्रमुखादय:।
नमोस्तुतेभ्य: सर्पा: सुप्रीता: मम सर्वदा।५।
सत्यलोकेषु ये सर्पा: वासुकिन च रक्षता।
नमोस्तुतेभ्य: सर्पा: सुप्रीता: मम सर्वदा।६।
मलये चैव ये सर्पा: कर्कोतक प्रमुखादय:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।७।
प्रार्थव्याचैव सर्पेभ्य: ये साकेत वासित।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।८।
सर्वग्रामेषु ये सर्पा वसंतिषु सञ्च्छिता।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।९।
ग्रामे वा यदिवारण्ये ये सर्पाप्रचरन्ति च।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।१०।
समुन्द्रतीरे ये सर्पाये सर्पाजलवासिन:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।११।
रसातंलेषु ये सर्पा: अनन्तादि महाबला:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।१२।
नागमन्त्र पाठ गर्न असम्भव भए 'ॐ कुरुकुल्ये हुँ फट स्वाहा' मन्त्रको ९००० पटक जप गर्ने गरिन्छ।
नागगायत्रीको मन्त्र (ॐ नव कुलाय विधाहे विषदंताय धीमहि तन्नो सर्पः प्रचोदयात्)को समेत एक माला (१०८ पटक) जप गर्ने गरिन्छ। यो नागमन्त्रको तीन माला जाप गर्दा नाग देवता प्रसन्न हुन्छन् भन्ने विश्वास छ। नागदेवतालाई श्रीखण्डको सुगंध विशेष प्रियकर हुन्छ। त्यसैले नागपूजामा श्रीखण्ड चंदनको प्रयोग गर्नु राम्रो मानिन्छ, त्यस्तै यो दिनको पूजनमा सेतो कमलको प्रयोग गर्ने विधान छ्।

Types of Staircase
07/08/2024

Types of Staircase

काठमाण्डूमा सौर्य एअरलाइन्सको विमान दुर्घटना भएको दुई सातामा नुवाकोटमा हेलिकोप्टर दुर्घटना.....
07/08/2024

काठमाण्डूमा सौर्य एअरलाइन्सको विमान दुर्घटना भएको दुई सातामा नुवाकोटमा हेलिकोप्टर दुर्घटना.....

२० मिनेटमा स्याफ्रुबेसी पुग्नुपर्ने हेलिकप्टर १ घण्टासम्म सम्पर्कमा नहुँदा विमानस्थलको वेवास्ता .....
07/08/2024

२० मिनेटमा स्याफ्रुबेसी पुग्नुपर्ने हेलिकप्टर १ घण्टासम्म सम्पर्कमा नहुँदा विमानस्थलको वेवास्ता .....

07/08/2024

दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार यात्रु
- हेलिकप्टर क्याप्टेन अरुण मल्ल
-चिनियाँ पर्यटकमा जुदाड टाङ
-जी लि
-जेमिङ सी
(सबै पुरुष)
-यियाद वु (महिला)

काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो । ४ जना को ...
07/08/2024

काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो । ४ जना को मृत्यु को पुष्टी

07/08/2024

काठमाडौं,२३ साउन । नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा एयर डाइनेस्टीकफ हेलिकप्टर दुर्घटना भएको छ । काठमा.....

07/08/2024

Sad News :
नुवाकोटमा हेलिकप्टर दुर्घटनाको दु:खद खबर आयो ।
सकुशल उद्दार होस । 🤨

प्रश्न उठ्ने गर्छ "नव विवाहित दुलहिले गृह प्रवेश गर्दा दियो किन कुल्चिन्छिन्?"• पहिलो कुरो त "दियो कुल्चिएको होईन" दियो ...
07/08/2024

प्रश्न उठ्ने गर्छ "नव विवाहित दुलहिले गृह प्रवेश गर्दा दियो किन कुल्चिन्छिन्?"

• पहिलो कुरो त "दियो कुल्चिएको होईन" दियो माथि पाईला राखेर हिँडेको हो।

किन बत्तिमाथी हिडाइयो त नववधूलाई ?

१ ) नववधूलाई साक्षात् लक्ष्मीको रूपमा घरमा भित्र्याइने हुँदा लक्ष्मीका पाइला सधै उज्यालोमाथी नै पर्ने हुदा बत्तिमाथी हिडाइएको हो ।

जसरी लक्ष्मीपूजामा दीपावली गरिन्छ र जहाँ जहाँ लक्ष्मीका पाइला बनाइन्छ त्यहाँ त्यहाँ दीप पनि बालिन्छ । दीपावलीमा त लक्ष्मीको आगमनको कल्पना मात्र गरिएको छ तर बिबाहमा त साक्षात् लक्ष्मीरूपा नववधू को आगमन भएको छ ।

त्यसैले ती लक्ष्मीरूपा नववधूले जहाँ जहाँ उज्यालो देखिन् त्यहीँ त्यहीँ पाइला टेकिन् । अब त्यहाँ दियो निभ्यो /टेकियो/कुल्चियो / पापलाग्यो भनेर कुतर्क गर्न आवश्यक छ र ? यसरी दीपमाथी हिड्दा र बत्ती निभ्दा पनि लक्ष्मीरूपा नववधूलाइ लाई दोष लाग्दैन किनकी अग्निदेव पतिव्रता नारीरुपी देवीको उच्च आदर गर्नुहुन्छ । दूर्गासप्तशतीमा देवीलाइ अग्निकी शक्ति स्वाहाको रूपमा संवोधन गरिएको छ । त्वं स्वाहा त्वं स्वधा ,,,

२) सात ठाउमा धान का थुप्रा राखेर त्यसमाथी पिठोको दिप बनाएर त्यो दीप माथी हिड्नुको तात्पर्य- धान स्वयं लक्ष्मीको रूप हो धान्यलक्ष्मी । दीप भगवान नारायणको रूप । यसरी धान्यलक्ष्मी र दीपनारायणको एकता सगैं नव विवाहिता दम्पतीलाई नै विष्णुलक्ष्मीको रूपमा घरमा स्वागत गरेको बुझिन्छ ।

दीपलाइ फुकेर निभाउनु हुन्न ,नाघ्नु हुन्न , पाउले छुनुहुन्न भनेपनि विवाहको अवसरमा जसरी तामाको पात्रमाथी गोडाधुन , यज्ञमा बसेर जुठो खान अधिकार प्राप्त छ त्यसरीनै बत्तिमाथी हिड्ने अधिकार प्राप्त छ । त्यसैले नववधुको स्वागतार्थ राखिएका दीपमाथी नै हिड्नु शास्त्र सम्मत हुन्छ यदि साच्चै घरमा लक्ष्मीको रूपमा बुहारी भित्र्याएको हो भने । नत्र जसरी हिडेपनी भयो ।

३) वेदका ऋचाले "सखे सप्तपदा" अर्थात सात पाइला सगैं हिड्दा सखित्व भाव उत्पन्न हुने हुदा घरभित्र हिडिने यो सात पाइलाले घरका परिवारजनमा प्रगाढ मित्रता र सख्यभाव रहोस् भन्ने सन्देश दिन्छ ।

४) ब्यबहारिक पक्ष हेर्ने हो भने नव वधुलाइ गृहस्थमा प्रवेश गर्दैगर्दा भोलि आइपर्ने जस्तो सुकै चुनौतीको सामना गर्ने साहस भर्न सुरुमै यो अग्निपथको यात्रा गराइएको हुनुपर्छ । सुरुमै अग्निमाथी पाइला राख्नुले हरेक काम सुझबुझका साथ गर्न पनि सन्देश दिएको मान्न सकिन्छ । किनकी "बिपत्तिकाले गृहिणी परीक्षा " भनिएको छ ।
शास्त्र र संस्कारको रहस्य नबुझी आफ्नो मगज चलाउदा सर्पको काचुली देख्दा पनि सर्प भनेर तर्सिने अवस्था आउन सक्छ । त्यसैले विज्ञहरुले यी र यस्ता संस्कारहरुको राम्रोसँग विश्लेषण गरेर यस्ता विकृतिहरु भित्रिन नदिन सहयोग गर्नु पर्छ । स-आभार

जनैपुर्णिमा मेला २०८१ मा घट्टेखाेला देखि गोसाइँकुण्ड  सम्म हाेटल तथा थर्पुहरूमा मेला अवधि भर खाना,खाजा,बास र घाेडा चढि क...
07/08/2024

जनैपुर्णिमा मेला २०८१ मा घट्टेखाेला देखि गोसाइँकुण्ड सम्म हाेटल तथा थर्पुहरूमा मेला अवधि भर खाना,खाजा,बास र घाेडा चढि काे दररेट!!!

06/08/2024

आमाबुबा लाइ हेला किन भैराखेको छ? - रामकृष्ण

बजार मा नया उखान🫵😅😅😅
06/08/2024

बजार मा नया उखान🫵😅😅😅

Address

Australia Plains, SA

Alerts

Be the first to know and let us send you an email when Rasuwa Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rasuwa Update:

Videos

Share



You may also like